समाचार

पोखरामा करीब २ करोडको लागतमा दीपकले शुरु गरे डि जानकी एग्रो फार्म, सार्वजनिक सुनुवाईपनि सम्पन्न

पोखरा, चैत २२ युवा कृषि उद्यमी दीपकप्रसाद तिमिल्सिनाले करीब दुई करोडको लगानीमा डि जानकी एग्रो फार्म प्रालि सञ्चालनमा ल्याउने भएका छन् । भैंसीपालक किसानका रुपमा परिचित जानकी एग्रो फार्म प्रालिका सञ्चालकसमेत रहेका युवा कृषि उद्यमी तिमिल्सिनाले विश्वबैंक र नेपाल सरकारसँगको अनुदान सहयोगमा पोखरा महानगरपालिका वडा नम्बर १५ स्थित राती खहरेमा १ करोड ९५ लाख ८१ ह्जार ८ सय ३३ रुपैयाँको लागतमा सो फार्म सञ्चालनमा ल्याउन लागेका हुन् । फार्म सञ्चालनका लागि नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल लाइभ… पुरा पढौ

कास्कीमा चैत २५ गतेदेखि टाइफाइडबिरुद्धको खोप लगाइने

पोखरा, चैत २२ कास्कीमा आउँदो शुक्रबारदेखि टाइफाइडबिरुद्धको खोप लगाइने भएको छ । बहुवर्षिय खोप कार्ययोजना २०१७–२१ को लक्ष्य अनुरुप यहि चैत चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म कास्कीमा टाइफाइडबिरुद्धको खोप लगाइने भएको हो । कास्कीसहित देशैभर पहिलोपटक सञ्चालन गर्न लागिएको टाइफाइडबिरुद्धको खोप १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लगाइने जनाइएको छ । अभियान अन्तर्गत गण्डकी प्रदेशमा ५ लाख ६० हजार २ सय २७ बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाइने छ । कास्कीमा भने १ लाख ४१ ह्जार ७ सय ७६ बालबालिकालाई खोप लगाउने… पुरा पढौ

फेवा नव बर्ष महोत्सवको तयारी तिव्र

पोखरा । नेपाली नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुने १७ औं फेवा नव बर्ष महोत्सवको तयारी अगाडि तिव्र पारिएको आयोजकले जनाएको छ । होटल संघ पोखरा नेपालको आयोजनामा यही चैत ३० देखि आगामी बैशाख १ गतेसम्म हुन लागेको महोत्सवको तयारी तिव्र पारिएको आयोजकले पत्रकार सम्मेलन गरि जानकरी दिएको छ । लेकसाइड स्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्मको तीन किलोमिटर सडकमा महोत्सव संचालन हुने महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न २१ वटा उपसमितिहरु गठन गरी तयारी अगाडि बढाइएको आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष… पुरा पढौ

पचहत्तर लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप

काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर ७५ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई यही चैत २५ देखि वैशाख १८ गतेसम्म उक्त खोप लगाइने जानकारी दिए । उनले एक वर्ष तीन महिनादेखि १५ वर्ष उमेरसम्मका सबै बालबालिकालाई एक पटक टाइफाइड विरुद्धको खोप लगाइने बताए । गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल)ले नेपाललाई निःशुल्क टाइफाइड खोप उपलब्ध… पुरा पढौ

स्थानीय तहको निर्वाचनमा सक्षम उम्मेद्बार छनोट गर्नुपर्नेमा जोड

पोखरा । शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीले २०७९ बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सक्षम उम्मेदबार छनोट गर्नुपर्नेमा जोड दिएका छन् । चैत २१ गते पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी सञ्जालले राजनैतिक दलहरुका लागि १२ बुँदे अपिल जारी गर्दै आसन्न निर्वाचनमा स्वच्छ उम्मेदबारलाई मात्र उठाउन आग्रह गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै गैरसरकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष रामप्रसाद सुवेदीले कुनैपनि निर्वाचनलाई स्वच्छ,निष्पक्ष र धाँधली रहित वातावरणमा सम्पन्न गर्ने प्रमुख दायित्व राजनीतिक दलहरुकै हुने हुँदा सक्षम र नागरिकहरुले विश्वास… पुरा पढौ

पोखरा १३ वडा सदस्यको ‘अटेरी उम्मेदवार’ मा बरालको घोषणा

पोखरा । पोखरा १३ को वडा सदस्य पदका लागि अटेरी उम्मेदवारी घोषणा भएको छ । यसअघि वडा अध्यक्ष र सदस्य पदका लागि अटेरी उम्मेदवारी घोषणा भई सकेको छ । १३ को वडा सदस्य पदका लागि सागर बरालले अटेरी उम्मेदवारी घोषणा गरेका हुन् । स्थानीय तह दलरहित बनाउने माग सहित पोखराका गनेस पौडेलले सुरु गरेको अटेरी अभियान अहिले देशव्यापी बनेको छ । साथै, निर्वाचन लक्षित कार्यक्रममा जुटेको अटेरी अभियानले आउँदो चैत २६ गते पोखरा लक्षित घोषणापत्र सार्वजनिक गर्दै छ । अटेरीका… पुरा पढौ

राजनीतिक दलद्वारा आचारसंहिता पूर्ण पालना गर्ने प्रतिबद्धता

काठमाण्डौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक नियम कानुनको पूर्णपालना गर्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचन आयोगले ती दलका प्रतिनिधिलाई आज आयोगमा आमन्त्रण गरी निर्वाचन आचारसंहितालगायत संविधान, ऐन र कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता जाहेर गर्न लगाएको हो । प्रतिबद्धता पत्रमा भनिएको छ, ‘नेपालको संविधान, निर्वाचन आयोग ऐन २०७३, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३, स्थानीय तह निर्वाचन… पुरा पढौ

कांग्रेस नेता पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

काठमाण्डौं । सत्ता साझेदार दलहरुको आज बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि छुट्टै समिति गठन गरेको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । नेता पौडेलको नेतृत्वमा पाँच दलबाट प्रतिनिधिहरू रहने गरी समिति गठन भएको जनाइएको छ । समितिको सदस्यहरूमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सदस्य छन् भने माओवादीबाट नेता वर्षमान पुन र देवप्रसाद… पुरा पढौ

भ्रष्टाचारमा शून्य सहनशीलता लागू गरिन्छःअध्यक्ष लिङ्देन

पर्वत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र विचारले एउटै पार्टी भएको आरोप लगाएका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यी तीन ठूला दल नामले फरक भएपनि विचारका हिसाबले फरक नभएको आरोप लगाए । अध्यक्ष लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टी मुलुकको वैकल्पिक राजनीतिक शक्ति भएको उल्लेख गर्दै समृद्ध मुलुक निर्माणका लागि आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो दललाई विजयी गराउन सबैसँग आग्रह गरे । उनले आगामी स्थानीय तहको निर्वाचनमा… पुरा पढौ

पर्वतमा ३१ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप

पर्वत जिल्लाभरका ३१ हजार बालबालिकालाई टाइफाइडविरुद्धको टिसिभी खोप दिइने भएको छ। जिल्लामा चैत २५ गतेदेखि अभियान नै संचालन गरी टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको हो। अभियनमा १५ महिना देखी १५ वर्ष मुनिका ३१ हजार १ सय ९ वालवालिकाहरुलाई टाइफाइडविरुद्धको खोप लगाइने हो। पर्वत जिल्लाका सवै पालिकामा टाइफाइड रोगविरुद्धको खोप अभियान प्रभावकारी रुपमा संचालन गर्नका लागि जिल्ला खोप समन्वय समिति, संचारकर्मी र सरोकारवालाबीच अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न भइसकेको छ। देशभर संचालन हुन लागेको टाइफाइड खोप अभियान अन्तर्गत ७५ लाख वालवालिकाहरुलाई यो… पुरा पढौ