बर्दघाट । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकाको प्रगतिनगरमा आजदेखि देवचुली महोत्सव सुरु हुँदैछ । तेस्रो संस्करणको देवचुली महोत्सव देवचुली उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन लागेको हो । सङ्घका अध्यक्ष एवं महोत्सव मूलसमितिका संयोजक रेशमलाल सापकोटाले कोरोना महामारीका कारण थला परेको व्यापार, व्यवसाय, पर्यटनलगायतका क्षेत्रको प्रवद्र्धन गर्न महोत्सव फलदायी हुने बताए । एक सय व्यावसायिक कक्ष रहने महोत्सव परिसरमा कृषिका प्रवद्र्धनात्मक र विभिन्न सार्वजनिक जनचेतनामूलक, सूचनामूलक र सन्देशमूलक २५ निःशुल्क कक्ष रहने सापकोटाले जानकारी दिए । महोत्सवमा व्यापारिक कक्षसहित बाल उद्यान, कलात्मक…
पुरा पढौ