समाचार

नाईन ए साईड भेट्रान फुटबलको उपाधिका लागि संगम बी र सानो गौचरन भिड्ने

पोखरा । युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा जारी राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगितामा सोमबार दुई सेमिफाईनल खेल सम्पन्न भएको छ । मंगलबार फाईनल खेल हुने छ । सोमबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाईनलमा संगमी बीले विजयी हासिल गरेको छ। संगम बीले पोखराकै बगर भाइखलकलाई ३–१ गोलले पराजित गरेको थियो । संगमका लागि नरेन्द्रजंग गुरुङले दुई तथा लालबहादुर खत्रीले एक गोल गरे । खत्रीको १९ औं मिनेटमा गरेको गोलबाट अग्रता लिएको संगमले ४३ र ४९ औं मिनेटमा नरेन्द्रको दुई… पुरा पढौ

वालिङ जीप दुर्घटना : मृतकको संख्या ६ पुग्यो

स्याङ्जा । स्याङ्जाको वालिङ–१२ डाँडाखर्क फिरफिरेमा जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ–१२ डाँडाखर्कका ५० वर्षीय अङ्गबहादुर डालाको उपचारका क्रममा आज बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएसँगै मृतकको सङ्ख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पदमराज थापाले जानकारी दिए । अन्य पाँचजनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । दुर्घटनामा परी मृत्यु हुने सबै एउटै गाउँका हुन् । मृत्यु हुने र घाइते हुने सबै एउटै गाउँका भएका… पुरा पढौ

छयालिस जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छपाइ

काठमाण्डौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि हालसम्म ४६ जिल्लाको ९५ लाख २५ हजार थान मतपत्र छपाइ सकेको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ९४ लाख थान मतपत्र आवश्यक पर्नेमा आजसम्म उक्त सङ्ख्यामा मतपत्र छापिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । स्थानीय तह निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्ने समाचार र सूचनाका आधारमा आयोगले विभिन्न राजनीतिक दल र सम्बन्धित नेतासँग चित्तबुझ्दो जवाफ पेस गर्न पत्राचार गरेको बताइएको छ । निर्वाचनलाई… पुरा पढौ

इन्धन खपत २० प्रतिशतले घटाउन निर्देशन

काठमाण्डौं । अर्थ मन्त्रालयले इन्धन शीर्षकमा विभिन्न मन्त्रालय तथा निकाय तथा सार्वजनिक सङ्घसंस्थालाई इन्धनको खपत २० प्रतिशतले कटौती गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज सूचना जारी गर्दै चालु आवका लागि छुट्याइएको इन्धन शीर्षकको बाँकी बजेट २० प्रतिशतले कटौती गर्न निर्देशन दिएको हो । विकास आयोजना, शान्ति सुरक्षा, अत्यावश्यक सेवा र आसन्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि इन्धन कटौतीको व्यवस्था लागू नहुने मन्त्रालयले प्रष्ट पारेको छ । बढ्दो व्यापार घाटा, विप्रेषण आप्रवाहमा कमी र वैदेशिक मुद्राको सञ्चितिमा चाप परेको भन्दै… पुरा पढौ

मौला ईस्लामिक विद्यालयमा युनाईटेड क्लवद्वारा शैक्षिक सामाग्री वितरण

पोखरा । युनाईटेड क्लव पोखराले आफ्नो १२ औ वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रम अन्तर्गत पोखरा १३ मियापाटनमा रहेको मौला ईस्लामिक आधारभुत (मद्रसा) विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरेको छ । वार्षिकोत्सवको अवसर पारी क्लवले एक कार्यक्रमका बीच उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरेको हो । सो अवसरमा वोल्दै मौला ईस्लामिक आधारभुत (मद्रसा) विद्यालयका प्रध्यानाध्यापक शेर अलि मियाले स्थापनाको छोटो समयमा सामाजिक कामबाट पहिचान बनाउन सफल भएको युनाईटेड क्लवले आफुहरुको स्कुलमा अध्ययनरत विद्यार्थी लाई… पुरा पढौ

समाजका सवै समुदायको समुचित विकास हुन आवश्यक छः मन्त्री बराल

पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले समाजका सबै समुदायको समुचित विकास हुन आवश्यक भएको बताएका छन् । पोखरा १८ को सिमाना मार्ग आर्दश बस्ती सहितको सडक बाटो सोमबार अवलोकन गर्दै मन्त्री बरालले हरेक समाजको समुचित विकास हुनु पर्नेमा जोड दिएका हुन् । कुनै मसाजमा एक/दुई जना धनि हुदैमा समाजका सबै धनि हुन नसक्ने बताउदै मन्त्री बरालले समाजका सवै मानिसहरु स–सम्मान पूर्वक बाच्न पाउने बनाउनु पर्ने उल्लेख गरे । उनले भने“ घर अगाडी चिल्लो बाटो, घर… पुरा पढौ

पुम्दीकोटमा महायज्ञमा जारी, ४७ लाख संकलन

पोखरा । पोखरा २२ को पुुम्दीकोटमा जारी महायज्ञमा ४७ लाख रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत सोमबारसम्म ४७ लाख रुपैया संकलन भएको महायज्ञका आर्थिक उपसमिति संयोजक डिल्लीराम बरालले बताए । महायज्ञमा पर्यटन व्यवसायी योगन्द्रमान शाक्यले १५ लाख रुपैया सहयोग गरेका छन्। त्यसै गरी गरिमा विकास बैंकले पुनः १० लाख रुपैया महायज्ञमा आर्थिक सहयोग गरेको छ । यस अघिको महायज्ञमा १० लाख सहयोग गरेको बैंकले दोश्रो महायज्ञमा पुनः सहयोग गरेको… पुरा पढौ

युनाईटेडको साइवर क्राइम सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

पोखरा । युनाईटेड क्लवको आयोजनामा युवाहरुलाई लक्षित गरी साईवर क्राइम सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ र १२ मा अध्ययरत विद्यार्थीहरुलाई लक्षित गरी युनाईटेड क्लवले आफ्नो १२ औ वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रम अन्तरगत उक्त कार्यक्रमको आयोजना गरेको हो । पोखरा १५ फलेपाटनमा रहेको सिद्ध माविमा अध्ययनतर विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा वडा प्रहरी कार्यालय राम बजारका प्रहरी निरीक्षक किरण रावतले सहजीकरण गरेका थिए । सो अवसरमा वोल्दै प्रहरी निरीक्षक किरण रावलले युवा पिढी त्यसमा… पुरा पढौ

माओवादीबाट पोखराको मेयर र उपमेयरका लागि ३\३ जनाको नाम सिफारिस

पोखरा, बैशाख ५ पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार बन्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा माओवादी केन्द्र)बाट ३ र उपमेयरका ३ जनाले आकांक्षा व्यक्त गरेका छन् । गठबन्धन दलहरुबीच महानगरसहित देशैभरका स्थानिय तहहरुको भागवण्डाका विषयमा छलफल चलिरहँदा नेकपा माओवादी केन्द्रले पोखरा महानगरपालिकाको मेयरका आकांक्षीहरुको नाम सिफारिस गरेको छ । नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीले पोखराको मेयरका लागि बखानसिँह गुरुङ, विश्वप्रकाश लामिछाने र सीता खड्काको नाम सिफारिस गरेको छ । मेयरका आकांक्षी गुरुङ नेकपा माओवादी केन्द्र कास्कीका संयोजक हुन् । त्यस्तै लामिछाने नेकपा… पुरा पढौ

विप्लव नेतृत्वको नेकपाका कास्की ईञ्चार्ज शिलुलाई कार्वाही गर्न पराजुली समूहको माग

पोखरा, बैशाख ५ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कास्की ईञ्चार्ज उमा भुजेल (शिलु)लाई कारवाही गर्न माग गरिएको छ । काजी गुरुङलाई सेक्रेटरी बनाएको विषयमा असन्तुष्ट समूहले गोकुल पराजुलीको नेतृत्वमा बनेको नेकपा कास्की जिल्ला कमिटीले ईञ्चार्ज शिलुमाथि विभिन्न आरोप लगाउँदै कारवाही गर्न माग गरेको हो । यसअघि ईञ्चार्ज शिलुले गोकुल पराजुलीलाई सेक्रेटरीबाट हटाएर काजी गुरुङलाई सेक्रेटरी बनाएपछि पराजुली समूह असन्तुष्ट बनेको थियो । सोहि असन्तुष्ट समूहले जिल्ला समानान्तर कमिटी बनाएको एक हप्ता नपुग्दै ईञ्चार्ज शिलुलाई पार्टी विरोधी, संगठन विरोधी एवम्… पुरा पढौ