समाचार

कामको सम्मान हुने अबस्था निर्माण गर्छौं : कास्की जिसस प्रमुख पौडेल

पोखरा । जिल्ला समन्वय समिति कास्किका नब निर्बाचित प्रमुख लिलाधर पौडेलले काम र श्रमको कदर हुने अबस्था निर्माण गर्ने बताएका छन् । पौडेलले देशमा अनेकन परिबर्तनहरु भए पनि कृषकहरुका समस्या पूर्णरुपमा सम्बोधन हुन नसकेकोतर्फ इङ्गित गर्दै कास्किमा आफुहरुको टिम आएपछि श्रमजिबी कृषकको मुद्धालाई आफ्नो ठाँउबाट प्रभाबकारी ढंगले अघि बढाउन योजनासहित काम गर्ने उल्लेख गरे । प्रमुख पौडेलले सो कुरा शनिबार पोखरामा प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना तरकारी सुपरजोन संचालन समन्वय समिति पोखरा ,कास्किको तेश्रो साधारण सभा तथा अधिबेशनको उद्घाटन गर्दै सो… पुरा पढौ

यूक्रेनको मारिऊपोलमा हैजा महामारीको जोखिम रहेको चेतावनी

कीभ, यूक्रेन । हप्तौँको गोलाबारीपछि ध्वस्त भएको युक्रेनी बन्दरगाह सहर मारिऊपोलमा हैजा फैलिने जोखिम देखिएको छ । यो सहर अहिले रुसी नियन्त्रणमा पुगेका छ ।सहरको अधिकांश पूर्वाधार ध्वस्त भएको वा क्षतिग्रस्त भएको तथा पानीमा ढल मिसिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । हैजा साधरणतया दूषित पानी वा खानेकुरा सेवन गर्दा सर्छ । सरसफाइसँग यसको नजिकको सम्बन्ध छ । मारिऊपोलमा छरिएका शव र फोहोरका कारण अस्वस्थ वातावरण छ । यसअघि पनि मारिऊपोलमा सङ्क्रमण देखिएको थियो । विगतका महिनामा केही मानिसमा हैजा पुष्टि… पुरा पढौ

प्राविधिक शिक्षा मुलुकका लागि आजको आवश्यकता : पूर्वराष्ट्रपति डा यादव

मोरङ । पूर्वराष्ट्रपति डा रामवरण यादवले प्राविधिक शिक्षा मुलुकको लागि आजको आवश्यकता भएको बताएका छन् । मोरङको जहदा गाउँपालिका–४ मा रहेको शैलजा आचार्य स्मृति पोलिटेक्निकको आज अनुगमन एवं निरीक्षण गर्दै प्राविधिक शिक्षाले व्यावसायिक जनशक्ति उत्पादन गर्नुका साथै देशको विकास निर्माणमा सहयोग पुग्ने धारणा राखे । पूर्वराष्ट्रपति डा यादवले शिक्षामा सबैको पहुँच पु¥याउन ग्रामीण क्षेत्रका गरिब तथा विपन्न समुदायलाई लक्षित गरेर सरकारले योजना बनाउनुपर्नेमा जोड दिए । उनले ग्रामीण क्षेत्रमा स्थापित यस प्राविधिक शिक्षालयको विकासमा सङ्घ, प्रदेश र स्थानीय पालिकाले ध्यान… पुरा पढौ

पोखरा महानगरमा सडकका खाल्डाखुल्डी टाल्ने अभियान सुरु

पोखरा । सडकका छाडा चौपाया हटाउने र ढल तथा नाला सफाई अभियान सुरु गरेको पोखरा महमानरपालिकाले शनिबार देखि सडकका खाल्डाखुल्डी टाल्ने अभियान समेत सुरु गरेको छ । महानगरका पूर्वाधार महाशाखा प्रमुख पूर्णबहादुर गुरुङका अनुसार महानगर अन्तर्गतका सबै मुख्य सडक र सहायक सडकमा यो अभियान चलाइने छ । त्यसका लागि काम सुरु भएको उनले जानकारी दिए । ‘महानगर अन्तर्गतका मुख्य सहरी सडक र सहायक सडकहरुमा जहाँ खाल्डा खुल्डी परेका छन्, त्यहाँ तत्काल टाल्ने अभियान सुरु भएको छ । जहाँ अत्यावश्यक छ… पुरा पढौ

स्थानीय सरकारमा जनताको नियन्त्रण र हस्तक्षेप सुनिश्चित गर्नुपर्दछ : अध्यक्ष प्रचण्ड

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय पालिकाहरूमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने बताएका छन् । पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय वैचारिक राजनीतिक प्रशिक्षण तथा स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रममा उनले विगतका क्रान्तिकारी सत्तालाई जीवन्त राख्दै जनवादी र लोकतान्त्रिकरण गर्नुपर्ने बताए । अध्यक्ष प्रचण्डले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभर माओवादी केन्द्रले प्रमुख जितेका पालिकाहरूलाई क्रान्तिकारी र भोलिका दिनमा समाजवादी सत्ताको भ्रुणका रूपमा विकास गर्ने उद्देश्यमा स्पष्ट हुँदै… पुरा पढौ

पोखरा स्पोटर्स अवार्डको तयारी शुरु, कार्यक्रम भब्य बनाउन विभिन्न उपसमिति गठन

पोखरा । छैटौं संस्करणको ‘पोखरा स्पोटर्स’अवार्ड २०७८’ को तयारी सुरु भएको छ । आगामी असार १८ गते शनिबार हुने तय भएको अवार्ड कार्यक्रमको तयारी स्वरुप शनिबार आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीमा आवद्ध सदस्यहरुको भेला आयोजना गरियो । नेपाल पत्रकार महासं कास्कीको हलमा आयोजित भेलाका सहभागीले अवार्ड कार्यक्रमलाई व्यस्थित बनाउदै विगतका वर्षहरुको भन्दा थप आर्कषक बनाउनुपर्ने सुझाब दिए । भेलाले अवार्ड कार्यक्रमलाई भव्य बनाउन सह–संयोजक तथा विभिन्न उपसमिति चयन गरेको छ । जसअनुसार मञ्चका अध्यक्ष दीननाथ बराल संयोजक रहेको मुल आयोजक… पुरा पढौ

शुभमार्ग टोल समितिलाई महालक्ष्मी बैंकको सहयोग

महालक्ष्मी बैंकले पोखरा महानगरपालिका–९ नयाँबजारस्थित शुभमार्ग टोलविकास समितिलाई सामग्री सहयोग गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले समितिलाई कुर्ची, टेबल सहयोग गरेको हो। शान्ति दर्शन टोल विकास संस्था अन्तर्गतको सो समितिलाई बैंकले ५० वटा कुर्ची र ३ वटा टेबल हस्तान्तरण गरेको हो। बैंकका गण्डकी प्रदेश प्रमुख गणेशप्रसाद आचार्य, शाखा प्रमुख अस्मिता गौतमले समितिका अध्यक्ष यमकुमार थापालाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन्। सहयोग सामग्री प्रदान गरेकोमा बैंकलाई समितिका अध्यक्ष थापाले धन्यवाद दिए। कार्यक्रममा उक्त वडाका शान्ति दर्शन टोल विकास संस्थाका अध्यक्ष… पुरा पढौ

साकार हुँदै ‘उज्यालो गण्डकी’ अभियान : लेखनाथदेखि पोखरासम्म अब बिजुलीको लाइन अन्डरग्राउन्ड

पोखरा । गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउने अभियानमा नेपाल विद्युत प्राधिकरणले सघाउने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगको भेटमा शनिबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त प्रतिबद्धता जनाएका हुन् । मुख्यमन्त्री निवासमा भएको भेटमा गण्डकी प्रदेशमा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री हरिशरण आचार्य, प्रमुख सचिव रवीलाल पन्थ सहभागी थिए । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले अरु प्रदेशभन्दा गण्डकीमा धेरै विद्युत उत्पादन हुने भए पनि कतिपय ग्रामीण भेगमा अझै पनि विद्युतीकरण हुन नसकेको स्मरण गराए । गण्डकी… पुरा पढौ

अन्नपूर्ण केबलकारको संचालन समयमा परिवर्तन

पोखरा । पोखराको सेदी बगरदेखि सराङकोटसम्म संचालनमा रहेको अन्नपूर्ण केबलकारले सेवा दिँदै आएको समयमा परिवर्तन गरेको जनाएको छ । सनराइज हेर्न जाने यात्रुलाई लक्षित गर्दै बिहान दिँदै आएको सेवा मौसमका कारण असार १ गतेदेखि भाद्र मसान्तसम्मको लागि स्थगित गरेको केबलकारले जानकारी दिएको छ । बिहान ५ बजेदेखि ९ बजेसम्म सनराइज हेर्न जाने यात्रुलाई लक्षित गरि दिइदै आएको सेवा मात्र वर्षाका कारण मौसममा समस्या देखिएकाले भाद्र मसान्तसम्मका लागि स्थगित गरिएको हो । बिहान ९ बजे पछि भने केबलकार सधैँजस्तै दैनिक संचालनमा… पुरा पढौ

सडकखण्ड भासिएको स्थानमा फेला परेको दुबै शबको पहिचान खुल्यो

पृथ्वी राजमार्गको आबुखैरेनीस्थित सडकखण्डमा फेला परेको दुबै शबको पहिचान खुलेको छ। फेला परेको २ शवमध्ये गोरखा जिल्ला छोप्राक घर भइ हाल आँबुखैरेनी गाउँपालिका वडा नं –२ बस्दै आएका ३५ वर्षीय केशव घिमिरे र मकवानपुर जिल्ला हेटौंडा नगरपालिका–७ निवासी होमबहादुर भुजेल रहेको तनहुँका प्रहरीले जनाएको छ। दुबै शबको सनाखत समेत भइसकेको प्रहरिले बताएको छ। गोरखा जिल्ला छोप्राक घर भइ घिमिरे हाल आँबुखैरेनी -२ मा इलेक्ट्रोनिक्स व्यवसाय गर्दै आइरहेका थिए। स्थानीयका अनुसार पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध बनेपछि उनी श्रीमतीलाई लिन भन्दै… पुरा पढौ