समाचार

नेपालमा ९३ प्रतिशतले लगाए कोभिडविरुद्धको खोप

हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसंख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो। यस्तै, पूर्ण मात्रा खोप लगाउनेको संख्या भने १ करोड ६१ लाख ८४ हजार ८ सय ५८ रहेको छ। यो कूल लक्षित जनसंख्याको ८१.२ प्रतिशत हो। साथै १२–१७ वर्ष उमेर समूहका ३१ लाख १८ हजार ७ सय ८५ (९१ प्रतिशत) जनाले पहिलो मात्रा खोप लगाइसेका छन्। १८ वर्षमुनि… पुरा पढौ

मलेसिया रोजगारीका लागि पूर्वस्वीकृति

कोरानाका कारण २ वर्षदेखि बन्द भएको मलेसियाको रोजगारीका लागि आएका मागको पूर्वस्वीकृतिको काम धमाधम भइरहेको छ। वैदेशिक रोजगार कार्यालय ताहाचलले गएको मंगलबारदेखि मलेसियाको रोजगारीका लागि आएका मागको पूर्वस्वीकृतिको काम गर्न थालेको हो। सो कार्यालयका सूचना अधिकारी हरिराम नागिलाले अहिलेसम्म ४ सय भन्दा बढी संख्याको माग स्वीकृति भइसकेको छ भने ६ सय भन्दा बढी स्वीकृतिको लाइनमा रहेको जानकारी दिएका छन् । उनले वैदेशिक रोजगार कम्पनीमार्फत पूर्वस्वीकृतिका लागि आएका मागको स्वीकृति गर्ने काम द्रत गतिमा भइरहेको पनि जानकारी दिए। सो कार्यालयका अनुसार… पुरा पढौ

काँग्रेस गण्डकी प्रचारप्रसार विभाग प्रमुखमा पौडेल

पोखरा । नेपाली काँग्रेस गण्डकी प्रदेश प्रचारप्रसार विभाग प्रमुखमा रमेश पौडेल नियुक्त भएका छन् । पार्टीको विधान, २०१७ (संशोधनसहित) को परिच्छेद–४ धारा १३ (१०) (झ) बमोजिम प्रदेश सभापति शुक्रराज शर्माले उनलाई नियुक्त गरेका हुन् । काँग्रेसको प्रदेश कार्यसमिति सदस्य रहेका पौडेलसँग तीन दशकभन्दा बढी पत्रकारिताको अनुभव छ । पर्वत कुस्मा नगरपालीका ९ कटुवाचौपारीका पौडेल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष एवं रेडियो बाराहीका कार्यकारी निर्देशक छन् । हाल सरकारी सञ्चारमाध्यम देखि अन्य संघ संस्थामा कार्यरत छन । उनले कानुनमा स्नातक, पत्रकारिता, राजनीतिक… पुरा पढौ

सोमबारदेखि पोखरामा जुनियर राष्ट्रिय टेनिस प्रतियोगिता

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजना तथा नेपाल टेनिस संघको समन्वयमा सोमबारदेखि पोखरामा मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०७८ सञ्चालन हुने भएको छ । संघ कास्कीले आइतबार पोखरामा पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराएको छ । कास्की जिल्ला टेनिस संघका संरक्षक कुमार मोहनबहादुर शाहीको मुख्य प्रायोजन तथा कास्की जिल्ला टेनिस अभिभावक संघको सहयोगमा हुने यस प्रतियोगितामा यु–८, ९, १०, १२, १४ र १६ ब्वाईज÷गल्र्स सिंगल तथा ओपन ब्वाइज एवं गल्र्स डबल्सतर्फ प्रतिस्पर्धा हुने संघ कास्कीका अध्यक्ष… पुरा पढौ

पालिखेचोकदेखि नालामुखसम्मको सडकमा पिच र ढल व्यवस्थापन गर्न स्थानियको माग

पोखराको पालिखेचोकदेखि नालामुखसम्मको सडक पिच र ढल व्यवस्थापनको लागि स्थानियले माग गरेका छन् । पोखरा– ३ स्थित भिन्तुना युवा क्लव र ‘वी फर अल’ संस्थाको संयुक्त सक्रियतामा भएको स्थानियको भेलाले सो क्षेत्रको व्यवस्थित ढलसहित पिच सडक निर्माण गरिदिन माग गर्दै विभिन्न निकायमा ध्यानाकर्षण गराउने निर्णय गरेको हो । भेलाले जाइका र खानेपानीको कार्यालयमा आफूहरुको समस्या सहित ध्यानाकर्षण गराउने र माग सम्बोधन नभए विरोधका कार्यक्रमहरु सार्वजनिक गर्ने निर्णय गरेको भिन्तुना क्लवका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए । यस्तै क्लवले नेपाल बैंकदेखि… पुरा पढौ

पोखरा वाङ्मय प्रतिष्ठानको शुभकामना आदानप्रदान

पोखरा । पोखरा वाङ्मय प्रतिष्ठानको आयोजनामा नयाँ वर्ष २०७९ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि शिक्षासेवी बालगोपाल अमात्यले नयाँ वर्ष सबैका लागि सुखद् होस् भनी शुभकामना दिए । सो अवसरमा समाजसेवी बोधराज कार्की, अधिवक्ता बोधराज बराल, कलाप्रेमी रामदेवी कुँवर, कृष्णबहादुर कुँवर ‘बटुकृष्ण’, समाजसेवी बलबहादुर सेन्चुरी, साहित्यकार मदन भण्डारी, शिक्षासेवी तुलसीप्रसाद चापागाईं, कमलराज ढुंगाना, विश्वशान्ति कुँवर, वेदप्रसाद पौडेल, उत्तम बस्नेत, संचारकर्मी तिर्सनालक्ष्मी गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा शिक्षाविद् बालगोपाल अमात्य, संचारकर्मी देवेन्द्र एसके शाही… पुरा पढौ

पोखरामा ‘विज्ञापन कर’ आतंक भएको भन्दै पोउवा संघद्वारा विरोध

पोखरामा हरेका व्यावसायिक प्रतिष्ठानहरु अहिले एउटा सूचनाले त्रसित र आक्रोशित बनेका छन् । त्यो हो–विज्ञापन करको लागि थमाइएको पत्र । पत्रमा हरेक पसलहरुले टाँसेको १० वर्ग फुटभन्दा माथिको शुल्क लाग्ने उल्लेख गरिएको छ । पोखरा महानगरसँग होर्डिङ बोर्डको ठेक्का लिएको साइन हव प्रालिले पठाएको पत्रबाट व्यवसायीहरु आक्रोशित बनेका छन् । राज्यका निकाय र महानगरपालिकालाई व्यवसायसहित अन्य कर तिरेर संचालन गरिरहेको व्यवसायको प्रचार गर्न पाउनुपर्ने उनीहरुको जिकिर छ । तर, आर्थिक वर्ष २०७८÷०८९ को लागि १ करोड ५ लाखमा विज्ञापन करको… पुरा पढौ

सृजना कप भलिबलको उपाधिका लागि छात्रतर्फ शान्ता र मेश्रम तथा छात्रातर्फ शान्ता र लक्ष्मी मावि भिड्ने

पोखरा, चैत ६ पोखरामा जारी सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिताको उपाधिका लागि छात्रतर्फ शान्ता मावि र मेश्रम वराह भिड्ने भएका छन् । त्यस्तै छात्रातर्फ शान्ता मावि र लक्ष्मी माविबीच पाधि भिडन्त हुने भएको छ । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा आइतबार भएको सेमीफाइनल खेलमा छात्रतर्फ मेश्रम वराह माविले कालिका माविलाई र शान्ता माविले ईन्द्रराज्य लक्ष्मी माविलाई पराजित गर्दै फाइनल भिडन्त सुरक्षित गरेका हुन् । त्यस्तै, छात्रातर्फ लक्ष्मी माविले भद्रकाली माविलाई र शान्ता माविले विन्ध्यबासिनी माविलाई पराजित गर्दै उपाधि… पुरा पढौ

बेँसीसहर–चामे सडक खण्ड थप १० दिन बन्द

लमजुङ । लमजुङ र मनाङ जोड्ने डुम्रे–बेँसीसहर–चामे सडक खण्ड पुनः १० दिन बन्द भएको छ । सडक खण्डको तिमाङ छहरामा रहेको काठेपुल जीर्ण भएकाले कल्भर्ट निर्माण सम्पन्न भइसकेको छ । कलभर्टको ढलान पूर्णरुपमा सेट भई नसकेका कारण आजदेखि पुनः सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । पैदल यात्रुबाहेक सवारीसाधनका लागि सडक बन्द गरिएको मनाङ प्रशासनले एक सूचना जारी गर्दै भनेको छ । “मनाङ जिल्ला प्रवेश गर्ने सडक मार्ग डुम्रे–बेँसीसहर– चामे खण्डको तिमाङ छहरामा दुईवटा ठाउँमा कलभर्ट पुलको… पुरा पढौ

राष्ट्र र जनतालाई केन्द्रमा राखेर वैदेशिक सहायता स्वीकार गरिने

काठमाण्डौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल र नेपालीको हितका खातिर जुनसुकै मुलुकले प्रदान गर्ने सहयोग स्वीकार गरिने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज आयोजना गरेको एक कार्यक्रममा उनले राष्ट्र र जनताको हित विपरीतका सहयोग आफ्नो पार्टीले सधैँ अस्वीकार गर्ने स्पष्ट पारे। “राष्ट्र र जनतालाई केन्द्रमा राखेर वैदेशिक सहायता स्वीकार गर्नुपर्छ,” उनले भने । मुलुक र जनतालाई नै केन्द्रमा राखेर आफू राजनीतिमा होमिएको उल्लेख गर्दै उनले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बारे फैलाइएको… पुरा पढौ