समाचार

स्वतन्त्र पत्रकार संघको अध्यक्षमा फेरि बास्तोला नै दोहोरिए

स्वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रिय अध्यक्षमा पुनः कृष्ण प्रसाद बास्तोला दोहोरिएका छन्। संघको नवलपरासीमा आइतबार सम्पन्न १० औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले बास्तोलाको अध्यक्षतामा नयाँ कार्य समितिको सर्वसम्मत चयन गरेको हो। संघको संस्थापक केन्द्रीय अध्यक्ष समेत रहेका बास्तोला ४२ वर्षदेखि पत्रकारितामा क्रियाशील छन्। बास्तोलाकै नेतृत्वमा पोखरामा २०६८ सालमा स्वतन्त्र पत्रकार संघको जन्म भएको थियो। पुरा पढौ

असोज पहिलो सातादेखि पोखरामा तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने

पोखरा । नेपालको मार्सल आर्ट क्षेत्रमा अग्रणी स्थान रहेको नेपाल तेक्वान्दो संघको आयोजनामा गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी असोज ५ देखि ९ गतेसम्म तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । पोखरामा आज आयोजित पत्रकार सम्मेलनमासो कुराको जानकारी दिइएको हो । प्रतियोगिताले पोखरामात्र नभई नेपालको खेल तथा पर्यटन क्षेत्रमा थप टेवा पुग्ने विश्वास आयोजकले लिएको छ । यसअघिका वर्षमा काठमाडौंमा हुँदै आएको प्रतियोगिता गत वर्ष कोभिड–१९ का कारण प्रभावित भएको थियो । गत वर्ष गण्डकी प्रदेशमा आयोजना… पुरा पढौ

लोकतन्त्रको सुदृढीकरण र राष्ट्रियता संवद्र्धन गर्नुपर्छ : राप्रपा नेपाल अध्यक्ष थापा

मोरङ । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले लोकतन्त्रको सुदृढीकरण र राष्ट्रियताको संवद्र्धन गर्नु पार्टीको मुख्य एजेन्डा भएको बताएका छन् । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सनातन हिन्दू राष्ट्र, पूर्ण धार्मिक स्वतन्त्रता र उदार आर्थिक अर्थतन्त्रको नीति राप्रपा नेपालको रहेको बताए । उनले मुलुकले असंलग्न परराष्ट्र नीति अवलम्बन गरी अन्तर्राष्ट्रिय सम्बन्ध बढाउनुपर्नेमा जोड दिँदै दुई छिमेकी मुलुकको आर्थिक समृद्धिबाट लाभ लिन उनीहरुको चासो र चिन्तालाई सम्बोधन गर्नुपर्ने बताए । अध्यक्ष थापाले मुलुकमा मौलिक प्रजातन्त्रको विकास गर्नुपर्ने चर्चा गर्दै प्रत्यक्ष… पुरा पढौ

ग्रीन युथ एलाएन्सलाई समाजसेवी टिका गुरुङले गरिन् आर्थिक सहयोग

पोखरा । विश्व वातावरण दिवसको अवसर पारेर समाजसेवी तथा सफल महिला युवा ब्यबसायी टिका गुरुङ द्वारा पोखरा शहर केन्द्रीत वातावरण सम्बन्धि काम गर्ने सन्स्था ग्रीन युथ एलाइन्स नेपाललाइ प्रन्ध हजार नगद सहयोग गरेकी छन् । ६ वर्ष पुरानो उक्त सन्स्थाले पोखरा महानगरपालिकासंग मिलेर विद्यालय वातावरण शिक्षा, शहरी योजना आयोग सङ्ग मिलेर नयाँ बजार पोखरा–९ मा सडछेउ वृक्षरोपण यस्तै वडा न. १ र ३ को साध पर्ने तुलसीघाटमा नदीछेउ बृक्षरोपण तथा सम्वन्धित वडासंग मिलेर वडा न. २, ३, ४, ५, ८,… पुरा पढौ

पोखराको पर्यटन प्रर्वद्धन गर्न ‘डुलुवा’ समूह भारतको लदाख यात्रामा

पोखरा । पोखराको पर्यटन प्रर्वद्धन गर्न युवाहरुको ‘डुलुवा’ समूह एकमहिने भारत यात्रामा निस्केको छ । यस अगाडी नेपालका विभिन्न ठाउँमा पुग्ने गरेको समूहले पहिलो पटक विदेशमा पर्यटन प्रवद्र्धनमा निस्केको हो । पोखरा पर्यटन व्यवसायीमा संलग्न रहेका १९ जना युवाहरु प्रबद्र्धननका भारतका विभिन्न सहरहरु हुदै लदाखसम्मको यात्रामा निस्केका हुन् । पोखरा सहित नेपालका प्रमुख पर्यटकीय गन्तब्यका प्रवद्र्धनात्मक गर्दै टोलीले नेपालको महेन्द्रनगर भारतको अमृतसहर, कश्मिर, कार्गिल, लदाख, मनाली, सिम्ला, देहरादुन, नैनीताल, हलपुर हुदै बुटलबाट फर्किने टोली प्रमुख योगेश भट्टराइले जानकारी दिए ।… पुरा पढौ

सामाजिक सञ्जाल भर्नमात्र गरिने कार्यक्रमले उपलब्धि हुँदैन : डा. सुवेदी

पोखरा । देशैभर धेरै संघ, संस्थाले वर्षमा लाखौं विरुवा रोप्छन् । ती विरुवामध्ये आधा पनि हुर्किदैनन् । विश्व वातावरण दिवसको अवसरमा आइतबार पोखरामा भएको कार्यक्रमका वक्ताहरुले यसबारे गम्भीर चिन्ता व्यक्त गरे । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल र राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयले संयुक्त रुपमा गरेको कार्यक्रमका वक्ताहरुले सामाजिक सञ्जाल भर्नमात्र गरिने कार्यक्रमले उपलब्धि नहुने टिप्पणी गरे । कृषि विज्ञ डा अनिल सुवेदीले संरक्षण नगर्ने भए वृक्षारोपण गर्दासमेत २ पटक सोच्न आग्रह गरे । उनले भने,… पुरा पढौ

वातावरण दिवसमा टेसाको पदमार्ग सरसफाइ

पोखरा । विश्व वातावरण दिवसका अवसरमा टे«किङ इक्युपमेन्ट सप एसोसियसन (टेसा) पोखराले एक दिवसीय पदयात्रा, पदमार्ग सरसफाइ तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । टेसाले आइतबार पोखरा–२५ हेमजा मेलबोटदेखि माछापुच्छे« गाउँपालिका–६ अस्ताम र वडा नम्बर ७ धम्पुससम्मको पदमार्गमा सरसफाइ गरेको हो । उक्त पदमार्गमा झण्डै १० बोरा फोहोर टेसाले सफाइ गरेको छ । संकलित फोहोर माछापुच्छे«–६ का वडाध्यक्ष टेकनाथ गौतम र ७ का वडाध्यक्ष वैकुण्ठ भण्डारीलाई टेसाले हस्तान्तरण गरेको छ । टेसा पोखराका अध्यक्ष नारायण सापकोटाले वार्षिक कार्यक्रमअनुसार वातावरण दिवसमा एक… पुरा पढौ

तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तीनै तहका सरकारको सहकार्यमा पछि परेका प्रदेशहरूको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । सुदूरपश्चिम सरोकार मञ्चको ११औँ साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मञ्चका हरेक प्रयास तथा सुझावहरू सङ्घीय सरकार र प्रदेश सरकारलाई विकास योजना तर्जुमा, कार्यान्वयन र मूल्याङ्कनमा सहयोगी बन्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री देउवाले आफूले डोटीको उच्चकोट विद्यालयबाट एसएलसी पास गरेपछि उच्च शिक्षा अध्ययनका लागि धनगढीसम्म पैदल यात्रा गरी सीमानाका पारि भारतको रेल चढेर रक्सौल… पुरा पढौ

नागरिकता विधेयकमा सहमति जुटाउन राजनीतिक दलहरूसँग परामर्श

काठमाण्डौं । गृहमन्त्री बालकृष्ण खाणको पहलमा सङ्घीय संसद्मा विचाराधिन नेपाल नागरिकता ऐन २०६३ संशोधनका विषयमा सरोकार पक्षबीच छलफल भएको छ । गृह मन्त्रालयमा भएको छलफलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी, कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला), सांसद पुष्पा भुसाल, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे लगायतको सहभागिता थियो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले दलहरूबीच सहमति जुटाएर प्रतिनिधिसभाको जारी अधिवेशनमा नागरिकता विधेयक प्रस्तुत गर्ने विषयमा छलफल भएको जानकारी दिए । उक्त विधेयकमा नागरिकतालगायत विषयमा सहमति जुट्न… पुरा पढौ

अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा बाराही र नविन मावि विजयी

पोखरा । पोखरामा जारी ब्रेकिङ बाउण्ड्रिज एमसिसी अन्तर विद्यालय छात्र छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारका खेलहरुमा छात्रतर्फ बाराही मावि र नविन मावि विजयी भएका छन् । पोखरा क्रिकेट एकेडमीको आयोजना तथा मेरोलिवोन क्रिकेट क्लव फाउण्डेशन युके र किडासा युकेको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताको पहिलो खेलमा बाराहीले विन्ध्यवासिनी माविलाई ३२ रनले पराजित गर्दा अर्को खेलमा नविनले श्रीकृष्ण माविलाई ३७ रनले पराजित गर्‍यो। पोखराको अम्मरसिंह खेल मैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा बाराही माविले प्रस्तुत गरेको ९१ रनको लक्ष्य पछ्याउने क्रममा विन्ध्यवासिनी मावि… पुरा पढौ