समाचार

कांग्रेस पदाधिकारीबीच बिहीबारको कार्यसम्पादन बैठकबारे छलफल

काठमाण्डौं । नेपाली कांग्रेसका पदाधिकारीबीच बिहीबारका लागि तय भएको केन्द्रीय कार्यसम्पादन समिति बैठकका कार्यसूचीबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल भएको थियो । मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाबाहेक पदाधिकारीबीच छलफल भएका विषयबारे सभापति देउवालाई जानकारी गराइएको प्रवक्ता डा प्रकाशशरण महतले बताए । केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट प्राप्त सुझाव र सल्लाहका आधारमा… पुरा पढौ

पोखराबाट लागू औषध सहित एक जना पक्राउ

कास्की । लागु औषध सहित जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय शिसुवा हंसपुरबाट खटिएको प्रहरी टोलीले पोखरा महागनरपालिका वडा नं.२७ बागदीखोला बस्ने वर्ष २७ का सरोज कुमाललाई पक्राउ गरेको हो । कुमालको साथबाट लागू औषध डाईजापाम-४६ एम्पुल, फेनारगन-४३ एम्पुल र नुर्फिन-४३ एम्पुल गरी १३२ एम्पुल लागू औषध लगाएत मोबाईल थान १ र नगद १८ हजार बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट सात दिन… पुरा पढौ

एकैदिनमा एक लाख ८३ हजार सङ्क्रमित, ६६९ को मृत्यु

रुसमा कोरोनाभाइरसबाट एकै दिनमा एक लाख ८३ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ८३ हजार १०३ जना नयाँ सङ्क्रमित भएका हुन् । अघिल्लो दिन भने एक लाख ६५ हजार ६४३ जना सङ्क्रमित भएका थिए । पछिल्लो एक दिनमा कोरोनाका कारण मृतकको सङ्ख्या ६६९ रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।नयाँ कुल सङ्क्रमित मध्ये २० हजार १७८ जना मात्रै अस्पताल भर्ना भएका छन् । अन्यको अवस्था भने सामन्य नै रहेकाले घरमै… पुरा पढौ

शहीद स्मारक ए डिभिजन लिगः च्यासललाई पुलिसले हरायो

काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटवल प्रतियोगितामा रविकुमार पासवानको दुई गोलको मद्दतमा नेपाल पुलिस क्लबले बुधबार च्यासल युथ क्लबलाई २-१ ले पराजित गरि दोस्रो जित हात पारेको छ । दशरथ रंगशालामा भएको खेलमा रविले दुवै हाफमा एक(एक गोल गरे । च्यासलका लागि विदेशी खेलाडी माउसा अबागानाले एक गोल फर्काए । च्यासलको १९ खेलाडीमा कोभिड-१९ संक्रमण देखिएपछि गत माघ २ गते तय भएको खेल स्थगित भएको थियो । सोही खेल बुधबार खेलाइएको हो । खेलको ३७ औं… पुरा पढौ

कोरोना अपडेट्स : पोखरामा उपचाररत ४ जनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा पोखराका विभिन्न अस्पतालमा उपचाररत उनीहरुको उपचारकै क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र पोखराका संयोजक नवराज शर्माले जानकारी दिए । शर्माका अनुसार मृत्यु हुनेमा पोखरा – १७ का ७२ वर्षिय वृद्ध, स्याङ्जाको पुतलीबजार –७ का ६५ वर्षिय पुरुष र पर्वतको मोदी गाउँपालिका – ५ की ३५ वर्षिय महिलाकाको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । यस्तै गण्डकी मेडिकल… पुरा पढौ

जैमिनी नगरपालिकाको प्रशासनिक भवन निर्माणको काम सुरु

बागलुङ । जग्गा अभावका कारण पाँच वर्षदेखि थालनी हुन नसकेको बागलुङको जैमिनी नगरपालिकाको प्रशासनिक भवन निर्माणको काम सुरु भएको छ । पालिका मुकाम कुश्मीशेरा बजारका स्थानीयवासीले भवन निर्माणका लागि निःशुल्क जग्गा उपलव्ध गराएपछि भवन निर्माणको प्रक्रिया अघि बढेको हो । तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी भवन निर्माणको काम सुरु भएको इञ्जिनीयर विवेक सापकोटाले बताए । स्थानीय तह गठनपछि भवन निर्माणका लागि योजना बनाएको नगरपालिकाले अहिलेका जनप्रतिनिधिको कार्यकाल सकिने बेला भवनको जग बसाल्ने भएको हो । भवन निर्माणको जिम्मेबारी पाएको रविना,… पुरा पढौ

कर्णाली मन्त्रिपरिषद्सम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

उच्च अदालत सुर्खेतले कर्णाली प्रदेश मन्त्रिपरिषद् गठनसम्बन्धी परेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उच्च अदालतका कायममुकायम मुख्यन्यायाधीश शेषराज शिवाकोटीको इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न आज विपक्षीका नाउमा कारण देखाऊ आदेश जारी गरेको हो । कर्णाली प्रदेश मन्त्रिपरिषद् गठन समावेशी नभएको जनाउँदै अधिवक्ता शेरबहादुर खत्री र अधिकारकर्मी टीका विष्टले मङ्गलबार अदालतमा रिट दायर गरेका थिए । आदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई मुख्यन्यायाधिवक्ताको कार्यालय र प्रदेश प्रमुखको कार्यालयको हकमा उच्च सरकारी वकिलको कार्यालयमार्फत लिखित… पुरा पढौ

पोखरामा मोर्डना खोप दोस्रो मात्रा लगाइँदै (कहाँ–कहाँ सहित)

पोखरा । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले पोखराका विभिन्न स्थानमा कोरोना भाइरस विरुद्धको खोप अभियानलाई जारी राखेको छ । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार बुधबार, बिहीबार र शुक्रबारका लागि विभिन्न २६ स्थानमा कोभिड – १९ विरुद्धको मोर्डना खोप अभियान सञ्चालन गरिएको जनाएको छ । महाशाखाले एक सुचना प्रकाशित गर्दै यसअघि पहिलो मात्रा मोर्डना खोप प्राप्त गरेको एक महिना पुरा भएका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका नागरिकलाई लक्षित गर्र्दै दोस्रो मात्राको खोप अभियानलाई जारी राखेको हो । महाशाखाका अनुसार… पुरा पढौ

आफ्नै कार्यालय भवन बनाउन बागलुङ कांग्रेसको कसरत तिव्र

बागलुङ । बागलुङ कांग्रेसले आफ्नै पार्टी कार्यालय बनाउने अभियानलाई क्रमशः सार्थकता दिलाउन थालेको छ । पार्टी कार्यालयका लागि कांग्रेस बागलुङले छोटो समयमै घडेरी व्यवस्थापन गरिसकेको छ । १४ औँ महाधिवेशनपश्चात सभापति जीत शेरचनले निर्वाचनपछि आफ्नै पार्टी कार्यालय बनाउने घोषणा गरेका थिए । अहिले नेपाली कांग्रेसको पार्टी कार्यालय बनाउने अभियान अन्तर्गत बागलुङ नगरपालिका–३ नारायणचोकमा १४ आना जग्गा व्यवस्थापन भइसकेको र भवन निर्माणका लागि सहयोग सङ्कलन अभियानलाई तीव्रता दिएको कांग्रेस बागलुङका सभापति जीतबहादुर शेरचनले बताए । शेरचनले रु दुई करोड पाँच लाखमा… पुरा पढौ

जिल्लाका पशुपालक कृषकलाई अनुदान

बागलुङ । बागलुङका पशुपालक किसानहरुले यो आर्थिक वर्षमा झन्डै डेढ करोड अनुदान पाएका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले गण्डकी प्रदेश सरकारको रु एक करोड सात लाख ५० हजार र सङ्घीय सरकारको रु ५० लाख बजेट गरी जम्मा रु एक करोड ५७ लाख ५० हजारबाट जिल्लाका १२७ पशुपालक कृषक, फर्म तथा सहकारीहरुले अनुदान पाउन थालेका छन् । प्रदेश सरकारको साना पशुपन्छी तथा मत्स्य नमूना फर्म स्थापना तथा विस्तार कार्यक्रमअन्र्तगत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले… पुरा पढौ