समाचार

नदीमा बेपत्ता भएका युवा मृत अवस्थामा फेला

गोरखा । गोरखा नगरपालिका–१० छेवेटारको ठुटेबजारस्थित दरौंदी नदीमा बेपत्ता भएका एक युवकको शव फेला परेको छ । भीमसेन थापा गाउँपालिका–१ का २२ वर्षीय विकास भट्टको शव बुधबार बिहान नदीमा फेला परेको प्रहरीले जनाएको हो । डोजरको सह–अपरेटरको रुपमा काम गर्दै आएका उनी मंगलबार साँझदेखि बेपत्ता थिए । नदी किनारमा मृतकको लुगा, चप्पल, मोवाइल र पैसासमेत भेटिएको प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिए । पौडी खेल्नका लागि कपडा र पैसा किनारमा राखेर नदीमा हाम फालेको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीय… पुरा पढौ

पुल भत्काएर अर्को बनाउःसडक डिभिजन

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–३ कुमरीबाट धादिङको धुनीबँेशी नगरपालिका–४ जीवनपुर जोड्ने पक्की पुल भत्काएर पुनः बनाउन सडक डिभिजन नुवाकोटले निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । तोकिएको मापदण्ड अनुसार संरचना निर्माण नभएको पाइएसँगै सञ्चालनको तयारीमा रहेको पक्की पुल भत्काउन सो कार्यालयले निर्माण व्यवसायीलाई निर्देशन दिएको हो । विसं २०७३ असार १ गते सम्झौता भएअनुसार निर्माण व्यवसायी नागार्जुन÷ जयबाबा÷ काष्ठमण्डप जेभीले निर्माण गरेको पक्की पुलको दुई स्पानमध्ये नुवाकोटतर्फको स्पान भत्काएर अर्को बनाउन निर्देशन दिएको डिभिजन प्रमुख अमृतमणि रिमालले जानकारी दिए । उनका… पुरा पढौ

किशोरी सम्मेलनद्धारा ११ बुँदे घोषणापत्र जारी

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा पालिकास्तरीय दोस्रो किशोरी सम्मेलन भएको छ । ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा मङ्गलबार भएको सम्मेलनले बालविवाह नियन्त्रण, बालअधिकार संरक्षण र लैङ्गिक समानता कायम गर्न ११ बुँदे घोषणापत्र जारी गरेको हो । सम्मेलनले बालविवाह, यौनजन्य हिंसा न्यूनीकरण र महिनावारी स्वच्छता कायम गर्नेलगायत किशोरीहरूको शिक्षा, स्वास्थ्य र सुरक्षाका विषयमा घोषणापत्र जारी गरेको सङ्गमका अध्यक्ष दिपेन्द्र शर्माले बताए । धवलागिरिको ताकम, मुना, मुदी र लुलाङको चारवटा वडाका ११ विद्यालयमा गठन भएका किशोरी सञ्जालका २८ प्रतिनिधिको सहभागिता… पुरा पढौ

स्याङ्जाको फेदीखोलामा खेलकुद सप्ताह

स्याङ्जाको फेदीखोला गाउँपालिकामा खेलकुद सप्ताह सुरु भएको छ। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ फेदीखोला गाउँपालिकाद्वारा आयोजित खेलकुद सप्ताहको जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख सिता सुन्दासले उद्घाटन गरेकी हुन्। सुन्दासले महिला भलिबलबाट प्रतियोगिताको उद्घाटन गरेकी हुन्। स्थानीय हिमशिखर क्लबसँगको सहकार्यमा गाउँपालिकाले फागुन ३० गतेसम्म खेलकुद सप्ताहको आयोजना गरेको हो। खेलकुद सप्ताह अन्तर्गत पुरुष÷महिला दुबैतर्फ फुटबल, भलिवल, ब्याडमिन्टन, खुल्ला ३००मि. र १०००मि. को खुल्ला दौड, छेलो लगायतका प्रतियोगिता संचालन हुनेछन्। पुरा पढौ

मस्र्याङ्दीले बगाएर विद्यार्थीको मृत्यु

लमजुङको सुन्दरबजार नगरपालिका ९, सिउँडीबारमुनि मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएर एक विद्यार्थीको मृत्यु भएको छ। सुन्दरबजार नगरपालिका ९, सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालय कक्षा १० का विद्यार्थी सनिज श्रेष्ठको मृत्यु भएको हो।तनहुँको भानु नगरपालिका–९, बाइसजाँगरका श्रेष्ठ होस्टेलमा बसेर पढ्दै आएका थिए। मध्यान्ह १२ बजेतिर बगाएकोमा उनको शव दिउँसो १ बजेतिर १० मिटर जति तल भेटिएको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार होस्टेलबाट १ जना शिक्षक र २ जना विद्यार्थी पौडी खेल्न मस्र्याङ्दीमा गएका थिए। उनीहरूमध्ये पौडी खेल्ने क्रममा नदीले… पुरा पढौ

पोखराको अन्नपूर्ण केवलकार आजदेखि बन्द

पोखरास्थित पहिलो केवलकार अन्नपूर्ण केवलकार आज (बुधबार)देखि बन्द हुने भएको। पोखराको सेदीबगरदेखि सराङकोट जाने अन्नपूर्ण केवलकार फागुन २५ गतेदेखि ३० गतेसम्म बन्द हुने कम्पनीले जनाएको हो। नियमित मर्मत सम्भार गर्नका लागि केवलकार बन्द गर्न लागिएको हो। केवलकार चैत्र १ गतेदेखि नियमित संचालनमा आउने सो कम्पनीले जनाएको छ। केवलकार फागुन ६ गतेदेखि नियमित संचालनमा आएको थियो। केवलकारमार्फत पोखराको फेवाताल किनारबाट सराङकोट (२ किमि दूरी) पुग्न ९ मिनेटमात्रै लाग्नेछ। पुरा पढौ

१५ वर्ष अघिको हत्या आरोपित अशोकलाई बहराइनबाट नेपाल ल्याइयो

कास्कीमा एक मजदुरको हत्या गरेको आरोप लागेका अशोक गुरुङलाई १५ वर्षपछि बहराइनबाट कास्की ल्याइएको छ। इन्टरपोलको सहयोगमा पक्राउ परेका कास्कीको लेखनाथ सातमुहानेका ४६ वर्षीय अशोक गुरुङलाई मंगलबार नेपाल ल्याइएको हो। सामान्य विवादमा झगडा हुँदा टाउकोमा चिर्पटले हानेर राईको हत्या गरिएको थिया । त्यसयता फरार रहेका गुरुङ बहराइन पुगेको सूचना पाएपछि प्रहरीले उनलाई रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गरेको थियो। इन्टरपोलबाट गत २७ मंसीरमा रेड नोटिस जारी भएको थियो। त्यसको २ दिनपछि बहराइनमा उनी पक्राउ परेका हुन्। उनी गत पुस २९… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय जुडो संघको तदर्थ समिति गठन

गण्डकी प्रदेशस्तरीय जुडो संघको गठन भएको छ। पोखरामा मंगलबार आयोजित एक भेलाले तदर्थ समिति गठन गरेको हो। समितिको अध्यक्षमा रुद्र मल्ल, उपाध्यक्षमा दिल जैसी, उपाध्यक्ष पद्मा छन्त्याल, सचिवमा निरज पन्त, सह–सचिबमा सरिता गुरुङ, सदस्यहरुमा यादब गौतम, सुजन श्रेष्ठ, बिक्रम पुन, किसल्या शाह, प्रनिशा सिलवाल, साहिद अलि मिया, चदनी रन्जित र सुमन्त क्षत्री छन्। गण्डकी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तेजबहादुर गुरुङको उपस्थितिमा समिति गठन गरेको हो। सदस्य सचिव गुरुङले कार्यक्रममा बोल्दै जुडो खेलको निकै संभावना रहेको बताए। उनले खेलाडीहरुलाई आफ्नो प्रशिक्षणमा… पुरा पढौ

‘मिडियामा महिलाप्रति विभेद र हिंसा’

पोखरा, नेपाल पत्रकार महासंघ कास्की शाखाले ११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मिडियामा महिला कार्यक्रमको सम्पन्न गरेको छ ।महासंघको सभाहलमा आयोजित कार्यक्रममा महिलाहरुले राज्यको चौथो अंगको रुपमा रहेको मिडिया क्षेत्रमा समेत महिला प्रति विभेद तथा हिसां हुदैँ आइरहेको बताए । मिडियामा महिलाहरुको अवस्था दयनिय रहेको वक्ताहरुले बताएका छन् ।कार्यक्रमको उद्घाटन पश्चात सम्बोधन गर्दै गण्डकी प्रदेश स्वास्थ्य मन्त्री मधुमाया अधिकारीले महिलाहरु आर्थिक, राजनैतिक र सामाजिक हिसाबमा पछि पारिएको बताइन् । उनले पञ्चायत कालमा महिलाको आवाज उठाउने क्रममा जेल जाने जस्तो प्रचलन… पुरा पढौ

रोटरी लेकसाइडले विहीबार निःशुल्क मिर्गौला परीक्षण गर्ने

पोखरा, २४ फागुन । रोटरी क्लब अफ पोखरा लेकसाइडको आयोजनामा पोखरामा निःशुल्क मिर्गौला परीक्षण हुने भएको छ । विश्व मिर्गौला दिवसको अवसरमा क्लबले पोखराको मुस्ताङचोकस्थित किड्नी केयर सेन्टर निर्माणस्थलमा फागुन २६ गते बिहीबार बिहान ८ बजेदेखि निःशुल्क मिर्गौला परीक्षण कार्यक्रम गर्न लागेको हो । क्लबका सर्भिस चेयर एवं किड्नी केयर सेन्टरका संयोजक कृष्ण थापाले क्लबको नियमित स्वास्थ्य शिविर अन्तर्गत यस वर्ष सो कार्यक्रम गर्न लागिएको जानकारी दिए ।पछिल्लो समय मिर्गौला रोगीको लागि उपचार विधि निकै महँगो हुने भएकोले यसमा सचेतना… पुरा पढौ