समाचार

सरकारले ‘एकीकृत जलस्रोत संरक्षण व्यवस्थापन विशेष कार्यक्रम’ ल्याउदै

काठमाडौ । सरकारले ‘एकीकृत जलस्रोत संरक्षण व्यवस्थापन विशेष कार्यक्रम’ ल्याउन लागेको छ । खानेपानीका स्रोत संरक्षण र मूल फुटाउने अभियान सञ्चालन गर्न खानेपानी मन्त्रालयले विशेष कार्यक्रम ल्याउन लागेको हो । खानेपानीमन्त्री उमाकान्त चौधरीले भूकम्प, जलवायु परिवर्तनको असरलगायतका कारण पानीका स्रोत मुहान सुक्दै गएको र भूमिगत पानीको स्रोतको सतह पनि घट्दै गएकाले निकट भविष्यमै मूल फुटाऊ अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । वर्षात्को पानी पोखरीलगायत ठूला–ठूला जलाशयमा संरक्षण कार्यक्रम सञ्चालन गरी हिउँदमा निरन्तर आपूर्तिको व्यवस्था गर्न यस्ता अभियान गर्न लागिएको… पुरा पढौ

विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान : प्रदेश प्रमुख गुरुङ

गण्डकी । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान भएको बताएका छन् । तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउने सोनाम ल्होसारको अवसरमा आज शुभकामना दिँदै उनले सोनाम ल्होसारले नेपाली समाजमा सद्भावना बढाउँदै, आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको उल्लेख गरेका हुन् । यस पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने प्रदेश प्रमुख गुरुङले विश्वास व्यक्त गरे। “हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व… पुरा पढौ

चितवनमा धान उत्पादन घट्दै

चितवन । जिल्लामा पछिल्ला वर्षहरूमा धान उत्पादन घट्दै गएको छ । धानखेती गर्ने क्षेत्रफलमा समेत कमी आएको तथ्याङ्कले देखाएको छ । कृषि ज्ञान केन्द्र, भरतपुरका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा २२ हजार ९२७ हेक्टर क्षेफलमा वर्षे धानखेती गरिएको थियो । यसबाट ८९ हजार ४१५ मेट्रिक टन धान उत्पादन भएको कार्यालयका कृषि अर्थविज्ञ कमला न्यौपानेले जानकारी जानकारी दिए । गत आवमा जिल्लामा २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यस वर्ष एक लाख तीन हजार ४१६ मेट्रिक टन धान… पुरा पढौ

गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना

आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकामा आज रातिदेखि यसको प्रभाव बढ्ने सम्भावना छ । प्रदेश नं १, बागमती, गण्डकी, मधेस प्रदेश र तथा लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनसमेत विभागले अनुरोध गरेको छ । आज… पुरा पढौ

अत्याधुनिक चिस्यान केन्द्र निर्माण गरिँदै

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा अत्याधुनिक स्तरको चिस्यान केन्द्र निर्माण गरिने भएको छ । कृषकले उत्पादन गरेको फलफुल तथा तरकारी सुरक्षित भण्डारण गर्न सन्धिखर्क नगरपालिकाले वडा नं १ को हटारीमा चिस्यान केन्द्र निर्माण गर्न लागेको हो । चिस्यान केन्द्र रु सात करोड ७९ लाखको लागतमा निर्माण गर्न लागिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए । चिस्यान केन्द्रको अभावमा तरकारी तथा फलफुल कृषकले सस्तो मूल्यमा बिक्री गर्न बाध्य थिए । उत्पादन भएको तरकारी तथा फलफुल कुहिएर जाने गरेको थियो… पुरा पढौ

पोखरामा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

पोखरा । पोखरामा मंगलबार राती तेल बोक्ने ट्याङ्करले ठक्कर दिँदा स्कुटरचालक गम्भीर घाइते भएका छन् । पोखराको जिरो किलोमिटर नजिकै तेल बोक्ने ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक गम्भीर घाइते भएका हुन् । बाग्लुङबाट पोखरातर्फ आउँदै गरेको ना ७ ख ७३५ नम्वरको ट्याङ्करले पोखराको सिर्जनाचोकबाट जिरोतर्फ जाँदै गरेको ग ११ प ९१६९ नम्वरको हिरो ड्युट स्कुटरलाई ठक्कर दिएको हो । जिरोकिलोमिटर स्थित दुरान रेष्टुरेन्ट नजिकै दुर्घटना भएको हो । घटनाका प्रत्यक्षदर्शीका अनुसार स्कुटर चालकको टाउको र घुडामा गम्भीर चोट लागेको… पुरा पढौ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य,एलपी ग्यासको मूल्य यथावत

काठमाण्डौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको हो । मंगलबार राति १२ बजेदेखि लागू हुनेग री साविकको बिक्री मूल्यमा पेट्रोल र डिजेलरमटितेल प्रतिलिटर रु। ३ ले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । योसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १२५ तथा पेट्रोलको मूल्य प्रतिलिटर रु १४२ पुगेको छ । यस्तै एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले… पुरा पढौ

मैत्रीपूर्ण फुटबलमा मरिससमाथि नेपालको दोस्रो जित

काठमाण्डौं । नेपाली राष्ट्रिय फुटबल टोलीले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा १० खेलाडीमा सीमित नेपालले नौ खेलाडीमा समेटिएको मरिससलाई १–० गोल अन्तरले पराजित गरेको हो । नेपालका लागि सुजल श्रेष्ठले निर्णायक गोल गरे । उनले खेलको दशौँ मिनेटमा गोल गरेका थिए । आशिष लामाले प्रहार गरेको बललाई पेनाल्टी क्षेत्रभित्र रहेका पुजन उपरकोटीले उपलब्ध गराएपछि श्रेष्ठले गोलमा परिणत गरेका थिए । पहिलोपटक अफ्रिकी राष्ट्रविरुद्ध आधिकारिक रुपमा खेल खेलेको नेपाल… पुरा पढौ

मन्त्रिपरिषद् निर्णय : विश्व बैंकसँग रु १७ अर्ब सहुलितपूर्ण ऋण लिइने

काठमाण्डौं । नेपाल सरकारले विश्व बैँकसँग ‘फाइनान्स फर ग्रोथ डेभलपमेन्ट पोलिसी क्रेडिट’ वापत् प्राप्त हुने १५० मिलियन अमेरिकी डलर ( करिब रु १७ अर्ब) को सहुलियतपूर्ण ऋण लिनका लागि वार्ता टोली गठन गरेको छ । नेपाल सरकारको यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन् । बैठकले हिमाल आरोहण दल ९नेपाली सेना०का सदस्यलाई सलामी दस्तुर र धरौटी रकम छुट दिने,… पुरा पढौ

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाण्डौं । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १९.२९ अङ्कले उकालो लागेर दुई हजार ८९१.३३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.९८ अङ्कले बढेर ५४२.९० मा पुगेको छ । नेप्सेको उकालो यात्रासँगै कारोबार रकममा पनि सुधार आएको छ । कूल २२३ कम्पनीको एक करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर रु ६ अर्ब ५७ करोड ४८ लाख ४२… पुरा पढौ