समाचार

टुडिखेलमा निर्मित बास्केटबल कोर्टको उद्घाटन

पोखरा । पोखरा महानगरपालिका १ पुरानो टुडिखेलमा निर्मित बास्केटबल कोर्टको उद्घाटन गरिएको छ । स्थानीय क्लब बुद्धटोल युवा क्लबको पहलमा निर्मित उक्त बास्केटबल कोर्टको उद्घाटन गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले गरेका हुन् । उक्त बास्केटबल कोर्ट निर्माणका लागि युवा तथा खेकदुद मन्त्रालयबाट ९ लाख सहयोग गरिएको बास्केटबल कोर्ट निर्माण समितिका अध्यक्ष तथा युवा व्यवसायी हिटलर घलेले जानकारी दिए । उनका अनुसार बुद्धटोल क्लबले ५ लाख र राष्ट्रिय उच्च माविले १ लाख सहयोग गरेको थियो । यसैगरि व्यक्तिगत… पुरा पढौ

संचारिका समुह नेपाल गण्डकी प्रदेश समितिको पदस्थापन

पोखरा। संचारिका समुह नेपाल गण्डकी प्रदेश समितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । समुहको गत बैशाख १४ गते सम्पन्न छैठौ अधिवेशनबाट निर्वाचित समितिको आज पदस्थापन गरिएको हो । पदस्थापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले अबको पत्रकारिता खोज अनुसन्धान तर्फ अग्रसर हुनुपर्ने बताईन् । उनले समाजमा रहेका सर्वसाधारणले सहि सुचना प्राप्त नगर्दा समाज हिंसा र विभेदतर्फ उन्मुख भएको बताईन् ।“महिलाले, उत्पिडनमा परेको समुदायले समाज र राज्यबाट पाउने हक अधिकार समेत राम्ररी बुझेका छैनन्, जसले गर्दा दिनप्रतिदिन… पुरा पढौ

हजयात्रीको शुल्क घटाउन माग गर्दै गहृमन्त्रीसमक्ष ज्ञापनपत्र

काठमाण्डौं । गृहमन्त्री बालकृष्ण खाणलाई नेपाल मुस्लिम इत्तेहाद सङ्गठनले मक्का मदिनामा जाने हजयात्रीको शुल्क घटाउन माग गर्दै आज ज्ञापनपत्र बुझाएको छ । सङ्गठनका अध्यक्ष सराज अहमद फारुकीको नेतृत्वमा गएको टोलीले आज मन्त्री खाणलाई भेटी हज गर्न जाने हजयात्रीका लागि तोकिएको शुल्क घटाउन माग गर्दै ज्ञापनपत्र बुझाएको सङ्गठनका सचिव हलिम साहले जानकारी दिए । सरकारले साउदी अरबको मक्का मदिनामा हज गर्ने जाने हजयात्रीका लागि विगतभन्दा दोब्बर शुल्क तोकेको छ । यही जेठ १५ गते नेपाल हज कमिटीले सूचना जारी गर्दै मक्कामदिना… पुरा पढौ

शसक्त नमुना महिला समुह ११ औ वर्षमा, चार जना सम्मानित

पोखरा, २१ जेठ पोखरा ७ मासबारमा रहेको शसक्त नमुना महिला समुह ११ औ वर्षमा प्रबेश गरेको छ । बार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्याक्रम शुभकामना दिदै नेपाल सरकार स्वाथ्य परियोजनाका योजना विज्ञ छबि गौडेलले समुहले उत्कृष्ट काम गर्दै आएको बताए । उनले महिलाहरु एक जुटभएर काम अगाडी बढाएमा जस्तो सुकै कामलाई सहज रुपमा सम्पन्न गर्न सकिने बताए । उनले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताए । शसक्त नमुना महिला समुहले नवनिर्वाचित पोखरा ७ का वडा सदस्यहरु सम्मान गरेको थियो । गौडेलले… पुरा पढौ

विद्यार्थी र नवविवाहित जोडीलाई पोखराको अन्नपूर्ण केबलकारमा विशेष छुट दिइने

पोखरा । पोखराको अन्नपूर्ण केबलकारले विद्यार्थी र नवविवाहित जोडीलाई टिकटमा विशेष छुट दिने भएको छ । पोखराको पर्यटकीय स्थल सेदीबाट फेवातालको दृश्यहरु हेर्दै सराङ्गकोटसम्मको यात्रा गराउने केबलकारको टिकटमा विद्यार्थी र नवविवाहित जोडीलाई विशेष छुट दिने कम्पनीले जनाएको छ । केबलकारका अनुसार प्लस टुको परीक्षामा सहभागी भएका विद्यार्थी र नवविवाहित जोडीका लागि टिकटमा विशेष छुटको व्यवस्था गरिएको छ । आगामी दिनमा उच्च शिक्षा अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने र मेहेनती हातहरुलाई अझ उर्जा प्रदान गर्दै उहाँहरुको केही समय भए पनि रमाइलो… पुरा पढौ

पोखरामा ब्रेकिङ बाउण्ड्रिज एमसिसी अन्तर विद्यालय क्रिकेट शुरु

जेष्ठ २१,पोखरा पोखरामा शनिबारदेखि ब्रेकिङ बाउण्ड्रिज एमसिसी अन्तर विद्यालय छात्र छात्रा क्रिकेट प्रतियोगिता शुरु भएको छ । पोखरा क्रिकेट एकेडमीको आयोजना तथा मेरोलिवोन क्रिकेट क्लव फाउण्डेशन युके र किडासा युकेको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो । पोखराको अम्मरसिंह खेल मैदानमा शुरु भएको प्रतियोगिताको शनिबार एक समारोहका विच किडासाका नेपालका लागि डेपुटी देशिय प्रतिनिधी हितमान गुरुङ्गले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले विद्यालय खेलकुद प्रारम्भको जग भएको बताउँदै घर बलियो बनाउन जग बलियो हुनुपर्नेमा जोड दिनुभयो । सन्दिप लामिछानेले क्रिकेट… पुरा पढौ

पोखराका जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम

पोखरा, २१ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा र समग्र गण्डकी प्रदेशको विकास लागि प्रदेश सरकार र पोखरा महानगरपालिका एकाकार हुनुपर्ने बताएका छन् । पोखरा महानगरपालिकामा नवनिर्वाचित पदाधिकारी र कर्मचारीका लागि आयोजित नेतृत्व विकास तालिमको उद्घाटन कार्यक्रममा शनिबार उनले प्रदेशको राजधानी मात्र होइन पर्यटकीय केन्द्र भएकाले विकासका लागि सँगसगै अगाडि बढ्नुपर्ने बताएका हुन् । मुख्यमन्त्री पोखरेलले भने, ‘पोखरा प्रदेशको राजधानी मात्र होइन पर्यटकीय केन्द्र पनि हो । यो सहरलाई कस्तो बनाउने भनेर प्लानिङ गर्ने हामीहरुले नै हो… पुरा पढौ

होटल प्रतिनिधि समाज पोखरामा दोहोरिए शन्तकुमार

पोखरा जेष्ठ २१ । होटल प्रतिनिधि समाज पोखराको अध्यक्षमा पुन शन्तकुमार महतो दोहोरीएका छन । शनिबार भएको समाजको २४ औ साधारण सभा तथा १२ औ अधिवेशनले आगामि २ बर्ष को लागि महतोको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।समाजको बरिष्ठ उपाध्यसक्षमा सन्तोष काफ्ले, प्रथम उपाध्यक्षमा हरिलाल शर्मा तिमिल्सिना, द्वित्तीय उपाध्यक्षमा जिवराज उपाध्याय चयन भएका छन् । यस्तै महासचिवमा माधव लम्ुसाल, सचिब सन्तोष देवकोटा, कोषाध्यक्षमा पुरुषोत्तम न्यौपाने, सहकोषाअध्यमा दिपेन्द्र अर्याल चुनिएका छन् ।यस्तै सदस्यहरुमा केशव नेपाली, शभ्भु प्रसाद… पुरा पढौ

खुमलटारमा प्रचण्ड–बालेन भेट

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह खुमलटार पुगेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालेन आज (शनिबार) बिहान खुमलटार पुगेका हुन्खु मलटार भेटघाटमा महानगरपालिकालाई विकास तथा समसमायिक राजनीतिक बिषयमा छलफल भएको प्रचण्डका स्वकिय सचिवालयले जनाएको छ। भेटमा बालेन्द्रले प्रचण्डलाई सहयोग गर्न आग्रह गरेका थिए। जवाफमा प्रचण्डले बालेन्द्रलाई स्वतन्त्रबाट जितेर पनि सबैलाई मिलाएर सहकार्य गर्ने काम गरेको भन्दै आफूले पनि साथ दिने बताए। ‘पहिलेका मेयरहरू स्वतन्त्रबाट जितेपनि पार्टीलाई गाली गर्ने प्रणाली थियो तर तपाईले पहिलो पटक सबैलाई मिलाएर सहकार्य… पुरा पढौ

विप्लव नेतृत्वको नेकपा नवौं महाधिवेशनको तयारीमा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आगामी असोजमा महाधिवेशन गर्ने तयारीमा छ। पार्टीको नवौं महाधिवेशन १ देखि ८ असोजसम्म काठमाडौंमा गर्ने भएको हो। १२ देखि १७ जेठसम्म बसेको नेकपा केन्द्रीय समिति बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो। महाधिवेशन अघि ५ भदौसम्म वडा र पालिका सम्मेलन तथा १५ भदौसम्म जिल्ला सम्मेलन गर्ने निर्णय समेत गरेको छ। यसअघि, गत फागुनमा नै महाधिवेशन गर्ने तयारी थियो। तर, स्थानीय तह निर्वाचनमा जाने विषयमा अन्तरविरोध बढेपछि पार्टी विभाजन भएपछि महाधिवेशनको नयाँ मिति तय भएको हो। बैठकले… पुरा पढौ