समाचार

नवौँ राष्ट्रिय खेलकुद आगामी जेठ २२ देखि २७ सम्म पोखरामा हुने

पोखरा । कोरोना महामारीका कारण रोकिएको नवौँ राष्ट्रिय खेलकूद आगामी जेठ २२ देखि २७ गतेसम्म हुने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको पोखरामा आयोजना गर्ने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले राससलाई जानकारी दिए । प्रत्येक दुई वर्षमा आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुदको नवौँ संस्करण २०७७ मा आयोजना गर्नुपर्ने थियो । विश्वव्यापीरूपमा फैलिएको कोभिड सङ्क्रमणका कारण खेलकुद स्थगित भएको थियो । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठमा आयोजना गर्न खेलकुद मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव… पुरा पढौ

कास्की र मुस्ताङ बाहेक गण्डकीका सबै जिल्ला कोरोनामुक्त

पोखरा । गण्डकी प्रदेशका कास्की र मुस्ताङ बाहेकका सबै जिल्ला कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कास्कीमा एक र मुस्ताङमा ४ जनामा कोरोना संक्रमण हुँदा बाँकी ९ जिल्लाका कसैमा पनि संक्रमण पुष्टि नभएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । बुधबार विभिन्न प्रयोगशालामा ५१ जनामा गरिएको परीक्षणमा मुस्ताङका ४ र कास्कीका एक जना गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितसहित गण्डकी प्रदेशमा सक्रिय संक्रमित संख्या ७ पुगेको छ । भने सोही अवधीमा… पुरा पढौ

पोखरा ३ का अटेरी उम्मेद्वारले वैशाख ३ मा कार्ययोजना सार्वजनिक गर्ने

पोखरा । पोखरा ३ बाट अटेरी उम्मेद्वारी घोषणा गरेको अभियन्ताले ३ गते कार्ययोजना सार्वजनिक गर्ने भएका छन् । यसअघि पोखरा महानगर प्रमुखको पदमा उम्मेद्वारी घोषणा गरेका गनेस पौडेलले पोखरा लक्ष्य २०७९ नाम दिएर कार्ययोजना सार्वजनिक गरि सकेका छन् । पोखरा ३ बाट वडाध्यक्ष पदमा अटेरी उम्मेद्वारी घोषणा गरेका महेश उदासले आफ्नो उम्मेद्वारीबारे वैशाख ३ गते कार्ययोजना सार्वजनिक गर्ने अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीले जानकारी दिए । पोखरा १४ बाट अटेरी उम्मेद्वारी घोषणा गरेका अभियन्ताहरुले कार्ययोजना सार्वजनिक गर्ने भने पनि… पुरा पढौ

होटल संघको आयोजनामा लेकसाईडमा शुरु भयो ‘सडक महोत्सव’

पोखरा, चैत ३० पोखरामा ‘सडक महोत्सव’ शुरु भएको छ । नेपाली नया वर्षको अवसरमा होटल संघ पोखराको आयोजनामा बुधबारदेखि पोखराको लेकसाईडमा ‘सडक महोत्सव’ शुरु भएको हो । विहीबारसम्म हुने महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले उद्घाटन गरे । महोत्सव उद्घाटन अघि लेकसाईडको खहरेचोक र ड्यामसाइड गरेर दुई ठाउँबाट एकैपटक झाँकीसहितको ¥याली निकालिएको थियो । दुबैतर्फको ¥याली लेकसाइडको मध्य क्षेत्र अम्बोटमा पुगेर उद्घाटन समारोहमा परिणत भएको थियो । नेपाली नया वर्षको अवसरमा संघले यसअघि आयोजना गर्दै आएको फेवा… पुरा पढौ

भूमि व्यवस्थापन सेवालाई थप सहज र पारदर्शी बनाइन्छः मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिखत रजिष्ट्रेशन भएको शतवार्षिकीको अवसरमा आजदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । आगामी वैशाख १ गते प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रियसभा गृहमा विशेष कार्यक्रमको आयोजना गरिने छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागअन्तर्गतका सबै भूमि सुधार÷मालपोत कार्यालय र नापी कार्यालयले जग्गा प्रशासनका क्षेत्रमा अहिलेसम्म भए गरेका पछिल्ला सुधारका बारे सूचना तथा जानकारी उपलब्ध गराउने छ । आज आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले… पुरा पढौ

नेटवर्कको सिग्नल छ, फोनले कामै गर्दैन

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाका–८ की विष्णुकुमारी खत्रीले निजी प्रदायक कम्पनी एनसेलबाट फोन गर्दा हैरानी खेप्नुपरेको छ । उनको मोबाइलमा नमस्तेको नेटवर्क सधैँ आउँछ तर फोन गर्नका लागि एनसेल नै प्रयोग गर्नुपर्ने बाध्यता रहेको खत्रीले बताए । नमस्ते प्राविधिको नेटवर्क प्रयोग गरेर फोन गर्दा आवाज नबुझिने, फोन डायल गर्नेबित्तिकै नलाग्ने समस्याले गर्दा सेवाग्रही हैरान भएको खत्रीले पीडा सुनाए । उनीजस्तै नलगाडका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीलाई समेत फोन नलाग्ने र लागे पनि नबुझिने समस्याले गर्दा दिक्क लागेको छ । फोनमा… पुरा पढौ

मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न एमाले सक्षम छः अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न नेकपा एमाले सक्षम रहेको बताएका छन् । एमाले विराटनगर महानगरद्वारा आज आयाजित बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनले विभिन्न भाषाभाषी र भूगोलमा बस्ने सम्पूर्ण नेपालीको साझा अभियानबाट सङ्घीय गणतन्त्र र जनतामा सार्वभौमसत्ता निहित गर्ने महान् अभियानमा सरिक बनाउने कार्यमा पार्टी लागेको बताए । अध्यक्ष ओलीले नेपालको पानी नेपालीको लागि प्रयोग हुनुपर्नेमा जोड दिँदै उद्यमी, व्यवसायीले पर्यटन र निर्यातमुखी उद्योग स्थापना गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने र… पुरा पढौ

दुई तिहाई सुडानी खाद्य असुरक्षाको समस्यामा

संयुक्त राष्ट्रसंघले सुडानका कम्तीमा पनि दुई तिहाई जनसंख्या नै खाद्य असुरक्षामा पर्न लागेको जनाएको छ । आगामी महिनामा यहाँका करिब ७७ लाख नागरिकले खाद्य असुरक्षा भोग्नसक्ने अनुमान संयुक्त राष्ट्रसंघले गरेको हो । संयुक्त राष्ट्रसंघले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा सो कुरा उल्लेख गरिएको छ । उक्त तथ्यांकका अनुसार त्यहाँका ७७ लाख मानिस खाद्य असुरक्षामा पर्ने र यो संख्या त्यहाँको जनसंख्याका ६३ प्रतिशत हुन आउने पनि संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायले सुडानको यो समस्यालाई मनन् गरेर विश्व… पुरा पढौ

फिलिपिन्समा बाढी र पहिरोबाट ५८ को मृत्यु

फिलिपिन्समा बाढी र पहिरोबाट ज्यान गुमाउने व्यक्तिको संख्या ५८ पुगेको सरकारी अधिकारीहरुले बुधबार जनाएका छन् । उद्धारकर्ताहरूले हिमपहिरोले प्रभावित क्षेत्रहरुमा थप शवहरु निकालेका पनि ती अधिकारीहरुले थप जानकारी दिएका छन् । ‘मेगी’ नाम दिइएको यस शक्तिशाली आँधीका कारण लेयटको मध्य प्रान्तको बेबे शहर वरपरका गाउँहरूमा धेरै व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ । रासस पुरा पढौ

एक हजारभन्दा बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरेको रुसको दावी

एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेको रुसको रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ । ती सैनिकहरुलाई रुसी सेनाले एक महिनाभन्दा बढी समयदेखि घेरामा राखेका थिए । मारिउपोल सहरमा एक हजार २६ युक्रेनी सैनिकहरूले स्वेच्छाले हतियार त्यागेर आत्मसमर्पण गरेका मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।रासस पुरा पढौ