समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसी टेबल हुन सक्ने

प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दैछ। सभामुख अग्निप्रसाद सापकोटाले दशौँ अधिवेशनको चौथो बैठक दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ। आजको बैठकमा अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी अनुमोदनका लागि टेबल हुन सक्नेछ। यद्यपि, संसद् सचिवालयको सम्भावित कार्यसूचीमा भने एमसीसी समावेश छैन। तर, प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरूले आजको बैठकमा एमसीसी टेबल हुने बताएका छन्। नेपाली काँग्रेसको हिजो बसेको संसदीय दलको बैठकमा देउवाले तत्कालीन नाफा–घाटा नहेरी एमसीसी टेबल गर्ने बताएका थिए। संसद् बैठकअघि कार्यव्यवस्था परामर्श समितिको… पुरा पढौ

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज (बुधबार) बस्दैछ। सभामुख अग्निप्रसाद सापकोटाले बिहान साढे ११ बजे बस्ने गरी बैठक आह्वान गरेका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बैठक बस्नेछ। बैठकमा आजको प्रतिनिधिसभा बैठकका कार्यसूची, प्रतिपक्ष दलले गर्दै आएको संसद् अवरोधलगायत विषयमा छलफल हुनेछ। आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ। त्यसअघि, कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो। कार्यव्यवस्थाको बैठकले संसद् बैठकका कार्यसूचीलाई अन्तिम रूप दिन सक्नेछ। प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार सभामुख सापकोटालाई फोन गरी बैठक बोलाउन आग्रह गरेका… पुरा पढौ

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक आज (बुधबार) बस्दै छ। प्रतिनिधिसभाको बैठकअघि दलको बैठक बस्न लागेको हो। बिहान १० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको छ। बैठकमा प्रतिनिधिसभा बैठकका कार्यसूचीलगायत विषयमा माओवादी केन्द्रका सांसदले निभाउने भूमिकाबारे छलफल हुनेछ। विशेषगरी अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी र महाअभियोग प्रस्तावबारे बैठकमा निर्णय गरिने बताइएको छ। आजको संसद् बैठकमा एमसीसी अनुमोदनका लागि टेबल गर्ने तयारी छ। पुरा पढौ

काँग्रेसका सबै भातृ संगठन विघटन

नेपाली काँग्रेसले पार्टीका विभिन्न भातृ संगठनको वर्तमान कार्यसमिति विघटन गरेको छ। मंगलबार बसेको काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भ्रातृ संस्थाहरु महिला संघ, दलित संघ, तरुण दल नेविसंघ विघटन गरेको हो। मुस्मिल संघबाहेक अरु भातृ संगठनको कार्यसमिति विघटन गरेको हो। विघटन गरिएका भ्रातृ संस्थामा नयाँ कमिटी ल्याइने छ भने नयाँ कमिटी ल्याउने अधिकार पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ। यसैगरी, काँग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एक महिना देशव्यापी संगठन सुदृढीकरण अभियान चलाउने भएको छ। बैठकले यही फागुन १० गतेदेखि २०… पुरा पढौ

पोखरा महानगरका कानूनी सल्लाहकार अर्याल ठगी आरोपमा पक्राउ

पोखरा, फागुन ३ पोखरा महानगरपालिकाका कानूनी सल्लाहकार कमल अर्याल ठगी आरोपमा पक्राउ परेका छन् । अधिवक्ता अर्याललाई ठगी आरोपमा उजुरी परेपछि कास्की प्रहरीले मंगलबार पक्राउ गरेको हो । अधिवक्ता अर्याललाई पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आफूसहित महानगरको कामकारवाहीमा कानूनी सल्लाह लिन नियुक्त गरेका थिए । मेयर जिसीको सचिवालय सो सरह नियुक्त गरिएपनि उनले उपमेयरसहित महानगरको सम्पूर्ण कामकारवाहीमा कानूनी सल्लाह दिदै आएका थिए । महानगरको कानूनी सल्लाहकार भनेर नियुक्त गरिएपनि मेयर जिसीको पदावधी सकिएसँगै उनीपनि पदमा नरहने महानगर श्रोत बताउँछ ।… पुरा पढौ

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट चार हजार १५७ विद्यालय छनोट

काठमाण्डौ . सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोट गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा हिजो भएको बैठकले विद्यालय छनोट गरेको हो । छानिएकामध्ये चारकोठे भवन ९७६, दुई कोठे भवन ९६६, आईसीटी ल्याब व्यवस्थापन दुई हजार १०६, प्राविधिक ल्याब ८८ र नयाँ प्राविधिक विद्यालय स्थापना २१ निर्माण गरिने भएको छ । मन्त्री पौडेलका अनुसार चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख, दुईकोठे भवन निर्माणका… पुरा पढौ

माओवादीको केन्द्रीय समिति बैठक फागुन ८ गते बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले यही फागुन ८ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । समसामयिक राजनीति, स्थानीय चुनावको तयारी र पार्टी पदाधिकारीलाई पूर्णता दिन माओवादीले फागुन ८ गते केन्द्रीय कमिटी बैठक बोलाएको माओवादी केन्द्रीय कार्यालयका प्रमुख सचिव श्रीराम ढकालले जानकारी दिए । बैठक अनुपम फुडल्याण्डमा बस्ने तय भएको छ । बैठक फागुन ८ र ९ गते दुई दिन बस्ने छ । केन्द्रीय समितिको बैठकबाट केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो, स्थायी समिति गठन र पदाधिकारी चयन गर्ने तयारी छ । पुरा पढौ

महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि आइपीओ जारी गर्दै

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सेयर आइपीओ निष्कासन गर्ने प्रकृया अघि बढाएको छ। कम्पनीले जारी पूँजी २ अर्ब रूपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६० लाख कित्ता साधारण सेयर आइपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले आइपीओ निष्कासन गर्ने प्रयोजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। उक्त सम्झौतापत्रमा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत… पुरा पढौ

धौलागिरी लघुबित्तले आईपीओ जारी गर्दै

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ।स्वीकृति पाउने वित्तिकै आईपीओ जारी गर्ने गरी तयारी गरेको संस्थाले लनाएको छ। संस्थाले सर्वसाधारणका लागि जारी गर्नु पर्ने ३ लाख कित्ता आईपीओ जारी गर्ने जनाएको छ। आईपीओ जारी गर्न यस अघि नै संस्थाले सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ। धौलागिरी लघुवित्त राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको इजाजपत्र प्राप्त गरी २०७५ फागुन १ गतेदेखी वित्तीय कारोबार गर्दै आइरहेको संस्था हो। यसले नेपालका २०… पुरा पढौ

सर्वोच्च अदालतको फुलकोर्ट शुक्रबार बस्ने

सर्वोच्च अदालतको फुलकोर्ट आगामी शुक्रबार बस्ने भएको छ। कायममुकाम प्रधानन्यायाधीश दीपकुमार कार्कीको आह्वानमा सोमबार सम्पन्न सर्वोच्च अदालतका न्यायाधीशहरूको अनौपचारिक बैठकले शुक्रबार औपचारिक रुपमा फुलकोर्ट बोलाउने निर्णय गरेको हो। सोमबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग लगायत अदालत संचालन, अदालत सुधार लगायका विषयमा छलफल भएको जनाइएको छ। सत्ता गठबन्धनका ३ दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले आइतबार प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएपछि उनी निलम्बित भएका छन्। राणा निलम्बित भएसँगै वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश… पुरा पढौ