समाचार

खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा दीनानाथ बराल निर्वाचित

पोखरा, चैत ५ खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा दीनानाथ बराल निर्वाचित भएका छन् । मञ्चको शनिबार सम्पन्न तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशन अन्तर्गत भएको निर्वाचनमा प्रतिष्पर्धी रञ्जन अधिकारीलाई ९ मतले पराजित गर्दै बराल अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका लागि भएको निर्वाचनमा कुल ४९ मत खसेकोमा बिजयी बरालले २९ मत प्राप्त गर्दा पराजित अधिकारीले २० मत प्राप्त गरे । अध्यक्षबाहेक अन्य पदहरुमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ । मञ्चको उपाध्यक्षमा सुरज श्रेष्ठ, महासचिवमा राजाराम पौडेल, सचिवमा शशीकुमार पौडेल… पुरा पढौ

‘एक पालिका, एक रंगशाला, एक वडा, एक खेल पूर्वाधार’

नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघ (नेकोस)ले नेपालको समग्र खेल क्षेत्रको विकास र समृद्धिका लागि आगामी स्थानीय तहको निर्वाचनमा ‘एक पालिका, एक रंगशाला, एक वडा एक खेल पूर्वाधार’ को अवधारणा घोषणापत्रमा समावेश गर्न पार्टीलाई आग्रह गरेको छ। महासंघका इञ्चार्ज एवं एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा र संयोजक कृष्ण बस्नेत (पर्शुराम)को अध्यक्षतमा शुक्रबार सम्पन्न आयोजक कमिटीको विस्तारित बैठकले सो अनुरोध गर्ने विशेष प्रस्ताव पारित गरेको हो। संयोजक बस्नेतले खेलकुद क्षेत्रको संस्थागत विकासले मात्र खेलक्षेत्रलाई अन्तरराष्ट्रियकरण गर्ने र खेलाडी तथा खेलकर्मीका… पुरा पढौ

उपचार गर्न अस्पताल जाँदा अब पीसीआर परीक्षण गर्नुपर्दैन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पीसीआर परीक्षण गर्नु नपर्ने जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड–१९ को संक्रमणको लक्षण नदेखिएका व्यक्तिले अस्पतालमा उपचारका लागि पिसिआर परीक्षण गराउनुनपर्ने बताए। यसअघि अस्पतालमा उपचारका लागि जाँदा पीसीआर परीक्षण अनिवार्य गर्नुपर्ने प्रावधान थियो। सरकारले पीसीआर परीक्षणको शुल्क ८ सय रुपैयाँ तोेकेको छ। अस्पतालमा जाँदा खोप कार्ड भने अनिवार्य रुपमा लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ। रासस पुरा पढौ

लाप्राक र बारपाकको विकासका लागि पहल गर्छुः नेपाल

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भूकम्पले क्षति पु¥याएका गोरखाको लाप्राक र बारपाक लगायतका क्षेत्रको विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्। नेकपा (एकीकृत समाजवादी) पार्टी गोरखाले लाप्राकमा शुक्रबार आयोजना गरेको कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री नेपालले लाप्राकसम्म सडक बाटो स्तरोन्नति, स्वास्थ्य, खानेपानी तथा बिजुलीको पहुँच पु¥याउन सम्बन्धित निकायमार्फत पहल गर्ने बताएका छन्। लाप्राकको नमुना बस्तीमा खानेपानीको अभाव भएको त्यहाँका नागरिकले गुनासो गरेपछि उनले राजधानी फर्किएर खानेपानी मन्त्रीलाई समस्याको जानकारी गराउने बचन दिएका हुन्। अध्यक्ष नेपालले लाप्राकसम्म नेपाल विद्युत्… पुरा पढौ

माओवादी केन्द्र अन्नपूर्णमा गुरुङ

पोखरा । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र )अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा धर्मबहादुर गुरुङ निर्वाचित भएका छन् । माओवादीले आज मतदानबाट नेतृत्व टुँगो लगाएको हो । अध्यक्षमा निर्वाचित गुरुङले अर्का प्रत्याशी भेषराज पौडेललाई पराजित गरेका हुन् । गुरुङले ३० र पौडेलले १४ मत प्राप्त गरे । यसैगरी उपाध्यक्षहरुमा शोभाखर अधिकारी ,हरिमाया अधिकारी (तिमिल्सिना ) र इन्द्र भण्डारी निर्वाचित भए । सचिवमा नवीन गिरी र सहसचिवमा विष्णुप्रसाद अधिकारी तथा कोषाध्यक्षमा शरणसिं विक निर्वाचित भएका छन् । गत मंसिर ११ गते भएको पालिका अधिवेशनमा नेतृत्वमा… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय प्रशिक्षणका लागि माओवादी केन्द्रको ‘हेडक्वाटर’ पोखरा आउँदै

पोखरा । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) सहितको पार्टी नेतृत्व पोखरा आउने भएको छ । पोखरा सभागृहमा यही चैत ६ गते आइतबार हुने पार्टीको गण्डकी प्रदेशस्तरीय राजनीतिक वैचारिक प्रशिक्षणका लागि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, देवेन्द्र पौडेल, दिननाथ शर्मा लगायतको नेतृत्व पोखरामा आउने माओवादी गण्डकीका अध्यक्ष गायत्री गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रशिक्षणको सबै तयारी पूरा भएको छ । अध्यक्ष गुरुङका अनुसार प्रशिक्षणमा गण्डकी प्रदेशमा कार्यक्षेत्र हुने पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय आयोगका सदस्य, केन्द्रीय… पुरा पढौ

आइसीसी विश्वकप क्रिकेट लिग – २ मा नेपाल युएईसँग पराजित

काठमाण्डौं । आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग पराजित भएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल आयोजक युएइसँग ४८ रनले पराजित भएको हो । युएईले दिएको १६९ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १२० रनमा समेटियो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । साठी बल खेलेका उनले ४ चौकाको मद्दतमा ४६ रन बनाएका हुन् । त्यसैगरी… पुरा पढौ

थप ५१ जनामा कोरोना सङ्क्रमण

काठमाण्डौं । थप ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ९१४ जनाको कोरोना परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ९९६ रहेको छ । पछिल्लो समय ३९२ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६२ हजार १७३ पुगेको छ । निको हुने दर ९८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको… पुरा पढौ

पर्यटक लिन गएको सवारी दुर्घटनामा चालकको मृत्यु

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ घलेलमा आज स्करपियो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।दुर्घटनामा सोही गाउँपालिकाको अस्ताम निवासी ४६ वर्षीय बलबहादुर भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ । माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमाल इको भिलेजमा दिउँसोे पर्यटक लिन गएको ग २ च ३९३१ नम्बरको गाडी घलेल–कालीमाटी सडक खण्डको तादी खोला पारी उकालोमा सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । दुर्घटना लगत्तै भिँडाबारी प्रहरी… पुरा पढौ

नायक शाहविरुद्ध तेस्रो पटक म्याद थप

तनहुँ । नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा थुनामा परेका नायक पल शाहविरुद्ध तनहुँ अदालतले तेस्रो पटक म्याद थप गरिएको छ । शाहविरुद्ध आज तनहुँ अदालतबाट पाँच दिनको म्याद थप भएको हो । शाहविरुद्ध अनुसन्धान नसकिएकाले म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । शाहविरुद्ध गत फागुन १५ गते पहिलो पटक सात दिन र २१ गते १२ दिनको म्याद थप गरिएको थियो । नवलपुरमा पनि जाहेरी परेपछि उनलाई नवलपुर लगेर अनुसन्धान गरिएको थियो । नवलपुर अदालतमा शाहविरुद्ध मुद्दा… पुरा पढौ