समाचार

होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथको अध्यक्षमा सुरेश

सन्देश श्रेष्ठपोखरा, माघ १३ होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथको अध्यक्षमा सुरेश लामिछाने चयन भएका छन् । एशोसियसनको १८ औं साधारण सभा तथा सातौं अधिवेशनले लामिछानेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । एशोसियसनको उपाध्यक्षमा विष्णुहरी सुवेदी, महासचिवमा शक्ति श्री कोईराला, कोषाध्यक्षमा मुक्ति सुवेदी र सचिवमा राजेन्द्र सुवेदी चयन भएको संस्थापक अध्यक्ष दामोदरभक्त थापाले जानकारी दिए । त्यस्तै, सदस्यहरुमा प्रकाश सापकोटा, रविभक्त थापा, निर्मला थकाली, अमृत लामिछाने, अनिल ढकाल र ओम श्रीस मगर चयन भएका छन् । यसअघि अधिवेशनको उद्घाटन शत्र… पुरा पढौ

पर्यटन व्यवसायी महिलालाई क्षमता अभिवृद्धि तालिम

पोखरा, १२ माघ ।पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान) को आयोजनामा पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम सोमबारदेखि पोखरामा सुरु भएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजना भएको तालिम तीन दिनसम्म चल्नेछ । तालिमको पहिलो दिन डा.आरती रेग्मीले व्यक्तित्व विकास सम्बन्धमा सहजीकरण गरिन् । उनले शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धमा आफ्नो प्रस्तुति राखेकी थिइन् । तालिम संयोजक मीना बरालका अनुसार दोस्रो दिन मंगलबार व्यवसाय प्रवद्र्धन र ‘ब्रान्डिङ’ सम्बन्धमा समिर बराल र डिजिटल मार्केटिङ सम्बन्धमा विजय कुमालले तालिम दिनेछन् ।… पुरा पढौ

पोखरामा साइबर अपराधको बढ्दो ग्राफ

पोखरा,१२ माघ । जिल्ला प्रहरी कार्यालय कास्कीमा चालु आर्थिक वर्षको हालसम्म साइबर अपराधका २ सय १३ वटा उजुुरी परेका छन् भने तीमध्ये पीडित महिलाको संख्या १ सय २० रहेको छ । यता,अनलाइनमार्फत् विभिन्न प्रकृतिका ठगीका ६ सय ७ वटा उजुरी परेका छन् । त्यसमा १९ करोड १९ लाख ५० हजार रुपैयाँभन्दा बढी ठगीको दाबी गरिएको छ ।प्रहरीले यस्ता उजुरीहरुलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारवाही गर्छ । जसमा कसूर प्रमाणित हुँदा ३ लाखसम्म जरिवाना र ५ वर्षसम्म कैदको व्यवस्था छ… पुरा पढौ

टाइगर कपः आर्मीमाथि गण्डकीको रोमाञ्चक जित

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा गण्डकीले आर्मीमाथि ३–१ को रोमाञ्चक जित निकालेको हो । निकै प्रतिष्पर्धात्मक भएको पहिलो र तेस्रो सेट गण्डकीले समान ३३–३१ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेटमा आर्मी हाबी हुँदै २५–१५ को जित निकाल्यो । चौथो सेटमा गण्डकीले २५–१९ ले जित निकाल्दै खेलमा आफ्नो पक्षमा पा¥यो ।च्याम्पियनसिपमा गण्डकीले दोस्रो जित दर्ता गराएको… पुरा पढौ

स्वास्थ्य संस्थालाई कागजातसहित भुक्तानी दाबी गर्न बीमा बोर्डको आग्रह

स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डको मापदण्डबमोजिम कागजातसहित दाबी प्रविष्ट गर्न अनुरोध गरेको छ । बोर्डले जथाभावी रूपमा मापदण्ड विपरीत स्वास्थ्य बीमाबापत भुक्तानी दाबी गरेपछि स्वास्थ्य संस्थालाई एक समिति बनाई दाबीको पुनरावलोकन गर्न आग्रह गरेको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए । “स्वास्थ्य बीमा गरे बापतको दाबीसहित हामीले पठाएको विवरणमा धेरै नै त्रुटि हुने गर्दछन्,” उनले भने, “स्वास्थ्य संस्थाले गर्ने दाबी बापतको रकमलाई पुनः एकपटक त्यही स्वास्थ्य संस्थामा पुनरावलोकन गर्नका लागि समिति बनाउनु आग्रह गरेको हौँ ।”उनले… पुरा पढौ

महिला टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल समूह चरणबाटै बाहिरियो

आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल स्कटल्यान्डसँग पराजित हुँदै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । र्कीतिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित हुँदै प्रतियोगिताबाट बहिरिएको हो ।जितका लागि १४१ रनको लक्ष्य पछ्याएको नेपालले १३ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ६८ रनमा समेटियो । नेपालका लागि रोमा थापाले अविजित १४ रन बनाइन् ।त्यस्तै विन्दु रावलले १४ तथा रुविना क्षेत्रीले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । स्कटल्यान्डका… पुरा पढौ

डुम्रे–बेँसीसहर सडक खण्ड बुधबारसम्म बन्द हुने

लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक बुधबारसम्मका लागि बन्द भएको छ । यस सडकखण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदीपुर पहिरो नीर सडकखण्ड कालोपत्रे गर्नको लागि आज बिहान ११ बजेदेखि १४ गते बेलुका ६ बजेसम्म सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमले भने, “सो स्थानमा केही वर्षअघि गएको पहिरोले भत्काएको सडक कालोपत्रे गर्न डुम्रे –बेँसीसहर–चामे सडक कार्यालयले अनुरोध गरेअनुसार प्रशासनले एक सूचना जारी गरेर सडक बन्द गरेको हो ।” नेपाली सेनाको… पुरा पढौ

पोखरा लेडी जेसीजका पदाधिकारीलाई तालिम

पोखरा लेडी जेसीज बर्ष २०२६ ले शाखाका पदाधिकारीलाई तालिम दिएको छ । पदाधिकारीहरुको पदिय दायित्व तथा जिम्मेवारी बोध गराउने तथा जेसीजका बारेमा जानकारी दिने उद्धेश्यले तालिम दिईएको कोषाध्यक्ष रेजीना कटुवालले जानकारी दिईन् । तालिममा पोखरा जेसीज बर्ष २०२१ का अध्यक्ष जेसिआइ सिनेटर इन्जीनियर किरण के सीले जेसीजले मानवीय सेवा र सहयोगका क्षेत्रमा खेलेको भुमिकाको चर्चा गर्दै, संस्थाको सदाचार र यसको गरिमाको विषयमा प्रशिक्षण दिएका थिए ।कार्यक्रममा पोखरा लेडी जेसिजका पुर्व अध्यक्ष संगिता पौडल, गायत्री फुयाँल,कार्यक्रम संयोजक जेसी सरीता भुजेल लगायतले… पुरा पढौ

निर्वाचन आचारसंहिता लागू गराउन सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई पत्राचार

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न, गराउन ‘सर्कुलर’ गरेको छ । निर्वाचन आयोगले २०८२ साल माघ ४ गते राति १२ बजेदेखि लागू गरेको आचारसंहिता सम्बन्धित स्थानीय तह र जिल्ला समन्वय समितिले पनि आ–आफ्नो क्षेत्रमा लागू गराउन पत्राचार गरेको मन्त्रालयका शाखा अधिकृत दीपेश कट्टेलले सबै स्थानीय तह र सबै जिल्ला समन्वय समितिलाई जारी पत्रमा उल्लेख छ । सरकारले २०८२ साल पुस १२ गतेको नेपाल राजपत्रमा सूचना… पुरा पढौ

पोखरामा २ हजार बढी व्यक्ति मौरी पालन व्यवसायमा संलग्न

पोखरा महानगर क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन व्यवसायमा सम्लग्न छन् । पछिल्ला वर्षमा मौरीपालनतर्फ सर्वसाधारणको आकर्षण बढिरहेको पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । महानगरभित्रका वडामध्ये विशेषतः १६, १८, २०, २३, २६, २८, ३०, ३३ लगायतका वडामा मौरीपालनतर्फ आकर्षण बढिरहेको छ । महानगरभित्र हाल वार्षिक ९० टन जति मह उत्पादन हुने गरेको बताउँदै उहाँले त्यो बढ्दो क्रममा रहेको उल्लेख गरे ।उनका अनुुसार महानगर क्षेत्रमा विशेषतः सेरेना जातका मौरीपालन गर्ने गरिएको छ । “बजारमा महको माग… पुरा पढौ