समाचार

हतियार खरिदको न्यूनतम उमेर २१ वर्ष पुर्याउनुपर्छ

संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसा बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रपति जो बाइडेनले बालबालिका र परिवारको सुरक्षाको लागि घातक हतियार प्रतिबन्धित गर्नुपर्ने बताउनुभएको छ ।यदि त्यसो गर्न नसकिए हतियार खरिदको न्यूनतम उमेर २१ वर्ष पु¥याउनुपर्नेमा उनले जोड दिएका छन्। हाल अमेरिकामा १८ वर्षका जोकोहीले हतियार खरिद गर्न पाउने कानुनी प्रावधान छ । हालै टेक्सासको उभल्देस्थित रोब प्राथमिक विद्यालयमा भएको गोलाबारीमा १९ बालबालिकासहित कैयौँको मृत्यु भएको सन्दर्भमा अमेरिकी राष्ट्रपतिले हतियारमा प्रतिबन्ध लगाउन र त्यसो गर्न नसकिए खरिदको उमेर बढाउनुपर्नेमा जोड दिँदै… पुरा पढौ

प्रहरी कारबाहीमा चार मारिए

केन्याको पूर्वी सहरमा बिहीबार भएको एक प्रदर्शनमा प्रहरीले गरेको कारबाहीमा परी कम्तीमा पनि चार जनाको ज्यान गएको छ । यहाँको मासिम्बा क्षेत्रमा प्रदर्शनकारीहरुले प्रहरीका विरुद्धमा आन्दोलन गरेका थिए । उनीहरुको भिडलाई रोक्ने क्रममा प्रहरीले गोली चलाएको थियो ।गोली लागेर ती आन्दोलनकारीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । सो क्षेत्रमा जंगली जनावरले दुःख दिएपछि त्यसका विरुद्धमा सरकारले कुनै कदम नचालेको भन्दै प्रहरीका विरुद्धमा स्थानीयले प्रदर्शन गरेका थिए ।सो प्रदर्शनमा परी अरु सात जना घाइते भएका थिए । उनीहरुको स्थानीय अस्पतालमा… पुरा पढौ

कर्मचारी अभावमा सेवा प्रवाह प्रभावित

लमजुङ बेँसीसहर नगरपालिका वडा नं ७ मा रहेको राष्ट्रिय वाणिज्य बैंक बेँसीशहर शाखामा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवाप्रवाहमा समस्या भएको छ । करिब चार महिनादेखि दरबन्दीअनुसार कर्मचारी नहुँदा दैनिक सेवा प्रवाहमा समस्या भइरहेको हो ।पाँच मिनेटमा हुने कामसमेत कर्मचारी अभावका कारण सेवाग्राही घण्टाँै लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ । सेवाग्राहीलाई मात्र नभई सीमित सङ्ख्यामा रहेका कर्मचारीलाई समेत सेवा प्रवाहमा समस्या हुँदै आइरहेको छ । दरबन्दीअनुसार कर्मचारी नहुँदा दिनहुँ बढी समय कर्मचारी खटिनुपर्ने, बिहान ९ः३० बजेदेखि खटिएर बेलुका ७ः३० बजेसम्म पनि काम… पुरा पढौ

आइतबार चोरमारामा सडक अवरुद्ध हुने

नवलपुर । यही जेठ २२ गते आइतबार पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को चोरमारामा छ घण्टा सडक अवरुद्ध हुने भएको छ । सो स्थानको गिरुबारी खोलाको पुल मर्मतका लागि सडक अवरुद्ध हुने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए । उनका अनुसार आइतबार बिहान ८ बजदेखि दिउँसो २ बजेसम्म पुल मर्मतका हुने छ । पुलको बीच भाडमा भ्वाङ परेका कारण यातायात आवागमन बन्द गरेर नियमित मर्मतसम्भारको काम गर्न लागिएको प्रजिअ घिमिरेले बताए ।उक्त खण्डको वैकल्पिक सडक प्रयोग गर्न समेत प्रशासनले अनुरोध गरेको… पुरा पढौ

१५ पालिकालाई रु सात अर्बभन्दा बढी अनुदान

सङ्घीय सरकारमार्फत झापाका १५ पालिकालाई रु सात अर्ब ३१ करोड ८६ लाखको बजेट विनियोजन भएको छ । संघीय सरकारको आर्थिक वर्ष २०७९÷८० विनियोजित बजेटबाट जिल्लाका आठ नगरपालिकालाई रु चार अर्ब ९६ करोड चार लाख र सात गाउँपालिकालाई दुई रु अर्ब ६२ करोड ८२ लाख रकम विनियोजन गरिएको हो । समपूरक अनुदानमा सबैभन्दा बढी रकम मेचीनगर नगरपालिकालाई प्राप्त भएको छ । भौगोलिक र जनसङ्ख्याका हिसाबले सबैभन्दा ठूलो र पूर्वी भारतसँग सीमा जोडिएको मेचीनगरका लागि सबैभन्दा बढी रु ८३ करोड ५८ लाख… पुरा पढौ

नागरिकता ऐन विधेयक पारित गर्न माग

नागरिकता ऐन विधेयक छिटो पारित गरिनुपर्नेमा सांसदले जोड दिनुभएको छ ।प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समिति र महिला, कानुन र विकास मञ्चको संयुक्त आयोजनामा आज भएको छलफल कार्यक्रममा सांसद मीनबहादुर विश्वकर्माले बजेट पारित भएसँगै नागरिकता ऐन ९संशोधन० विधेयक अघि बढाउने तयारी भएको बताए । पाँच वर्षका बालबालिकालाई विद्यालयमा भर्ना गर्न जाँदा पनि जन्मदर्ता प्रमाणपत्र माग्ने, जन्मदर्ता प्रमाणपत्रका लागि विवाह दर्ता चाहिने र विवाह दर्ताका लागि नागरिकता चाहिने भएकाले यसको महत्व बुझेर काम गरिनुपर्नेमा उनले जोड दिए । सांसद भानुभक्त ढकालले… पुरा पढौ

हावाहुरीले ऐतिहासिक कोतघरमा क्षति

बागलुङ । हावाहुरीले गलकोट नगरपालिका–३ स्थित ऐतिहासिक गलकोट कोतघरमा क्षति पु¥याएको छ । केही दिनअघि आएको हावाहुरीका कारण रुख ढल्दा कोतघरको गारो र छानो भत्किएको हो ।कोतघर पूजा व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर खत्रीका अनुसार सल्लाको हाँगाले कोतघरको दक्षिणपट्टिको भागमा क्षति पुगेको हो । उनले बर्सातका बेला कोतघरमा थप क्षति हुन नदिन बाहिरी सुरक्षा र सामान्य मर्मतको काम थालिएको बताए । अध्यक्ष खत्रीले कोतघरका लागि दीर्घकालीन संरक्षण योजना चाहिएको उल्लेख गर्नुभयो ।वडा नं ३ का अध्यक्ष फमबहादुर खत्रीले कोतघरको पुनःनिर्माणका लागि… पुरा पढौ

जनतालाई केन्द्रमा राखेर सेवा गर्न अध्यक्ष प्रचण्डको निर्देशन

नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई केन्द्रमा राखेर उनीहरुको सुख दुःखमा साथ दिएर काम गर्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई निर्देशन दिए । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुख तथा उपप्रमुखलाई आज आफ्नै निवास खुमलटारमा आयोजित एक कार्यक्रममा उनले विकास निर्माणको काम गर्दासमेत स्थानीय आवश्यकता र जनताको चाहनालाई ख्याल गर्न आग्रह गरेका थिए । स्थानीय तहका नवनिर्वाचित प्रमुख÷उपप्रमुखको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाडौँ आएका देशैभरका जनप्रतिनिधिलाई पनि अध्यक्ष दाहालले सोही खालको निर्देशन दिएका थिए। कार्यक्रममा सहभागी कर्णाली प्रदेश… पुरा पढौ

अदालतले रु १६ लाख ५० हजार जरिवाना तोकेका राई पक्राउ

नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु १६ लाख ५० हजार जरिवाना तोकिएका एकजनालाई पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले उच्च अदालत पाटनको विसं २०७९ वैशाख ५ को फैसलाअनुसार चार दिन कैद सजाय र रु १६ लाख ५० हजार जरिवाना तोकिएका खोटाङ हलेसी घर भई हाल भक्तपुरको ठिमी बस्दै आएका ५१ वर्षीय इन्द्रकुमार राईलाई आज पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले पक्राउ परेका राईले विसं २०७७ माघमा ग्लोबल आइएमई बैंक भक्तपुर शाखाको पर्याप्त मौज्दात रकम… पुरा पढौ

मूल्यवृद्धिबारे सांसदद्वारा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाका सांसदले देशमा भएको मूल्यवृद्धिबारे अनुगमन गरी कारण पत्ता लगाएर मूल्यवृद्धि अन्त्य गर्नुपर्ने माग गरेका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद कृष्णभक्त पोखरेलले प्रस्तावको समर्थन गर्दै मूल्यवृद्धिले सर्वसाधारण जनतालाई आफ्नो दैनिकी चलाउनसमेत समस्या भएको बताए । सांसद पुष्पा भुसालले आयातित वस्तुलाई न्यून गर्दै निर्यातमा जोड दिनुपर्ने बताए । सांसद डिला सङ्ग्रौलाले दैनिक उपभोग्य वस्तुको दिनप्रतिदिन बढ्दै गएको मूल्यवृद्धिका बारेमा सरकारको ध्यानार्कषण गराए । सांसद लालबाबु पण्डितले सरकारले बजार अनुगमन नगरेको र… पुरा पढौ