समाचार

पोखराबाट नयाँदिल्ली सेवा विस्तार गर्दै बुद्ध एयर

निजी क्षेत्रको हवाइसेवा प्रदायक बुद्ध एयरले छिमेकी मुलुक भारतको नयाँदिल्ली, देहरादुनलगायत नेपाली धेरै भएका गन्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार गर्ने भएको छ। बुद्ध एयरले देशकै प्रमुख पर्यटकीय क्षेत्र पोखरा (कास्की) बाट नयाँदिल्ली सिधा उडान गर्ने तयारी गरेको हो। बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उडान गर्ने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार बुद्ध एयरले पोखराबाटै भारतको देहरादुन गन्तव्यमा पनि उडान गर्ने योजना बनाएको छ । पोखराबाट दिल्ली गन्तव्यमा दैनिक २ वटा उडान सञ्चालन गरिनेछ। उक्त… पुरा पढौ

बेनी–मालढुंगा सडक दैनिक ५ घण्टा बन्द

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुंगा सडक स्तरोन्नतिका लागि आज (शनिबार) देखि दैनिक ५ घण्टा बन्द गर्न थालिएको छ। मालढुंगा–बेनी सडक निर्माणको कामलाई गति दिन आउँदो वैशाख २५ गतेसम्म दैनिक ५ घण्टा गाडीको आवत–जावत बन्द गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ। बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म गाडी चलाउन रोकिएको छ। यसअघि गएको पुस १५ देखि माघ १४ गतेसम्म पनि दैनिक ५ घण्टा गाडीको आवागमन बन्द गरिएको थियो। बेनी–मालढुंगा सडक बन्द हुने समयमा बेनी–रत्नेचौर–बाग्लुङ हुँदै मालढुंगा जोड्ने वैकल्पिक सडक… पुरा पढौ

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शनिबार) बस्दैछ। स्थानीय निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका उमेदवार टुंग्याउन बैठक बस्ने भएको हो। दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सबै पदाधिकारी र सदस्यलाई बोलाइएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा सभापति, पदाधिकारी र शीर्ष नेताहरू सम्मिलित रहन्छन्। काँग्रेस स्थानीय निर्वाचनमा ५ दलीय गठबन्धनसँग सहकार्य गर्ने तयारीमा छ। तर, गठबन्धनबाट कसलाई उमेदवार बनाउने भन्ने विषयमा टुंगो लाग्न सकेको छैन। पुरा पढौ

लागु औषधसहित पोखराको सभागृहचोकबाट रोशन पक्राउ

कास्की प्रहरीले बिहीबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । भारतको मोतिहारी स्थायी घर भइ हाल पोखरा महानगरपालिका वडा नं. ८ सभागृहचोक बस्दै आएका १९ वर्षीय रोशनकुमार गुप्ता पक्राउ परेका हुन्। प्रहरीले गुप्ताको साथबाट डाईजापाम–५७ एम्पुल, फेनेरागन–५७ एम्पुल र नुर्फिन–५७ एम्पुल गरी जम्मा १७१ एम्पुल लागूऔषधसहित एक थान मोवाइल समेत बरामद गरेको छ। पक्राउ परेका उनीविरुद्ध लागुऔषध सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ८ दिनको म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पुरा पढौ

पुम्दीकोटमा आइतबार देखि सुरु हुने महायज्ञको तयारी पुरा

पोखरा । पोखरा २२ स्थित पुम्दी भुम्दीको पुम्दीकोटमा यही वैशाख ४ गते आइतबार देखि सुरु हुने महायज्ञको अन्तिम तयारी पुरा भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा यही वैशाख १२ गतेसम्म संचालन हुने महायज्ञको अन्तिम तयारी भएको शुक्रबार पुम्दीकोटमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । पुम्दीकोट बिशाल महादेवको मुर्ति परियोजना अन्र्तगत अधुरा कार्य सम्पन्न गर्न र समितिको करिब ३ करोड ७५ लाख ऋण भएकोले उक्त भुत्तानी गर्नको लागि पनि पुनः दोश्रो पटक महायज्ञ आयोजना गर्न लागिएको समितिका अध्यक्ष… पुरा पढौ

एमालेबाट पोखराको मेयरका आकांक्षी १२ जनाकै नाम सिफारिस

पोखरा । पोखरा महानगरपालिकाको मेयर तथा उपमेयरको उम्मेदवारका आकांक्षी सबैको नाम सिफारिस गरेको छ । मतदानबाट उम्मेदवार छान्न प्रक्रिया शुरु भएपनि अन्तिममा नेकपा एमाले महानगर कमिटीको बैठकले मेयर तथा उपमेयरका सबै आकांक्षीको नाम माथिल्लो निकायमा सिफारिस गर्ने निर्णय भएको हो । यसअघि एमाले महानगर कमिटीले उम्मेदवार छान्न निर्वाचन प्रक्रिया अगाडि बढाएको थियो । जस अन्तर्गत विहान उम्मेदवारी दर्ता गरिएको थियो । जसमा यसअघि उम्मेदवारीका लागि रसिद काटेका १२ जनाले मेयर तथा ९ जनाले उपमेयरका लागि उम्मेदवारी दर्ता गरेका थिए ।… पुरा पढौ

युनाईटेड क्लवद्धारा रामेश्वरी माविका छात्राहरुलाई सेनिटरी प्याड वितरण

पोखरा । युनाईटेड क्लवको आयोजनामा रामेश्वरी माध्यामिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई सेनेटरी प्याड वितरण गरिएको छ । क्लवको १२ औ वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रम अन्तर्गत क्लवले दोश्रो दिन शुक्रबार पोखरा १४ मझेरीपाटनमा रहेको रामेश्वरी माध्यामिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई सेनेटरी प्याड वितरण गरिएको हो । सो अवसरमा वोल्दै रामेश्वरी माध्यामिक विद्यालयका प्रध्यानाध्यापक पूर्णदेव सुवेदीले युनाईटेड क्लवले सामाजिक काम गर्दै अगाडी वढिरहदा आफ््नो विद्यालयमा अध्ययनरत छात्राहरुलाई लक्षित गरी सेनेटरी प्याड सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्दै राज्यले गर्नुपर्ने काम सामाजिक संस्थाले गरिरहेको समेत… पुरा पढौ

मित्र मिलनको ९औँ स्थापना दिवसका अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान र सहयोग

कास्की । मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । संस्थाको ९औँ स्थापना दिवसको अवसरमा आज पोखरा-२२ पुम्दीभुम्दीस्थित आदर्श ज्येष्ठ नागरिक समितिका ९ जना सदस्यहरुलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि पोखरा २२ का वडाध्यक्ष मित्रलाल बरालले सहकारीले स्थापना दिवसको अवसरमा ज्येष्ठ नागरिकलाई गरिएको सम्मान र सहयोगका लागि धन्यवाद दिए । सहकारी नाफामुखी हुने, सामाजिक काम भन्दा धेरै रमाईलो र विलासिताका कार्यक्रमहरुमा खर्च गर्ने परिपाटी रहेकोमा मित्र मिलनले विगतदेखी नै सामाजिक कार्यमा सक्रिय… पुरा पढौ

विश्व बैंक र युएसएआइडीबाट सरकारलाई एक खर्ब सहयोग प्राप्त हुने

नेपाल सरकारलाई वैदेशिक मुद्राको सञ्चितिमा दबाब परेका बेला एकैपटक करिब रु एक खर्ब बराबरको अन्तर्राष्ट्रिय सहायता प्राप्त हुने भएको छ । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट रु १८ अर्ब सहुलियतपूर्ण ऋण र संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय ९युएसएआइडी० बाट रु ७९ अर्ब ७१ करोड अनुदान सहायता प्राप्त हुन लागेको हो । मन्त्रिपरिषद्को गत चैत ३० गते बसेको बैठकले उक्त सहयोग स्वीकार गर्ने निर्णय भएसँगै मुलुकको अर्थतन्त्रमा केही सहज हुने भएको छ । बैठकको निणर्यबारे जानकारी दिँदै… पुरा पढौ

प्रदेश पूर्वाधार प्राधिकरणको प्रमुखमा पोखरेल

बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश पूर्वाधार प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा छवि पोखरेललाई नियुक्त गरेको छ । प्रदेश सरकारले प्यूठानको ओखरकोट निवासी पोखरेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । यस अघि नियुक्त कार्यकारी निर्देशक अनन्तराज घिमिरेले केही दिन अघि राजीनामा दिएपछि उक्त पद रिक्त थियो । पोखरेललाई गत चैत २५ गते नियुक्त गरेको हो । पोखरेललाई आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । त्यस अवसरमा मुख्यमन्त्री केसीले सरकारको पहिलो प्राथमिकताको रुपमा रहेको… पुरा पढौ