समाचार

स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई प्रोत्साहन रकम

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई प्रोत्साहन रकम वितरण गरेको छ । घरमा हुने जोखिमपूर्ण सुत्केरीलाई अन्त्य गर्न र स्वास्थ्य संस्थामार्फत सुत्केरी गराउन प्रेरणा दिने उद्देश्यले गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत महिलालाई प्रोत्साहन रकम वितरण गरेको हो । गाउँपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा सत्केरी गराएका ५० जनालाई रु तीन हजारका दरले पोषण भत्ता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिए । गत दशैँदेखि यता स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई रकम वितरण गरिएको रानाले बताउनुभयो ।… पुरा पढौ

कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती

बागलुङ । पश्चिम बागलुङका नागरिकलाई सहजताका लागि बुर्तिबाङमा स्थापना गरिएको मालपोत कार्यालयमा कर्मचारी नहुँदा सेवा ग्राहीले सास्ती भोग्नुपरेको छ । अहिले कार्यालय एक सुब्बाको भरमा चलेको छ । बुधबार मात्रै एक जना सुब्बा थपिएका थिए । कार्यालय प्रमुख दिलबहादुर केसी यही फागुन ३ गते जिल्ला कारागार बागलुङमा सरुवा भएपछि झन कर्मचारी अभावमा काम गर्न निकै समस्या भएको हो । तेह« कर्मचारको दरबन्दी रहेको यस कार्यालयमा अहिले दुई सुब्बा, तीन कार्यालय सहयोगी र दुई कम्युटर अपरेटरका भरमा कार्यालय सञ्चालन गर्नुपरेको नायब… पुरा पढौ

अस्पतालको आइसियु सेवा बन्द

भक्तपुर । स्थापना भएको ११९ वर्षपछि पहिलोपटक सञ्चालनमा आएको भक्तपुर अस्पतालको बच्चाको आइसियु बन्द भएको छ । बागमती प्रदेश सरकारको बजेटमा यही फागुन १ गतेदेखि अस्पतालका तत्कालीन मेडिकल सुपिरटेन्डन्ट डा सुमित्रा गौतमले सञ्चालनमा ल्याएको २० शय्याको आइसियु बन्द भएको अस्पताल प्रशासनले जानकारी दिएको हो । अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बच्चाको आइसियु नहुँदा आकस्मिक अवस्थामा बिरामीलाई अन्य अस्पतालमा रेफर गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्यका साथ सञ्चालनमा ल्याइएको बच्चाको आइसियु मेसु सरुवा भएलगत्तै बन्द भएको अस्पतालका कर्मचारीले बताएका छन्… पुरा पढौ

१५ करोडको लिफ्ट खानेपानी योजना चैतभित्रै सक्न निर्देशन

पर्वत । पर्वतमा झण्डै रु १५ करोडको लागतमा निर्माणाधीन लिफ्ट खानेपानी आयोजना चैत मसान्तभित्रै सम्पन्न गर्न गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले ताकेता गरेको छ । जिल्लाको सबैभन्दा ठूलो लिफ्ट खानेपानी आयोजनाका रुपमा रहेको फलेवास नगरपालिका–३ शङ्करपोखरी र वडा नम्बर २ थापाठानामा निर्माणाधीन लमाएखोला बृहत् लिफ्ट खानेपानी आयोजनाको काम चैत मसान्तभित्र सम्पन्न गर्न मन्त्रालयले ताकेता गरेको हो । तीन वर्षसम्म पनि आयोजनाको काम नसकिएपछि बुधबार अनुगमनमा आउनुभएका मन्त्रालयका सचिव रामकुमार श्रेष्ठले आयोजनाको काममा बजेट अभाव नहुने तर उपभोक्ता समिति… पुरा पढौ

आज मेघ गर्जनसहित चट्याङ पर्ने संभावना

गण्डकी प्रदेश लगायतको पहाडी क्षेत्रका केही ठाउँमा आज (बिहीबार) मेघ गर्जन र चट्याङ पर्ने संभावना रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो गण्डकी प्रदेश लगायत देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं १ का पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भु–भागमा आंशिक बदली रहने छ। गण्डकी प्रदेश लगायत देशको पहाडी भु–भागमा अपरान्हपछि एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भु–भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको… पुरा पढौ

विश्वमै पहिलोपटक सुंगुरको मुटु प्रत्यारोपण गरेका व्यक्तिको मृत्यु

अनुवंशिक रूपमा परिमार्जित गरिएको सुंगुरको मुटु प्रत्यारोपण गरिएका विश्वकै पहिलो व्यक्तिको मृत्यु भएको छ। मुटुको गंभीर समस्या रहेका डेबिड बेन्नेट अमेरिकामा शल्यक्रियामार्फत मुटु प्रत्यारोपण गरेपछि २ महिना बाँच्न सफल भएका थिए। बाल्टिमोरमा ५७ वर्षीय बेन्नेटको उपचारमा संलग्न डाक्टरहरूले धेरै दिनदेखि उनको स्वास्थ नाजुक बन्दै गइरहेको र अन्ततः ८ मार्चमा उनको मृत्यु भएको बताएका छन्। बेन्नेटलाई शल्यक्रियाअघि नै निकै खतरा रहेको र शल्यक्रियाको प्रक्रिया ’अँध्यारोमा निशाना लगाउनु’जस्तै भएको बताइएको छ। बेन्नेट बाँच्ने संभावना नभएको देखिएपछि अमेरिकाको चिकित्सा नियमन निकायले युनिभर्सिटी अफ… पुरा पढौ

ज्येष्ठ नागरिकको बजेट काटेर आमा समूहलाई बाँडियो

ज्येष्ठ नागरिक देशको बौद्धिक सम्पत्ती हो। उनीहरुको सुरक्षा र पालन पोषण गर्नु राज्यको दायित्व हो। नेपालको संविधानले पनि ज्येष्ठ नागरिकको सुरक्षाको ज्ञारेन्टी राज्यले गर्नुपर्छ भनेको छ। तर, राज्यले यसलाई एक कानले सुनेर अर्को कानले उडाई दिने गरेको छ। राज्य कतिसम्म गैरजिम्मेवार र पूर्वाग्रही छ भन्ने पछिल्लो उदाहरण गण्डकी सरकारले देखाएको छ। ज्येष्ठ नागरिकको सुरक्षाको ज्ञारेन्टी गर्दै उनीहरुको पालनपोषण गर्नुपर्ने राज्यले उल्टै उनीहरुका लागि छुट्याएको बजेटसमेत कटौती गरेर आमा समूहलाई वितरण गरेको छ। गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक… पुरा पढौ

अलराउन्डर दीपेन्द्रसिंह ऐरी ‘आईसीसी प्लेयर अफ द मन्थ’ को मनोनयनमा

नेपाली क्रिकेटका अलारउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको महिनाकै उत्कृष्ट खेलाडी अर्थात् ‘प्लेअर अफ द मन्थ’ को मनोनयनमा पर्न सफल भएका छन्। आईसीसीले बुधवार सार्वजनिक गरेको फेब्रुअरी महिनाको उत्कृष्ट ३ जना खेलाडीको सूचीमा नेपालका दीपेन्द्रसिंह ऐरीसँगै भारतका श्रेयस अयर र यूएईका वृत्य अरविन्द मनोनयनमा परेका हुन्। भोटिङका आधारमा ३ जनामध्ये एक जना महिनाकै उत्कृष्ट खेलाडी घोषित हुनेछन्। आईसीसी टी–२० विश्व कपको ग्लोबल छनोटमा नेपाल छनोट हुन सकेन र तेस्रो स्थानमै रह्यो। तर, नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे। उनले… पुरा पढौ

नवलपुरले जित्यो गैँडाकोट मेयर कप टी–२० को उपाधि

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) क्रिकेट संघले गैँडाकोट प्रथम मेयर कप टी–२० क्रिकेटको उपाधि जितेको छ। गैँडाकोटमा बुधबार सम्पन्न राष्ट्रियस्तरको प्रतियोगिताको फाइनलमा गैँडाकोटले मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि नवलपुरले फाइनलमा स्याङ्जा क्रिकेट संघलाई ५ विकेटले हराउँदै उपाधि हात पारेको हो। नवलपुरले उपाधिसँगै नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ। उपविजेता चित्त स्याङ्जा क्रिकेट संघले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो। टस जितेर ब्याटिङ रोजेको स्याङ्जाले १७ दशमलव १ ओभरमा सबै विकेटको क्षतिमा ८३ रनको योगफल… पुरा पढौ

गण्डकी प्रदेश तेक्वान्दो प्रतियोगिता २०७८ को तयारी पुरा

पोखरा । “स्वस्थ, अनुशासित, सुरक्षित तथा उत्कृष्ठ तेक्वान्दो खेलाडीहरु उत्पादन गर्ने” उद्देश्यका साथ फाल्गुन २६ र २७ गते पाखरामा हुन गइरहेको गण्डकी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिताको तयारी पुरा भएको छ । गण्डकी प्रदेश तेक्वान्दो संघद्धारा आयोजना हुने सो प्रतियोगितामा यस प्रदेशका ७ जिल्लाका १ सय १४ खेलाडीले भाग लिने संस्थाका अध्यक्ष जगन बहादुर गुरुङ्गले जानकारी दिए । यस प्रतियोगिताबाट छनोट भएका २६ खेलाडीहरु राष्ट्रिय टिममा भाग लिन पाउने छन् । प्रतियोगिताका गण्डकी प्रदेशका कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, तनहुँ, गोरखा र… पुरा पढौ