समाचार

नेपाली काग्रेस वैदाम ६ को प्रजातान्त्रिक सम्बाद यात्रा सम्पन्न

पोखरा, फागुन २३ । नेपाली काग्रेस पोखरा महानगर पालिका वडा समिति ६ बैदामले “प्रजातान्त्रिक सम्बाद यात्रा” कार्यक्रम आइतबार सम्पन्न गरेको छ ।नेपाली काग्रेसमा लागेर नेपालमा प्रजातन्त्र ल्याउन गरेका त्याग, तपश्या र योगदान बारेमा सर्वसाधरण लाईु जानकारी दिने उद्ेश्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।्बैदाम क्षेत्रमा रहेर प्रजातन्त्रको बारेमा “प्रजातान्त्रिक सम्बाद यात्रा” मार्फत प्रजातन्त्रका सेनानीहरुले इतिहासमा भोगेका घटना क्रमहरुलाई नयाँ पुस्ताहरुमा शिक्षा मिलोस भन्ने उद्ेश्यका साथ नेपाली कागे्रसको बारे बुझौ, लेखौं र पढायौ भन्ने भावनाले कार्यक्रमको सुभारभ्भ गरिएको इकाई सभापति सन्तोष… पुरा पढौ

पोखराका पूर्व प्रधानपञ्च शेरचनको निधनः आज महानगर भर शोक बिदा

पोखरा नगर पञ्चायतका पूर्व प्रधानपञ्च गणेश शेरचनको निधनमा पोखरा महानगरपालिकाले आज (सोमबार) शोक बिदा दिएको छ। तत्कालीन पोखरा नगर पञ्चायतका पूर्व प्रधानपञ्च शेरचनको शनिबार उपचारका क्रममा काठमाण्डौस्थित ग्रान्डी अस्पतालमा ७८ वर्षको उमेरमा निधन भएको हो। महानगरका प्रवक्ता एवं पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले शोक विज्ञप्ति जारी गर्दै आज (सोमबार) महानगर कार्यापालिकाको कार्यालय र यस अन्तर्गतका वडा कार्यालयहरु बन्द रहने जनाएका छन्। पुरा पढौ

दमौली आगलागीः करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान

तनहुँको व्यास नगरपालिका–४ मुख्यचोकस्थित हार्डवेयरको गोदामबाट सल्किएको आगोले करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। मुख्यचोकस्थित भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्समा भीषण आगलागी हुँदा करोडबढी मूल्यको क्षति भएको प्रारम्भिक अनुमान गरिएको हो। हार्डवेयर पसलबाट सल्किएको आगोले नजिकका घरहरूमा पनि क्षति पुगेको छ। तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले अत्यन्तै ठूलो क्षति भए पनि यकीन विवरण आउन बाँकी रहेको बताए। ‘क्षतिको आँकलन गर्न सक्ने अवस्था नै छैन, ठूलो क्षति छ’, उनले भने, ‘केही दिनमा क्षतिको यथार्थ विवरण आउला।’… पुरा पढौ

आगलागी नियन्त्रणमा सहयोग गर्नेलाई श्रममन्त्री श्रेष्ठको धन्यवाद ज्ञापन, राहत दिन पहल गर्ने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँको व्यास नगरपालिका–४ दमौली बजारमा लागेको आगलागी नियन्त्रणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। मन्त्री श्रेष्ठले आगलागी नियन्त्रण गर्न मद्दत गर्ने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, सिम्रिक एयरलाइन्स र स्थानीयवासीसहित सबैलाई धन्यवाद दिँदै यस्ता विपद्को स्थितिमा अझै सतर्क भई प्रतिकार्यको लागि तयार हुन आग्रह गरेका छन्। साथै, आगलागी भइहाले पनि प्रभावकारी रूपमा नियन्त्रण गर्न सक्ने भरपर्दो उपायको व्यवस्था स्थानीय स्तरमा गर्नेतर्फ सरकार गंभीर रहेको मन्त्री श्रेष्ठले बताए। मन्त्री श्रेष्ठको… पुरा पढौ

आगलागी पीडितलाई राहत उपलब्ध गराउन तनहुँ उद्योग वाणिज्य संघको माग

तनहुँ उद्योग वाणिज्य संघले व्यास नगरपालिका–४ स्थित मुख्य चोकमा आइतबार बिहान भएको आगलागीबाट पीडित भएकालाई उचित क्षतिपूर्ति प्रदान गर्न सरकारसँग माग गरेको छ। भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्समा भीषण आगलागी भई ठूलो क्षति हुनुका साथै आसपास रहेका व्यवसायी तथा वरपरका स्थानीयवासीको घरमा क्षति भएकाले पीडितलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरिएको हो। संघको आइतबार दिउँसो बसेको आकस्मिक बैठकले तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाई सभापति एवं भूपाल हार्डवेयरका संचालक भूपाल आले र तनहुँ उद्योग वाणिज्य संघका सदस्य एवं… पुरा पढौ

आगलागी पीडितलाई राहत उपलब्ध गराउन माग

तनहुँको व्यास नगरपालिका–४ मा आइतबार भएको आगलागीबाट पीडित भएकालाई राहत उपलब्ध गराउन नेपाली काँग्रेस र नेकपा (एमाले)ले सरकारसँग माग गरेका छन्। आगलागीबाट घर क्षति भएकालाई उचित राहत उपलब्ध गराउन ती २ पार्टीले सरकारसँग माग गरेका हुन्। काँग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालद्वारा जारी विज्ञप्तिमा भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्स र त्यस आसपासका अन्य व्यावसायिक तथा घरमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उचित राहतको माग गरिएको छ। ‘भीषण आगलागी नियन्त्रणका लागि सहयोग पु¥याउने सबैप्रति कृतज्ञता व्यक्त गर्दै क्षतिको यथार्थ मूल्यांकन गरी… पुरा पढौ

पोखरामा अन्तरबटालियन भलिबल प्रतियोगिता

पोखरामा अन्तरबटालियन भूतपूर्व भलिबल प्रतियोगिता सुरु भएको छ। ७५ औं भारतीय स्वतन्त्रता दिवसका अवसरमा भारतीय पेन्सन वितरण केन्द्र, रामबजारको पोखराको खेल मैदानमा आइतबारदेखि सुरु प्रतियोगितामा १८ बटालियनका टोलीले प्रतिस्पर्धा गर्दैछन्। भारतीय पेन्सन क्याम्प पोखराका प्रमुख कर्णेल शशांक त्रिपाठीले रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन्।बेस्ट अफ फाइवको आधारमा खेलाइएको प्रतियोगिताको उद्घाटन खेलमा ६/८ गोरखा राइफल्सले २/९ गोरखा राइफल्सलाई २६–२५ र २८–२६ को सोझो सेटले हरायो। त्यस्तै अन्य खेलमा ५/४ गोरखा राइफल्सले ४/८ गोरखा राइफल्सलाई २५–२३ र २५–२० को सोझो… पुरा पढौ

सृजना कप छात्र/छात्रा भलिबल प्रतियोगिता चैत ४ गतेदेखि ७ गतेसम्म हुने

पोखरा, फागुन २२ पोखरामा चैतको पहिलो साता सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा चैत ४ गतेदेखि ७ गतेसम्म सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिता हुने भएको हो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ विगत ४ वर्षदेखि शुरु भएको प्रतियोगिताको यो चौथो संस्करण गर्न लागेको आयोजक कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराले आइतबार पोखरामा पत्रकार… पुरा पढौ

पोखराका नौ ताल जोड्न साइकलमार्ग

पोखरा। सुन्दरनगरी पोखरालाई थप व्यवस्थित र आर्कषण बनाउने काम सुरु भएको छ । प्रमुख पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न पोखरा महानगरपालिकाले नगरका ९ वटा ताल जोड्ने साइकलमार्ग निर्माणका लागि आवश्यक तयारी सुरु गरेको हो । समुन्नत र समुद्ध पोखराका लागि महानगरले चालु आर्थिक वर्षमा साइकल मार्ग निर्माण गर्न रु. ३० लाख बजेट विनियोजन गरेको छ । यसका लागि १८३ किलोमिटर साइकल ट्र्याकको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भई रु. ३५ करोडको लागतप्रक्षेपण गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम रिजालले जानकारी… पुरा पढौ

बाल समाजसेवी प्रिन्सा काइण्डनेस क्लब मदरल्याण्डद्धारा सम्मानित

पोखरा, २२ फागुनकाइण्डनेस क्लब मदरल्याण्ड बोडिङ स्कुल पोखराको दोस्रो वर्षमा प्रदेश गरेको अवसरमा सम्मान कार्यक्रम गरेको छ । क्लबले पोखराकी समाजसेवी बालिका प्रिन्सा रेग्मीलाई सम्मान गरेको छ । सानै उमेरमा समाज सेवामा सक्रिय रेग्मीलाई क्लबले नगद १० हजार, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो ।कोरोना भाइरस महामारीको बेला निःशुल्क माक्स वितरण, खाद्यन्न वितरण, स्वास्थय सामग्री वितरण, कापी किताब वितरण लगाएतका विभिन्न समाज सेवाको काम गर्दै आएकी छन् ।सोही अवसरमा काइण्डनेस क्लबले प्रदान गर्ने काइण्डनेस टिचरको अवार्डबाट नुरमाया केसी सम्मानीत भइन्… पुरा पढौ