समाचार

३ दिने भ्रमणका लागि प्रम देउवा आज भारत जाँदै

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शेरबहादुर देउवा ३ दिने भ्रमणका लागि आज (शुक्रबार) टोलीसहित भारत जाँदैछन्। देउवा ४ मन्त्रीसहितको टोली लिएर भारतको औपचारिक भ्रमणमा निस्किन लागेका हुन्। देउवासँगै भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा रहनेछन्। साथै, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिर्सिङ पनि सहभागी हुनेछन्। सरकारले प्रधानमन्त्री देउवाले आजदेखि ३ दिनसम्म गर्ने भारत भ्रमणको कार्यतालिका सार्वजनिक गरिसकेको छ।… पुरा पढौ

स्थानीय चुनावः मतपत्रको परीक्षण छपाई सुरु

आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मतपत्रको परीक्षण छपाई सुरु गरेको छ। मतपत्र छपाइ हुँदा मापदण्डअनुरूपको निर्वाचन चिह्न छपाइ भयो भएन भनी यकीन गर्न ३ दिनसम्म परीक्षण छपाई हुने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्। यसैबीच, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको आयोग पदाधिकारी टोली सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड जानु भई मतपत्र मुद्रण मेसिनको क्षमता र मतपत्र छपाई परीक्षणबारे जानकारी लिए। मतपत्र छपाईभन्दा अघि मेसिनको परीक्षण गरिएको छ। आगामी स्थानीय तह निर्वाचनका लागि करिब… पुरा पढौ

टी–ट्वान्टी क्रिकेट सिरिज : पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

काठमाण्डौं । नेपाल लगातार तेस्रो खेलमा जीत निकाल्दै त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ । पपुवा न्युगिनीलाई हराउँदै नेपालले उपाधि भिडन्त पक्का गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ३७ रनले हरायो । नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १६६ रनमा समेटियो । पपुवा न्युगिनीका लागि चाल्र्स अमिनीले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ४७ बल खेल्दै ९… पुरा पढौ

भीरबाट खसेर गम्भीर घाइते घर्ती मगरको बाटोमै मृत्यु

बाग्लुङ । भीरबाट खसेर गम्भीर घाइते भएका एक युवकको उपचारको क्रममा पोखरा ल्याउँदै गर्दा बाटो मा नै मृत्यु भएको छ । मृत्यु हुनेमा बाग्लुङको निसीखोला गाउँपालिका–५ का १९ वर्षीय डोरबहादुर घर्ती मगर रहेको इलाका प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । बुधबार दिउँसो निगालो काट्न जाने क्रममा भीरबाट खसेर गम्भीर घाइते भएका घर्ती मगरलाई स्थानियले उद्दार गरी स्थानिय बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पुर्याएकोमा थप उपचारका लागि पोखरा ल्याउने क्रममा उनको बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तीबाङका प्रमुख जयराम वन्तले… पुरा पढौ

एमालेको सरकार बनोस् भन्ने जनताले चाहेका छन् : एमाले अध्यक्ष ओली

काठमाण्डौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकारदेखि जनता आजित भएकाले एमालेको सरकार छिटो बन्नुपर्ने मत जनतामा रहेको बताएका छन् । नेकपा एमाले कालीकोटले खाडाँचक्र नगरपालिका–१ मान्ममा आयोजना गरेको आमसभामा उनले वर्तमान सरकारबाट आजित भएर जनताले चाँडै एमालेको सरकार भन्ने चाहेको बताए । “विगत तीन वर्ष सरकारमा हुँदा जनताको मन जित्ने काम गरेकाले बाँकी योजना गठबन्धनको सरकारले कटौती गरेको छ”, अध्यक्ष ओलीले भने, “यो देश विकास गर्ने पार्टी हो । देश बनाउने पार्टी हो । गलत… पुरा पढौ

सवारीसाधनमा भाडादर समायोजनको निर्णय

काठमाण्डौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रिय लामो दूरीका सवारीसाधनमा भाडा समायोजन गर्न स्वीकृति दिएको छ । मन्त्रालयले आज यातायात व्यवस्था विभागलाई वैज्ञानिक भाडादरका आधारमा नयाँ भाडादर कायमका लागि सैद्धान्तिक सहमति दिएको हो । हाल कायम रहेको भाडादरमा ११ देखि १४ प्रतिशतसम्म भाडादर वृद्धि हुनसक्ने विभागका महानिर्देशक नमराज घिमिरेले बताउनुभयो । राष्ट्रिय लामा दूरीका सवारीसाधनमा भाडादर समायोजन गर्न लागिएको र त्यसमा बस, ट्रक पहाड र ट्रक तराई गरी तीन प्रकारका सवारीसाधन रहेको विभागले जनाएको छ । यसअघि भाडा समायोजन… पुरा पढौ

अ.ने. म. संघ क्रन्तिकारी मादीमा नन्दश्री

पोखरा । अखिल नेपाल महिला संघ क्रान्तिकारी मादी गाउँपालिका कमिटीकोे अध्यक्षमा नन्दश्री गुरुङ चयन भएकी छन् । कमिटीको बिहीबार सम्पन्न भेलाले गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै कमिटीको प्रथम उपाध्यक्षमा अन्जु गुरुङ, उपाध्यक्षमा लक्ष्मी गुरुङ, सचिवमा उषा थापा, कोषाध्यक्ष सुचना अधिकारी, सह–सचिवमा सपना परियार चयन भएका छन् । यसअघि भेलाको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी अध्यक्ष एवम् गण्डकी प्रदेश सभा सदस्य गायत्री गुरुङ कुशुमले उद्घाटन गरेकी थिइन् । पुरा पढौ

माओवादी केन्द्र माछापुच्छ्रे कमिटीको अध्यक्षमा भण्डारी निर्वाचित

पोखरा । नेकपा माओवादी केन्द्र माछापुच्छ्रे गाउँपालिका कमिटीको अध्यक्षमा बैकुण्ठ भण्डारी निर्वाचित भएका छन् । बिहीबार गाउँपाकिलाको भेडाबारीमा बसेको माछापुच्छ्रे गाउँपालिका कमिटीको बैठकले बैकुण्ठ भण्डारीलाई अध्यक्षमा निर्वाचित गरेको हो । कमिटीले अध्यक्षमा सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि निर्वाचन मार्फत भण्डारीलाई निर्वाचित गरेको हो । अध्यक्षका अर्का प्रत्यासी सुनिल दाहाललाई एक मतान्तरले पराजित गर्दै भण्डारी अध्यक्षमा निर्वाचित भए । निर्वाचनमा भण्डारीले १८ मत प्राप्त गर्दा उनका प्रतिपर्धी दाहालले १७ मत प्राप्त गरे । यस्तै कमिटीको अन्य पदाधिकारीहरु भने सर्वसम्मत निर्वाचित भएका… पुरा पढौ

पोखरामा भोलि स्टार्टअप एण्ड आइडिया फेष्टिभल हुने

कास्की । पोखरामा भोलि स्टार्टअप फेष्टिभल हुने भएको छ । नवप्रवेशी युवा उद्यमीहरुलाई लक्षित गरेर आईसिटी फाउण्डेसनको आयोजनामा भोलि शुक्रबार पोखरामा स्टार्टअप एण्ड आईडिया फेष्टिभल २०२२ हुन लागेको हो । फेष्टिभल पोखराको न्यूरोडस्थित सिटी स्क्वायर ब्याङ्क्वेटमा हुने जनाइएको छ । फेष्टिभल पूर्वाह्न ११ बजेदेखि साँझ ५ बजेसम्म हुने बताइएको छ । सोहि फेष्टिभलमा डिजिटल गण्डकी सम्वादपनि हुने भएको छ । सो सम्वाद कार्यक्रम भने अपराह्न ३ बजेदेखि ६ बजेसम्म हुने आयोजकको भनाई छ । फेष्टिभलमा प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको… पुरा पढौ

अमेरिकी र युक्रेनी राष्ट्रपतिबीच फोन वार्ता

अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच फोन वार्ता भएको छ । रुसको आक्रमणमा परेको युक्रेनले रुससँग लड्नका लागि आफूहरुलाई सहयोग आवश्यक परिरहेकोले सहयोग गर्न सबैलाई आह्वान गर्दै आएको छ । बाइडेन र जेलेन्स्कीबीचमा पनि युक्रेनलाई आवश्यक परेको सहयोग र अमेरिकाले गर्न सक्ने सहयोगका बारेमा कुराकानी भएको छ । राष्ट्रपति बाइडेनसँगको कुराकानी पछि उहाँले सन्तोष व्यक्त गर्दै युक्रेनलाई कुटनीतिका, आर्थिक र भौतिक सहयोग बढ्ने आशा लागेको जानकारी दिए । अमेरिकी राष्ट्रपति बाइडेन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच झण्डै एक… पुरा पढौ