समाचार

पश्चिमाञ्चल खेलकुद विकास समितिद्वारा मञ्चका पदाधिकारीलाई स्वागत तथा बधाई ज्ञापन

बैशाख ११ पोखरा । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पदाधिकारीहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । मञ्चको हालै सम्पन्न अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीलाई समितिले एक समारोहका बिच पोखरा रंगशालामा आइतबार स्वागत तथा बधाई ज्ञापन गरेको हो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य राजेश गुरुङ र पश्चिमाञ्चल खेलकुद विकास समितका कार्यालय प्रमुख लक्ष्मण योगीले मञ्चका अध्यक्ष दीननाथ बराल सहितको पदाधिकारीहरुलाई टिका र खादा लगाएर स्वागत तथा बधाई ज्ञापन गरेका हुन् । कार्यक्रममा बोल्दै राखेप… पुरा पढौ

पाइलट विजय लामाले रेणुको प्रशंसा गर्दै भने, ‘भरतपुरको विकास र उपलब्धि साँच्चै गर्व गर्नलायक छ’

काठमाण्डौं । पाइलट विजय लामाले रेणु दाहालले भरतपुर महानगरको मुहार नै फेरिदिएको बताएका छन्। सत्ता गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवार भएकी नेकपा (माओवादी केन्द्र) की नेता रेणु दाहालले विकास र समृद्धिको लागि दिलोज्यान दिएर काम गरेकाले भरतपुरको मुहार फेरिएको बताएका हुन्। सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै पाइलट लामाले विकास र समृद्धिका लागि अहोरात्र खट्ने नेताहरु नै जनताको रोजाइमा पर्नुपर्ने बताएका छन्। ‘एक सचेत नागरिकको हिसाबमा मैले पनि यी सबै कुरा नजिकबाट नियालिरहेको छु। जब जब भरतपुर पुग्छु, भरतपुरले… पुरा पढौ

नेपालको स्वास्थ्य आपत्कालीन तयारीमा सघाउने डब्ल्युएचओको प्रतिबद्धता

काठमाण्डौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले नेपालको स्वास्थ्य आपत्कालीन तयारीलाई सुदृढ बनाउन तथा स्वास्थ्य क्षेत्रका प्राथमिकतामा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले आज आयोजित पत्रकार सम्मेलनमा आफ्नो निमन्त्रणामा डब्ल्युएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससबाट शनिबार सम्पन्न नेपालको तीनदिने औपचारिक भ्रमण र त्यसक्रममा भएका छलफलबारे जानकारी दिएका हुन् । नेपालमा बाल तथा स्त्रीरोग ओन्कोलोजीमा केन्द्रित मातृ र बाल स्वास्थ्य सहकार्य केन्द्र स्थापना, किटजन्य रोगको तालिम तथा अनुसन्धान केन्द्रलाई डब्ल्युएचओको दक्षिणपूर्वी एशियाली क्षेत्रीय केन्द्रका रुपमा विकास गर्न,… पुरा पढौ

कक्षा १२ को परीक्षा समय तालिका परिवर्तन

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाको समय तालिकामा केही फेरबदल गरेक बोर्डले आज सूचना प्रकाशित गरी आगामी जेठ १६ देखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षामा केही परिवर्तन गरेको जनाएको छ । सूचनामा कक्षा १२ को वार्षिक परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने उल्लेख छ । यसअघि बिहान ११ देखि अपराह्न २ बजेसम्म परीक्षा सञ्चालन गर्ने समय तालिका सार्वजनिक गरेको थियो । विभिन्न सरोकारवालाले समय तालिका परिवर्तन गरिदिन अनुरोध गरेपछि… पुरा पढौ

नेपाली कांग्रेसको सङ्कल्प सार्वजनिक, नगर्ने काम नभन्ने

काठमाण्डौं । ‘नगर्ने काम नभन्ने, गर्ने कामलाई मात्रै प्राथमिकता’ मा राखेको सत्तारुढ नेपाली कांग्रेसले आज आफ्नो सङ्कल्प सार्वजनिक गरेको छ । कांग्रेसले घोषणापत्र नभनी ‘सङ्कल्प’ को नाम दिइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त घोषणापत्र सार्वजनिक गरेका हुन् । कांग्रेसले महामन्त्री गगनकुमार थापाको संयोजकत्वका एक कार्यदल नै बनाएर घोषणापत्र तयारीको काम गरेको थियो । सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का तथा धनराज गुरुङ, महामन्त्रीद्वय थापा… पुरा पढौ

म्याग्दीको मंगला पालिकाका अध्यक्ष उम्मेदवारमा माओवादीबाट टेकबहादुर बिश्वकर्मा

वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा नेकपा माओवादी केन्द्रले मंगला गाउँपालिकाको अध्यक्षमा टेकबहादुर विश्वकर्मालाई उम्मेदवार बनाउने भएको छ। अध्यक्षको उम्मेदवारमा छनौट भएका मंगला गाउँपालिका–४ बुकेनी निवासी विश्वकर्मा नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटीको सह–सचिव समेत हुन्। जनयुद्धमा भूमिगत रहेका विश्वकर्मा म्याग्दीको दलित आन्दोलनको अगुवा नेताका रुपमा स्थापित नाम हो। माओवादी केन्द्रको पालिका कमिटीले अध्यक्षका लागि बिश्वकर्मा सहित चन्द्रप्रसाद बुढाथोकी र पुनम खड्काको नाम सिफरिस गरेको थियो। जिल्ला कमिटीमा सिफारिस भएकामध्ये विश्वकर्मा अध्यक्षको उम्मेदवारमा सर्वसम्मत चयन भएका हुन्। मंगलाको… पुरा पढौ

पर्वत कुश्मा नगरपालिकाका प्रमुख र उपप्रमुखले दिए राजीनामा

पर्वतको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी र उप प्रमुख सिता काफ्लेले राजीनामा दिएका छन्। आगामी निर्वाचनमा पुनः निर्वाचन लड्ने गरी उनीहरुले राजीनामा दिएका हुन्। आयोजित पत्रकार सम्मेलनमा उनीहरुले राजीनामा दिएको बताएका हुन्। पत्रकार सम्मेलनमार्फत नगर प्रमुख जोशीले ५ वर्षे कार्यकालको उपलब्धीबारे सार्वजनिक गरेका छन्। नगर प्रमुखमा पुनः दोहोरीने ईच्छा भएका कारण जोशीले राजीनामा दिएका हुन्। उता उपप्रमुख काफ्लेले पनि नगरमा पुनः दोहोरिने ईच्छा भएको बताउदै राजीनामा दिएका हुन्। २०७४ सालको निर्वाचनमा दुबै जना नेपाली काँग्रेसबाट नगर प्रमुख र उपप्रमुख पदमा… पुरा पढौ

पर्वत पैँयु–४ का वडाध्यक्ष श्रेष्ठले फिर्ता गरे पालिकाका सुविधाहरु

पर्वत पैयु पालिकाको अध्यक्षमा निर्विरोध सिफारिस भएपछि वडाअध्यक्ष महेन्द्रकुमार श्रेष्ठले पालिकाका सुविधाहरु फिर्ता गरेका छन्।पैय गाउँपालिका वडा न ४ का वडा अध्यक्ष श्रेष्ठले गाउँपालिकाका सुविधाहरु फिर्ता गरेका हुन्। श्रेष्ठले आफूले प्रयोग गर्दै आएको मोटरसाईल, ल्यावटव र अन्य सुविधाहरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेमार्फत गाउँपालिकालाई फिर्ता गरेका हुन्। एमालेको तर्फबाट २०७४ सालमा पैयू ४ बाट वडाअध्यक्षमा निर्वाचित श्रेष्ठलाई एमाले पैयू गाउँपालिका कमिटि र जिल्ला कमिटिले अध्यक्ष पदमा पुरा पढौ

स्याङ्जाको अर्जुनचौपारी पनि काँग्रेसले उम्मेदवारको टुंगो लगायो

नेपाली काँग्रेसले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा पनि उम्मेदवार टुंगो लगाएको छ। आसन्न बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि गाउँपालिका अध्यक्ष पदको निम्ति प्रकाश तिवारी र उपाध्यक्ष पदको लागि सपना गुरुङलाई अन्तिम टुंगो लगाएको हो। तिवारी सबैभन्दा कान्छा प्रदेश सभापति समेत हुन्। नेपाली काँग्रेसको हालै भएको अधिवेशनबाट उनी गण्डकी प्रदेश क को क्षेत्रीय सभापति चयन भएका थिए।नेकपा एमालेले पनि अर्जुन चौपारी पालिकामा चिनमाया गुरुङ र टंकप्रसाद खनाललाई आसन्न निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको छ। पुरा पढौ

एमालेले मनाङको ४ वटै पालिकामा उम्मेदवार टुंग्यायो

नेकपा (एमाले) ले मनाङमा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि उम्मेदवारको टुंगो लगाएको छ। ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले जिल्लामा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवार टुंग्याएको हो। एमालेले मनाङ ङिस्याङ गाउँपालिका अध्यक्षमा कान्छा घलेलाई दोहो¥याउने भएको छ। उपाध्यक्षमा छिरिङ धावा गुरुङले टिकट पाएका छन्। चामे गाउँपालिकामा पनि लोकेन्द्र घले नै अध्यक्षमा दोहोरिने भएका छन्। उपाध्यक्षमा आशकुमारी गुरुङले टिकट पाएको छ।नासों गाउँपालिका अध्यक्षमा मनबहादुर गुरुङ र उपाध्यक्षमा अर्विन गुरुङ (स्वतन्त्र) उम्मेदवार बन्ने भएका छन्। यसअघि, सर्वसम्मत नेतृत्व चयन… पुरा पढौ