समाचार

युद्धमा कोही विजेता हुँदैन; संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले युक्रेनमा रुसको आक्रमणबाट कुनै विजय नहुने बताएको छ । जारी रुस(युक्रेन द्वन्द्व सयौं दिनमा प्रवेश गरेको सन्दर्भमा संयुक्त राष्ट्रसंघको यो टिप्पणी सार्वजनिक भएको हो । जारी द्व्द्वमा मस्कोको सेनाले पूर्वी डोनबास क्षेत्रमा गहिरो दबाब दिइरहेको छ।ूयस युद्धको कुनै विजेता छैन र हुनेछैन। बरु, हामीले १०० दिनसम्म के(के गुमाएको देख्यौं जीवन, घर, रोजगारी र सम्भावनाहरू,अमिन अवाद, सहायक महासचिव र युक्रेनका लागि संयुक्त राष्ट्रसंघ सङ्कट संयोजकले विज्ञप्ति मार्फत सो टिप्पणी गरेका छन् ।रासस पुरा पढौ

भारतमाा एकदिनमा चार हजार भन्दा बढी कोरोना सङ्क्रमित

भारत बुधबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ४१ जना थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।बुधबार तीन हजार ७१२ लाई कोरोना सङ्क्रमण भएको थियो । बुधबारको तुलनामा बिहीबार कोरोना सङ्क्रमितको सङ्ख्या करिब एक हजार बढेको छ । गत मार्च ११ मा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार १९४ पुगेको थियो । त्यसपछि कोरोनाको सङ्क्रमितको सङ्ख्या घट्दै गएको थियो । बिहीरातिसम्म अर्थात २४ घण्टाको समयावधीमा दुई हजार ३३६ जनालाई कोरोना निको भएपछि कोरोनाबाट… पुरा पढौ

बारामा करेन्ट लागेर महिलाको मृत्यु

बाराको कलैया उपमहानगरपालिका वडा नं २३ स्थित बैराठपुरकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।आफ्नै घरमा जडान गरिएको मोटरबाट पानी तान्ने क्रममा बिजुली सर्ट भई बिहीबार साँझ करेन्ट लागेर मृत्यु भएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो । मृत्यु भएकी महिला सोही स्थान बस्ने रामविनय साहकी श्रीमती रहेको प्रहरीले बताएको छ । मृत्यु हुने महिला ३५ वर्षीया प्रभादेवी साह रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । करेन्ट लागेर गम्भीर घाइते भएकी साहको वीरगञ्जस्थित… पुरा पढौ

पोखराका बास्ताकोटी मकवानपुरबाट नक्कली परीक्षार्थीका रुपमा पक्राउ

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२ बस्ने एक जना मकवानपुरबाट नक्कली परीक्षार्थीका रुपमा पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका–१ स्थित स्कुलमा सञ्चालन भइरहेको लोक सेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा अरुको परिक्षा दिईरहेको अवस्थामा ४२ वर्षीय दिपेन्द्रप्रसाद बास्ताकोटी पक्राउ परेका हुन् । महोत्तरी साविक पोखभिण्डा गाबिस बस्ने अभय कुमार यादवको ठाउँमा बास्ताकोटीले परीक्षा दिइरहेको अवस्थामा फेला पारी लोकसेवा आयोगको परीक्षाको केन्द्राध्यक्षले तत्काल प्रहरीलाई जानकारी गराउनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै उनको झोलाबाट… पुरा पढौ

बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले बढेर रु ९८ हजार ५०० तोकिएको छ । अघिल्लो दिन पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार १०० थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले बढेर रु एक हजार २९० पुगेको महासङ्घले जनाएको… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य घटाउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव

प्रतिनिधिसभाको आजको बैठकमा ‘पेट्रोलियम पदार्थको मूल्य घटाउने स्पष्ट खाका पेश गर्न सरकारलाई झकझक्याउन संसद्ले पहल गर्नु अत्यावश्यक भएको’ भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ । नेकपा ९एमाले० का प्रमुख सचेतक विशाल भट्टराईले पेश गरेका सो प्रस्तावमा अर्थतन्त्रका प्रमुख परिसूचकप्रति सरकारले यथेष्ट ध्यान पु¥याउन नसक्दा जनताको जनजीविकासँग जोडिएका खाद्यान्नलगायत अन्य उपभोग्य वस्तुको व्यापक मूल्यवृद्धि भएको र सरकारले मुद्रास्फितिलाई रोक्नाको साटो दिनानुदिन खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थको मूल्य स्वचालितरुपमा १५ दिनमा एकपटक समायोजन गर्नसक्ने प्रावधानविपरीत मूल्य बढाइएको… पुरा पढौ

पोखरा-६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईद्वारा सरकारी तलब, भत्ता नलिने घोषणा

पोखरा जेष्ठ २० । पोखरा महानगर पालिका वडा नं– ६का नवं निर्वाचित वडा अध्यक्ष विष्णुबहादुर भट्टराईले नेपाल सरकार बाट पाउने तलब, भत्ता नलिने घोषणा गरेका छन् । पोखरा महानगर पालिका वडा नं– ६ बैदामका अन्नपूर्ण आमा समुह र बगैचा टोल विकास संस्थाले शुक्रबार आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान कार्यक्रममा अध्यक्ष भट्टराईले यस्तो घोषणा गरेका हुन् । “हामीलाई जनताले पाँच बर्षका लागि आफ्नो क्षेत्रको विकास निर्माण सहित वडाबासीको सेवा गर्ने पठाएको स्मंरण गर्दै अबको पाँच बर्ष सम्म नेपाल सरकार… पुरा पढौ

जिसस कास्कीमा एमालेको प्यानल नै बिजयी

पोखरा, जेठ २० जिल्ला समन्वय समिति (जिसस) कास्कीको प्रमुखसहित सबै पदमा एमालेको प्यानल नै बिजयी भएको छ । जिल्ला समन्वय समिति कास्कीको नया नेतृत्वका लागि आज भएको निर्वाचनमा एमाले प्रमुख, उपप्रमुखसहित सबै सदस्य पदमा बिजयी भएको हो । आज भएको निर्वाचनमा जिसस कास्कीको प्रमुखमा नेकपा एमालेका लीलाधर पौडेल निर्वाचित भएका छन् । पौडेल नेपाली कांग्रेसका दीपेन्द्र ढकाललाई २ मतान्तरले पराजित गर्दै जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका हुन् । पौडेलले ६ मत प्राप्त गर्दा ढकालले ४ मत प्राप्त गरे ।… पुरा पढौ

गाडी भाडा घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले इन्धनको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ ।नेपाल आयल निगमले बिहिबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा लिटरमा रु १० को दरले घटाएसँगै विभागले पनि अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको हो । भाडा घटेसँगै यात्रुबाहक सवारीमा दुई प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २।६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २।९ प्रतिशत घटेको विभागले जनाएको छ । यातायात व्यवस्था विभागको विसं २०७८ चैत… पुरा पढौ

हिमपहिरामा परी एक महिलाको मृत्यु

बझाङ यार्सागुम्बा सङ्कलनका क्रममा हिमपहिरोमा परी एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सुर्मा गाउँपालिका–१ नाउलाकी करिब ३० वर्षीया सिन्की बोहरा रहएको बताइएको छ । बिहीबार राति करिब १२ बजे धनसेरा भन्ने ठाउँमा टेन्टमा सुतिरहेका बेला माथिबाट खसेको हिमपहिरामा परी बोहराको मृत्यु भएको हो । उनीसँग रहेका अरु भने भागेर बाँच्न सफल भएका छन् । मृतक बोहराको उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी त्यसतर्फ परिचालन गरिएको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए ।मृतक बोहराका एक छोरा… पुरा पढौ