समाचार

कोरोनाका कारण सृजना कप भलिबल प्रतियोगिता स्थगित

पोखरामा हुने भनिएको सृजना कप छात्ररछात्रा भलिबल प्रतियोगिता स्थगित भएको छ। कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा यही माघ १ गतेदेखि २२ गतेसम्म पोखरा रंगशालामा हुने भनिएको कास्की जिल्ला सामुदायिक मा।वि स्तरिय चौथो सृजना कप छात्ररछात्रा भलिबल प्रतियोगिता कोरोनाका कारण स्थगित भएको हो। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेपनि कोरोनाको जोखिम कायम रहेको र जिल्ला प्रशासन कार्यालय कास्कीले २५ जना भन्दा बढी भेला हुन रोक लगाएकाले प्रतियोगिता तत्काललाई स्थगित गरिएको आयोजक सृजना विकास केन्द्रका अध्यक्ष ईन्द्र पौडेलले… पुरा पढौ

अवैध मुद्रासहित पाकिस्तानी नागरिक विमानस्थलबाट पक्राउ

काठमाण्डौं । प्रहरीले अवैध रुपमा विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित पाकिस्तानी नागरिक हाफिज एटिक अर रहमानलाई पक्राउ गरेको छ । फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान विन्दुमा झोला परीक्षण गर्ने क्रममा पक्राउ गरिएको हो । उनको झोलाबाट साउदी रियाल ४७ हजार १५०, युएई दिराम ४००, ओमानी रियाल ५ दशमलव ५ लगायतका मुद्रा बरामद गरिएको थियो । अभियुक्तलाई आज थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ । रासस पुरा पढौ

मौसम सुधार हुन अझै केही दिन लाग्ने

पोखरा । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम सुधार नहुने भएको छ । उक्त मौसमी प्रणालीका कारण केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राती गण्डकी प्रदेशसहित प्रदेश नं १, बागमती तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहनाका साथै देशको उच्च पहाडी भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको बताइएको छ । महाशाखाको अनुसार सोमबार गण्डकी… पुरा पढौ

ट्र्याक्टर दुर्घटनामा १८ वर्षिय घर्तिमगरको मृत्यु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा आज भएको ट्र्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पर्वतको मिलनचोकबाट दग्नाममा निर्माणाधीन अपर राहुघाट जलविद्युत् आयोजनाका लागि निर्माण सामग्री लिएर जाँदै गरेको ग१त ६०४४ नंको ट्र्याक्टर पानाकोट भन्ने ठाउँमा दुर्घटना भएको हो । ट्र्याक्टरको ढालाले च्यापिएर रोल्पाको सुनछहरी गाउँपालिका–३ का १८ वर्षीय नरजित घर्तिमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिए । सडकबाट १४ फिट तल खसेको ट्र्याक्टरले च्यापिएर सख्त घाइते भएका घर्तिमगरलाई उपचारका लागि बेनी अस्पताल ल्याउँदा… पुरा पढौ

प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री पोखरेल नेतृत्वको प्रतिनिधिमण्डलको भेट

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवासँग गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रतिनिधिमण्डलले भेटेर प्रदेशको अवस्था बारेमा जानकारी गराएको छ । मुख्यमन्त्री पोखरेलले आज प्रधानमन्त्री निवास बालुवाटारमा उनलाई भेटेर प्रदेशमा बजेट कमीले चालु आयोजना अगाडि बढ्न नसकेको, प्रदेश गौरवका आयोजना सुरु गर्न जग्गाका साथै रकम अभाव रहेको जानकारी गराएका थिए । भेटमा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्का, अर्थमन्त्री रामजीप्रसाद बराल, अर्का मन्त्री मणिभद्र शर्मा कँडेललगायत सहभागी थिए । प्रधानमन्त्री देउवाले सीमित स्रोत र साधनका बीच सरकार अगाडि बढिरहेको भन्दै… पुरा पढौ

पोखराबाट १ केजी बढी अवैध सुनसहित एक पक्राउ

पोखरा, माघ १६ एक केजी बढी अवैध सुनसहित पोखराबाट एक जना पक्राउ परेका छन् । कास्कीको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नम्बर ३० स्थित पावरहाउसबाट अवैध सुनसहित एक जनालाई शनिबार राती पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर १५ बस्ने २५ वर्षिय रमेश सुनार रहेको कास्की प्रहरीले जनाएको छ । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको माइक्रो बसमा सवार उनलाई १ केजी ८ ग्राम सुन तथा विभिन्न बैंकका ३ थान चेकबुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी… पुरा पढौ

कोरोना संक्रमणबाट पोखरामा एक पुरुषको मृत्यु

पोखरा । कोरोना संक्रमणबाट तनहुँका एक पुरुषको मृत्यु भएको छ । तनहुँको व्यास नगरपालिका – ११ का ४० वर्षिय पुरुषको कोरोना भाइरस संक्रमणबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । पोखरा स्वास्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनको उपचारकै क्रममा गत शुक्रबार राती ८ बजे मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनमा गत माघ ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो सहित हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक… पुरा पढौ

ज्वःजलपा नेवारी किचन : नेवारी स्वादसँगै संस्कार र संस्कृति बचाउँदै

पोखरा, माघ १६ पोखरा तेर्सापट्टीमा एउटा नेवारी टिपिकल घर छ । जसलाई परम्परागत रुपमा सजाइएको छ । घरको बाहिरी आवरण हेरेर नै जो कसैले त्यो नेवारी घर हो भनेर ठम्याउन सक्छ । घरको आवरण मात्र होईन, त्यसको बाहिर र भित्रको डिजाइनपनि नेवारी परम्परा अनुसार नै डिजाइन गरिएको छ । घरका भित्ताभरी नेवारी संस्कार र संस्कृति झल्किने परम्परागत तस्बिरहरु टाँगिएका छन् । यहाँ पुग्दा जोकसैलाई नेवार गाउँको कुनै नेवार घरमा पुगेको झल्को लाग्छ । जसले संस्कार र संस्कृतिको अनुभूति त दिलाउँछ… पुरा पढौ

आईतबार गण्डकीमा थप २८७ जनामा कोरोना संक्रमण हुदा ६२७ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा गण्डकीका थप २८७ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ५४२ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । आइतबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ९ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १८७ जना, तनहुँका १० जना, लमजुङका तीन जना र नवलपुरका १७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै स्याङ्गजाका १४ जना, पर्वतका एक जना, बाग्लुङका ४५ जना, म्याग्दीका आठ जना र मुस्ताङ जिल्लाका… पुरा पढौ

राप्रपा केन्द्रीय समिति बैठक फागुन पहिलो साता

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी फागुन पहिलो साता काठमाडौँमा हुने भएको छ । निर्वाचन आयोगले हालै विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउनका लागि पठाएको पत्रबारे बैठकमा विशेष छलफल हुने महामन्त्री भुवन पाठकले जानकारी दिए । समसामयिक राजनीतिक विषयवस्तु, स्थानीय तहको निर्वाचनमा पार्टीले गर्नुपर्ने तयारीलगायत विषयमा छलफल हुने उनले बताए । गत मङ्सिरमा महाधिवेशन सम्पन्न गरेको राप्रपाले दोस्रो पटक कार्यसमितिको बैठक गर्न लागेको हो । एक सय ९९ केन्द्रीय सदस्यको व्यवस्था भएको पार्टीमा २० सदस्य मनोनयन गर्न बाँकी छ… पुरा पढौ