समाचार

नक्कली पिसीआर रिपोर्ट बनाउने दुई स्वास्थ्यकर्मी पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली पिसीआर रिपोर्ट बनाउने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका– १३ चौबीसकोठीमा अवस्थित देव अस्पतालमा कार्यरत स्वास्थ्य सहायक(हेल्थ एसिस्टेन्ट) २८ वर्षीय सन्दीप सापकोटा र रत्ननगर नगरपालिका–६ का २६ वर्षीय प्रकाश न्यौपाने रहेका छन् । अस्पतालमा उपचारका लागि आएका बिरामीको नमूना सङ्कलन गरी नक्कली रिपोर्ट बनाएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनीहरूलाई यही माघ २५ गते पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।… पुरा पढौ

आज सुनको मूल्यमा प्रतितोला रु ५०० ले वृद्धि

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु ५०० ले बढेर रु ९३ हजार ९०० पुगेको छ । पहेँलो धातु बुधबार प्रतितोला रु ९३ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ४०० छ, जसको मूल्य अघिल्लो दिन रु ९२ हजार ९०० थियो । यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २८० कायम रहेको महासङ्घले जनाएको छ ।… पुरा पढौ

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बिहीबार) बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुने जनाइएको छ। आजको बैठकमा स्थानीय तहको चुनाव केन्द्रीत छलफल गर्ने र केही निर्णय गर्नेछ। पुरा पढौ

पशुपतिनाथ मन्दिर भोलिदेखि खुल्दै

पशुपतिनाथ मन्दिर भोलि (शुक्रवार)देखि खुल्दैछ। कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो हप्तादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर भोलि खुल्ला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको हो। कोषले जारी गरेको सूचनामा जिल्ला प्रशासन कार्यालय काठमाण्डौको माघ २३ गतेको आदेशअनुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भएकाले मन्दिर खुला गर्न लागिएको हो। कोषले महाशिवरात्रिको तयारी गरेसँगै पशुपतिनाथ मन्दिर खुला गर्ने जनाएको थियो। हिँजो बुधबार… पुरा पढौ

यस्तो छ, यो वर्षको एसइई परीक्षा तालिका

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) वैशाख ९ गतेदेखि २० गतेसम्म हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले वैशाख ९ देखि २० गतेसम्म एसइई परीक्षा गर्ने निर्णय गरेको हो। कोरोना भाइरस संक्रमणका कारण विगत २ वर्ष एसइईको आन्तरिक मूल्यांकनबाट गरिएको थियो। त्यसअघिका एसइई परीक्षा भने चैत महिनामा हुँदै आएको थियो। यस वर्ष भने कोरोना महामारीका कारण पढाइको कक्षा प्रभावित भएकाले पढाइलाई पूर्णता दिनका लागि बोर्डले नियमित समयभन्दा एक महिना ढिलो गरी परीक्षा संचालन गर्ने निर्णय गरेको जनाएको छ।… पुरा पढौ

लमजुङ कोरोना अपडेटः ४५ जना कोरोना संक्रमण मुक्त

लमजुङमा बुधबार एकै दिन ४५ जना कोराना संक्रमण मुक्त भएका छन्। बुधबार नै २ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो चौबीस घण्टामा जिल्लामा २५ जनाको एन्टिजेन परिक्षण गर्दा २ जनामा संक्रमण पोजेटिभ देखिएको हो। संक्रमण पुष्टि हुनेमा बेसीशहर नगरपालिका अन्र्तगतका २ जना छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बुधबार थपिएका संक्रमित सहित जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ७४ पुगेको छ। जसमध्ये ८६ जना महिला र ८८ जना पुरुष छन्। जिल्लामा रहेका सक्रिय संक्रमित मध्ये बेसीशहर नगरपालिका अन्र्तगत ६३ जना, सुन्दरबजारका… पुरा पढौ

बागलुङमा मोटरसाइकल दुर्घटना, २ जना गंभीर घाइते

बागलुङमा मोटरसाइकल दुर्घटना हुँदा २ जना गंभीर घाइते भएका छन्। मध्यपहाडी लोकमार्ग अन्तर्गत बडिगाड गाउँपालिका वडा नम्बर ६ मा मोटरसाइकल दुर्घटना हुँदा २ जना गंभीर घाइते भएको प्रहरीले जनाएको छ। निसीखोलातर्फ जाँदै गरेको लु ५१ प ५८५२ नम्बरको मोटरसाइकलले बडिगाड गाउँपालिका वडा नम्बर ६ को एक्लेखेत नजिकै पैदलयात्री वडा नम्बर ६ ठूलाबेसीका १३ वर्षीय अन्जान थापालाई ठक्कर दिँदा उनी र मोटरसाइकलमा सवार अर्दुका एक जना घाइते भएका हुन्। थापाको खुट्टाको र टाउकोमा गम्भीर चोट लागेको छ। यस्तै, मोटरसाइकलको पछाडि बसेका… पुरा पढौ

फागुन १ गतेदेखि ‘चपली हाइट ३’ देशभर प्रर्दशन हुँदै

पोखरा । कहिले कोरोना कहर त कहिले विदेशी चलचित्रका कारण पटक पटक प्रदर्शन मिति सरेको चलचित्र ‘चपली हाइट ३’ गत पुष ३० गतेबाट हलमा लागेको थियो । तर, कोरोना महामारीका कारण सरकारले माघ ३ गतेबाट तेस्रो पटक सिनेमा हल बन्द गरेपछि चलचित्र तीन दिन मात्र प्रदर्शन हुन पायो । जसले गर्दा निमातालाई आर्थिक रुपमा ठूलो मार प¥यो । प्रदर्शनको तीन दिनमा चलचित्रले दर्शकको अपेक्षाकृत साथ पाउन सकेको थिएन । तर, समीक्षकले चलचित्र रुचाएका कारण माउथ पब्लिसिटीले हलमा दर्शकको चाप बढ्ने… पुरा पढौ

एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने

माघ २६ काठमाण्डौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले एसईई परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले उज्यालोलाई जानकारी दिए । स्थानीय तहको चुनावलाई समेत ध्यान दिएर परीक्षा वैशाख ९ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको शर्माले बताए । बोर्डले कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको हो । पुरा पढौ

आठ खर्ब ८० अर्बको व्यापार घाटा

काठमाण्डौं । चालु आर्थिक वर्षको छ महिनामा कूल व्यापार घाटा रु आठ खर्ब ८० अर्ब ४९ करोड कायम भएको छ । आयातमा उल्लेख्य वृद्धि भएका कारण व्यापार घाटामा वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको छ महिनाको विवरणअनुसार कूल वस्तु व्यापार घाटा ४६.६ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११.९ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.२… पुरा पढौ