समाचार

प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान

प्रेस चौतारी नेपाल कास्की शाखाले स्थापना एवं सञ्चालन गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार रामजीप्रसाद लम्साललाई प्रदान गरिने भएको छ । साथै पत्रकारिता क्षेत्रमै क्रियाशील विष्णुप्रसाद सापकोटालाई चौतारीले सम्मान गर्ने भएको छ । लम्साललाई पुरस्कृत र सापकोटालाई सम्मान गर्ने गरी प्रतिभा छनोट समितिले गरेको सिफारिस प्रेस चौतारी नेपाल कास्कीको बिहीबार बसेको बैठकले पारित गरेको हो । पूर्वपुरस्कृत एवं अग्रज पत्रकार श्यामनाथ कुँवरको संयोजकत्वमा पूर्वपुरस्कृत पत्रकार खेम सारु र दीपेन्द्र श्रेष्ठ, संगठनका अध्यक्ष मोतिसागर अधिकारी र सचिव अनुप पौडेल… पुरा पढौ

सरोकारवालाको सक्रिय सहभागिता बिना शैक्षिक सुधार असम्भव ः मन्त्री थापा

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामै गण्डकी प्रदेशको भविष्य निर्भर रहेको बताएका छन् । मन्त्रालय अन्तर्गत शिक्षा विकास महाशाखाद्वारा आयोजित प्रदेशस्तरीय शिक्षक तथा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम उनले शिक्षा नै समृद्ध समाज निर्माणको मूल आधार भएको उल्लेख गरे । उनले गण्डकी प्रदेश सरकारले शिक्षालाई दीर्घकालीन सामाजिक रूपान्तरणको मुख्य आधारका रूपमा लिँदै गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामा निरन्तर प्राथमिकता दिँदै आएको बताएका छन् । मन्त्री थापाले शिक्षक र विद्यार्थीको प्रतिभा पहिचान,… पुरा पढौ

म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध

म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ एक हप्तादेखि विद्युत सेवा अवरुद्ध भएको छ । दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृहका उपकरणमा प्राबिधिक समस्या आएपछि लुलाङ, लमसुङ, खोरीया, मरेनी टोलका बासिन्दा विद्युत सुविधाबाट वञ्जित भएका हुन् । लुलाङ आधारभूत विद्यालयका शिक्षक दर्पण रोकाले विद्युत अभावमा रातका समयमा उज्यालो बनाउन, घरायसी काम, विद्यार्थीहरुलाई पठनपाठन र वडा कार्यालयको सेवा प्रवाहमा समस्या भएको गुनासो गरे । मोवाइल चार्ज गर्न नपाएर सञ्चार सेवा प्रभावित बनेको छ । साविक लुलाङ गाविसमा तीन सय ७० घरपरिवारले परियोजनाको विद्युत उपभोग गर्दै… पुरा पढौ

हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी

भारी हिमपातभएपछि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ स्थित मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको छ । हिमपातकै कारण कागबेनी—मुक्तिनाथ सडकखण्ड अवरुद्ध भएपछि प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको हो ।भारी हिमपातका कारण यहाँको कागबेनी—मुक्तिनाथ कालोपत्र सडक बाँक्लो हिउँ जमेका कारण जोमसोमबाट मुक्तिनाथ प्रस्थान गरेका सवारीसाधन बुधबार बिहानबाट माथि उक्लिन सकेका छैनन् । बुधबार बिहान सशस्त्र प्रहरीको टोलीले हिउँ पन्छ्याएरअवरुद्ध सडक खुलाउन पहल गरेपनि थप हिउँ पर्न सक्ने अनुमान कारण हिउँ पन्छ्याउन प्रयास रोकेको थियो ।मुक्तिनाथ जाने कागबेनी—मुक्तिनाथ सडक अन्तर्गत कागबेनीको पहिलो मोडदेखि… पुरा पढौ

एक तोला सुनको मूल्य तीन लाख उनान्चालिस हजार तीन सय

स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल रु सात हजार ५०५ कायम भएको छ ।बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको थियो । यसैगरी, गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै… पुरा पढौ

गुणादीमा स्कुटर दुर्घटना,एक युवतीको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अर्का एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका भरतपुर महानगरपालिका–१६ की २७ वर्षीया सुमित्रा थापाको मृत्यु भएको हो । दुर्घटनामा स्कुटर चालक म्याग्दे गाउँपालिका–३ का २७ वर्षीय पुरन मगर घाइते भएका छन् । निजको दमौलीस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ । उनीहरू पोखराबाट दमौली गईरहेका थिए । रासस पुरा पढौ

दलका घोषणापत्रमा नागरिकको आवाज समेटिनुपर्छ:नागरिक समाज

नागरिक समाजहरुका अगुवाहरुले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुको घोषणापत्रमा नागरिकको आवाज समेटिनुपर्ने माग गरेका छन् । आज काठमाण्डौंमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न १६ नागरिक सङ्घसंस्थाका प्रतिनिधिले घोषणा पत्रमा समावेश गर्नुपर्ने १३ बुँदे विविध विषयसहितको सुझाव सार्वजनिक गरेका हुन् ।गैरसरकारी संस्था महासङ्घ नेपालका अध्यक्ष अर्जुन भट्टराईले गैरसरकारी संस्था महासङ्घको संयोजनमा नागरिक समाजका सङ्गठनहरू, सञ्जालहरू, अभियानहरू, अभियन्ताहरू तथा विभिन्न सरोकारवालाहरूको साझा आवाजका रूपमा यो नागरिक अपिल पत्र २०८२ सार्वजनिक गरी राजनीतिक दलहरूलाई हस्तान्तरण गर्न लागिएको… पुरा पढौ

कास्कीमा ५० प्रतिशत नागरिक स्वास्थ्य बीमामा आवद्ध

संकटमा पर्दै गएको स्वास्थ्य बीमा कार्यक्रमले कास्कीमा ५० प्रतिशत जनसंख्यालाई सेवा दिएको छ । जिल्ला समन्वय समिति कास्कीले बुधबार पोखरामा गरेको अन्र्तक्रिया कार्यक्रममा गण्डकी प्रदेश सरकारका चिकित्सा सेवा महाशाखा प्रमुख डा रमेश कुमार के सीले यहाँका ५० प्रतिशत जनसंख्याले स्वास्थ्य बीमाको सेवा प्राप्त गरेको जानकारी दिएका छन् ।उनले प्रथम सेवा बिन्दु र प्रेषित विरामीको उपचार गर्ने संस्था बिच उपयुक्त संयोजन र समन्वय कार्य गुणस्तरीय नभएको भन्ने गुनासोलाई अन्त्य गर्न महाशाखा त्यसतर्फ केन्द्रीत भएको उल्लेख गरे । जिल्ला समन्वय समिति कास्कीका… पुरा पढौ

कांग्रेसद्वारा विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई निर्देशन

नेपाली कांग्रेसले आगामी फागुनमा हुने निर्वाचनमा पार्टीलाई विजय गराउने उद्देश्यले सञ्चालन गरिने अभियानका लागि पार्टीका सबै तहमा तत्काल विभिन्न समिति र संरचना गठन गर्न र गराउन निर्देशन जारी गरेको छ । कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीपङ्क्तिलाई व्यवस्थित रूपले परिचालित गर्न आवश्यक समिति गठनका लागि आज सबै प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई पत्राचार गरिएको पार्टी कार्यालयले जनाएको छ । कांग्रेस उपसभापति एवं संयोजक तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत निर्वाचन… पुरा पढौ

कास्की सहित ६१ जिल्लामा निर्वाचन प्रहरी छानिए

फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि ६१ वटा जिल्लामा निर्वाचन प्रहरी छनोट भएका छन् । कास्की सहित ६१ जिल्लामा यसपटक निर्वाचन प्रहरीमा भर्ना हुन २ लाख ११ हजार ७२७ जनाले आवेदन दिएका थिए । आवेदकहरू मध्ये ६१ जिल्लामा नतिजा प्रकाशन गरिएको नेपाल प्रहरीले जनाएको छ ।कास्कीमा पनि सशस्त्र र नेपाल प्रहरीमा गरी २ हजार २ सय ९९ जना निर्वाचन प्रहरी छनोट गरिएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी दुई समूहमा विभाजन गरेर जनशक्ति छनोट… पुरा पढौ