समाचार

बेनी–जोमसोम सडक ः कैकुखोला–खन्ती खण्ड कालोपत्र

म्याग्दी । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकको कैकुखोला–खन्ती खण्ड कालोपत्र भएको छ । मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोलाबाट गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्रको काम सकिएको हो । एक सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कैकुखोला–खन्ती खण्डमा पहिलोपटक कालोपत्र भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाको तेस्रो प्याकेजको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले कैकुखोला–खन्ती खण्डको १६ किलोमिटर ५०० मिटरमध्ये १६ किलोमिटर दूरीमा आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको जानकारी दिए । एघार मिटर फराकिलो बनाइएको सडकमा नाली, ग्यावियन पर्खाल… पुरा पढौ

आगलागी हुँदा घर नष्ट

बलेवा। बागलुङ नगरपालिका–३ बोक्सेखाल्टाका जगन्नाथ गौतमको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ । गए राति विद्युत् सर्ट हुँदा भएको आगलागीबाट घरमा रहेका लत्ताकपडा, खाद्यान्न, नगद र सुनचाँदीसमेत जलेर नष्ट भएको परिवारले जनाएको छ । रातको समयमा एक्कासी आगलागी भएपछि परिवारले भागेर ज्यान जोगाएको गौतमले बताए । राति ९ बजेदेखि सुरु भएको आगलागी १ बजेमात्रै नियन्त्रणमा आएको थियो । आगलागीलगत्तै प्रहरीलाई खबर गरेपछि बागलुङ नगरपालिकाको दमकल र प्रहरी तथा स्थानीयवासीको सहायतामा आगो नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले… पुरा पढौ

पोखरामा वैदेशिक रोजगारसम्बन्धी सेवा विस्तार हुन्छः श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आगामी आर्थिक बर्षदेखि पोखरामा वैदेशिक रोजगारसम्बन्धी सेवा विस्तार गर्ने प्रतिवद्धता जनाएका छन्। पोखरा महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीको सपथग्रहण कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संचालन भएसँगै वैदेशिक रोजगारीमा जानेलाई सहज सेवा दिन वैदेशिक रोजगार कार्यालय स्थापना हुने उल्लेख गरे। मन्त्री श्रेष्ठले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा पनि पोखराबाट समेत वैदेशिक रोजगारसम्बन्धी सेवा उपलब्ध गराइने उल्लेख गरिएको चर्चा गरे। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकहरू काठमाडौं जान नपर्ने गरी सवै… पुरा पढौ

सर्वोच्चको फैसला : निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्नु

काठमाण्डौं । सर्वोच्च अदालतले वातावरणीय दृष्टिकोणबाट निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक्ने फैसला सुनाएको छ । न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र डा मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले आज उक्त विमानस्थलसम्बन्धी निर्माणसम्बन्धी विवादमा रिट जारी गर्दै निर्माण कार्य रोक्ने फैसला सुनाएको हो । उक्त विमानस्थल निर्माण गर्ने क्रममा रुख कट्ने विषयलाई लिएर विवाद सुरु भएको भएको थियो । पूर्वसचिव द्वारिकानाथ ढुङ्गेल, रञ्जुहजुर पाँडे क्षेत्री, विजयकुमार सिंह दनुवार, पङ्कजकुमार कर्ण र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतले सर्वोच्च अदालतमा… पुरा पढौ

कालिका वहुमुखीमा पर्यटन सम्बन्धि अन्तर्राष्ट्रिय सेमिनार

पोखरा । पोखराको काजिपोखरीस्थित कालिका बहुमुख क्याम्पसले बिहिबार ‘यूके’को ओएटीएस एकेडेमीको सहयोगमा पर्यटनमा ‘फरक क्षमता भएका व्यक्तिहरुको पहुँच’ विषयक अन्तर्राष्ट्रिय कन्फ्रेन्स सम्पन्न गरेको छ । ओटीएस एकेडेमीको स्थानीय पार्टनर रहेको कालिका बहुमुखीले आयोजना गरेको उक्त कन्फ्रेन्समा भारतको अनन्त नेशनल विश्वविद्यालयकी एशोशियट प्राध्यापक डा. भेनेसा जि.बी.ले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । सो क्रममा उनले पर्यटनको विकासमा फरक क्षमता भएका व्यक्तिहरुलाई पनि अवसर दिइनु पर्ने उल्लेख गरिन् । यसअघि क्याम्पस प्रमुख बिरञ्जि गौतम क्याम्पस प्रमुख गौतम, सहायक क्याम्पस प्रमुख युवराज गुरुङ, अर्का… पुरा पढौ

पोखरामा मेयर आचार्य र उपमेयर गुरुङद्वारा पदबहाली

पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले विहीबार पदबहाली गरेका छन् । शुक्रबार विहान मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईसमक्ष सपथ खाएका आचार्यले दिउँसो २ः४५ बजे पदबहाली गरेका हुन् । पदबहालीलगत्तै उनले ३ महत्वपूर्ण निर्णय गरेका छन् । पहिलो निर्णयमा उनले न्यून आय भएका शिशुलाई पोषण भत्ता उपलब्ध गराउने, सिम्बोल अफ पोखरा प्रतियोगिता र पोखरालाई पर्यटकीय राजधानी बनाउन संघ सरकारलाई प्रस्ताव गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् । पदबहालीपछि पत्रकारसँग बोल्दै नवनिर्वाचित मेयर आचार्यले पोखरालाई पर्यटकीय राजधानी बनाउन संघ सरकारसमक्ष प्रस्ताव… पुरा पढौ

भारतमा दुई हजार ६२८ मा कोरोना सङ्क्रमण

भारत २४ घण्टाको समयावधि अर्थात बुधबार मध्यरातिसम्म दुई हजार १२४ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख ४४ हजार ८२० पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप १८ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार ५२५ पुगेको छ । यस समयमा भारतमा ४३ सक्रिय सङ्क्रमित संख्या बढेपछि हाल भारतभरी सक्रिय सङ्क्रमित १५ हजार ४१४ रहेका पनि सो मन्त्रालयले… पुरा पढौ

लयमा फर्कंदै डोटीको पर्यटन

डोटी । कोभिड–१९ को सङ्क्रमणका कारण विगत दुई वर्षदेखि थलापरेको यहाँको होटेल तथा पर्यटन व्यवसाय अहिले पुरानै लयमा फर्किन थालेको छ । जिल्लामा कोरोना सङ्क्रमणको जोखिम अन्त्य भएसँगै यहाँका पर्यटकीय क्षेत्र तथा होटल पर्यटकले धमाधम भरिन थालेका छन् । दुई वर्षदेखि महामारीले शिथिल भएको डोटीको पर्यटकीय क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्न थालेसँगै यहाँका बजारमा चहलपहल बढ्नुका साथै होटेल, पर्यटन तथा अन्य व्यवसाय सुधारतर्फ फर्किएको डोटी उद्योग वाणिज्य सङघका अध्यक्ष मोहनबहादुर कलेलले बताए । उनले भने, “कोरोना महामारीले दुई… पुरा पढौ

नेप्से परिसूचकको उकालो यात्रा जारी

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८।०३ अङ्कले उकालो लागेर दुई हजार २३९।६० मा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १।३९ अङ्कले उकालो लागेर ४३६।४७ मा पुगेको छ । कूल २२२ कम्पनीका २३ लाख २४ हजार ६६५ कित्ता शेयर रु ८८ करोड ९८ लाख ३४ हजार ९०८ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा मेगा बैंक शीर्ष स्थानमा छ… पुरा पढौ

युक्रेनीलाई घेरेर रुसी सेना युद्ध गर्दै

रुसले युक्रेनको पूर्वीडोनबास क्षेत्रका ४० भन्दाबढी शहरमा गोली प्रहार गरी झण्डै एक दर्जन अग्ला भवन ध्वस्त पारेको छ भने युक्रेनीलाई घेरा हालेर युद्ध गरिरहेको अधिकारीले बताएका छन् । तीन महिना लामो युद्धमा राजधानी किएभ र दोस्रो शहर खार्किभ कब्जा गर्न असफल भएपछि रुसले पृथकतावादीको तर्फबाट डोनबासको पूर्णनियन्त्रण खोस्ने प्रयास गरिरहेको छ । डोनबासका औद्योगिक क्षेत्र लुहान्स्क र डोनेट्स्क प्रान्त यसमा पर्छन् । रुसले सिभिएरोडोनेत्स्क र लिसिचान्स्क शहरमा रहेका युक्रेनी सेनालाई घेरा हाल्ने प्रयासमा तीन तर्फबाट आक्रमण गर्दै हजारौंँ सेना परिचालन… पुरा पढौ