समाचार

पूर्व पदाधिकारीको सेवा, सुविधाबारे बराल भन्छन् …

राजनीतिलाई पेशाको रुपमा रुपान्तरण गर्दै लैजाने राजनीतिक दलहरुले लगेको अवस्था छ। राजनीति सेवा हो कि पेशा हो? ५ वर्षका लागि आउने, अथवा एक, दुई वर्षका लागि आउने। त्यसलाई उपयोग गरेर जीवनभर भागवण्डा लगाएर सेवा, सुविधा खाने ! सबै राजनीतिक पार्टीहरु भागवण्डा लगाएर खाने कुरामा मौन छन्। विशेष गरेर, हिँजो यो गण्डकी प्रदेशको सरकार, एमालेका पीएस गुरुङको नेतृत्वमा थियो। उहाँको नेतृत्वको गण्डकी प्रदेश लेबलका टोलीले केही पनि बोलेको छैन। तल्लो लेबलका कार्यकर्ताहरुले कुरा उठाएका छन्। एमालेले बोल्नुपर्ने हो, उसले पनि बोलेको… पुरा पढौ

बन्दीपुरको घरबासमा पर्यटकको चहलपहल बढ्दै

तनहुँको चर्चित पर्यटकीयस्थल बन्दीपुरमा संचालित घरबास आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ। बन्दीपुर गाउँपालिकामा संचालित बन्दीपुर सामुदायिक घरबासमा हाल आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो। कोभिड–१९ को जोखिम घटेपछि बन्दीपुरमा संचालित सामुदायिक घरबासमा पर्यटकको चहलपहल बढेको बन्दीपुर सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष दिलकुमारी रानाले बताइन्। ‘कोभिड–१९ को संक्रमणका कारण लामो समय बन्दीपुरको पर्यटन ठप्पै भयो,’ उनले भने, ‘अहिले जनजीवन सामान्य बनेपछि बन्दीपुर घुम्न आउनेको संख्या क्रमश बढिरहेको छ।’ बन्दीपुर आउने अधिकांश पर्यटक घरबासमा बस्न रुचाउने गरेको उनले बताइन्। अन्य दिनको… पुरा पढौ

पोखरामा एक महिलाले ७ वर्षिया बालिकाको हत्या पछि गरिन् आत्महत्या

पोखरा, जेठ १८ पोखरामा एक महिलाले ७ वर्षिया बालिकाको हत्यापछि आफैले आत्महत्या गरेकी छन् । पोखराको सिर्जनाचोकमा बस्दै आएकी ३९ वर्षिया सुशीला शर्मा खतिवडाले बुधबार साँझ धर्मपुत्रीका रुपमा राखेकी ७ वर्षिया बालिका सोनिया शर्मा खतिवडाको हत्यापछि आफूलेपनि आत्महत्या गरेकी हुन् । शुरुमा धर्मपुत्री सोनियालाई सलले घाँटी कसेर हत्या गरेपछि आफूलेपनि सिलिङ फ्यानमा झुण्डिएर आत्महत्या गरेकी हुन् । बालिका पोखराको लिटिल स्टेप बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययनरत रहेको बताइएको छ । प्रहरीका अनुसार दुबैको शव बेडरुम (सुत्ने कोठा)मा भेटिएको छ… पुरा पढौ

अब मुक्तिनाथ मन्दिरमा क्यू आर कोड सेवा मार्फत भेटी दान गर्न सकिने

पोखरा । मुक्तिनाथ मन्दिरमा भेटी दान अव डिजिटल माध्यम मार्फत गर्न सकिने भएको छ । प्रभु बैंक र फोन पे को संयुक्त पहलमा बारागाऊँ मुक्तिक्षेत्र गाउँपालिका वडा नं .१ मा अवस्थित मुक्तिनाथ मन्दिरमा क्यू आर कोड मार्फत भेटी दान गर्ने प्रणाली सञ्चालनमा ल्याइएको हो । मंगलबार मन्दिर प्राङ्गणमा आयोजित एक समारोहका विच नेपाल राष्ट्र बैँक पोखराका प्रमुख डा। राम शरण खरेलले क्यू आर कोड पेमेन्ट सिस्टमको उद्घाटन गरे । कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैँक पोखराका प्रमुख डा। खरेलले नेपालको बैंकिङ्ग… पुरा पढौ

पोउवा संघमा सुर्खेत उवा संघको प्रतिनिधिमण्डल सहकार्य गर्ने सहमति

पोखरा । पोखरा र सुर्खेत उद्योग वाणिज्य संघबीच निजी क्षेत्रका साझा एजेण्डा सँगै अगाडि बढाउने र पर्यटन क्षेत्रमा सहकार्य गर्ने सहमति बनेको छ । पोखराले सुर्खेत उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलको स्वागतमा मंगलबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सो सहमति बनेको हो । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले पालिकाहरुमा आएका नयाँ जनप्रतिनिधिहरुले निजी क्षेत्रसँग भएको ज्ञान,सीप र पूँजीलाई राष्ट्र निर्माणमा लगाउनुपर्नेमा जोड दिए । यसअघि पालिका राजनीतिक दलहरुबाट आएका पालिका प्रमुखहरुले विचार नमिलेकै आधारमा उद्योग वाणिज्य संघको… पुरा पढौ

पोखरामा यामाहाको एफजेडएक्स बिक्री शुरु

पोखरा । यामाहाको बहु प्रतिक्षित एफजेडएक्स पोखरामा पनि बिक्री शुरु भएको छ । यामाहाको लागि पोखराको आधिकारिक विक्रेता भिएमडब्लूले यामाहाको बहु प्रतिक्षित एफजेडएक्स मोटरसाईकल भित्राएको हो । उक्त मोटरसाईकलको बुधबार एक औपचारिक कार्यक्रम गरेर सार्वजनिक गरिएको छ । कार्यक्रममा नाडा अटोमोवाईल्स एशोसियसन अफ नेपालका अध्यक्ष ध्रुब थापा, यामाहाको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी एमएडब्लू इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्री, युवा उद्यमी मञ्च कास्कीका अध्यक्ष सुयष मल्ल, नेपाल पत्रकार महासंघ कास्की शाखाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार दीपेन्द्र श्रेष्ठलगायतले संयुक्त रुपमा… पुरा पढौ

जनप्रतिनिधिलाई प्रचण्डको निर्देशन–माओवादी पहिचान देखियोस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित जनप्रतिनिधिलाई माओवादीको पहिचान देखिने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । आजदेखि राजधानीमा आयोजित स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा उनले नेता कार्यकर्ताले पहिचान बिर्संदै जाँदा माओवादी कमजोर भएको बताए । माओवादी र संसद्वादी दलहरुबीचको भिन्नता मेटिँदै गएको भन्दै उहाँले माओवादी हिजोका जति क्रान्तिकारी नभएको भन्ने भान जनतामा परेका बताए । माओवादीले अहिले जितेका १२२ पालिका देशभरको नमूना हुन सक्नुपर्नेमा जोड दिँदै उनले अर्को चुनाव आइपुग्दासम्म देशको विकास गर्ने, जनताको सेवा गर्ने,… पुरा पढौ

भारतमा एक दिनमा दुई हजार ७४५ कोरोना सङ्क्रमित

भारत मङ्गलबार दुई हजार ७४५ कोरोनाका नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।सोमबार दुई हजार ३३८ लाई कोरोना सङ्क्रमण भएको थियो । सोमबार तुलनामा मङ्गलबार कोरोना सङ्क्रमितको संख्यामा बढेको छ, अर्थात ४०७ जना कोरोना सङ्क्रमित बढेका मन्त्रालयले थप जानकारी दिएको छ । हाल यहाँ १८ हजार ३८६ सक्रिय सङ्क्रमित रहेका छन् । यद्यपी हिजो सार्वजनिक भएको समाचारअनुसार १७ हजार ८८३ सक्रिय सङ्क्रमित रहेका थिए । यो संख्या कुल सङ्क्रमितको ०।०४ प्रतिशत हो ।मङ्गलबार मध्यरातीसम्म… पुरा पढौ

हुम्ला जिल्ला अदालतको उद्घाटन

हुम्ला। हुम्ला जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज एक कार्यक्रमकाबीच उक्त भवन उद्घाटन गरेका हुन्।उनले आफ्नै भवन भएपछि न्याय क्षेत्रमा नागरिकका लागि सहज वातावरण बनेको बताए । उनले हरेक नेपाली न्यायको पक्षमा भइरहने हुँदा न्याय पाउने स्थान नागरिकको सहज पहुँचमा रहनुपर्ने बताए ।कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले न्याय क्षेत्र नागरिकको प्राथमिकताको विषय भएकाले यसमा कानुन व्यबसायी सदैव गम्भीर हुनुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी सीता परियार र जिल्ला अदालतका न्यायाधीश जगतबहादुर… पुरा पढौ

कैदीबन्दीका लागि फुटबल

काठमाडौँ । सेल्टर नेपालको आयोजनमा केन्द्रीय कारागारभित्र रहेका कैदीबन्दीका लागि फुटबलसम्बन्धि कार्यक्रम हुने भएको छ । सेल्टर नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रिजन फुटबल रिहाबीलिटेसन थु्र फुटबल नामक कार्यक्रम सञ्चालन गरिने जानकारी दिइयोे । आयोजकका अध्यक्ष खुश्बु ओलीले एसियन फुटबल कन्फेडेरेसन एएफसी र अखिल नेपाल फुटबल सङ्घ एन्फासँगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिए । कारागारका कैदीबन्दीले सजाय भुक्तान गरिसकेपछि पुन गलत बाटोमा नजाउन र उनीहरुमा सामाजिककार्य तथा देशप्रति योगदान गर्ने भावना जगाउने उद्देश्यले यस किसिमको कार्यक्रमको… पुरा पढौ