समाचार

एमसिसी विरुद्धको प्रदर्शनका क्रममा झडप हुँदा वाईसिएल अध्यक्ष सुमन देवकोटा घाईते

पोखरा, फागुन ४ मिलिनियम च्यालेञ्ज कर्पोरेस (एमसिसी) विरुद्धको प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा वाईसिएल अध्यक्ष सुमन देवकोटा घाईते भएका छन् । एमसिसी संसदमा टेबल हुने भएपछि त्यसको विरोध बुधबार काठमाडौंको नया बानेश्वरमा भएको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि भएको झडपमा वाईसिएल अध्यक्ष देवकोटा घाइते भएका हुन् । प्रदर्शनका क्रममा उनलाई प्रहरीले लछारपछार गर्दै टाउकोमा लाठीले प्रहार गर्दा उनको टाउकोमा चोट लागेको छ । टाउकोको पछाडि पट्टी एकातर्फ गहिरो र अर्कोतर्फ केहि कम चोट लागेको घाइते वाईसिएल अध्यक्ष देवकोटाले बताए… पुरा पढौ

महावीर पुनलाई प्रदेश सरकारको ‘गण्डकी रत्न’ सम्मान

पोखरा, फागुन ४ गण्डकी प्रदेश सरकारले राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख महावीर पुनलाई प्रदेश सरकारले ‘गण्डकी रत्न’ सम्मानबाट सम्मान गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारको मंगलबार बसेको मन्त्री परिषद बैठकले पुनलाई ‘गण्डकी रत्न’ सम्मानबाट सम्मानित गर्ने निर्णय गरेको हो । यसअघी प्रदेश सरकारले ‘गण्डकी रत्न’ सम्मानका लागि आवेदन माग गरेको थियो । तर योग्य व्यक्तिले आवेदन नदिएपछि पुनलाई ‘गण्डकी रत्न’ सम्मानका लागि गरिएको प्रस्तावलाई मन्त्री परिषद बैठकले पारित गरेको बताइएको छ । प्रदेश सरकारले ‘गण्डकी रत्न’ सम्मानलाई प्रदेशकै सर्वाधिक… पुरा पढौ

ठगी आरोपमा पक्राउ परेका पोखरा महानगरका कानूनी सल्लाहकार अर्याल बर्खास्त

पोखरा, फागुन ४ ठगी आरोपमा पक्राउ परेका पोखरा महानगरपालिकाका कानुनी सल्लाहकार तथा अधिवक्ता कमलप्रसाद अर्याललाई बर्खास्त गरिएको छ । पोखरा महानगरपालिकाको नगर प्रमुख स्तरीय निर्णयबाट कानूनी सल्लाहकार तथा बरिष्ठ अधिवक्ता अर्याललाई पदमुक्त गरिएको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीका प्रेस संयोजक माधब बरालले जानकारी दिए । अर्याललाई मंगलबार प्रहरीले ठगी मुद्धामा पक्राउ गरेको थियो । उनीमाथि अन्नपूर्ण गाउँपालिकाको न्यायिक समितिले गरेको भैंसी चोरी सम्बन्धी मुद्धामा न्यायाधीसलाई सेटिङगरेर मिलाई दिने भन्दै पैसा लिएको आारोप छ । महानगरको तर्फबाट मेयर जिसीका प्रेस संयोजक… पुरा पढौ

राष्ट्रिय सहमतिमा मात्रै एमसिसी अगाडि बढाउनुपर्छ: नेकपा माओवादी

काठमाडौ । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)ले यथास्थितिमा एमसिसी सम्झौता संसद्मा टेबल गरिए विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले एमसिसी सम्झौतामा रहेका असमान सर्त तथा राष्ट्रिय हित प्रतिकूलका प्रावधान परिमार्जन नभई पक्षमा मतदान गर्न नसकिने निर्णय गरेको हो । “एमसिसी सम्झौता यथास्थितिमा अगाडि बढाउन सकिँदैन, पास गर्न सकिँदैन । जबर्जस्ती एमसिसी टेबल गरिए त्यसको विपक्षमा मतदान गर्ने निर्णय भएको छ,” बैठकपछि माओवादीका प्रमुख सचेतक… पुरा पढौ

घट्यो सुनको मूल्य

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ६०० ले घटेर रु ९५ हजार १०० आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ६०० कायम भएको छ । जसको मूल्य मङ्गलबार प्रतितोला रु ९६ हजार २०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर… पुरा पढौ

चितवनमा सात महिनामा ३० जना बेपत्ता

चितवन। जिल्लाको विभिन्न स्थानबाट चालु आर्थिक वर्षको हालसम्मका ३० जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हराएको निवेदन परेकामध्ये सो सङ्ख्यामा व्यक्ति अझै सम्पर्कमा आउन सकेका छैनन् । प्रहरी निरीक्षक कमला नरालका अनुसार हराएका २७० मध्ये २४० जना परिवारको सम्पर्कमा आएका छन् । सम्पर्कमा नआउनेमा १३ महिला, १२ पुरुष, एक बालक, तीन बालिका र एक ज्येष्ठ नागरिक छन् । गत आर्थिक वर्षमा १३ महिला, २७ पुरुष, दुई बालिका र तीन ज्येष्ठ नागरिक बेपत्ता थिए । फेला नपर्नेहरू साथीको… पुरा पढौ

आजदेखि पोखराको फेवातालदेखि र सराङकोटसम्म केबलकार सरर …

पोखरास्थित महत्वपूर्ण पर्यटकीय गन्तव्य फेवाताल किनारबाट अर्को पर्यटकीयस्थल सराङकोटडाँडा जोड्ने गरी निर्माण गरिएको केबुलकार यही फागुन आजदेखि व्यावसायिक सञ्चालनमा आउने भएको छ। अन्नपूर्ण केबुलकार प्रालिले निर्माण गरेको पोखरा महानगरपालिका–१८ को सेदीबाट सराङकोटसम्म २ हजार २६५ मिटर लामो ‘अन्नपूर्ण केबुलकार’को व्यावसायिक सेवा शुभारम्भ गर्न लागिएको हो। आगामी नयाँ वर्षमा ‘ग्राण्ड लञ्चिङ’ गर्ने र हालका लागि ‘सफ्ट लञ्चिङ’मार्फत बिहान १० बजेदेखि साँझ ४ बजेसम्म व्यावसायिक सञ्चालन हुनेछ । स्वदेशी तथा विदेशी पर्यटक धेरै आउने पोखरामा पर्यटनको एउटा नयाँ ‘ब्राण्ड’ थपिएको हो। अङ्ग्रेजी… पुरा पढौ

एकमहिने स्वस्थानी व्रत आज समापन गरिँदै

पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसै दिनदेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने कामको पनि आजैदेखि अन्त्य गरिँदैछ । विधिपूर्वक एकमहिने व्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८… पुरा पढौ

गण्डकी प्रदेश सरकार स्थापना दिवस

आज फागुन ४ गते अर्थात गण्डकी प्रदेश सरकार स्थापना दिवस। देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै २०७४ फागुन ४ मा गण्डकी प्रदेश सरकारको गठन भएको थियो। त्यस यता हरेक वर्षको फागुन ४ गते गण्डकी प्रदेश सरकारको आब्हनमा प्रदेशभर सरकार स्थापना दिवस मनाइँदै आएको छ। प्रदेश सरकार स्थापना दिवसका अवसरमा गण्डकी प्रदेश सरकारले आज (बुधबार)का लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश स्थापना दिवसको अवसरमा फागुन ४ गते (बुधबार) दिने निर्णय भएको गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सचिवालयले जानकारी दिएको… पुरा पढौ

आजदेखि राष्ट्र उत्थान लघुवित्तको आईपीओ जारी

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (बुधबार)देखि आईपीओ जारी गरेको छ। लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो। लघुवित्तले निष्कासन गर्न लागेको सेयरमध्ये १३ हजार कित्ता कर्मचारीलाई र ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ। बाँकी ७ लाख ९४ हजार ५ सय कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। छिटोमा फागुन ८ गते र ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिने आईपीओमा लगानीकर्ताले न्यूनतम १०… पुरा पढौ