समाचार

अनिवार्य कोरोना खोप कार्डविरुद्ध सर्वोच्चमा रिट

काठमाण्डौं । सार्वजनिक सेवा प्राप्त गर्न कोभिड–१९ विरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सरोकारवाला निकायलाई विपक्षी बनाई आज अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोखरेलले उक्त आदेश माग गर्दै रिट निवेदन दायर गर्नुभएको हो । खोप कार्ड नभएकालाई सेवाबाट वञ्चित गर्ने सरकारी निर्णय गैरकानुनी रहेको उल्लेख गर्दै यही माघ ६ र गत पुस ३० गतेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग रिट… पुरा पढौ

स्थानीय तह निर्वाचनको मिति जेठ ४ मा तोक्न सरकारलाई आयोगको परामर्श

काठमाण्डौं । निर्वाचन आयोगले सरकारलाई आगामी जेठ ४ गते बुधबार स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी मिति तोक्न परामर्श दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रमुख निर्वाचन आयुक्तसहितको टोलीले २०७४ वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीको पदावधि जेठ ५ मा समाप्त हुने भएकाले सोअगावै निर्वाचन गर्नुपर्ने विषय जानकारी गराएको हो । नेपालको संविधानको धारा २१५ को उपधारा (६), धारा २१६ को उपधारा (६), धारा २२०… पुरा पढौ

मंगलबार गण्डकीमा थप ४३५ जनामा कोरोना संक्रमण, एकको मृत्यु पुष्टि

गण्डकी । पछिल्लो २४ घण्टामा गण्डकीका थप ४३५ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ९५६ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । मंगलबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ११ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २४३ जना, तनहुँका २६ जना, गोरखाका सात जना लमजुङका २८ जना र नवलपुरका १८ जनामा कोरोना पुष्टि भएको छ । यस्तै स्याङ्गजाका ५७ जना, पर्वतका पाँच जना, बाग्लुङका २८ जना, म्याग्दीका… पुरा पढौ

स्थानीय निर्वाचन गर्न सरकार समक्ष आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले आगामी ४ जेठ २०७९ मा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगका पदाधिकारीहरुले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जेठ ४ गते निर्वाचन गर्न परामर्श दिएका हुन् । पुरा पढौ

लाहुरे बन्न छाडेर फुटबलर बनेका राजाबाबुको राष्ट्रिय टिमबाट खेल्ने धोको

पोखरा, माघ १७ स्याङ्जा जिल्ला भलिबलको लागि चर्चित ठाउँ हो । त्यसमा पनि वालिङ भलिबलको उर्वर भूमि हो । तर ‘ढुंगाको काप फोरेरपनि, उम्रन्छ पिपल’भनेजस्तै स्याङ्जा वालिङका राजाबाबु थापा भलिबलको उर्वर भूमिबाट फुटबलमा उदाएका तारा हुन् । सानैदेखि फुटबलमा रुची राख्ने राजाबाबुका साथीहरु भने भलिबल खेल्थे । साथीहरु मात्र होईन, पुरै गाउँ नै भलिबलमय थियो । उनीपनि कहिलेकांही भलिबल खेल्थे । तर उनलाई भलिबलमा भन्दा फुटबलमा रुची थियो । घरमा लाहुरे बाजे थिए । बुबा सानैमा बिते । आमाको रेखदेख… पुरा पढौ

झापा र मोरङमा कुष्ठरोगको जोखिम

प्रदेश नं १ मा झापा र मोरङ सबैभन्दा बढी कुष्ठरोगी भएको जिल्लाका रुपमा चिनिएका छन् । स्वास्थ्य निर्देशनालय धनकुटाको तथ्याङ्क अनुसार १४ जिल्ला रहेको प्रदेशमा पहिलो झापा र दोस्रो स्थानमा मोरङ रहेका छन् । प्रदेशमा रहेका ३८५ जना नयाँ कुष्ठरोगीमध्ये झापामा १६४ र मोरङमा १०३ जना र सुनसरीमा २९ जना रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । अन्य जिल्लामा भने नगन्य रुपमा रहेका छन् । कार्यालयका कुष्ठरोग फोकल पर्सन तारादेवी सुवेदीले प्रति १० हजार जनसङ्ख्यामा बिरामीको प्रकोप दर झापामा १ दशमलव… पुरा पढौ

निर्वाचन तत्काल घोषणा गर्न माग गर्दै एमाले निकट जनसंगठनद्वारा प्रधानमन्त्रीलाई पठाए ज्ञापन पत्र

पोखरा, १८ माघ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीका जनसंगठनहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल स्थानीय निर्वाचन घोषणा गराउन दबाब दिने उद्देश्यले ज्ञापन पत्र बुझाएका छन् । मंगलबार कास्कीका निमित्त सिडिओ कृष्णचन्द्र पौडेललाई जनसंगठनले स्थानीय निर्वाचनको माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।निर्वाचन आयोगले समेत संविधानको पालना गर्न स्थानीय तहको अवधि नकटाई निर्वाचन घोषणा गरिदिन गरेको आग्रहलाई समेत बेवास्ता गर्दै शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले आलटाल गरिरहेको जनसंगठनले ठहर गरेको छ ।‘नेपालको संविधानले स्थानीय तह, प्रदेश तह र संघीय तहमा व्यवस्थापिका, कार्यपालिका… पुरा पढौ

भूमिहीनको ब्यबस्थापन गर्ने सम्झौता कार्यान्वयन नगरेपछि भूमिहीन सुकुम्वासीद्वारा पोखरा महानगरको ध्यानाकर्षण

पोखराका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुले महानगरपालिकाले राष्ट्रिय भूमि आयोगसँग भूमिहीनको व्यवस्थापन लगायतका कार्यमा सम्झौता गर्न ढिलाइ गरेको भन्दै ध्यानाकर्षण गराएका छन् ।देशका अन्य स्थानीय तहरुले आयोगसँग सम्झौता गरी भूमि सम्बन्धी आवश्यक काम कारवाही अगाडि बढेको अवस्थामा पोखराले सम्झौता गर्न ढिलाई हुँदा सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत सङ्कलन, प्रमाणीकरण तथा नाप नक्साको काम रोकिदा मर्कामा परेको अखिल नेपाल सुकुम्वासी सङ्घले जनाएको छ ।सङ्घले पोखरा महानगरका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङलाई ध्यानाकर्षणपत्र बुझाउँदै आयोगसँग सम्झौता गर्न पत्राचार भएकामा महानगरले ढिलाई गर्दा जिल्लाका… पुरा पढौ

सय वर्ष पुगेका ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर सम्मान गर्ने अभियान शुरु

गण्डकी, १८ माघ(रासस)ः जेष्ठ नागरिकका हक हितमा कृयाशिल सस्था जेष्ठ नागरिक सरोकार समाज नेपालले एक सय बर्ष माथिका जेष्ठ नागरिकलाई घरघरमै पुगि सम्मान गर्ने अभियान थालेको छ ।संस्थाले जेष्ठ नागरिक प्रतिको सामाजिक उत्तरदायित्व समेत वहन गर्दै एक सय बर्ष माथिका नागरिकलाई सम्मान गर्दै उनीहरुबाट आशिर्वाद लिने अभियानलाई संस्थागत रुपमै अघि बढाएको हो । दोसल्ला र सम्मानपत्रले सम्मान गर्ने व्यवस्था छ ।ज्येष्ठ नागरिक समाजका गौरव रहेको र उनीहरूका अनुभव पछिल्लो पुस्ताका लागि प्रेरणा दायक हुने कुरालाई आत्मसात गर्दै उनीहरूको आत्मसम्मानका लागि… पुरा पढौ

तनहुँसुरको चर्चित चौतारा संरक्षण गरिने

तनहुँ । तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरमा चर्चित बनेको चौतारा संरक्षण गरिने भएको छ । बीचमा रुखसहित दायाँबायाँ कालोपत्र भएको सडक चर्चित भएसँगै नवआदर्श टोल विकास संस्थाले उक्त चौताराको संरक्षण गर्न लागेको हो । रुखलाई बीचमा राखेर सडक कालोपत्र गरिएपछि उक्त ठाउँमा घुम्न जाने पर्यटकको सङ्ख्या बढेको छ । त्यसैलाई मध्यनजर गर्दै आज बसेको टोल विकास संस्थाको बैठकले दुई चौताराको संरक्षण गर्ने निर्णय गरेको अध्यक्ष सञ्जय श्रेष्ठले जानकारी दिए। दुवै चौतारा मर्मत सम्भार र निर्माणका लागि स्थानीय सरकार, सङ्घसंस्था र… पुरा पढौ