समाचार

१७ औं संस्करण लेखनाथ महोत्सव भोलि

पोखरा । लेखनाथ उद्योग बाणिज्य संघको आयोजनामा संचालन हुने १७ औं संस्करणको लेखनाथ महोत्सव २०७८ को विहिबार उद्घाटन हुँदैछ । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए । महोत्सव लेखनाथको संस्कृती, स्थानीय उत्पादन विकास र संमृद्धि भन्ने नाराका साथ आयोजित महोत्सवमा विभिन्न बस्तु तथा उत्पादनका गरी तीन सय स्टल राखिएको छ । प्रदर्शनी एवं विक्रीका लागि स्टलमा व्यवसायीहरुले सामान राख्ने काम सकिएको बताउँदै अध्यक्ष आत्रेयले महोत्सवको उद्घाटनको प्रतिक्षामा… पुरा पढौ

रुपामा अन्तर आमा समुह हाजिरजवाफ

पोखरा । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा कास्कीको रुपा गाउँपालिकाले गाविसस्तरीय अन्तर आमा समुह हाजिरजवाफ प्रतियोगिताको सम्पन्न भएको छ । महिलाको क्षमता अभिवृद्धिका लागि हाजिरजवाफ लक्ष्यका साथ आयोजित प्रतियोगितामा दिगो आमा समुह प्रथम, भिरकोट आमा समुह द्धितीय, भित्रीगाउँ हातेमालो आमा समुह तृतीय र नवदुर्गा आमा समुहले सान्त्वना भएका थिए । कूल २१ वटा टीमको सहभागिता रहेको प्रतियोगिताका विजयी टीमले क्रमश १० हजार, आठ हजार, छ हजार र चार हजार नगद पुरस्कार प्राप्त गरेका थिए भने सहभागि प्रत्येक टीमलाई दुई हजार रुपैयाका… पुरा पढौ

मेडिप्लस र ग्लोवल आइएमईको स्वास्थ्य शिविरमा १५० बढी लाभान्वित

पोखरा । मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टर र ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्थाको संयुक्तरुपमा आयोजना गरिएको निःशुल्क स्वस्थ्य शिविर तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । ११२ औं अन्तराष्ट्रिय नारी दिवसका अवसर पारेर पोखरा –२६ विजयपुरमा सम्पन्न कार्यक्रममा १५० जना बढी लाभान्वित भएको आयोजकले जनाएको छ । शिविरमा महिला प्रजनन, स्तन क्यान्सर र पाठेघरको क्यान्सर सम्बन्धी चेक जाँच तथा निःशूल्क औषधी वितरण गरिएको मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरका कार्यकारी निर्देशक गौतम पौडेलले जानकारी दिए । शिविरमा महिला प्रजनन्, स्तन क्यान्सर… पुरा पढौ

चैत दोस्रो साताभित्रै राप्रपा नेपालको गण्डकीका सबै जिल्ला कार्यसमितिले पूर्णता पाउने

पोखरा । राप्रपा नेपालले गण्डकी प्रदेशका सबै जिल्लामा आगामी चैत दोस्रो साताभित्र जिल्ला कार्यसमितिले पूर्णता पाउने भएको छ । पोखरामा बुधबार बसेको पार्टीको गण्डकी प्रदेश कार्यसमितिको बैठकले आगामी चैत १५ गतेभित्र प्रदेशका ११ वटै जिल्लामा जिल्ला कार्यसमिति गठन गरिसक्ने निर्णय गरेको हो । जिल्ला कार्यसमिति गठनका लागि पार्टीका सहायक महामन्त्री शिव कुमार बाँस्तोलाको संयोजकत्वमा ४ सदस्यीय समन्वय समिति गठन भएको छ । समितिमा केन्द्रिय सदस्य सूर्य बाँस्तोला, कृष्ण प्रसाद पौडेल, गोरखा जिल्ला अध्यक्ष कुल बहादुर बस्नेत र पर्वत जिल्ला अध्यक्ष… पुरा पढौ

कोरोना अपडेट : गण्डकीमा १३ जना संक्रमित हुँदा २१ निको

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १३ जना संक्रमिक हुँदा २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । बुधबार विभिन्न प्रयोगशालामा ३२० जनामा गरिएको परीक्षणमा उनीहरु संक्रमित भएका हुन् । संक्रमण पुष्टि हुनेमा कास्कीका १०, म्याग्दीका २ र बाग्लुङका १ जना छन् । यो सहित हालसम्म प्रदेशमा एक लाख एक हजार ९४५ जना संक्रमित भएका छन् । ती मध्य एक लाख ३१६ जना निको भएका छन् । अब प्रदेशमा १६४ जना सक्रिय संक्रमित छन् । तीमध्य १३८ जना होमआइसोलेसनमा रहेको… पुरा पढौ

पोखरामा हत्या गरी फरार अभियुक्त १६ वर्षपछि पक्राउ

पोखरामा हत्या गरेर फरार एक व्यक्तिलाई कास्की प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ । १६ वर्षअघि हत्या गरेर फरार भएका अशोक गुरुङलाई कास्की प्रहरीले ईन्टरपोलको सहयोगमा पक्राउ गरेको हो । गुरुङले सुनसरीबाट मजदुरी गर्न पोखरा आएका २० वर्षिय रोजन राईको हत्या गरेको प्रहरीको आरोप छ । हत्या गरेर फरार गुरुङलाई बहराईनबाट पक्राउ गरेर पोखरा ल्याइएको कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले बताए । उनलाई मंगलबार पोखरा ल्याएर कास्की जिल्ला अदालतबाट ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप… पुरा पढौ

पोखराका देउकाजी नेपाल ईन्जिनियर्स एसोसिएसनको केन्द्रीय उपाध्यक्षमा चुनाव लड्दै

फागुण २५,पोखरा यतिबेला देशैभरका इन्जिनियरहरुलाई चुनाव लागेको छ । निर्वाचन मिति नजिकिंदै गर्दा उनीहरु आ–आफ्नों पक्षमा मत माग्न व्यस्त देखिन थालेका छन् । नेपाल ईन्जिनियर्स एसोसिएसनको ३३ औं केन्द्रिय कार्यकारिणी समितिको निर्वाचन आउँदो शुक्रबार हुँदैछ । उक्त निर्वाचनमा पोखराका ईन्जिनियर डा.देउकाजी गुरुङ्गले केन्द्रिय उपाध्यक्षमा आफ्नों उम्मेदवारी दर्ता गराएका छन् । उनले ई.डा.सुरज लामिछानेको बृहत राष्ट्रिय प्रगतिशिल गठबन्धनबाट चुनाव लड्न लागेका हुन् । पोखराका गुरुङ्ग थापाथलीस्थित ईन्जिनियरिङ क्याम्पसका उप–प्राध्यापक, नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रिय उपाध्यक्ष, नेकपा एमाले केन्द्रीय अर्थ तथा योजना… पुरा पढौ

बलेवा विमानस्थल कालोपत्र सकियो,चैतभित्र हस्तान्तरण हुने

बागलुङ । निर्माण भएको झन्डै ६० वर्षपछि बलेवा विमानस्थल कालोपत्र गरिएको छ । नियमित जहाज सञ्चालन गर्ने लक्ष्यसहित बलेवा विमानस्थल कालोपत्र गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिले बताएका छन् । तीन वर्षअघि देखि निर्माण थाले पनि कोरोना सङ्क्रमणले रोकिएको काम अहिले पूरा भएको हो । चैत मसान्तभित्र काम सकेर हस्तान्तरणको तयारी छ । बागलुङ नगरपालिका–१४ को बलेवामा निर्माणाधीन विमानस्थल चैत मसान्तभित्र रङ्गरोगन सकेर प्राधिकरणलाई हस्तान्तरण गर्ने तयारी भएको सो आयोजनाका इन्चार्ज वासु थापाले जानकारी दिए । यो विमानस्थलमा साना तथा… पुरा पढौ

टिप्पर दुर्घटना भएपछि दोविल्ला–फलेवास सडक अवरुद्ध

पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ र ११ जोड्ने मोदीखोला माथिको दोबिल्ला मोटरेबल पुलमा टिप्पर दुर्घटना भएको छ । पुलमा टिप्पर दुर्घटना हुँदा दक्षिण पर्वत जोड्ने दोविल्ला–फलेवास सडक अवरुद्ध बनेको छ । यो पुलले पर्वतको फलेवास नगरपालिका, पैयुँ, बिहादी र महाशिला गाउँपालिका जोड्छ । आज बिहान साढे ७ बजे अलकत्र लिएर सिल्मीबाट कुश्मातर्फ आउँदै गरेको ग१ख ८६४१ नंको टिप्पर दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षति भने नभएको स्थानीयवासी चित्रसागर श्रेष्ठले जानकारी दिए । उनका अनुसार पुलको भार बहन क्षमता १५… पुरा पढौ

विहान देखि ठप्प डुम्रे–बेँसीसहर सडकखण्ड अझै सञ्चालनमा आएन

बिहान देखि ठप्प भएको लमजुङ तनहुँ जोड्ने डुम्रे–बेँसीसहर सडकखण्ड अझै सञ्चालनमा आएको छैन् । लमजुङस्थित मस्र्याङ्दी नदीमा डुबेर मृत्यु भएको विद्यार्थीको विषयलाई लिएर तनहुँ बाइसजागर बजारका स्थानीयवासीले टायर बालेर सडक अवरुद्ध गरेपछि ठप्प भएको यातयात अझै सञ्चालन नभएको हो । जिल्ला प्रशासन कार्यालय लमजुङले लमजुङ–तनहुँको सिमाना पाउँदीबजारदेखि सिउडीबारसम्म निषेधाज्ञा जारी गरेपछि मृतकका आफन्त तथा पक्षधारहरुले विभिन्न माग राख्दै उक्त स्थानमा विरोध प्रदर्शन गरेपछि यातायत ठप्प हुँदा यात्रु मर्कामा परेका छन् । यता लमजुङतर्फ पाउँदीबजारदेखि सिउँदीबारसम्म आज बिहानदेखि अनिश्चितकालीन निषेधाज्ञाका कारण… पुरा पढौ