समाचार

गुणस्तरीय काम गर्नू : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गुणस्तरीय काम गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन्। तनहुँको भानु नगरपालिका–६ स्थित बागेश्वरी मार्ग कालोपत्रका लागि भइरहेको काम शुक्रवार निरीक्षण गर्दै गुणस्तरमा सम्झौता नगर्न र तोकिएको समयभित्रै काम सम्पन्न गर्न निर्देशन दिएका हुन्। उनले निर्देशन दिएका छन्, ‘तोकिएको म्यादभित्र गुणस्तरीय काम सम्पन्न गर्नुपर्छ, गुणस्तरमा कुनै सम्झौता हुँदैन। केही अप्ठ्यारा भए सहयोग गर्न तयार छु।’ श्रममन्त्री श्रेष्ठकै पहलमा बागेश्वरी मार्ग कालोपत्र, नाला निर्माण र ग्राभेलको काम अगाडि बढेको छ। सडक डिभिजन र शहरी विकास… पुरा पढौ

सार्वजनिक विदा सम्बन्धमा भ्रम फैलाइयो: गृह मन्त्रालय

सार्वजनिक विदा सम्बन्धमा भ्रम फैलिएको भन्दै गृह मन्त्रालयले ध्यानाकर्षण भएको बताएको छ। शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दे मन्त्रालयका उपसचिव सूचना अधिकारी वसन्त भट्टराईले सार्वजनिक विदा सम्बन्धमा प्रकाशन भएका समाचारप्रति ध्यानाकर्षण भएको बताएका हुन्। सूचना अधिकारी भट्टराईले सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि दिइने सार्वजनिक बिदा सम्बन्धमा राजपत्रमा प्रकाशित सूचना आधिकारिक हुने हुँदा भ्रामक समाचारको विश्वास नगर्न अनुरोध गरेका हुन्। ‘विगत केही दिनदेखि विभिन्न संचार माध्यमममा सार्वजनिक विदाका सम्बन्धमा प्रकाशन भएका भ्रामक समाचारप्रति यस मन्त्रालयको धयानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ,… पुरा पढौ

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यको सपथ आज

नवनिर्वाचित १९ राष्ट्रिय सभा सदस्यले आज (शनिबार) सपथ खाँदैछन्। संघीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभाका १९ सदस्यको सपथ बिहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा सपथ कार्यक्रम हुने भएको हो। सपथ ग्रहणसँगै नयाँ निर्वाचित भएर आएका सांसदहरूका लागि संसदीय प्रक्रिया र पद्धतिबारे जानकारी दिने कार्यक्रम राखिएको संघीय संसद् सचिवालयले जनाएको छ। ४ वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभाका २० सांसद शुक्रबार बिदा भएका छन्। उनीहरुलाई शुक्रबार साँझ एक कार्यक्रम गरी बिदाई गरिएको छ। नवनिर्वाचित १९ सांसदहरु प्रदेश १ :… पुरा पढौ

काँग्रेस नवलपुरको सभापतिमा जिसी सर्वसम्मत

नेपाली काँग्रेस नवलपुरको जिल्ला सभापतिमा महेन्द्रध्वज जिसी सर्वसम्मत चयन भएका छन्। लामो छलफलपछि जिसी सर्वसम्मत चयन भएका हुन्। सभापतिमा हालका सचिव बालकृष्ण घुमिरे समेत दाबेदार थिए। घिमिरेले जिसीलाई समर्थन गरेपछि सर्वसम्मत नेतृत्व चयन भएको काँग्रेसले जनाएको छ। अरू पदमा पनि सर्वसम्मतको प्रयास भइरहेको छ। काँग्रेसको केन्द्रीय निर्णय अनुसार चुनाव भएको हो। यसअघि विवादका कारण अधिवेशन रोकिएको थियो। अरू पदमा पनि सर्वसम्मतका लागि प्रयास भइरहेको छ। सर्वसम्मत नभएका पदमा आज मतदान गराइने निर्वाचन समितिले जनाएको छ। पुरा पढौ

युक्रेनबाट ३ सय २ नेपाली बाहिरिए

युद्धग्रस्त मुलुक युक्रेनको राजधानीबाट सबै नेपाली बाहिरिएको समाचार छ। समाचार अनुसार रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका हुन्। जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानको खोजी गर्दै पोल्यान्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको जानकारी दिएका हुन्। राजदूतावासका अनुसार गैरआवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार मंगलबारसम्म युक्रेन छाडेर २ सय ३२ जना पोल्यान्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया… पुरा पढौ

पोखराको विन्ध्यवासिनीमा रक्तदान हुँदै

पोखराको विन्ध्यवासिनीमा आज (शनिबार) विहान रक्तदान हुँदैछ। विन्ध्यवासिनी मन्दिरको पार्क परिसरमा विहान ७ बजे रक्तदानको आयोजना गरिएको हो। पोखरा–२, विन्ध्यवासिनीस्थित सामाजिक संस्था अनन्ता सामुदायिक सेवा समितिले रक्तदानको आयोजना गरेको हो। संस्थाले आफ्नो १२ औं अधिवेशन तथा २४ औं साधारणसभाको अवसरमा रक्तदान गर्न लागेको अध्यक्ष रंगिता सुवेदीले जनाएकी छन्। पुरा पढौ

वैशाखदेखि अवैध फोन नियन्त्रणमा आउने

काठमाण्डौं । नेपाल दूरसञ्चार प्राधिकरणले आगामी वैशाखदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि सञ्चालनमा ल्याउने जनाएको छ । आज प्राधिकरणको २४औँ वार्षिकोत्सव समारोहमा प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले आगामी वैशाखदेखि नेपालमा सञ्चालित अवैध फोन नियन्त्रणमा ल्याउने प्रविधि सञ्चालनमा ल्याइने बताए । प्राधिकरणले गत साउन १ गतेदेखि आंशिक रूपमा अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गरेको थियो । सो अवधिदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरे पनि पूर्ण रूपमा प्रविधि जडान हुन सकेको छैन । उनले एमडिएमएसका… पुरा पढौ

प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउन अन्तरिम आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई पदबाट नहटाउन सरकारका नाममा अन्तरिम आदेश गरेको छ । सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज अन्तरिम आदेश जारी गरेको हो । काउन्सिलका अध्यक्ष बस्नेतले पदबाट हटाउनका लागि मन्त्रिपरिषद्ले स्पष्टीकरण सोधेको विषयमा प्रश्न उठाइ सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । अदालतले प्रारम्भिक सुनुवाइबाटै स्पष्टीकरणको कार्यान्वयन नगर्न भनेको छ । प्रेस काउन्सिल स्वतन्त्र, स्वायत्त र अर्धन्यायिक निकाय भएकाले त्यसको काम कारबाहीमा सरकारी हस्तक्षेप अमान्य हुने आदेशमा भनिएको छ ।… पुरा पढौ

फेन्सिङ खेलाडी काठमाण्डौं प्रस्थान

पोखरा । नेपाल फेन्सीङ संघ तथा वीर गणेशमान सिंह स्पोर्टस् कमिटिको आयोजनामा वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगिता २०७८ मा भाग लिन कास्कीका खेलाडी शुक्रबार काठमाडौ प्रस्थान गरेका छन् । खेलाडीहरुलाई विदाई गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले अनुशासित भएर प्रतिस्पर्धामा उत्रिन तथा सिल्ड ल्याउन शुभकामना व्यक्त गरे । गुरुङले खेलाडी र अफिसियल गरि २५ जनालाई फर्किदाँ मनकामनाको दर्शन गरेर आउन मनकामना केबलकारको टिकट व्यवस्थापन गर्ने बताए । फेन्सिङ संघ कास्कीका अध्यक्ष बिजय शाही अफिसियलमा, प्रशिक्षकहरु रेखमाया गुरुङ र… पुरा पढौ

कोरोना अपडेट : गण्डकी प्रदेशमा ४३ कोरोनामुक्त हुँदा १३ संक्रमित

पोखरा । गण्डकी प्रदेशमा शुक्रबार ४३ जना कोरोना संक्रमणमुक्त हुँदा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कास्कीका ७ जना, म्याग्दी र स्याङ्जाका २ – २ जना, पर्वत र लमजुङका एक– एक जना संक्रमित भएका हुन् । विभिन्न प्रयोगशालामा ३५५ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो सहित गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनको संख्या एक लाख एक हजार ९१० पुगेको छ । ती मध्य एक लाख २५० जना कोरोना संक्रमणमुक्त… पुरा पढौ