समाचार

पोखराबाट नयाँदिल्ली सेवा विस्तार गर्दै बुद्ध एयर

कास्की । निजी क्षेत्रको हवाइसेवा प्रदायक बुद्ध एयरले छिमेकी मुलुक भारतको नयाँदिल्ली, देहरादुनलगायत नेपाली धेरै भएका गन्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार गर्ने भएको छ । बुद्ध एयरले देशकै प्रमुख पर्यटकीय क्षेत्र पोखरा ९कास्की० बाट नयाँदिल्ली सिधा उडान गर्ने तयारी गरेको हो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उडान गर्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार बुद्ध एयरले पोखराबाटै भारतको देहरादुन गन्तव्यमा पनि उडान गर्ने योजना बनाएको छ । पोखराबाट दिल्ली गन्तव्यमा दैनिक दुई… पुरा पढौ

निर्वाचनमा तालमेलको कुरा चलेको छैनः अध्यक्ष लिङ्देन

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले अन्य पार्टीसँग पनि औपचारिकरुपमा गठवन्धनको कुरा नचलाएको जानकारी दिए । यसपालिको निर्वाचनमा राप्रपा देशैभर आफ्नो सामथ्र्यले लड्ने उनले बताए । शिक्षाको विकास र सुधार नभएसम्म अन्य विकासले पूर्णता नपाउने जनाउँदै उनले स्थानीय तहमा राप्रपाले निर्वाचन जितेका ठाउँहरुमा निःशुल्क शिक्षा दिने बताए । फरक प्रसङ्गमा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेशा व्यवसाय मान्नेहरु पार्टीबाट बाहिरिएको बताए… पुरा पढौ

एएफसी एसियन कप छनोट तयारीको लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण

काठमाडौ । एएफसी एसियन कप छनोट तयारीको लागि नेपाली राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजदेखि सुरु भएको प्रशिक्षणमा नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २५ खेलाडीलाई बोलाउनुभएको छ । ती खेलाडीमा किरणकुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी र गौतम श्रेष्ठ छन् । यसैगरी मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन… पुरा पढौ

जनमत पार्टीको माग सम्बोधन गर्न सरकार सकारात्मक

काठमाडौ । जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको छ । गृह मन्त्रालयमा आज सरकार र सिके राउत नेतृत्वको जनमत पार्टीबीच भएको भेटवार्तामा गृहमन्त्री बालकृष्ण खाँणले उक्त प्रतिक्रिया दिएका हुन् । भेटमा मन्त्री खाँणले जनमत पार्टीसँग पूर्ववर्ती सरकारले गरेको सहमतिबमोजिम कानुनअनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन पहल गर्ने बताए । उनले जनमत पार्टीलाई मूलधारको राजनीतिमा आएर निर्वाचन आयोगमा दल दर्ता गर्दै निर्वाचन भागलिने तयारी गर्नु स्वागतयोग्य कुरा भएको बताए । मन्त्री खाँणले सबै राजनीति दलले आफ्नो दलको… पुरा पढौ

भानुभक्त प्राणी उद्यानले चरा गणना गर्ने

तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ स्थित भानुभक्त प्राणी उद्यानले चरा गणना गर्ने भएको छ । वन्यजन्तु सप्ताहको अवसर पारेर प्राणी उद्यानले यस क्षेत्रमा चरा गणना गर्न लागेको हो । प्राणी उद्यानले ओगटेको वन क्षेत्रमा चरा गणना गरिएको संरक्षण अधिकृत भोजराज पन्थले जानकारी दिए । उनका अनुसार हालसम्म प्राणी उद्यानको क्षेत्रभित्र १८५ प्रजातिका चरा भेटिएका छन् । चरा अनुगमनका क्रममा फेला परेका प्रजातिको तथ्याङ्क राख्ने गरिएको छ । चार सय २५ हेक्टर क्षेत्रफलमा फैलिएको सो उद्यानमा गत वर्ष प्रकृति संरक्षणका लागि… पुरा पढौ

एक वर्षमा ३६० को मृत्यु

काठमाडौ । विगत एक वर्षमा बागमती प्रदेशमा भएका दुर्घटनामा परी ३६० जनाको मृत्यु भएको छ । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका १० जिल्लामा भएको दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् । कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुशीलसिंह राठौरका अनुसार एक हजार ६४७ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । यस्तै तीन हजार ३८९ जना घाइते भएका छन् । घाइतेमध्ये दुई हजार ५२० सामान्य र ८६९ जना गम्भीर घाइते भएको कार्यालयको तथ्याङ्कले जनाएको छ ।बागमती प्रदेशमा वर्षभरि… पुरा पढौ

कालीगण्डकी नदी दोहन रोकिएपछि मजदुरको चुलोमा आगो बल्न समस्या

बागलुङ । बागलुङको कालीगण्डकी छेउ मालढुङ्गा निवासी बेली थापाको घरमा राम्ररी चुलो नबलेको दुई महिना भयो । विसं २०५० देखि कालीगण्डकी नदी छेउमा माछा मार्ने, ढुङ्गा, गिट्टी र बालुवा निकालेर जीविका चलाउँदै आएकी उनीमात्रै होइन, त्यहाँका माझी समुदायसहित २५० मजदुरको घरमा दुई महिनादेखि राम्ररी चुलो बलेको छैन । बागलुङ र पर्वत भएर बग्ने पवित्र कालीगण्डकी नदी दोहनको चपेटामा छ । नदी बचाउ अभियान अहिले सर्वोच अदालतसम्म पुगेको छ । नदी बचाउन अभियान नै सक्रिय छ । नदी बचाउ अभियानले कालीगण्डकी… पुरा पढौ

सुनको मूल्य बढ्या बढ्यौ

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ५०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु… पुरा पढौ

पोखराको मेयर उम्मेदवार छान्न एमालेभित्र आज मतदान हुँदै

पोखरा महानगरपालिकाको मेयरको उमेदवार सिफारिस गर्न नेकपा एमालेको महानगरपालिका कमिटीभित्र आन्तरिक निर्वाचन हुँदै छ। पोखराको शान्ति वनस्थित कास्की जिल्ला पार्टी कार्यालयमा आज (शुक्रबार) बिहान निर्वाचनका लागि नेकपा पोखरा महानगर कमिटीको सदस्यहरु तयारी अवस्थामा छन्। मेयर र उपमेयर छान्न हिँजै (बिहीबार) निर्वाचन तालिका समेत सार्वजनिक गरिसकेको छ। निर्वाचन कमिटीले बिहीबार तोकेको निर्वाचनको समयतालिकामा भने प्राविधक कारण ढिला हुन गएको नेकपा एमाले पोखरा महानगर कमिटी ईञ्चार्ज दिलिप न्यौपानेले जानकारी दिएका छन्। निर्वाचन कमिटीले शुक्रबार बनाएको नयाँ निर्वाचन तालिकाअनुसार अहिले बिहान ९ बजेदेखि… पुरा पढौ

३९ जिल्लाका लागि ७० लाख ३३ हजार मतपत्र छापियो

निर्वाचन आयोगले ३९ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छाप्ने काम सकिएको जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार पत्रकार सम्मेलनमार्फत ३९ जिल्लाका लागि आवश्यक पर्ने ७० लाख ३३ हजार थान मतपत्र छाप्ने काम सकिएको जानकारी दिए। अहिले दैनिक सरदर ८ लाख थान मतपत्र छाप्ने कार्य भइरहेको उनको भनाई छ। त्यस्तै, आयोगले स्थानीय तह निर्वाचनप्रति संशय जनाउने अभिव्यक्ति नदिनका लागि राजनीतिक दलका नेतालाई आग्रह गरेको छ। ‘निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तयारीहरु तीव्रताका साथ अन्तिम चरणमा पुगेको अवस्थामा निर्वाचनका… पुरा पढौ