समाचार

उत्तरपश्चिम पाकिस्तानमा आतङ्कवादी हमलामा एक सैनिकको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा आतङ्कवादीहरूले सुरक्षा बललाई निशाना बनाएर गरेको आक्रमणमा एक सैनिकको मृत्यु भएको सेनाले बिहीबार राति विज्ञप्तिमार्फत जनाएको छ।आतङ्ककारीहरूले जिल्लाको दत्तखेल नगर क्षेत्रमा रहेको सैनिक चौकी माथि गोली चलाएका थिए । सेनाको मिडिया विंग इन्टर सर्भिसेज पब्लिक रिलेटिले जनाएअनुसार आक्रमण हुना साथ सैनिकहरूले तुरुन्त प्रतिक्रिया जनाएका थिए। गोली हानहानका क्रममा २८ वर्षीय सैनिक जवानको मृत्यु भएको थियो । पाकिस्तानमा पछिल्लो समयमा आतङ्कवाद विरुद्ध सेनाले तीव्र र कठोर कारबाही चलाउँदै आएको जनाएको छ । पुरा पढौ

धान रोप्ने बेलामा मलको हाहाकार

भक्तपुर । किसानको जिल्ला भनेर चिनिने भक्तपुरमा रासायनिक मलको अभाव चुलिएको छ । यसवर्ष जेठमै वर्षा सुुरु भएकाले कतिपय ठाउँमा रोपाइँ गर्न तयारी गरिए पनि रासायनिक मल नहुँदा किसान मर्कामा परेका छन् । केही सहकारीले बेलैमा ल्याएको मल बिक्री सुरु गरेकाले पाँच किलो मल लिन किसानलाई रातभर लाइनमा बस्नु परेको छ । पैसा तिरेर पनि मल नपाउँदा किसान सरकारसँग आक्रोशित हुँदै आएका छन् । सिद्धि गणेश कृषि सहकारी संस्था लिका अध्यक्ष पूण्यराम दुमरुले पाँच किलो मल लिन ३०० देखि ४००… पुरा पढौ

एक करोड लगानीमा बाख्रापालन

तनहुँ । तनहुँका गङ्गादेवी बाख्रा फार्म सञ्चालक देवीप्रसाद र गङ्गादेवी अधिकारीले बाख्रापालनबाट राम्रो कमाइ गर्दै आएका छन् । रु डेढ लाख लगानी गरेर आठ बाख्राबाट व्यवसाय सुरु गरेका अधिकारी दम्पतिले अहिले रु एक करोड बढी लगानी गरिसकेका छन् । व्यास नगरपालिका–४ स्थित चरेखोल्सीमा करिब ३६ रोपनी क्षेत्रफलमा विभिन्न प्रजातिका घाँस लगाएर व्यवस्थित तरिकाले बाख्रापालन गरेका हुन् । हालसम्म बैंकको ऋण, अनुदान र आफ्नो लगानीसमेत गरी करिब रु एक करोड लगानी भएको फार्म सञ्चालक गङ्गादेवीले जानकारी दिए । करिब एक सयको… पुरा पढौ

‘प्याकेजिङ’ खाद्यवस्तुबारे विद्यालयमा सचेतना

बागलुङ । बागलुङका विद्यालयमा बालबालिकालाई ‘प्याकेजिङ’ गरिएका खाद्यवस्तुबाट स्वास्थ्यमा हुने दीर्घकालीन असरबारे सचेत बनाइने भएको छ । विद्यालयमै पुगेर ‘प्याकेजिङ’ गरिएका खाद्यवस्तुको लेबल विवरण तथा खाद्य स्वच्छतासम्बन्धी जानकारी गराइने भएको खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयले जनाएको छ । आउँदो जेठ २४ गते मनाइने चौधौँ खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित विविध कार्यक्रमअन्तर्गत विद्यालय तहका विद्यार्थीलाई ‘प्याकेजिङ’ गरिएका खाद्यवस्तुसम्बन्धी सचेतनालाई प्राथमिकतामा राखेको हो । ‘स्वच्छता सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नारासहित मनाउन लागिएको दिवसमा उपभोक्ताको खाद्य स्वच्छतासम्बन्धी अधिकार प्रत्याभूति गर्न… पुरा पढौ

वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी निर्माण

गोरखा । वन्यजन्तुको उपभोगका लागि गोरखाका सामुदायिक वनमा पोखरी निर्माण गरिएका छन् । डिभिजन वन कार्यालयले जिल्लाभित्रका सामुदायिक वनमा ‘एक सामुदायिक वन, एक संरक्षण पोखरी’ कार्यक्रमअन्तर्गत हालसम्म १५ पोखरी निर्माण गरेको छ । सहायक वन अधिकृत महेश पौडेलका अनुसार पोखरी निर्माणका लागि छनोटमा परेका प्रत्येक सामुदायिक वनलाई कार्यालयले रु एक लाख उपलब्ध गराउँदै आएको छ । वन कार्यालयले सकेसम्म सामुदायिक वनमा नजिकै पानीको मुहान भएको ठाउँमा पोखरी निर्माण गर्ने गरेको छ । पानी अभाव भएको स्थानमा समेत बाहिरबाट पाइपमा पानी… पुरा पढौ

म्याग्दीका स्थानीय तहमा कार्यपालिकाले पूर्णता पायो

म्याग्दी । स्थानीय तह निर्वाचनअन्तर्गत म्याग्दी जिल्लाका छवटै स्थानीय तहको कार्यपालिकाले पूर्णता पाएको छ । गत वैशाख ३० गते भएको स्थानीय तह चुनावबाट निर्वाचित जनप्रतिनिधिको मतदानबाट बेनी नगरपालिकामा आठ र पाँचवटा गाउँपालिकामा छ÷छ जना सदस्य चुनिएसँगै कार्यपालिकाले पूर्णता पाएका हुन् । बेनी, धौलागिरि र रघुगङ्गामा सत्तारुढ दलको गठबन्धन, अन्नपूर्ण र मंगाला गाउँपालिकामा नेकपा ९एमाले० तथा मालिका गाउँपालिकामा एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीका उम्मेदवार कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । बेनी नगर कार्यपालिका सदस्यमा दलित वा अल्पसङ्ख्यकतर्फ नेपाली कांग्रेसका मनकुमारी… पुरा पढौ

लमजुङमा नयाँ पाठ्यपुस्तक अभाव

लमजुङ । पहाडी जिल्ला लमजुङमा पाठ्यपुस्तक अभाव भएको छ । नयाँ शैक्षिक सत्र यही जेठ १ गतेदेखि सुरु भए पनि अझै जिल्लामा नयाँ पाठ्यपुस्तक आइनपुग्दा विद्यार्थीलाई पाठ्यपुस्तक अभाव भएको हो । मस्र्याङ्दी गाउँपालिका–३ खुदीस्थित अमर माध्यमिक विद्यालयकी कक्षा ९ मा अध्ययरत सोनिका गुरुङ विद्यालय जान थालेको दुई हप्ता भइसकेको छ । हालसम्म पाँच वटा किताब किन्न पाए पनि चारवटा किताब किन्न नपाउँदा अध्ययनमा समस्या भइरहेको उनको गुनासो थियो । उनीमात्र होइन जिल्लाका हजारौँ विद्यार्थीको समस्या समस्य पनि उस्तै छ ।… पुरा पढौ

महामारीबाट किशोरीहरू बढी प्रभावितः सर्वेक्षण

अस्ट्रेलियाका किशोरहरूलाईभन्दा किशोरीहरूलाई कोभिड–१९ ले बढी हानिकारक प्रभाव पारेको एक अध्ययनले देखाएको छ ।युनिभर्सिटी अफ सिड्नीका अन्वेषकहरूले न्यू साउथ वेल्स, क्वीन्सल्याण्ड र वेस्टर्न अस्ट्रेलिया राज्यका करिब १,००० किशोर किशोरीहरूको आहारविहार, शारीरिक क्रियाकलाप, मदिारा र सुर्तिजन्य वस्तुको प्रयोग, मनोरञ्जनात्मक समय,निद्राको ढाँचामा आधारित भएर गरेको सर्वेक्षणमा महामारीबाट किशोरीहरू बढी प्रभावित भएका देखिएको हो । दुई वर्षको अध्ययनले २४ प्रतिशत किशोरीहरू महामारीको समयमा कम निद्राबाट पीडित भएका तथा किशोरहरूको तुलनामा उनीहरूको मदिरा सेवनमा पनि वृद्धि भएको देखाएको छ । मानसिक स्वास्थ्य विशेषज्ञ एवम्… पुरा पढौ

गाईगोरु व्यवस्थापन केन्द्रमा पूर्वाधार अभाव

कञ्चनपुर, १९ जेठ ९रासस०ः शुक्लाफाँटा नगरपालिका–९ नौखरीस्थित बृन्दावन सामुदायिक गाईगोरु व्यवस्थापन केन्द्रमा पूर्वाधारको अभाव हुँदै आएको छ । केन्द्रमा नगर क्षेत्रमा छाडारूपमा छाडिएका गाईगोरुलाई ल्याएर राख्ने गरिएकाले तिनको सङ्ख्या पनि निकै बढी छ तर त्यसलाई धान्ने पूर्वाधार अभाव रहेको केन्द्रको व्यवस्थापनको कार्य गर्दै आएका वडा नं ९ का वडाध्यक्ष रमेशबहादुर ऐरले बताए । केन्द्रमा हालसम्म गाईगोरु राख्नका लागि तीनवटा जस्तापाताका ट्रष्ट, खानेपानीका लागि पाँचवटा अटोजन नल्का, दुईवटा बोरिङ, चारवटा सौर्य बत्ती, तीनकोठे पक्की भवन निर्माण गरिएको छ । गाईगोरु राखिँदै… पुरा पढौ

झापाका १३ पालिकाको कार्यपालिकाले पाए पूर्णता

स्थानीय तह निर्वाचनअन्तर्गत जिल्लाका १३ पालिकाले पूर्णता पाएका छन् भने दुईवटा पालिकाले पूर्णता पाउन बाँकी छ । शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भने निर्वाचन हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकृत गणेश पाण्डेले बताए । उनका अनुसार मेचीनगर, विर्तामोड, अर्जुनधारा, गौरादह, कनकाई, भद्रपुर, दमक नगरपालिकामा भने निर्वाचन भइसकेको छ ।त्यसैगरी, बुद्धशान्ति, हल्दिबारी, झापा, बाह्रदशी, कचनकवल, गौरीगञ्जलगायतका पालिकाले पूर्णता पाएको छ । उनका अनुसार भद्रपुर नगरपालिका भने आज निर्वाचन भएको छ । पालिकामध्ये नगरपालिकामा अल्पसङ्ख्यक, दलित गरी तीन र पाँच… पुरा पढौ