समाचार

प्रेस चौतारीको महाधिवेशनको छेको पारेर अन्तरक्रियात्मक छलफल कार्यक्रम आयोजना

पोखरा । प्रेस चौतारी नेपालको आसन्न नवौं राष्ट्रिय महाधिवेशनको छेको पारेर पोखरामा अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ । महाधिवेशन अन्तगर्त प्रचार प्रसार उपसमितिको आयोजनामा शनिबार भएको छलफल कार्यक्रममा पत्रकारका विभिन्न संगठनमा क्रियाशिल कास्कीका अग्रज पत्रकार सहभागी थिए । उनीहरुले महाधिवेशनलाई सफल बनाउन आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । आस्था तथा जिम्मेवारीको हिसाबले फरक ठाउँमा भएपनि एजेन्डाको हिसाबले सबै पत्रकार एकैठाउँमा रहेको भनाई सहभागीको रहेको थियो ।प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारीले पत्रकारले आचारसंहिताको पालना गर्नुपर्ने बताइन्… पुरा पढौ

बगर भाई खलकमा पुनः गुरुङ

पोखरा । खेलकुद र सामाजिक क्षेत्रमा कृयाशिल पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकको अध्यक्षमा पुनः दिल बहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको शनिवार पोखरामा सम्पन्न पाँचौ साधारण सभा तथा चौथो अधिवेशनबाट आगामी तिन वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । गुरुङ प्रदेश खेलकुद परिषद गण्डकीको कार्यकारी सदस्य समेत रहेका छन् । त्यसै गरी अधिवेशनले तिनवर्षका लागि १३ सदस्यिय कार्य समिती निर्विरोध निर्वाचित समेत गरेको छ । संस्थाको उपाध्यक्षमा इश्वरमान गुरुङ, महासचिवमा याम बहादुर गुरुङ, सचिवमा मनकाजी गुरुङ, कोषाध्यक्षमा… पुरा पढौ

प्रेस युनियन कास्कीको पत्रकारिता तालिम समापन

पोखरा । नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको आधारभूत पत्रकारिता तालिम सकिएको छ । बिहीबारदेखि सुरु भएको तालिम शनिबार समापन भएको हो । समापनका अवसरमा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । तालिममा सहभागी ५५ जना प्रशिक्षार्थीहरुलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले प्रमाणपत्र वितरण गरेका थिए । समापन कै अवसरमा नेपाल प्रेस युनियन कास्की शाखाले ३० जना भन्दा बढिलाई नयाँ सदस्यता दिएको छ । कार्यक्रममा मन्त्री श्रेष्ठले पत्रकारिता निष्पक्ष हुनुपर्ने धारणा राखे । पत्रकारिताको… पुरा पढौ

मानव अधिकार रक्षकहरुको पोखरा घोषणापत्र : आचारसंहिता निर्माणदेखि सूचनामा निर्वाध पहुँचसम्म

पोखरा, फागुन २१ मानव अधिकार रक्षकहरुले वडासम्मै मानव अधिकार संरक्षक संयन्त्र र डेस्क स्थापना गर्न माग गरेका छन्। मानव अधिकार रक्षकहरुको पोखरामा दुुई दिनसम्म चलेको गण्डकी प्रदेश स्तरीय सम्मेलनले संघ, प्रदेश, स्थानिय तहदेखि वडासम्मै मानव अधिकार संरक्षक संयन्त्र र डेस्क स्थापना गर्नेलगायतका १७ बुँदे घोषणापत्र जारी गरेको हो। शनिबार सम्पन्न सम्मेलनले मानव अधिकार रक्षकहरुको तथ्याङ्क अध्यावधिक गर्नुका साथै उनीहरुका लागि परिचय पत्रको ब्यवस्था गर्न माग गरेको छ। साथै मानव अधिकार रक्षकहरुका लागि आचार संहिता बनाउँदै त्यसको प्रभावकारी कार्यान्वयन गर्न तथा… पुरा पढौ

कृषि विकास बैंक कर्मचारी संघ गण्डकीको संयोजकमा थापा

फागुन २१ पोखरा । कृषि विकास बैंक कर्मचारी संघ नेपाल गण्डकी प्रदेशको संयोजकमा सन्तोष थापा सर्वसम्मत चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न कर्मचारीहरुको भेलाले थापाको संयोजकत्वमा गण्डकी प्रदेशस्तरीय १३ सदस्यीय समिति पुर्नगठन गरेको हो । समितिको सह–संयोजकमा सुमन सुबेदी चयन भएका छन् । यस्तै समितिको सदस्यहरुमा डोलराज गैह्रे, भिम बहादुर थापा, सन्दीप अधिकारी, कुशल तिवारी, संगीता पहारी, याम प्रसाद भुषाल, शर्मिला गौतम, रामचन्द्र अधिकारी, सरस्वती पाण्डे र सुनिल ढेवाजु छन् । समितिले एक जना सदस्य पछि थप गर्ने निर्णय… पुरा पढौ

बागलुङ–पोखरा मगर समाजले आफ्नै भवन बनाउने

पोखरा, २१ फागुनबागलुङ–पोखरा मगर समाजको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारणसभाले समाजको आफ्नै भवन निर्माण गर्ने निर्णय गरेको छ ।भवन निर्माणका लागि समाजले हालै पोखरा महानगरपालिका वडा नं. १४, काजीपोखरीमा ८ आना जग्गा खरिद गरेको छ । समाजका सदस्यहरूबाट आर्थिक संकलन गरी सो जग्गा खरिद गरिएको समाजका अध्यक्ष गजेन्द्र थापामगरले जानकारी दिनुभयो ।साधारणसभामा समाजका संस्थापक अध्यक्ष दलबहादुर थापामगर, निवर्तमान अध्यक्ष एवं सल्लाहकार संयोजक रामबहादुर पुनमगर, पूर्व अध्यक्ष एवं सल्लाहकार तथा भवन निर्माण समितिका संयोजक क्या.… पुरा पढौ

मधेश प्रदेशको भ्रमणका लागि गण्डकीका मुख्यमन्त्री पोखरेल पुगे जनकपुर

जनकपुर, २१ फागुन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रतिनिधि मण्डल मधेश प्रदेशको भ्रमणमा निस्केको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निमन्त्रणमा ३ दिने भ्रमणका लागि मुख्यमन्त्रीसहितको टोली शनिबार जनकपुर पुगेको हो । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निमन्त्रणमा गत असोज ६ गते मधेश प्रदेशका मुख्यमन्त्री राउत नेतृत्व टोलीले पोखरा भ्रमण गरेको थियो ।प्रदेशबीच सम्बन्ध विस्तार गर्ने, अनुभव साट्ने र संघीयता सुदृढीकरणमा सहकार्य गर्नुका साथै पर्यटन प्रबद्र्धनका लागि अन्तर प्रदेश भ्रमण गरिएको गण्डकीका मुख्यमन्त्री पोखरेलले बताए । सांस्कृतिक… पुरा पढौ

जनता आधारभूत विद्यालयमा पक्की भवन

पोखरा २१ फागुनपोखरा १६ घुरकुनामा अवस्थित जनता आधारभूत विद्यालयका विद्यार्थी तथा शिक्षक जीर्ण भवनमा बसेर अध्ययन अध्यापन गराउनु पर्ने बध्यतावाट मुक्त भएका छन् ।राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण केन्द्रिय कार्यान्वयन इकाइको आर्थिक तथा प्राविधिक सहयोगमा चार कोठे पक्की भवन निर्माण भएपछि विद्यालयका शिक्षक तथा विद्यार्थीले ढुक्कसँग अध्ययन अध्यापन गर्न पाएका छन् । प्राधिकरणको ८२ लाख १८ हजार रुपैयाँको आर्थिक सहयोगमा नवनिर्मित भवन तथा शौचालयको गण्डकी प्रदेशका सासंद कृष्णबहादुर थापाले उद्घघाटन गरे । कार्यक्रममा बोल्दै उनले शैक्षिक गुणस्तर वृद्धि गर्न आधारभूत तह देखि… पुरा पढौ

विजय ढकाल सहिद स्मृति प्रतिष्ठानको अध्यक्षमा मिश्र

विजय ढकाल सहिद स्मृति प्रतिष्ठानको नेतृत्व महादेव मिश्रले सम्हालेका छन्। प्रतिष्ठानको शनिबार पोखराको सहिदपार्कस्थित घनश्याम ढकाल स्मृति कक्ष सभाहलमा सम्पन्न छैटौं अधिवेशनले मिश्रको नेत्वत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो। प्रतिष्ठानको उपाध्यक्षमा कल्पना चिलुवाल, महासचिवमा श्रीकृष्ण अधिकारी, सचिवमा किरण श्रेष्ठ र कोषाध्यक्षमा सिर्जना ढकाल छन्। त्यस्तै, सदस्यहरुमा निर्मला न्यौपाने, राधा सापकोटा, राजु क्षत्री, राजेन्द्रमणि पौडेल, सुरज उपाध्याय र शालिकराम देवकोटा छन्। निवर्तमान अध्यक्ष राजेन्द्र पौडेलको संयोजकत्वमा बनेको अध्यक्ष मण्डलले नयाँ कार्यसमितिको सर्वसम्मत चयन गरेको हो। प्रतिष्ठानका सल्लाहकार रामराज रेग्मी… पुरा पढौ

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यको शपथ

काठमाण्डौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।सिहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा अध्यक्ष तिमिल्सिना सक्षम उनीहरुले शपथ लिएका हुन् । शपथ लिने नवनिर्वाचित सदस्यमा जयन्तीदेवी राई, सोनाम गेल्जेन शेर्पा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, मोहम्मद खालिद, गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल, कमला पन्त र भुवनबहादुर सुनार छन् । नवनिर्वाचित सदस्य सुरेशकुमार आले मगर, राजेन्द्रलक्ष्मी गैरे, तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा, मदनकुमारी शाह (गरिमा), जगतबहादुर पार्की र… पुरा पढौ