समाचार

पौडी खेल्ने क्रममा नारायणीमा एक बेपत्ता

नवलपरासी । नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन् । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को देवचुली नगरपालिका–१७ कुजौलीघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा धादिङको नीलकण्ठ नगरपालिका–९ घर भई देवचुलीस्थित आफन्तको घरमा आएका १६ वर्षीय नवराज श्रेष्ठ आज बिहान बेपत्ता भएका हुन् । पौडी खेल्ने क्रममा बेपत्ता भएका श्रेष्ठको अवस्था अहिलेसम्म पनि अज्ञात रहेका कारण उनको खोजीकार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । पौडी खेल्दा बेपत्ता भएको स्थान र त्यसभन्दा तल्लो तटीय क्षेत्रमा… पुरा पढौ

आसन्न निर्वाचनमा माओवादी पहिलो शक्ति बन्छः अध्यक्ष दाहाल

कास्की । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आफ्नै बलबुतामा आसन्न निर्वाचनमा पहिलो शक्ति बन्ने बताएका छन् । प्रेस सेन्टर गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धनको वैशाखी टेकेर नभइ आफ्नै शक्ति, सङ्गठन र मुद्दाका आधारमा माओवादीले निर्वाचन लड्ने तयारी गरेको उनले उल्लेख गरे । अध्यक्ष दाहालले भने,“देशव्यापी माओवादीप्रति सकारात्मक जनमत बढ्दै गएको छ, कार्यक्रममा उभार देखिएको छ । केही समयपछि अन्य पार्टीहरु माओवादीसँग तालमेलका लागि आउने परिस्थिति आउँदैछ अरु पार्टीसँग… पुरा पढौ

सुनको मूल्य तोलाको रु ९९ हजार २००

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ९९ हजार २०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार ८०० मा कारोबार भएको सुन आज प्रतितोलामा रु ६०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ७०० छ । यसको मूल्य शुक्रबार प्रतितोला रु ९९ हजार ३०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर एक हजार ३७५… पुरा पढौ

मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश नं १ लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेगगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । राति… पुरा पढौ

९० घरमा ‘एक घर एक धारा’ निर्माण सम्पन्न

गुल्मी । खानेपानीको समस्या भएको गुल्मीको धुर्कोट र इस्मा गाउँपालिका क्षेत्रमा ‘एक घर एक धारा’ निर्माण सम्पन्न भएको छ । खानेपानीको समस्या भएको धुर्कोट–४ जैसिथोक गोपेमा ४० तथा इस्मा–२ पालुखामा ५० गरी कूल ९० घरमा खानेपानीको धारा जडान कार्य सम्पन्न भएको हो । धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले शनिबार ‘एक घर एक धारा’ कार्यक्रमको उद्घाटन गरे। अव्यवस्थित सामुदायिक खानेपानीको धारा रहेको उक्त क्षेत्रमा मुस्किलले दिनमा दुई घण्टा मात्रै पानी आउनेमा अहिले घरमै मिटर सहितको धारा जडान भएको उनले बताए ।… पुरा पढौ

विद्यालयलाई रु पाँच लाख सहयोग

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ कलेजाबाङस्थित हिमालय आधारभूत विद्यालयलाई रु पाँच लाखभन्दा बढी सहयोग प्राप्त भएको छ । वडा नं २ स्थित राखु भगवती र वडा नं ३ स्थित राखु पिप्ले घर भई बेलायतमा बसोबास गर्ने राखुवासीको साझा संस्था राखु समाजद्वारा विद्यालयको भौतिक पूर्वाधार निर्माणमा रु पाँच लाख सात हजार ७३० सहयोग प्राप्त भएको हो । विद्यालयमा आयोजित कार्यक्रममा उक्त समाजका २६ जनाले सङ्कलन गरेको सो सहयोग रकम सदस्य अर्जुन मल्लले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम कटुवाललाई हस्तान्तरण गरेका थिए… पुरा पढौ

लिफ्टिङबाट घरघरमा खानेपानीका धारा

तनहुँ । म्याग्दे गाउँपालिका–२स्थित लिफ्ट झ्यालगैह्रा खानेपानी आयोजना निर्माण भइ स्थानीयवासीका घरघरमा खानेपानी उपलब्ध गराइएको छ । सङ्घीय सरकार र गण्डकी प्रदेशको गरी कूल रु दुई करोड ५१ लाख २४ हजार ३३२ को लागतमा उक्त आयोजना निर्माण गरिएको हो । पानीको समस्याका कारण यस क्षेत्रका मानिसले धेरै कठिनाइ भोग्दै आएको स्थानीय उपभोक्ता सोमबहादुर थापाले बताए । सङ्घीय सरकारबाट रु एक करोड ४६ लाख ४९ हजार ५४९, प्रदेश सरकारबाट रु ४० लाख ८७ हजार ५६ र थप रु तीन लाख ४२… पुरा पढौ

कालिका पब्लिकको अध्यक्षमा आचार्य

पोखरा । पोखराको रामवजारमा अवस्थित कालिका पव्लिक कलेजले आफ्नो पहिलो सिनेट साधारण सभा सम्पन्न गरेको छ । ६४ सालमा स्थापित कलेजको पहिलो सिनेट अध्यक्षको रुपमा गिता आचार्य निर्विरोध चयन भएका छन् । एक सय १ सय ६६ जना सिनेट सभासद रहेको कलेजको साधारण सभाले सदस्यहरुमा पुर्णचन्द्र न्यौपाने, सुरेश कुमार ध्वजु, निर्मला कार्की भण्डारी, राम बहादुर थापा र कुमार थिङ निर्विरोध निर्वाचित गरेको छ । सभाको सम्वोधन गर्ने गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्गले शिक्षा सवैको पहँचमा पु¥याउन पव्लिक कलेजहरुको ठुलो… पुरा पढौ

समय बचत तथा ऋण सहकारीद्वारा शैक्षिक सामाग्री वितरण

पोखरा । समय बचत तथा ऋण सहकारी संस्थाले चौधौं स्थापना दिवसका अवसरमा शैक्षिक सामाग्री वितरण गरेको छ । पोखराको न्यूरोडमा कार्यालय रहेको सहकारीले स्थापनाको चौधौं वर्षमा प्रवेश गरेको अवसरमा लमजुङको क्व्होलासोथर गाउँपालिका माडी, गिलुङस्थित ज्योतिविन्दु प्राथमिक विद्यालयलाई एक कार्यक्रमकाविच शैक्षिक सामाग्री वितरण गरेको हो । कार्यक्रमको क्व्लोलासोथर वडा नम्वर ९ का अध्यक्ष नन्दजंग गुरुङले उद्घाटन गरे । उनले यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिन संस्थालाई आग्रह गरे । पोखरादेखि पिछडिएको ठाउँमा अवस्थित विद्यालयलाई सम्झेर गरिएको सहयोगप्रति आभार प्रकट गरे । यस्तै… पुरा पढौ

सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिबल प्रतियोगिता शुरु

पोखरा, चैत ५ सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा शनिबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो दिन १६ खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तर्गत शनिबार छात्रतर्फ १३ र छात्रातर्फ ३ खेल सम्पन्न भएका हुन् । प्रतियोगिता अन्तर्गत शनिबार छात्रतर्फ पहिलो चरणका ८ र दोश्रो चरणका ५ खेल सम्पन्न भए । पहिलो चरण अन्तर्गत भएको खेलमा जनप्रिय माविले तालवाराही माविलाई २५–१९ र २५–१५, भविष्य निर्माण… पुरा पढौ