समाचार

हेलिकोप्टरमा २ पाइलट राख्न असम्भव : संघ

नेपाल वायुसेवा संचालक संघले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा २ पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ। प्राधिकरणले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि २ पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला संघले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा अगाडि सारेको हो। हेलिकोप्टरमा २ पाइलट राख्नेबारे नागरिक उड्डयन प्राधिकरणले ५ सदस्यीय प्राविधिक टोली गठन गरेर अध्ययन गरिरहेको छ। एक इन्जिन भएको हेलिकोप्टरमा २ पाइलट राख्दा तलबमा धेरै रकम खर्च गर्नुपर्ने भएकाले कम्पनी धरासायी हुने नेपाल वायु… पुरा पढौ

तनहुँको याम्पा–घाँसीकुवा सडक खण्ड जेठ २२ गतेदेखि बन्द हुँदै

पृथ्वीराज मार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडक खण्डमा पर्ने तनहुँको याम्पा फाटदेखि घाँसीकुवा खण्ड आगामी जेठ २२ गते रातिदेखि बन्द हुँदैछ। उक्त क्षेत्रमा सडक खन्नुपरेकाले अर्को सूचना जारी नभएसम्मका लागि राति ११ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने जनाइएको छ। मुग्लिङ–पोखरा सडक योजना (पूर्वी खण्ड) तनहुँले राति ११ बजे अगाडी र बिहान ४ बजेपछिको सममा गाडी चलाउन मिल्ने बताएको छ। एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक ४ लेनको बनाउन लागिएको हो। ४ लेनको सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ। बाक्लो बस्ती… पुरा पढौ

मुस्ताङको लोमन्थाङ गाउँपालिकामा समेत आइतबार पनि खुल्ला

मुस्ताङको लोमन्थाङ गाउँपालिकाले आइतबार पनि सेवा दिने भएको छ। नेपाल सरकारले आइतबार पनि विदा दिने निर्णय गरेपनि पालिकाले भने जनताको सेवा दिन आइतबार पनि सेवा सुचारु राख्ने निणर्य गरेको हो। कार्यपालिकाको निर्वाचन सकिएलगत्तै पहिलो बैठकबाट आइतबार समेत संपूर्ण सरकारी सेवा दिने निर्णय भएको गाउँपालिकाले जनाएको हो। राज्यले विदा भनेपनि पालिकाले भने नागरिकको सेवालाई थप प्रभावकारी बनाउनेतर्फ अघि बढेको गाउँपालिकाले जनाएको छ। आइतबारको विदा कटौती गर्दै सेवा प्रवाह गरिने गाउँपालिकाले जानकारी गराएको छ। पुरा पढौ

मुस्ताङको घरपझोङ गाउँपालिका आइतबार समेत खुल्ला

मुस्ताङको घरपझोङ गाउँपालिकाले आइतबार समेत सेवा दिने निर्णय गरेको छ। नेपाल सरकारले शनिबार र आइतबार २ दिन सार्वजानिक विदाको घोषणा गरेपनि मुस्ताङका पालिकाहरुले भने आइतबारको विदा कटौती गरेका हुन्। घरपझोङको कार्यपालिकाको बैठकले आइतबार समेत सेवा दिने निर्णय गरेको हो । बैठकको निर्णयमा भनिएको छ ‘यस गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु तथा स्वास्थ्य चौकी र आधारभुत स्वास्थ्य सेवा केन्द्रहरु र आधारभुत स्वास्थ्य सेवा केन्द्रहरु आइतबारदेखि बिहिबारसम्म विहान १० बजेदेखी ५ बजेसम्म र शुक्रबार १० बजेदेखी ३ बजेसम्म कार्यालय समय तोकी कार्यालय खुल्ला… पुरा पढौ

‘हाम्रो मन्त्रीमण्डल ठूलो भयो, ७ वटामा झार्नुपर्छ’

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले सत्ता जोगाउनका लागि मन्त्रीमण्डल विस्तार गर्दा खर्चको आकार बढ्दै गएको बताएका छन्। अर्थ तथा विकास समितिको बैठकमा उनले प्रदेशको मन्त्रीमण्डल ७ जनामै सीमित गर्नुपर्ने बताएका हुन्। ‘आम्दानी भन्दा खर्च अधिक बढेको छ। यसलाई नियन्त्रण गर्न निकै गाह्रो भैसकेको छ। आजको यो ज्वलन्त समस्या हो। मन्त्रिमण्डल अव ठूलो भयो। ७ देखि ८ जना बनाउन पनि आवश्यक छैन,’ उनले भने, ‘कानूनले दिएको अधिकार प्रयोग गर्न त पाइयो तर प्रगती के भयो त ? उपादयता के हो त… पुरा पढौ

कालीगण्डकी दोहन रोक्न प्रहरी सक्रिय

कालीगण्डकी नदीको अवैध दोहन रोक्न प्रहरीले सक्रियता बढाएको छ। प्रहरीले बुधबार राति अवैध रुपमा कालीगण्डकी किनारबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खनन तथा ओसारपसार गरिरहेका २ ट्रयाक्टर नियन्त्रणमा लिएको छ। यसअघि, बुधबार बागलुङ नगरपालिका–१ कालीगण्डकी किनारमा अवैधरूपमा ढुंगा र बालुवाको उत्खनन तथा ओसारपसार गरिरहेका ३ ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको थियो। सर्वोच्च अदालतले नदीजन्य पदार्थको उत्खनन नगर्न आदेश दिएपछि प्रहरीले कालीगण्डकीको दोहन रोक्न सक्रियता बढाएको हो। पाँचवटै ट्रयाक्टर र सामग्री बागलुङ नगरपालिकालाई बुझाइएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए। बुधबार प्रहरीले कालीगण्डकी… पुरा पढौ

हिमाली साँस्कृतिक परिवारले संगीत दिवसमा साँस्कृतिक साँझ गर्ने , प्रमुख संरक्षक कार्कीको स्मृतिमा कक्ष नामाकरण

पोखरा । रजत जयन्ती वर्षको विविध कार्यक्रम गरिरहेको हिमाली साँस्कृतिक परिवारले साँगितिक साँझ २०७९ कार्यक्रम आयोजना गर्ने भएको छ।बि.सं.२०५४ सालमा नेपाली लोक सँस्कृति बचाऔं नाराका साथ स्थापित पोखरा महानगरपालिका वडा नं.९ पुरानो बसपार्कस्थित कार्यालय रहेको हिमाली साँस्कृतिक परिवारले विश्व संगीत दिवसको अवसर एवम रजत वर्षको सन्दर्भमा आउदो असार ७ गते पोखरामा साँगितिक साँझ आयोजना गर्ने भएको हो। संगीत दिवसलाई सँस्कृतिमय बनाउन हिमाली साँस्कृतिक परिवार साँस्कृतिक साँझ आयोजना गर्ने निर्णय गरेको हो। उक्त साँझलाई हिमाली साँस्कृतिक परिवारको पारिवारिक पुर्नमिलनको रुपमा समेत… पुरा पढौ

गोशली हाउसद्वारा प.क्षे.अ.परिसरमा चार वटा प्रतिक्षालय हस्तान्तरण

पोखरा । गोशली हाउस पोखराले पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान मातहतको पश्चिमान्चल क्षेत्रीय अस्पताल परिसरमा चार वटा यात्रु प्रतिक्षालय हस्तान्तरण गरेको छ । हाउसका संचालक तथा शान्ति तथा कल्याणकारी गुठीका अध्यक्ष शुशिलकुमार गोशलीले बिहिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको लायन्स पार्कमा आयोजित एक कार्यक्रममा प्रतिष्ठानका उप कुलपति प्रा.डा.डुकबहादुर क्षेत्रीलाई हस्तान्तरण गरेका हुन् ।हस्तान्तरण समारोहमा बोल्दै अध्यक्ष गोशलीले गोशली हाउस तथा गुठीका तर्फबाट सहयोग गर्न पाएकोमा सन्तुष्टि ब्यक्त गरे । यो सानो सहयोग मात्र हो, गोशलीले भने ‘आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग… पुरा पढौ

दुई विधेयक प्रस्तुत

प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ९कोइराला०ले “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९” र “फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ प्रस्तुत गरेका छन् । संवैधानिक व्यवस्था र विभिन्न सन्धिको पक्ष राष्ट्र भएकाले मृत्युदण्डसम्बन्धी कानूनी व्यवस्था गर्न नमिल्ने तर सजाय बढाउन मिल्नेगरी विधेयक ल्याइएको मन्त्री शर्माले स्पष्ट पारे । जर्वजस्तीकरणी गर्नेलाई कानूनी सजायको व्यवस्था गर्नेगरी विधेयक ल्याइएको उनले जानकारी दिए । त्यसैगरी मन्त्री शर्माले वालिक, महिला र युवतीमाथि तेजाव… पुरा पढौ

शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई रोक्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले बढ्दो शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई न्यूनीकरण गर्दै युवा जनशक्तिलाई उनीहरुको रुचि र विश्व बजारको मागअनुसारको गुणस्तरीय शिक्षा उपलब्ध गराउने वातावरण निर्माण गर्न विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ । काठमाडौँ विश्वविद्यालयको दोस्रो चरणको २७औँ दीक्षान्त समारोहलाई आज काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्बोधन गर्दै उनले बढ्दो शैक्षिक बेरोजगारी हटाइ बौद्धिक प्रतिभा पलायनलाई नरोक्दासम्म मुलुकमा उज्यालो भविश्य सुनिश्चित गर्न नसकिने बताए ।प्रधानमन्त्री देउवाले शिक्षित युवा जनशक्ति मुलुकको विकास र परिवर्तनका संवाहक भएकाले दीक्षित युवा जनशक्तिलाई त्यसतर्फ ध्यान… पुरा पढौ