समाचार

अध्ययन बिनाको बजेट कार्यक्रम कार्यान्वयनमा समस्या आउँछ’

एशियाली विकास बैंक एडिबी का वरिष्ठ अर्थशास्त्री समीर खतिवडाले आयोजनाको अध्ययन र प्रर्याप्त तयारी बिना बजेटमा समावेश गरिएका कतिपय कार्यक्रम कार्यान्वयनमा समस्या आउने औंल्याए ।नेपाल आर्थिक पत्रकार समाज ९सेजन० ले आज ‘बजेट तथा योजना तर्जुमा’ विषयमा गरेको अन्तक्रियामा उनले बजेटमा समावेश गरिएका कतिपय लोकप्रिय कार्यक्रमको सफल कार्यान्वयनका लागि तयारी कस्तो छ त्यसमै भर पर्ने धारणा राखे। बजेट योजना कार्यान्वयनसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास र सफल कार्यान्वयन गर्ने मुलुकको उदाहरण पेश गर्दै उनले प्रर्याप्त अध्ययन र बिना तयारी ल्याइएका परियोजना कार्यान्वयमा चुनौती आउने… पुरा पढौ

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान परिषद बैठक : अधिकृतको सेवाकालीन तालिम अब प्रदेशमै

पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले प्रदेश र स्थानीय तहमा कार्यरत अधिकृत कर्मचारीका लागि सेवाकालीन तालिम पाठ्यक्रम तयार पारेको छ । उक्त पाठ्यक्रम प्रशिक्षण परिषद्को चौथो बैठकले पारित गरेको छ । परिषद अध्यक्ष समेत रहेका मुख्यमन्त्री एवं कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा बसेको बैठकले पाठ्यक्रम स्वीकृत गरेको हो । सहायकस्तरका लागि तालिम सञ्चालन हुँदै आए पनि अधिकृत तहका लागि भने प्रदेशमा पहिलोपटक पाठ्यक्रम तयार भएको हो । प्रतिष्ठानले तयार पारेको स्थानीय आर्थिक विकास प्रशिक्षण सामग्री मुख्यमन्त्री पोखरेलले विमोचन गरेका छन् ।… पुरा पढौ

जहाज दुर्घटना स् मृतकका शव परिवारलाई बुझाइयो

काठमाडौँ । तारा एयरको ट्वीनअटर जहाज दुर्घटनामा मृत्यु भएकाको शव परिवारलाई बुझाइएको छ । दुर्घटनामा मृत्यु भएका सबै २२ जनाको शव मृतकका परिवार आफन्तलाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ ।यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाज दुर्घटनामा मृत्यु भएकाको शव त्रिवि शिक्षण अस्पतालमा शव परीक्षणपछि आज परिवारलाई हस्तान्तरण गरिएको छ । बुधबार राति पोष्टमार्टम सकिएका २२ वटै शवको कागजी प्रक्रिया मिलाएर आज १२ बजेभित्रै मृतकका परिवालाई शव हस्तान्तरण गरिएको हो । मृतकमध्ये चार भारतीयको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने… पुरा पढौ

काजी पाँडेको योगदानको स्मरण

नेपाल एकीकरण अभियानका सारथी काजी कालु पाँडेको स्मृति दिवस उहाँको योगदानको स्मरण गर्दै मनाइयो ।राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित पाँडेको समाधिस्थल परिसरमा काजी कालु पाँडे, तुलाराम पाँडे स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ र लेखक सुजित मैनालीले एकीकरण अभियानमा पाँडे परिवार र काजी पाँडेले गर्नुभएको योगदानबारे प्रकाश पारेका थिए । सो अवसरमा उपकुलपति गुरुङले नेपालीकरण ९प्रोसेस अफ नेपलाइजेशन०को विकासका क्रममा विभिन्न जातजातिहरूको समन्वय र संयुक्त योगदानको शृङ्खलालाई भुल्न नहुने र इतिहासको… पुरा पढौ

जेठ २७ सम्म तारा एअरको पोखरा–जोमसोमको नियमित उडान स्थगित

पोखरा । तारा एअरले आगामी जेठ २७ गतेसम्मका लागि पोखरा–जोमसोम– पोखराका नियमित उडानलाई स्थगित गर्ने भएको छ । एअरले बिहीबार एक सुचना प्रकाशित गर्दै यस्तो जनाएको हो । एअरले सुचनामा विशेष कारणबस भोलि जेठ २० देखि आगामी जेठ २७ सम्मको लागि नियमित उडानहरु स्थगित भएको जनाएको छ । यसअघि जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो । पुरा पढौ

मनाङमा ५० प्रतिशत पुस्तक आइपुग्यो

मनाङ, । यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन हप्ता बढी भएको छ । तर सामुदायिक विद्यालयका विद्यार्थीको हातहातमा पाठ्यक्रमअनुसारका सबै पुस्तक पुग्न सकेको छैन ।विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पुस्तक छपाइ एवं् वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर पुस्तक अभाव भएको हो । हिमाली जिल्ला मनाङमा शैक्षिक सत्र सुरु भएको तीन साता बढी हुँदा ५० प्रतिशत मात्रै पुस्तक आइपुगेको शिक्षा विकास तथा समन्वय एकाई मनाङका प्रमुख मतिलाल… पुरा पढौ

दक्षिण कोरियामा तेस्रो दिन पनि डढेलो नियन्त्रणमा आउँन सकेन

दर्जनौं हेलिकप्टरको सहयोगमा आगो निभाउने अनवरत प्रयासका बाबजुद पनि यहाँ बिहीबार तेस्रो दिनसम्म डढेलो नियन्त्रणमा ल्याउँन नसकिएको योनहाप समाचार एजेन्सीले जनाएको छ।राजधानी सियोलबाट करिब २८० किलोमिटर दक्षिणपूर्वमा रहेको मिर्याङको पहाडबाट मङ्गलबार बिहान शुरु भएको आगो तीव्र हावा र सुख्खा पतझरका कारण नजिकैको जङ्गलमा व्यापकरूपमा फैलिएको थियो। उक्त डढेलो निभाउँन ५३ वटा हेलिकोप्टर र करिब २ हजार ४५० कर्मचारी परिचालन गरिएको छ। यद्पि तीन दिनसम्म आगो नियन्त्रणमा आएको छैन ।आगलागीबाट करिब सात सय हेक्टर जमिन प्रभावित भएको छ । कुनै मानवीय… पुरा पढौ

अफ्रिकी संघका प्रमुख र राष्ट्रपति पुटिन बीच शुक्रबार रुसमा वार्ता हुने

अफ्रिकी संघका प्रमुख एवं सेनेगलका राष्ट्रपति म्याकी सालले शुक्रबार दक्षिणपश्चिम रुसी शहर सोचीमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने छन कार्यक्रम तय भएको छ ।यस भ्रमणको उद्देश्य ूअनाज र मलको भण्डार खाली गर्नेजसको अवरोधले विशेष गरी अफ्रिकी देशहरूलाई असर गरेको छू गर्नु रहेको बताइएको छ । साथै वार्तामा युक्रेन द्वन्द्बाट सृजित समस्यालाई सहजीकरण गर्नु पनि यसको उद्देश्य रहेको छ । राष्ट्रपति पुटिनको निमन्त्रणापछि यो भ्रमणको आयोजना गरिएको हो । त्यसैगरी अफ्रिकी संघले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबाट भिडियो ठेगाना पनि प्राप्त गर्नेछन्यद्यपि… पुरा पढौ

तालिम नलिएका व्यक्तिले विमान अवतर

उडान र अवतरणको तालिम नलिएका व्यक्तिलाई यात्रीले भरिएको विमान अवतरणको अनुमति दिएको एक विमान कम्पनीले भारी रकम जरिवाना तिर्नुपरेको छ ।नागरिक उड्डयन महानिर्देशनालय ९डिजिसीए०ले सुरक्षा नियम उल्लङ्घन गरेकामा निजी वायुसेवा कम्पनी एयर विस्तारालाई रु १० लाख जरिवाना गरेको हो । एयर विस्तारालाई नागरिक उड्डयन निगरानीमा राखिएको डिजिसीएका अधिकारीले बताएका छन् ।उडान र अवतरणको तालिम नलिएका एकजना सहचालकले हालै मध्यप्रदेश राज्यको इन्दौर विमानस्थलमा विमान अवतरण गराएका थिए । यात्रीका जीवनलाई जोखिममा पार्ने गम्भीर उल्लङ्घन विमान कम्पनीले गरेकामा उक्त रकम जरिवाना गरिएको… पुरा पढौ

आलुबालीमा कीराको प्रकोपले किसान चिन्तित

डडेल्धुरा। लगाइएको बाली कहिले जङ्गली जनावरले त कहिले कीराफट्याग्राले नष्ट गर्नथालेपछि यहाँका चिन्तित भएका छन् । वर्षेबाली बँदेल र दुम्सीले नष्ट गर्ने गरेकामा हिउँदे बालीका रुपमा लगाइएको आलुखेती कीराले नष्ट गरेको छ ।अमरगढी नगरपालिकाका विभिन्न क्षेत्रमा आलु बालीमा कीराले नष्ट गरेकाले अहिले त्यहाँका किसान समस्यामा परेका छन् । सुरुमा हुर्कदै गरेको आलुको बोटमा कीराले सखाप पा¥योे । बचेका केही बोटमा फल लागे पनि कीराले नष्ट पारिदिएर उत्पादन घटेकामा किसान चिन्तित भएका हुन् ।वडा नं ३ हाटगाउँका विभिन्न ठाउँमा आलुमा लाग्ने… पुरा पढौ