समाचार

महेशको ‘हल्कारा’अमेरिकाको ह्युस्टन फिल्म फेस्टिभलमा

पोखरा । अभिनेता महेश त्रिपाठी अभीनित फिल्म ‘हल्कारा’ अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा छनोट भएको छ । अप्रिल २० देखि २४ सम्म टेक्सासमा चल्ने फिल्म फेस्टिभलमा ‘हल्कारा’को वल्र्ड प्रिमियर हुन लागेको हो । ५ दिनसम्म चल्ने फेस्टिभलमा यो फिल्म २३ तारिखका दिन राति ९ बजे फिल्मको स्क्रिनिङ रहेको छ । जीवनमा अकस्मात आइपर्ने घटनालाई मानिसले कसरी झेल्दै जान्छ र कसरी आफैँले आफैँलाई चिन्दै जान्छ भन्ने कथा प्रस्तुत गर्ने फिल्ममा महेश त्रिपाठीको मुख्य भूमिका रहेको छ । त्रिपाठी अभिनीत ‘चपली… पुरा पढौ

कांग्रेसबाट पोखरा १२ काे वडा अध्यक्षमा बास्तोला सर्वसम्मत सिफारिस

पोखरा । नेपाली कांग्रेस पोखरा १२ को बैठकले आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावको लागि नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा सन्तोष बास्तोलालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । वडा अध्यक्षमा दावी गरेका नेपाली कांग्रेस कास्की क्षेत्र न एक ख का सभापति कृष्ण कोइरला पुर्व वडा सभापति राधेश्याम कोइरला तथा पुर्व वडा सदस्य बल वहादुर कार्कीले दावेदारी छोडिदिए पछि बास्तोला पोखरा १२ को वडा अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट सर्वसम्मत उम्मेदवार भएका हुन् । सर्वसम्मत नेपाली काँग्रेसको तर्फबाट… पुरा पढौ

हिमाली साँस्कृतिक परिवारको नयाँवर्ष शुभकामना आदान प्रदान

पोखरा ।नेपाली लोक सँस्कृति संरक्षण र विकासका लागि क्रियाशिल हिमाली साँस्कृतिक परिवारले नयाँवर्ष २०७९ आगमनको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । रजत जयन्ती वर्षमा प्रवेश गरेको साँस्कृतिक परिवारले शनिवार आफ्नो कार्यसमिति, संरक्षक, मानार्थ सदस्य, सल्लाहकार र कलाकारहरुका बिच शुभकामना आदान प्रदानसहित बनभोज कार्यक्रम सम्पन्न गरेको हो । शुभकामना कार्यक्रमसहित संस्थाको उद्धेश्य परिपुर्ति गर्न थप पहलका लागि हिमाली साँस्कृतिक परिवार दिदिबहिनी समुह गठन गरिएको छ। समितिको अध्यक्षमा मनसुबा नेपाली, उपाध्यक्षमा सविना गुरुङ, सचिवमा इश्वरी राना गुरुङ, सहसचिवमा नितु… पुरा पढौ

कांग्रेसले निर्वाचनमा आवश्यकताअनुसार तालमेल गर्छ : महामन्त्री शर्मा

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार तालमेल गर्ने बताएका छन् । नेपाली कांग्रेस ठोरी–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको वृहत कार्यकर्ता भेलामा महामन्त्री शर्माले कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्थानीयस्थिति र आवश्यकतालाई हेरेर तालमेल गर्ने बताए । “संविधानरक्षा गर्ने दलहरूसँग कांग्रेसले स्थानीय आवश्यकतालाई हेरेर तालमेल गर्छ, आगामी स्थानीय तहको निर्वाचनपछि कांग्रेस मुलुकको पहिलो शक्तिका रूपमा उदाउँछ”, उनले भने । उनले गठबन्धनमा आफ्नो क्षमताभन्दा धेरै सिट खोज्ने दलसँग सहकार्य नहुने स्पष्ट… पुरा पढौ

बैशाख ११ र १२ गते प्रथम गोर्खा खुल्ला भेट्रान्स डबल्स तथा अन्तर पल्टन ब्याडमिन्टन प्रतियोगिता हुने

पोखरा । गोर्खा कम्युनिटी पोखराले प्रथम गोर्खा खुल्ला भेट्रान्स डबल्स तथा अन्तर पल्टन ब्याडमिन्टन प्रतियोगिता २०७९ गर्ने भएको छ । बीर तथा इमान्दार गोर्खाजहरुको स्थापना भएको २०७ वर्षको उपलक्ष्यमा बैशाख ११ र १२ गते पोखरा ८ बगालेटोलस्थित सोपाल तमु समाज ब्याडमिन्टन हलमा प्रतियोगिता गरिने शनिवार सोपाल समाज भवनमा आयोजि पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । ३८ देखि ५५ वर्ष, ५६ देखि माथि र अन्तर पल्टन टिम प्रतियोगिता(डबल्स र सिंगल)इभेन्टका खेलहरु हुने प्रतियोगिता संयोजक तथा गोर्खा कम्युनिटि पोखरामा संस्थापक अध्यक्ष मेजर… पुरा पढौ

२ सयको सित्तैमा रगत जाँच

पोखरा । लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले दुलेगौँडामा आयोजना गरेको मधुमेह तथा रगतमा हुने खराब बोसोसम्बन्धी निशुल्क परीक्षणमा २ सय ५ जना लाभान्वित भएका छन् । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा अरु सबै प्रकारका रगत जाँचमा समेत ५० प्रतिशत छुट दिइएको थियो । शनिबार शिविरसँगै सचेतना कार्यक्रम पनि भएको छ । कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ फिजिसियन डा. कृष्णराज अधिकारीले समयमै स्वास्थ्य समस्या पहिचान नहुँदा नेपाली नागरिकको स्वास्थ्य उपचार… पुरा पढौ

कास्कीमा विप्लव नेकपाको समानान्तर कमिटी गठन

पोखरा । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कास्कीमा समानान्तर कमिटी गठन भएको छ । पार्टी केन्द्रको १२ औं पुर्ण बैठकले संगठनात्मक निर्णयमा सेक्रेटरी गोकुल पराजुली बिस्वासलाई हटाएर कार्यलय सचिव काजि गुरुङ्गलाई सेक्रेटरी बनाएपछि कास्की जिल्लाका बहु सदस्यीय जिल्ला सदस्यले निर्णय उल्टाउन माग गर्दै बिप्लवलाई हस्ताक्षर सहित पत्र पठाउँदा समेत सुनुवाई नभएको भन्दै सेक्रेटरी बिस्वास सहितको टिमले समानान्तर कमिटी गठन गरेको हो । जिल्ला इन्चार्ज उमा भुजेल शिलुले विधि विधान नै मिचेर आँफुखुसी निर्णय गर्दै आफ्नो मातहतको सेक्रेटरी… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदका लागि तयारी स्वरुप सुझाव संकलन

पोखरा । नेपाल सरकारले आगामी जेठ २२ देखि २८ सम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने घोषणा संगै प्रदेश खेलकुद परिषदले तयारी स्वरुप सुझाव संकलन गर्न सुरुवात गरेको छ । राष्ट्रिय खेलकुदको तयारीका लागि भोली (आइतबार) राष्ट्रिय खेलकुद परिषदले काठमाडौंमा सातै प्रदेशका सदस्य सचिव सम्मिलित बैठकको आह्वान गरे संगै प्रदेश खेलकुदले सुझाव संकलन गरेको हो । पोखरा रंगशालामा आयोजित एक कार्यक्रममा प्रदेश खेलकुदका सदस्य सचिव तेज बहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुदको तयारी स्वरुप राखेपमा हुने बैठकमा आयोजक प्रदेशको रुपमा उठाउनु… पुरा पढौ

अधिकार प्राप्तका लागि एकतावद्ध हुनुपर्छ–उपसभामुख शर्मा

पोखरा । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले अधिकार प्राप्तिका लागि संगठित भएर लाग्नु पर्ने बताएकी छन् । पुर्वाञ्चल सेवा समाजको १७ औं साधारण सभा एवम् दशौ अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले एकताबाट मात्र सफलता प्राप्त गर्न सकिने बताइन् । मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा बिभिन्न संघसंस्थाको महत्वपूर्ण भूमिका रहदै आएको बताउँदै उपसभामुख शर्माले यस्ता संस्थाको विकासका लागि तीनै तहका सरकारको साथ र सहयोग रहने विश्वास व्यक्त गरिन् । पूर्वाञ्चलमा जन्म भई विभिन्न पेशा र व्यवसायमार्पmत पोखरालाई कर्मभूमि बनाउँदै… पुरा पढौ

एनआरएनएले खेलकुद संघसंस्थालाई स्वास्थ्य सामग्री दियो

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले खेलकुद पत्रकार मञ्च गण्डकी लगायत पोखरास्थित खेलकुद संघसंस्थालाई स्वास्थ्य सामग्री (मास्क) वितरण गरेको छ। पोखरा रंगशालामा शनिबार बिहान एक कार्यक्रमबीच स्वास्थ्य सामग्री वितरण गरेको हो। एनआरएनए हङकङको सहयोगमा खेलकुद पत्रकार मञ्च, गण्डकीलाई ३ हजार पिस, अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीलाई १५ हजार पिस, पश्चिमाञ्चल भलिबल संघलाई ३ हजार, बगर भाइखलकलाई ६ हजार पिस र भूतपूर्व खेलाडी संघ, पोखरालाई ५ हजार पिस मास्क वितरण गरेको हो। एनआरएनए अध्यक्ष रबिना थापा, महिला सचिव राधिका गुरुङ (टिका)… पुरा पढौ