समाचार

गण्डकी प्रदेशमा ४५ कोरोना सक्रिय संक्रमित

पोखरा । गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या ४५ जनामा झरेको छ । शुक्रबार ४४ जना संक्रमणमुक्त भएसंगै सक्रिय संक्रमितको संख्या ४५ पुगेको हो । सक्रिय संक्रमितमध्य कास्कीका २७ जना छन् । म्याग्दीमा ५, बाग्लुङमा ४स्याङ्जा र नवलपरासी पूर्वमा ३, मुस्ताङमा २, लजुङमा एक, पर्वतमा १ छन् । गोरखा र मनाङमा संक्रमित संख्या शून्य छ । यस्तै सोही अवधीमा २ जना कोरोना संक्रमित भएका छन् । विभिन्न जिल्लाका १०८ जनामा गरिएको परीक्षणमा कास्कीका २ जना संक्रमित भएका हुन् । यो सहित… पुरा पढौ

आन्तरिक पर्यटक बढाउन ‘पे नाउ गो लेटर’

चितवन । कोरोनाको सङ्क्रमण घटेसँगै आन्तरिक पर्यटक आकर्षण गर्न सौराहाको जङ्गल सफारी लजले छुटृै प्याकेज कार्यक्रम सार्वजनिक गरेको छ । अहिले तिरेरपछि उपभोग गर्न पाउने गरी ‘पे नाउ गो लेटर’ प्याकेज सार्वजनिक गरिएको हो । सो बमोजिम चैत महिनाभित्रमा विशेष छुटमा रकम भुक्तान गरेमा आउँदो वर्ष होटल उपयोग गर्न पाइने छ । होटलका सञ्चालक सुमन घिमिरेका अनुसार तीन रातका लागि यो अफर उपलब्ध गराइएको छ । जसमा दिन र रातको जम्मा रु चार हजार पाँच सय मात्रै तिरे सुविधायुक्त कोठा… पुरा पढौ

मेयर उपमेयर कप: सत्यवती छात्रा फुटबलको फाइनलमा

तनहुँ । तनहुँको व्यास नगरपालिकाको आयोजनामा जारी मेयर उपमेयर कप फुटबल प्रतियोगितामा छात्रातर्फ सत्यवती मावि फाइनलमा प्रवेश गरेको छ । व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माविको खेलमैदानमा आज सम्पन्न खेलमा वाराही आवासीय माविलाई पराजित गर्दै सत्यवती फाइनलमा प्रवेश गरेको हो । सत्यवती ४–० गोल अन्तरले विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो । सत्यवतीका तर्फबाट झरना राईले तीन र उमिता राईले एक गोल गर्नुभएको थियो । छात्रातर्फ चार विद्यालयको सहभागिता रहेको छ । बिहीबारदेखि सुरु प्रतियोगिताअन्तर्गत छात्रतर्फ सत्यवती मावि, बाराही आवासीय मावि… पुरा पढौ

दुई वर्षमा सडकको प्रगति १२ प्रतिशत मात्र

तनहुँ । ठेक्का सम्झौता भएर काम नहुँदा अलपत्र बनेको तनहुँको भानु नगरपालिका–१३ स्थित चन्द्रावती ठूल्ढुङ्गा मोटरमार्गको प्रगति दुई वर्षमा १२ प्रतिशत मात्रै भएको छ । विसं २०७६ कात्तिक ४ गते ठेक्का लागेको उक्त सडकको भौतिक प्रगति दुई वर्षमा १२ प्रतिशत मात्रै छ । पूर्वाधार विकास कार्यालय तनहुँले मोटरमार्गको दस किमी खण्ड कालोपत्र, नाला निर्माण तथा ग्याबिन जाली भर्ने लगायतका कामका लागि काठमाडौ स्थित शङ्करमाली कन्स्ट्रक्शनसँग सम्झौता गरेको थियो । निर्माण व्यवसायीको लापरबाहीका कारण मोटरमार्गको काम सुस्त रहेको स्थानीयवासीसमेत रहनुभएका जिल्ला… पुरा पढौ

फोनिजको महाधिवेशन चितवनको सौराहामा

गण्डकी । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को साताँ राष्ट्रिय महाधिवेशन पर्यटकीय नगरी सौराहामा हुने भएको छ । महाधिवेशन यही चैत ६ र ७ गते हुने तय भएको छ । फोनिजका महासचिव मनोज घर्ती मगरका अनुसार महाधिवेशनमा देशभरका ६० जिल्लाबाट ४८८ पत्रकार सहभागी हुनेछन् । यस्तै बेलायत, अमेरिका, जापान, दक्षिण कोरिया, मलेसियालगायत देशमा रहेका आठ विदेश शाखा, आठ संस्थागत सदस्य संस्था तथा सात प्रदेश समितिका पदाधिकारी सहभागी हुने उनले जानकारी दिए । सौराहाको थारु सांस्कृतिक घरमा हुने महाधिवेशनले तीनवर्षे कार्यकालका… पुरा पढौ

स्थायी प्रहरी चौकी स्थापना

जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिका–५ फाइचौरमा स्थायी प्रहरी चौकी स्थापना भएको छ । भौगोलिकरूपमा निकै निकट मानिएको सो क्षेत्रका स्थानीयवासीले प्रहरी चौकीको माग गर्दै आएका थिए । स्थानीयवासीको मागअनुसार प्रहरी चौकीको स्थापना गरेको प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले जानकारी दिए । समाजका विकृति विसङ्गतिको अन्त्य गर्न प्रहरीको महत्वपूर्ण भूमिका हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । प्रहरी हवल्दार नरिमा कठायतको कमाण्डमा पाँच प्रहरी चौकीमा राखिएको छ । भौगोलिकरूपमा निकै विकट भएकाले सिञ्जा गाउँपालिकाको–५ र ६ मा… पुरा पढौ

निजी छाडेर सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

गलकोट । पठनपाठन राम्रो हुँदै गएपछि निजी छाडेर सामुदायिक विद्यालयमा भर्ना हुने क्रम बढ्दै गएको छ । बागलुङ नगरपालिका–३ रातमाटास्थित धवलागिरि वीरेन्द्र माध्यमिक विद्यालयमा निजी विद्यालय छाडेर भर्ना हुनेको संख्या बढेको हो। विसं २०६८ देखि नै विद्यालयमा अङ्गे्रजी माध्यमबाट पढाइ हुन थाल्यो । विद्यार्थीको मागअनुसार विद्यालयमा पढाइ हुन थालेपछि विस्तारै निजी विद्यालयमा अध्ययन गर्न छाडेर यस विद्यालयमा विद्यार्थी आउन थालेको प्रधानाध्यापक भूमिराज गौतमले जानकारी दिए । कक्षा १ देखि १० सम्म अङ्ग्रेजी माध्यम, कक्षा ११ र १२ अङ्ग्रेजी र नेपाली… पुरा पढौ

थोपा सिँचाइ प्रभावकारी

म्याग्दी । म्याग्दी जिल्लाका कृषकले अपनाएको थोपा सिँचाइ प्रविधि प्रभावकारी बनेको छ । उत्पादन बढाउन र लागत घटाउन थोपा सिँचाइ प्रभावकारी बनेको हो । परीक्षणका लागि दुई वर्षअघि हरियाली समूहले भित्र्याएको यो प्रविधि जिल्लाका अन्य कृषकले पनि अपनाउन थालेका छन् । बेनी नगरपालिका–१ रत्नेचौरको हराभरा कृषि फार्मका सञ्चालक निरबहादुर थापाले पानीपानीले धेरै ठाउँमा थोपा सिँचाइ प्रविधि प्रभावकारी बनेको बताए । अनावश्यक ठाउँमा पानी नजाँदा झारपात नआउने, मल सबै बालीले मात्र उपयोग गर्न पाउने, झारपात गोडमेल गर्दा हुने समयको बचत भएको… पुरा पढौ

उपचार गर्न अस्पताल जाँदा पिसिआर परीक्षण नगर्नुपर्ने

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पिसिआर परीक्षण गर्नु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड–१९ को सङ्क्रमणको लक्षण नदेखिका व्यक्तिले अस्पतालमा उपचारका लागि पिसिआर परीक्षण गराउनुनपर्ने बताए । यसअघि अस्पतालमा उपचारका लागि जाँदा पिसिआर परीक्षण अनिवार्य गर्नुपर्ने प्रावधान थियो । सरकारले पिसिआर परीक्षणको शुल्क रु आठ सय तोेकेको छ । अस्पतालमा जाँदा खोप कार्ड भने अनिवार्यरुपमा लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ… पुरा पढौ

समूहमा आलुखेती

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा सामूहिक आलुखेती विस्तार गरिएको छ । रघुगङ्गाको वडा नं १ बेग, वडा नं २ भगवती, वडा नं ५ झिँ, वडा नं ६ पाखापानी र वडा नं ८ कुइनेमङ्गलेका कृषक समूहलाई अनुदानमा बीउ, मल र प्राविधिक सहयोगमा सामूहिक आलुखेती विस्तार गरिएको हो । हरेक कृषक समूहले कम्तीमा २०० रोपनी जग्गामा लगाउने सम्झौतासहित पाँच ब्लक बनाएर गाउँपालिकाबाट सामूहिक आलुखेती कार्यक्रमलाई कार्यान्वयन गरिएको कृषि शाखा संयोजक सविना शर्माले जानकारी दिए । गाउँपालिकाको रु ३० लाख र कृषक समूहबाट… पुरा पढौ