समाचार

पोखरामा असिना, पानीले गाडी चल्न मुश्किल

पोखरामा आइतबार दिउँसो परेको असिना पानीले गाडी चल्न मुश्किल बनाएको छ । आईतबार दिउँसो भिषण परेको असिना, पानी सडकमै रहेपछि पोखरा नया बजार क्षेत्रमा सवारी साधन सञ्चालनमा समस्या परेको हो । आवागमनमा असर परेपछि नया बजार क्षेत्रमा जामसमेत भएको छ । जसका कारण सवारी साधन मुश्किलले चलिरहेका छन् भने केहि गाडी बाटोमै फसेका छन् । दुई पाङ्ग्रे सवारी साधनलाई झनै सास्ती भएको छ । सवारी साधन नचल्दा केहि अलपत्रसमेत परेका छन् । दिउँसो १ बजेबाट आएको असिनासहितको वर्षाका कारण पोखरामा… पुरा पढौ

पोखरामा असिनासहितको वर्षा

पोखरा । आइतबार दिउँसो पोखरामा भिषणा असिनासहितको वर्षा भएको छ ।दिउँसो १ बजेबाट भएको असिनासहितकाे वर्षाका कारण चिसो महशुस गरिएको छ । वर्षासंगै परेको असिनाका कारण सडकमा सवारी चाप घट्नुका साथै गन्तव्यमा जान हिडेका यात्रु विच बाटोमा नै रोकिएका छन् । बिहान केही समय मौसम खुलेपनि दिउँसो १ बजेबाट पानी पर्दा पोखरामा दिउँसै अध्यारो भएको पोखरा – ५ पस्र्याङका ईश्वरसिंह बडालले एभरेस्ट आवाजलाई जानकारी दिए । असिना सहित वर्षा पछि देखिएको दृश्य : तस्विर ईश्वरसिंह बडाल असिना सहित वर्षा पछि… पुरा पढौ

बाँदर र दुम्सीले हिउँदे बाली नष्ट

पर्वत। हिउँदे बालीनाली बाँदर र दुम्सीले सखाप पारेपछि जिल्लाका कृषक चिन्तित बनेका छन् । हिउँदे बालीका रूपमा लगाएका आलु, गहुँ, जौँ, फापरलगायत फलफूलसमेत नष्ट गरेपछि उनीहरु समस्यामा परेका हुन् । अहिले जिल्लाभर बाँदर र दुम्सीको आतङ्क छ । कतिपय ठाउँमा किसानले बाली जोगाउन रातदिन जाग्राम बस्ने गरेका छन् । दुम्सीबाट जोगाउन चारैतिर बारबेर गरेका किसानले बाँदरबाट भने जोगाउन सकेका छैनन् । यसैगरी बाँदर आतङ्कले किसान हैरानीमा छन् । दिउँसो आउने बाँदर धपाउन गाउँले समूह बनाएर खटिने गरेको भए पनि रातमा… पुरा पढौ

मातृभूमिको अध्यक्षमा नन्दराज

पोखरा ७ फागुन पोखरा १९ घार्मीमा रहेर बेमौसमी तरकारी उत्पादनमा कृयाशिल मातृभूमि कृषि वचत समूहको सम्पन्न १२औ अधिवेशनले नन्दराज दाहालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।अधिवेशनले उपाध्यक्षमा भगवती पौडेल, सचिवमा प्रेम बहादुर जिसी, सह सचिवमा नमराज पौडेल, कोषाध्यक्षमा विष्णु प्रसाद पौडेल,सह कोषाध्यक्षमा सागर पौडेल र सदस्यमा मैया दाहाल,गीता पौडेल, सपना पौडेल,लिला पौडेल, भरतराज पौडेल, मनहरी पौडेल, र गोपाल प्रसाद पौडेल चयन भएका हुन् ।त्यस्तै राजेन्द्र पौडेलको संयोजकत्वमा भोलानाथ पौडेल,सकंर पौडेल सदस्य रहेको लेखा समिति शिशिर पौडेलको संयोजकत्वमा लिला… पुरा पढौ

स्थगित लेखनाथ महोत्सव २६ बाट हुने

लेखनाथ, फाल्गुण ७ कोरोनाको प्रभाव बढेसँगै स्थगित भएको १७ औं संस्करणको लेखनाथ महोत्सव यही फागुन २६ गते देखी पुनः शुरु हुने भएको छ । लेखनाथ उद्योग बाणिज्य संघको शुक्रबार बसेको कार्यसमितिको बैठकले स्थगित भएको लेखनाथ महोत्सवलाई सुचारु गर्ने निर्णय गरेको हो । “लेखनाथको सस्कृति, स्थानिय उत्पादन, विकास र संम्बृद्धि” भन्ने मुल नाराका साथ विभिन्न संघसंस्थाहरुको सहयोगमा लेखनाथ उद्योग बाणिज्य संघको आयोजनामा हुने महोत्सव फागुन २६ देखी चैत सातगतेसम्म संचालन हुने संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए । यसअघि संघले माघ… पुरा पढौ

लगातारको जितसँगै नेपाल सेमीफाइनल नजिक

लगातारको जितसँगै नेपाल टी(२० विश्वकप छनोट ग्लोवल क्वालिफायरको सेमिफाइनल नजिक पुगेको छ । ओमानमा शनिबार भएको खेलमा फिलिपिन्सलाई १३६ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल सेमीफाइनल नजिक पुगेको हो । नेपालको यो दोश्रो जित हो । यसअघी शुक्रबार नेपालले आयोजक ओमानलाई ३९ रनले पराजित गरेको थियो । लगातार दोश्रो जित निकालेको नेपाल सेमीफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा शनिबार भएको खेलमा फिलिपिन्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिलो व्याटिङ गर्दै २१८ रन बनाएको थियो… पुरा पढौ

चुनाव सम्पन्न गरी शासन पद्धतिलाई सुदृढ तुल्याउन सबै प्रतिबद्ध हुनुपर्छ : प्रधानमन्त्री

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै सम्पन्न हुने स्थानीय तह र त्यसलगत्तै हुने प्रदेश तथा सङ्घीय तहको चुनाव सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जान सबै प्रतिबद्ध हुन आवश्यक रहेको बताएका छन् । ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिले आज सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री देउवाले ती सबै चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउनुपर्नेमा जोड दिएका हुन् । उनले विसं २००७ मा प्रजातन्त्रप्राप्तिका लागि भएको राजनीतिक क्रान्ति… पुरा पढौ

पुम्दी भुम्दीमा विश्वकर्मा संग्रहालय स्थापना गरिने

पोखरा ६, फागुन गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले दुषित मनसायले आएको अनुदान नेपाललाई स्विकार्य नहुने बताएका छन् । पोखरा २२ को (पुम्दी भुम्दी) स्थित विश्व शान्ति स्तुपाः मा विश्वकर्मा समाज नेपालले स्थापना गर्न लागिएको उक्त संग्रहालय भवनको शनिबार एक समारोहका बिच शिलन्यास गर्दै माओबादी केन्द्रका नेता समेत रहेका मन्त्री बरालले यस्तो बताएका हुन् । अमेरिकी परियोजना एमसीसी दुषित मनसायले आउन लागेकोले त्यस्तो अनुदान नेपाललाई स्विकार्य नहुने बताउदै मन्त्री बरालले नेपालको आर्थिक विकास र समृद्धिमा अमेरीका, जापान,… पुरा पढौ

टुँडिखेलमा मनाइयो राष्ट्रिय प्रजातन्त्र दिवस

काठमाण्डौं । नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मूल समारोह समितिको आयोजनामा सम्पन्न समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीगण, उच्चपदस्थ कर्मचारीलगायतको सहभागिता थियो । समारोहलाई उत्सवमय तुल्याउन नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ व्यानर अङ्कित दुई वटा हेलिकोप्टरबाट पृष्पवृष्टि गराएको थियो भने मैदानबाट शान्तिका दूत… पुरा पढौ

विश्वकप ग्लोबल छनोटः नेपाल आज फिलिपिन्ससँग भिड्दै

आइसीसी टी ट्वान्टी विश्वकप छनोटअन्तर्गत आज (शनिबार) नेपाल फिलिपिन्ससँग भिड्दैछ। पहिलो खेलमा ओमानलाई हिँजो (शुक्रबार) ३९ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा पनि जितको अपेक्षासहित मैदानमा उत्रन लागेको हो। नेपालको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् भने फिलिपिन्स जोनाथन हिल्सको कप्तानीमा फिलिपिनी टोली मैदानमा उत्रनेछ। ब्याटिङमा फितलो प्रदर्शन गरेपनि बलिङमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले हिँजो ओमानलाई हराएको थियो। जितसँगै नेपालले २ अंक जोडेको छ। नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध फेब्रुअरी २१ मा खेल्ने छ। पुरा पढौ