समाचार

नेकपा एकीकृत समाजवादीद्वारा मन्त्रीहरू परिवर्तन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको छ । पार्टीको सचिवालय बैठकले आइतबार सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो । एकीकृत समाजवादी सचिवालय स्रोतका अनुसार सहरी विकास मन्त्रीमा मेटमणी चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा जीवनराम श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्यामा भवानी खापुङ र श्रम तथा रोजगार मन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीको नाम सिफारिस भएको छ । पुरा पढौ

भारतमाा एकदिनमा चार हजार २७० कोरोना सङ्क्रमित

नयाँ दिल्ली । भारत शनिबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार २७० जना थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । करिब तीन महिनापछि गत शुक्रबार भारतमा दैनिक कोरोना सङ्क्रमण ४ हजार नाघेको थियो । गत मार्च ११ मा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार १९४ पुगेको थियो । गत शुक्रबार चार हजार ४१ जनामा कोरोना सङ्क्रमण भएको थियो । त्यसपछि कोरोनाको सङ्क्रमितको सङ्ख्या घट्दै गएको थियो । हाल भारतमा कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या… पुरा पढौ

बङ्गलादेशमा आगलागी ३८ को मृत्यु

बङ्गलादेश । बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्गाउँको सीताकुण्ड भन्ने स्थानमा रहेको एउटा ढुवानी कन्टेनर डिपोमा शनिबार भएको आगलागी परेर ज्यान गुमाउनेको सङ्ख्या ३८ पुगेको छ । चटगाउँको प्रमुख दक्षिणी बन्दरगाहबाट करिब ४० किलोमिटर टाढा रहेको सिताकुण्डमा रहेको भित्री कन्टेनर भण्डारण केन्द्रमा शनिबार राति करिब ९ः३० बजे आगलागी भएको थियो । तीन सयभन्दा बढी घाइते भएको घाइतमध्ये घेरैको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । सो आगलागीमा परी ४० अग्निनियन्त्रक र १० प्रहरीअधिकारी घाइते भएका जनाइएको छ ।… पुरा पढौ

नेपालमा मनसुन प्रवेश गर्दै

काठमाण्डौं । नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ । अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अबको केही दिनभित्रै देशको पूर्वी भेगको मेची अञ्चल आसपास क्षेत्रबाट मनसुन सुरु हुनेछ । उनले भनिन् , “अहिले प्रि मनसुन र मनसुनको सुरुआती चरणको ट्रान्जिक्सन फेजमा रहेको छ, अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन भित्रिनेछ ।”प्रदेश १, मधेस र बागमती प्रदेशका… पुरा पढौ

पोखरामा एक घर, एक वृक्षरोपण

पोखरा । पोखरा महानगरपालिकाले आगामी तीन महिनाभित्रमा महानगरका सबै घर कम्पाउडमा बिरुवा रोप्ने भएको छ । पर्यटकीय सहर समेत रहेको पोखराको वातावरणलाई हरियाली बनाउन महानगरले नगरवासीलाई अनिवार्यरुपमा वृक्षरोपण कार्यक्रममा सहभागी गराउने भएको हो । महानगर प्रमुख धनराज अचार्यले आज ५०औँ विश्व वातावरण दिवसका सन्दर्भ पारेर महानगरले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा अबको तीन महिनाभित्र प्रत्येक घरमा बिरुवा रोप्ने कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका हुन् । उनका अनुसार एक घर एक वृक्षरोपण कार्यक्रमका लागि महानगरले नै आवश्यक बिरुवा नगरवासीलाई उपलब्ध गराउने र… पुरा पढौ

पोखरा लेडि जेसिसद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न

पोखरा । विश्व वातावरण दिवसको अवसरमा पोखरा लेडि जेसिसले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले वतावरणप्रति सचेतना जगाउने उद्देश्यले ‘एक विरुवा, मेरो दायित्व’ भन्ने नाराका साथ पोखराको गोपाल सेवा धाममा विभिन्न प्रजातिका विरुवा रोपेको हो । वृक्षरोपण गर्दै संस्थाका निवर्तमान अध्यक्ष बिनिता सापकोटाले वातावरणीय सन्तुलन कायम राख्नमा क्लवले गरेको वृक्षरोपणले सहयोग पुग्ने बताइन्। कार्यक्रममा गोपाल सेवा धामका अध्यक्ष धर्मराज सिग्देलले धाम परिसरमा संस्थाले वृक्षरोपण गरेको धन्यवाद ज्ञापन गरे । उनले वृक्षरोपणले वातावरण सन्तुलन कायम गर्नुका साथै भू–क्षय लगायतका समस्याको… पुरा पढौ

सुनको मूल्य घट्यो, प्रतितोला ९७ हजार ९ सयमा कारोबार

काठमाण्डौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार ९०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजार ५०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु ६०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ४०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ ले… पुरा पढौ

आजदेखि पृथ्वीराजमार्गको याम्पा–घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द

पोखरा । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवाखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले आजदेखि दैनिक पाँच घण्टा सडक बन्द गर्न लागिएको हो । बन्दीपुर गाउँपालिका–५ स्थित याम्पाफाँट र व्यास नगरपालिका–१२ घाँसीकुवा खण्डमा आजदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ बजेदेखि बिहान ४ बजेसम्म आवागमन बन्द रहने मुग्लिङ पोखरा सडक योजना (पूर्वी खण्ड) का आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । नियमितरुपमा सवारी साधान सञ्चालन हुँदा काम… पुरा पढौ

यात्रुवाहक बस दुर्घटनामा ९ जनाको मृत्यु, २४ घाइते

रूपन्देहीको रोहिणी खोलामा जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ। आज (आइतबार) बिहान ४ः३५ बजे यात्रुबाहक बस पुलबाट खोलमा खस्दा २४ जना घाइते भएका छन्।यात्रुबाहक बस पुलबाट खोलमा खसेको रुपन्देही प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा परी घाइतेमध्ये ५ जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा र ४ जनाको भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनीहरुको युनिभर्सल मेडिकल कलेज, भीम अस्पताल र सिद्धार्थनगर सिटी अस्पतालमा उपचार भइरहेको छ। बसमा ३३… पुरा पढौ

विश्वभर ७०० भन्दा बढी मंकीपक्सबाट संक्रमित

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले शुक्रबार बताएअनुसार अमेरिकामा २१ सहित विश्वभर मंकीपक्स संक्रमितको संख्या ७०० भन्दा बढी पुगेको अमेरिकी अनुसन्धानले देखाएको छ। पछिल्लो समय मंकीपक्स अमेरिकामा पनि फैलिइरहेको बताइएको छ। सीडीसीको एउटा नयाँ रिपोर्टअनुसार पहिलो १७ वटा घटनामध्ये १६ जना समलिंगी पुरुषसँग यौन सम्बन्ध राख्ने व्यक्ति रहेका र बाँकी १४ जना यात्रासित सम्बन्धित भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। सबै बिरामीहरू निको भइसकेका छन् वा निको हुने क्रममा छन्। तर, कुनै पनि संक्रमितलाई जटिल स्वास्थ्य समस्या देखिएको छैन।… पुरा पढौ