समाचार

खुल्ला विश्वविद्यालयको उपकुलपतिमा शिलु मानन्धर नियुक्त

काठमाण्डौं । सरकारले नेपाल खुल्ला विश्वविद्यालयको उपकुलपतिमा डा शिलु मानन्धर नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले मानन्धरलाई नियुक्त गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । यसअघि, शिक्षामन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिले मानन्धरसहित मनप्रसाद वाग्ले र ईन्द्र कार्कीको नाम सिफारिस गरेको थियो । तीनजनाको नाम सिफारिस गरेकोमा मानन्धरलाई उपकुलपतिमा नियुक्त गरिएको स्रोतले जानकारी दिएको छ । पुरा पढौ

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचन परिणामको प्रतिवेदन पेस

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको यही माघ १२ गते भएको निर्वाचनकोे प्रतिवेदन पेस गरेको छ । प्रतिवेदन ग्रहण गर्दै उनले निर्वाचनका माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत गर्न संविधान तथा सङ्घीय कानुनबमोजिम सम्पन्न गर्नुपर्ने सबै तहका निर्वाचनका लागि सदा तयारी अवस्थामा रहन आग्रह गरिन् । राष्ट्रपति भण्डारीले आगामी निर्वाचनमा समेत आवश्यक सम्पूर्ण तयारी पूरा गर्दै आयोगले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी संविधान र कानुनले तोकेबमोजिमको समयमा सबै तहका निर्वाचन सम्पन्न गर्न सक्ने विश्वाससमेत व्यक्त गरिन् । संवैधानिक व्यवस्थानुसार निर्वाचन… पुरा पढौ

मौज्दात र खोप लगाएका व्यक्तिको विवरण माघ २१ गतेसम्म पठाउन निर्देशन

काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कोरोना भाइरसविरुद्धको खोपको विवरण पठाउन आफू मातहतको निकायलाई निर्देशन दिएको छ । कोभिड–१९ विरुद्धको खोप अभिलेख सम्बन्धमा गठित छानबिन समितिको आज बसेको बैठकले स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा, सातवटै प्रदेशको स्वस्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्ला स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहलाई खोपको पठाउन निर्देशन दिएको समितिका संयोजक डा गुणराज लोहनीले जानकारी दिए । समितिले यही माघ २१ गते दिउँसो ४ बजेभित्र सबै खोपको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । मन्त्रालयले खोपको… पुरा पढौ

अनलाइन जुवा खेल्दै गरेका ७४ पक्राउ

काठमाण्डौं । काठमाण्डौंको बौद्धस्थित प्लटिङ नजिकको एक रेष्टुरेन्टमा जुवा (बिङ्गो) खेल्दै गरेका ७४ जनालाई प्रहरीले पक्राउ गरेको छ । दोलखा घर भई हाल बानेश्वर बस्ने ३० वर्षीय सुभाष घिसिङले सञ्चालन गरेको रेष्टुरेन्टमा आइतबार साँझ महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ । कोभिड–१९ को महामारीको समयमा ठूलो सङ्ख्यामा मानिस भेला भई अनलाइन बिङ्गो खेलमा संलग्न रहेका भनी विशेष सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो । उक्त खेलमा… पुरा पढौ

विकासको बाटो खोज्दै गण्डकीका मुख्यमन्त्री काठमाडौंमा

पोखरा । गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको त्रिवेणी कोरला सडकको त्रिवेणी दुम्कीवास खण्डको काम अगाडि बढ्ने भएको छ । दुम्कीवास त्रिवेणी २९ किलोमिटरमध्ये ८ किलोमिटर खण्ड चितवन राष्ट्रिय निकुन्जको केही भाग र मध्यवर्ती क्षेत्र पर्ने भएकाले काम अगाडि बढ्न सकेको थिएन । चितवन राष्ट्रिय निकुन्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएकाले त्यहाँ विकासको कामका लागि युनेस्कोको स्वीकृत लिनुपर्ने हुन्छ । सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संघीय सरकारका वन तथा वातावरण मन्त्री रामसहाय यादवबीच भएको भेटवार्तापछि उक्त सडकको काम अगाडि… पुरा पढौ

दुबै मिर्गौला फेल भएका विमललाई आर्थिक अभावमा उपचार गर्न सकस

पोखरा । दुवै मिर्गौला फेल भएर अस्पातालमा उपचारत स्याङजा जिल्ला अर्जुनचौपारी घर भई हाल पोखरास्थित जिरोकिलोमिटर बसोवास गर्दै आएका २८ वर्षिय विमल पाण्डेले उपचारमा सहयोग गर्न अपिल गरेका छन् । आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या भएको भन्दै उनले सहयोगका लागि याचना गरेका हुन् । दुबै मिर्गौला फेल भएपछि उनको काठमाडौंमा उपचार गरिदै आएको दाजु विनोद पाण्डेले बताए । हामीले सरसापट गरेर उपचार गर्दै आएका छौं,उनले भने,‘हालसम्म ९÷१० लाख खर्च भइसक्यो, अब उपचारका लागि पैसा छैन ।’ थप उपचार गर्ने… पुरा पढौ

सोमबार गण्डकीमा थप ४२७ जनामा कोरोना संक्रमित थपिदा ९०० संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा गण्डकीका थप ४२७ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३९३ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । सोमबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ११ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १२९ जना, तनहुँका ४३ जना, गोरखाका ९ जना लमजुङका ४३ जना र नवलपुरका १७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै स्याङ्गजाका ७९ जना, पर्वतका १६ जना, बाग्लुङका ५४ जना, म्याग्दीका… पुरा पढौ

सरकारले राष्ट्रिय महिला भलिबल टोलीलाई पुरस्कार प्रदान गर्दै

सरकारले राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले टोलीलाई आगामी शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना हुने कार्यक्रममा सम्मान गर्नेछन् । बंगबन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेञ्जकपको विजेता महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गर्न लागेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । बङ्गलादेशको राजधानी ढाकामा गत पुस ६ गतेदेखि १६ सम्म सञ्चालन भएको प्रतियोगितामा नेपाली टोली प्रथम भएको थियो । टोलीले राष्ट्रको गौरव बढाएको जनाउँदै सरकारले कदरस्वरुप पुरस्कार र… पुरा पढौ

साढे सात महिनापछि मेयर जिसी महानगर कार्यालय फर्किए

पोखरा, माघ १७ पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी सोमबारदेखि कार्यालय फर्किएका छन् । साउन पहिलो साता मस्तिष्क घात भएपछि उपचारमा रहेका मेयर जिसी साढे सात महिनापछि महानगर फर्किएका हुन् । मेयर जिसीको गत साउन १ गते घरमा सुतिरहेका बेला मस्तिष्क घात भएको थियो । शुरुमा पोखरामै उपचार गरिएपनि सुधार नभएपछि उनलाई थप उपचारका लागि नर्भिक अस्पताल काठमाडौं लगिएको थियो । उपचार पश्चात असोजमा पोखरा फर्किएका जिसी घरमै आराम गरेर बस्दै आएका थिए । उनी अहिलेपनि नियमित थेरापीमा छन् । आरामकै… पुरा पढौ

अस्पतालमा अक्सिजन उत्पादन सुरु

हेटौँडा । कोरोना सङ्क्रमित बिरामीलाई अस्पतालमा अक्सिजनको अभाव हुन नदिन हेटौँडा अस्पतालले अक्सिजन उत्पादन सुरु गरेको छ । सो अस्पतालले अहिले दैनिक २५० सिलिण्डर (ठूलो) उत्पादन गर्ने क्षमताको प्लान्ट निमार्ण गरेको सो अस्पतालले जनाएको छ । अमेरिकी सरकारको सहयोगमा सङ्घीय स्वास्थ्य मन्त्रालयले रु तीन करोडको लागतमा दैनिक १२५ सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरेपछि आजदेखि प्लान्टबाट उत्पादन सुरु भएको सो अस्पतालका अध्यक्ष राजेश प्रसाईंले जानकारी दिए । उद्योग सङ्घ मकवानपुरले ११० अक्सिजन सिलिण्डर र हेटौँडा उपमहानगरपालिकाले दैनिक १५ सिलिण्डर… पुरा पढौ