समाचार

निसीखोला गाउँपालिका अध्यक्षका लागि काँग्रेसबाट आठ जना सिफारिस

कास्की । आगामी बैशाख ३० गते हुन गै रहेको स्थानिय तहको निर्वाचनका लागि यतिबेला विभिन्न राजनितिक दलहरुमा आकंक्षी बढ्दै गएको छ । जिल्लाको निसीखोला गाउँपालिका अध्यक्षका लागि नेपाली काँग्रेसबाट ८ जनाले आकंक्षा व्यक्त गरेका छन । नेपाली काँग्रेस निसीखोला गाउँपालिकाले ८ जनाको नाम सिफारिस गरेको हो । आउँदो निर्वाचनमा वर्तमान अध्यक्ष तारानाथ पौडेलले पुन दोहोराउने निर्णय गरेका छन । उनि नेपाली काँग्रेस बागलुङको उपसभापति समेत हुन । अध्यक्षका काँग्रेस बागलुङका जिल्ला सदस्य एवं निसीखोला गाउँपालिका वडा नं. ७ राजकुटका वडा… पुरा पढौ

रुसी आक्रमणमा परी कम्तीमा ६ को मृत्यु, ८ घाइते

रुसले गरेको हवाई आक्रमणमा परेर युक्रेनमा थप छ जनाको मृत्यु भएको छ । अधिकारीहरूले अरु आठ जना घाइते भएको पनि जानकारी दिएका छन् । देशको पश्चिमी क्षेत्रमा पर्ने एलभिभ सहरमा सोमबार आक्रमण भएको अधिकारीहरूले जनाएका छन् । क्षेत्रीय गभर्नरले दिएको जानकारी अनुसार यस आक्रमणलाई अस्वभाविक र अप्रत्याशित मानिएको छ । घटनामा परेका मध्ये केही बालबालिका समेत रहेको बताईको छ । रासस पुरा पढौ

बेबील्याण्डले मनायो २८ औं वार्षिकोत्सव

पोखरा, बैशाख ५ पोखरामा रहेको बेबील्याण्डले २८ औं वार्षिकोत्सव मनाएको छ । बेबील्याण्डले स्थापनाको २८ औं वार्षिकोत्सव सोमबार एक औपचारिक कार्यक्रम गरेर मनाएको हो । कार्यक्रममा २८ औं वार्षिकोत्सव लेखिएको केक काटेर सेलेब्रेसन गरिएको थियो । सो अवसरमा युवा उद्यमी मञ्च पोखराका अध्यक्ष सुनिलबहादुर भट्टराई, बेबील्याण्डका संरक्षक आमा बुद्धलक्ष्मी बज्राचार्य, फाउण्डर प्रदीप बज्राचार्य र उनकी श्रीमती रत्नाभूमि बज्राचार्यले संयुक्त रुपमा केक काटेर सेलेब्रेसन गरिएको हो । वार्षिकोत्सवको अवसरमा बेबील्याण्डलाई ध्वजापताका र बलुनले दुलही झैं सजाइएको छ । बालबालिकाहरुको हरेक प्रकारका… पुरा पढौ

समाजवादी प्रेस सङ्गठनको प्रेस काउन्सिल नेपाल समक्ष ध्यानाकर्षण पत्र पेश

काठमाडौ । समाजवादी प्रेस सङ्गठन नेपालले पत्रपत्रिका वर्गीकरणसम्बन्धी मापदण्ड समय सान्दर्भिक र वैज्ञानिक बनाई कार्यान्वयन गर्नका लागि ध्यानाकर्षण गराइएको छ । सङ्गठनले अन्यायमा परेर पुनःवर्गीकरणको माग राखेर आएका सञ्चारमाध्यमलाई विनापूर्वाग्रह वर्गीकरणमा समावेश गरी राहत दिन र अनलाइनलाई पनि वर्गीकरणमा गर्नुपर्ने माग गर्दै प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराएको हो । सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा एक प्रतिनिधिमण्डलले सञ्चारग्रामस्थित काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलाई भेट गरी विगत दुई वर्षका पत्रपत्रिका वर्गीकरण पूर्णरुपमा न्यायोचित गर्नुपर्ने र पुनरावलोकनमा परेका निवेदनमाथि सुनुवाइको नतिजा चाँडै सार्वजनिक गर्नुपर्ने… पुरा पढौ

कास्कीमा भोलि र पर्सि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै

कास्की । भोलि र पर्सि दुई दिन सञ्चालन हुने राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधी खुवाउने अभियान अन्तर्गत स्वास्थ्य कार्यलय कास्कीले सम्पुर्ण तयारी पुरा गरेको छ । सोहि अभियान अन्तर्गत जिल्लाको प्रत्येक स्थानिय तह देखि स्वास्थ्य संस्थामा आवश्यक सामाग्री तथा जनशक्तिको परिचालन गर्ने गरि तयारी पुरा गरिएको स्वास्थ्य कार्यलय कास्कीले जानकारी दिएको हो । यसपटक कास्की जिल्लामा ६ महिना देखि ५ वर्ष भित्रका ३४ हजार ९ सय ७ जना बालबालिकालाई भिटामिन ए र १ वर्ष देखि ५ वर्ष भित्रका ३१… पुरा पढौ

ब्यूटीपार्लर एसोसिएसन गण्डकीको अध्यक्षमा अध्यक्षमा रुपकला

पोखरा । ब्यूटीपार्लर एसोसिएसन गण्डकी प्रदेशको प्रथम अध्यक्षअधिवेशनबाट अध्यक्षमा रुपकला श्रेष्ठ निर्वाचित भएकी छन् । हालै सम्पन्न एशोसियसनको दोश्रो साधारण सभा तथा प्रथम अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नया कार्यसमिति गठन गरिएको हो । जस अन्तर्गन समितिको वरिष्ठ उपाध्यक्षमा दुर्गा थापा अर्याल, उपाध्यक्षमा सोमना श्रेष्ठ, महासचिवमा बबिता केसी कार्की, उपमहासचिवमा माया विश्वकर्मा, कोषाध्यक्षमा सावित्री श्रेष्ठ निर्वाचित भएका छन भने सदस्यमा पुष्पा पौडेल, निशु अधिकारी, सपना श्रेष्ठ, नेहा घताने, मञ्जु अधिकारी, शिला कार्की, भीमा गुरुङ, कामना गुरुङ, रिता कार्की चयन भएका छन ।… पुरा पढौ

बाह्य लगानी भित्र्याउन सहजीकरण गर्न तयार छौँ : मुख्यमन्त्री शाही

सुर्खेत । मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा बाह्य लगानी भित्र्याउन प्रदेश सरकारले आवश्यक सहयोग एवं सहजीकरण गर्ने बताएका छन् । सुर्खेतमा स्थापना हुने तयारीमा रहेको सूर्यतारा सिमेन्ट उद्योगका सञ्चालक र प्रदेश सरकारबीच आज मुख्यमन्त्री कार्यालयमा भएको छलफलमा उनले बाह्य लगानी नआउँदासम्म कर्णाली विकासमा पछाडि पर्ने बताए । उनले खानी र उद्योगसम्म सडक तथा पानी पु¥याउन प्रदेश सरकारले तत्कालै काम थाल्ने प्रतिबद्धता जनाए। साथै उनले उद्योगले प्रदेशलाई गर्ने योगदानका आधारमा करलगायतका क्षेत्रमा सहुलियत प्रदान गर्न सरकार तयार हुने बताए । प्रदेश सरकारले… पुरा पढौ

सत्तारुढ गठबन्धनले आज महानगर र उपमहानगरपालिकाको उम्मेदवार टुङ्गो लगाउने

काठमाडौ । सत्तारुढ गठबन्धनले आज साँझसम्म महानगर र उपमहानगरपालिकाको साझा उम्मेदवार टुङ्गो लगाउने भएको छ । पछिल्ला केही दिनदेखि लगातार आन्तरिक छलफलमा रहेका दलले छ महानगर र ११ उपमहानगरपालिकाको साझा उम्मेदवार तय गर्ने भएका हुन् । गठबन्धनमा आबद्ध नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा सहमतिका आधारमा साझा उम्मेदवार तय गरिने जानकारी दिए । काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज र विराटनगर गरी छ वटा महानगर पालिका छन् । त्यसमा नेपाली कांग्रेसले तीन वटा… पुरा पढौ

विमानस्थलमा देखिएको समस्या समाधान गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौ । गृहमन्त्री बालकृष्ण खाणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको समस्या समाधान गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाणले आज गृह मन्त्रालयमा सम्बन्धित निकायका प्रमुखलाई बोलाएर विमानस्थलमा देखिएका समस्या तत्काल समाधान गर्ने निर्देशन दिनुभएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । मन्त्री खाणले अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाही, नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर, विमानस्थलका प्राविधिक सुरक्षा प्रमुख टेकनाथ सिटौला तथा कर्पोरेट प्रमुख महेन्द्र खनाललाई बोलाएर उक्त निर्देशन दिएका हुन्… पुरा पढौ

बाघ हेर्न निकुञ्जमा पर्यटकको चहलपहल

बाँके । अहिले बाघ देखिने मौसम रहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यो मौसममा निकुञ्ज घुम्दा बाघ देखिने सम्भावना बढी भएकोले पर्यटकको चहलपहल बढेको हो । विदेशी पाहुनाले निकुञ्ज घुम्ने क्रममा बाघ देखेर फर्केका कारण खुसी देखिएको नेचर गाइड अनुराम चौधरीले बताए । बाघकै कारण पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा बर्दिया राष्ट्रिय निकुञ्ज परेको छ । निकुञ्जको मुख्य क्षेत्रमा घुम्ने तथा जङ्गल हिँड्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण… पुरा पढौ