समाचार

लमजुङमा ९ सय ८७ म्यादी प्रहरी छनोट

आगामी स्थानीय तह निर्वाचनका लागि लमजुङमा १ हजार ७४ जना म्यादी प्रहरी छनोट भएका छन्। म्यादी प्रहरीमा आवेदन दिएकामध्ये लमजुङका लागि ९ सय ८७ र हिमाली जिल्ला मनाङका लागि ८७ जना छनोट भएका हुन्। जिल्लामा म्यादी प्रहरीका लागि निर्धारित समयसीमाभित्र २ हजार ६ सय ३४ जनाले आवेदन दिएका थिए । सोमध्ये ३ सय ९६ जना महिला छन्। म्यादी प्रहरीका लागि लमजुङमा जिल्ला प्रहरी कार्यालय बेंसीशहर, इलाका प्रहरी भोर्लेटार र इलाका प्रहरी कार्यालय भोटेओडारबाट आवेदन लिएको थियो। स्थानीय तह निर्वाचनका लागि… पुरा पढौ

भिमादमा एमाले उम्मेदवार सिफारिस गर्न नै मतदान

नेकपा एमाले भिमादनगर कमिटीले आसन्न स्थानीय तह निर्वाचनमा प्रमुख पदको उम्मेदवार छनोटका लागि मतदान गरेको छ। प्रमुख पदका लागि ८ जना आकांक्षी भएपछि भिमाद नगर कमिटीले मतदानमार्फत् २ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो। मतदानमार्फत् भिमाद नगर कमिटीका अध्यक्ष ईमानबहादुर थापा र दधिराज सुवेदी प्रमुख पदका उम्मेदवारका लागि सिफारिस भएका छन्। थापाले ५७ र सुवेदीले ५८ मत प्राप्त गरेका छन्। वर्तमान नगरप्रमुख मेखबहादुर थापाले ३६ मत प्राप्त गरे। यसैगरी, उपप्रमुखमा शारदा खनाल, नारायणी गैह्रे र चन्द्रावती श्रेष्ठ सिफारिस भएका… पुरा पढौ

तनहुँ घिरिङको एमालेबाट अध्यक्षमा राना र थापा, उपाध्यक्षमा ३ उमेदवार सिफारिस

नेकपा एमालेबाट तनहुँको घिरिङ गाउँपालिका अध्यक्षमा उमेदवार बन्नको लागि २ जना सिफारिस गरेको छ। घिरिङ गाउपालिका हालका अध्यक्ष रनबहादुर राना र नेकपा एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापा गाउँपालिका अध्यक्ष पदको लागि उमेदवारीमा सिफारिस भएका हुन। गाउकमिटी सदस्यहरुको मतदानबाट २ जना अगाडि आएका हुन। यसैगरि, उपाध्यक्ष पदको लागि शुकुमाया श्रेष्ठ, दुर्गामाया थापा र राधादेवी अधिकारी सिफारिस भएका छन।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमाले घिरिङबाट अध्यक्षमा ६ जना र उपाध्यक्षमा ५ जनाको उम्मेदवारी परेको थियो। पुरा पढौ

तनहुँका सबै पालिकाको वडाहरुमा चुनावी तालमेल गर्ने गठबन्धन घोषणा

तनहुँका दलहरुले सबै पालिकाका वडा तहसम्मै गठबन्धन गरेर चुनावी तालमेल गर्ने घोषणा गरेका छन्। जिल्लामा क्रियाशील नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी तथा जनता समाजवादीको संयुक्त बैठकले जिल्लामा तालमेल गर्ने निर्णय गरेको हो। संयुक्त बैठकले औचित्यपूर्ण र विश्वासिलो गठबन्धन बनाएर अघि बढ्ने निर्णय गरेको हो। बैठकमा सबै दलले आफूले टिकट पाउने गरी तथ्यगत आधार र प्रस्ताव राखेको भन्दै उनले यसलाई अघि बढाउने सहमति भएको हो। पुरा पढौ

कास्की रुपामा एमालेको अध्यक्षमा ओझा र उपाध्यक्षमा गुरुङ सिफारिस

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका कास्कीको रुपा गाउँपालिका अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुब्बा गुरुङलाई सिफारिस गरेको छ। एमाले रुपाले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष उमेदवार दोहोराउने निर्णय गरेको हो। मंगलबार बसेको रुपा गाउँपालिका कमिटीको बैठकले वर्तमान अध्यक्ष नवराज ओझा र उपाध्यक्ष लालसुब्बा गुरुंगलाई पुनः उम्मेदवार बनाउने भएको हो। बैठकले ओझा र गुरुङलाई अध्यक्ष र उपाध्यक्ष बनाउने सर्वसम्मत निर्णय गरी जिल्ला कमिटीमा नाम सिफारिससमेत गरिसकेको छ। २०७४ को चुनावमा गाउँपालिका अध्यक्षमा एमालेका नवराज ओझा र उपाध्यक्षमा एमालेकै लालसुब्बा… पुरा पढौ

माओवादीबाट माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा भण्डारी र उपाध्यक्षमा अधिकारी सिफारिस

पोखरा । आसन्न स्थानिय निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका उम्मेद्वारको टुंगो लगाएको छ । आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नवराज भण्डारी र उपाध्यक्षमा प्रविणा अधिकारीलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । मंगलबार बसेको गाउँपालिका कमिटीको बैठकले सर्वसम्मत रुपमा अध्यक्षमा भण्डारी र उपाध्यक्षमा अधिकारीलाई उम्मेद्वारका रुपमा सिफारिस गर्ने निर्णय गरेको गाउँपालिका कमिटीका अध्यक्ष बैकुण्ठ भडारीले जानकारी दिए । उनका अनुसार ९ वडा रहेको पालिकाको अधिकांस वडाको उम्मेदवार… पुरा पढौ

गठबन्धनले कर्नरमा पार्न खोजे हामी विकल्प खोज्छौं – डा. बाबुराम भट्टराई

पोखरा । स्थानीय निर्बाचनमा उमेदवार छनौटको निश्चित मोडालिटी बन्न नसक्दा गठ्बन्धन दलका फरक फरक धारणा सार्बजनिक हुन थालेका छन् ।पार्टीको तमुवान रास्टृय समितिले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा भाग लिन पोखरा आउनु भएका जसपा नेपालका अध्यक्ष पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराईले भन्नु भयो, “स्थानीय निर्बाचनमा गठ्बन्धन दलहरुका बीच सम्मानजनक सिट बाडफाड भएन भने मिल्न सक्ने अग्रगामी शक्तिहरुसग एकता गरेर अगाडि बढ्नेछौ ।”हामी सकेसम्म यो गठबन्धनलाई बचाएर अघि बड्छौं तर हामिलाइ सानो दल भनेर अपमान गर्ने , कर्नरमा पार्न खोज्ने हो भने गठबन्धनसंग… पुरा पढौ

राष्ट्रपतिद्वारा निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदानगरेकी छन् । उनले राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस र मन्त्रिपरिषद्को निर्णयानुसार नेपालको संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम सेना परिचालन गर्न आज स्वीकृति प्रदान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय सुरक्षा परिषद्ले स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा व्यवस्था भएअनुसार सुरक्षा… पुरा पढौ

गठवन्धको मापदण्ड अनुरुपनै निर्वाचन लाग्नुस् : वरिष्ठ नेता पौडेल

पोखरा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठवन्धको मापदण्ड अनुरुपनै निर्वाचन लाग्न निर्देशन दिएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा पोखरामा मंगलवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले स्थानिय पस्थिति र आवश्यकाता अनुसार नै केन्द्रले गठबन्धनको निती तयार गरेको बताए । उनले बैशाख ३० गते हुने निर्वाचनमा गठबन्धनकै कारण उमेदवार छनोटमा ढिलाई भएको बताए । गठबन्धन र तालमेलका कारण टिकटको टुङ्गो लगाउन समय लागेको समेत उनको भनाई थियो । बरिष्ठ नेता पौडेलले टिकट दिदाँ कार्यक्षमता, योगदान,निष्ठा,ईमानदारीतार लोकप्रिय नेतालाई… पुरा पढौ

पोखरेली गुरुङहरुले मनाए ट्होटें पर्व

पोखरा । तमुहरुको ऐतिहासिक पर्व ट्होटें चैत्रको अन्तिम मंगलवार तमु धिं नेपालको आयोजनामा पोखरेली तमुहरु धुमधामका साथ मनाएका छन् । वर्षमा दुई पटक चैत्र र साउनको तिन मंगलवार तमु गाँउ, ह्युलमा मनाउदै आएको ट्होटें पोखरामा तमु धिं नेपालको अगुवाईमा सामुहिक रुपमा पोखरासभा गृहमा भेला भई ट्होटें र्‍याली विभिन्न झाँकी, बाजागाजा,साँस्कृतिक प्रस्तुतिसहित मौलिक भेषभुषमा सभागृहचोक, लखनचोक, नयाँबजार हुदै तमु धिं नेपालको प्राङ्गणमा समारोहका साथ विविध कार्यक्रम गरी ट्होटें मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, विशेष… पुरा पढौ