समाचार

सर्वोच्चको काम कसरी अगाडि बढाउनेबारे सुझाव संकलन

सर्वोच्च अदालतको काम कारवाहीबारे कसरी अगाडि बढाउनेबारे सुझाव संकलन गरेको छ। सर्वोच्च अदालतमा सोमबार सम्पन्न अनौपचिरिक छलफलमार्फत सर्वोच्चका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सुझाव मागेका हुन्। छलफलमा सर्वोच्चको अहिलेको परिस्थिति परिवर्तनबारे छलफल भएको न्यायाधीश हरिकृष्ण कार्कीले जानकारी दिएका छन्। अनौपचारिक छलफलमा परिवर्तित परिस्थितिमा सर्वोच्चको कामहरुलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको र यसबारे सुझाव संकलन मात्र भएको न्यायधीश कार्कीले उल्लेख गरे। सोमबार दिउँसो सर्वोच्चका कामु प्रधानन्यायाधीशले कार्कीले अनौपचारिक छलफल गर्न बैठक बोलाएका थिए। पुरा पढौ

आज पनि काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (मंगलबार) पनि बस्दैछ। पार्टी कार्यालय सानेपामा दिउँसो ३ बजे बैठक बस्ने नेपाली काँग्रेसले जनाएको छ। बैठकमा विशेषगरी म्याद सकिएका काँग्रेसका भातृ एवं शुभेच्छुक संस्थाहरूका विषयमा छलफल हुनेछ। यस्तै, आसन्न स्थानीय तह निर्वाचन, महाअभियोग प्रस्ताव, अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसीलगायत विषयमा छलफल हुनेछ। कार्यसम्पादन समितिको बैठक गएको माघ २८ गतेदेखि जारी छ। यसअघि, गएको आइतबार बसेको बैठक आज पुनः बस्ने गरी सकिएको थियो। उक्त बैठकमा नेताहरूले विभिन्न विषयमा आफ्ना धारणा राखेका थिए। पुरा पढौ

काँग्रेस संसदीय दलको बैठक आज बस्दै

नेपाली काँग्रेस संसदीय दलको बैठक आज (मंगलवार) बस्दैछ। आज बिहान ९ः०० बजे संघीय संसद्को ल्होत्से हल नयाँ वानेश्वरमा संसदीय दलको बैठक बस्ने काँग्रेसले जनाएको छ। बैठकमा एमसीसी, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोगका बारेमा र समसामयिक विषयमा छलफल हुने जनाइएको छ। पुरा पढौ

गण्डकीमा कोरोना अपडेटःथप ७४ जनामा कोरोना संक्रमण, देशभरीमा ८ जनाको मृत्यु

पोखरा। पछिल्लो २४ घण्टामा गण्डकीका थप ७४ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १८८ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । सोमबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ९ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २० जना, तनहुँका ४ जना, लमजुङका ११ जना र नवलपुरका ७ जनामा कोरोना पुष्टि भएको छ। यस्तै, स्याङ्गजाका ९ जना, पर्वत २ जना, बाग्लुङका ८ जना, म्याग्दीका ६ जना र मनाङ जिल्लाका… पुरा पढौ

आयरल्यान्डसंग नेपाल १६ रनले पराजित

ओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिजअन्तर्गत अन्तिम खेलमा आयरल्यान्डले नेपाललाई १६ रनले पराजित गरेको छ । जितका लागि १२८ रन चाहिए पनि नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १११ रन मात्र बनाउन सक्यो । ओमानको अल अमरेत क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनायो । आयरल्यान्डका लागि जर्ज डोकरेलले सर्वाधिक २८ रनको योगदान दिए । त्यसैगरी कर्टिस क्याम्फरले २०, कप्तान एन्डी विलवार्नीले १९, लोर्कन टकरले १५, शेन गेटकाटेले १४, एन्डी… पुरा पढौ

लमजुङमा आलु उत्पादन बढ्यो

लमजुङ। यहाँ आलु उत्पादनमा वृद्धि भएको छ । आलु खेतीका लागि यस वर्ष मौसम उपयुक्त हुनाका साथै किसानले राम्रोसँग आलुको हेरचाह गरेकाले यस वर्ष आलु उत्पादनमा वृद्धि भएको कृषिज्ञान केन्द्रले जनाएको छ । केन्द्रका कृषि अर्थविज्ञ तथा सूचना अधिकारी मदन रेग्मीका अनुसार गत वर्षको तुलनामा यस वर्ष २०० मेट्रिकटन आलु उत्पादन बढी भएको छ । यस वर्ष एक हजार ९३६ हेक्टर जमिनमा गरिएको आलुखतीबाट २१ हजार १०० मेट्रिकटन उत्पादन भएको छ । त्यस्तै गत वर्ष आर्थिक वर्षमा १९ हजार ५००… पुरा पढौ

पर्यटकको पर्खाइमा बराह ताल

गलकोट। समुन्द्री सतहदेखि तीन हजार मिटरको उचाइमा समथर भागमा रहेको ताल वरपर सेताम्मे हिउँ । सिद्ध बराह मन्दिर छेउमा बराह ताल निकै मनमोहक देखिएको थियो । अङ्ग्रेजी यु आकारमा फैलिएको बराह ताल पर्यटकको पखाइमा छ । घना जङ्गलको बीचमा रहेको ताल प्राकृतिक सुन्दराताले समेत भरिपूर्ण छ । ताल निकै मनमोहक र आकर्षक भए पनि प्रचारप्रसारका कारण त्यति चर्चामा आउन भने सकेको छैन । बागलुङको तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको सो ताल पछिल्लो समय गाउँपालिकाले पर्यटकीय गन्तव्य बनाउन भने थालेको छ ।… पुरा पढौ

आज दिउँसो २ बजे सर्वदलीय बैठक बस्दै

विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सर्वदलीय बैठक आज बस्दै छ। सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन्। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन्। प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका सांसदहरुले आइतबार बिहान सवा १० बजे सिंहदरबारस्थित संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गराइ सकेका छन्। प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ। महाअभियोगको प्रस्तावक नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका… पुरा पढौ

एमाले संसदीय दलको बैठक ११ बजे बस्दै

नेकपा (एमाले) संसदीय दलको बैठक आज ११ बजे बस्दैछ। एमालेको संसदीय दलको बैठक आइतबार साँझ बसेको थियो। उक्त बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाअभियोग प्रस्ताव दर्ताको प्रतिवाद गर्ने निर्णय गरेको थियो। एमालेले जबराबिरुद्धको महाभियोग प्रस्ताव दर्ताको बारेमै निर्णय गर्न बैठक बस्न लागेको हो। सत्ता गठबन्धनका ९८ सांसदहरुले आइतबार हस्ताक्षर गरेर प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन्। पुरा पढौ

हिउँ खेल्न गएका लाप्राकका २ किशोर खोँचमा मृत भेटिए

गएको ११ दिनदेखि हराइरहेका गोरखाको बारपाकका २ किशोर मृत भेटिएका छन्। बारपाक सुलिकोट गाउँपालिका १ बारपाक गाउँका १६ वर्षका करण घले र १६ वर्षकै सञ्जय घले (साइँला) मृत भेटिएका हुन्। उनीहरू आइतवार बेलुका सुलिकोट वडा नम्बर १ को तिम्रा भन्ने ठाउँको खोँचमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।प्रहरिका अनुसार घटनास्थलको अवस्था हेर्दा उनीहरू हिउँ परेको समयमा डाँडाबाट लडेर खोँचमा पुगी ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका अधिकृतसहितको टोली घटनास्थलतर्फ गएको छ।… पुरा पढौ