समाचार

भवन जीर्ण बन्दा वालबालिका कहिले कक्षाकोठा त कहिले खेतको कुनामा पठनपाठन गर्न बाध्य

कविता घर्तीमगरबागलुङ जिल्लाको निसीखोला गाँउपालिका वडा नं. ३ स्थित बोहोरागाँउको वालविकास केन्द्रमा अध्ययनरत वालबालिकाहरु खेतको कुनामा पठनपाठन गर्न बाध्य भएका छन् । सेतो गुराँस र गाजायुवा क्लव बागलुङद्धारा निर्मित वालविकास केन्द्रको भवन जिर्ण बन्दा यस्तो कठ्यांग्रिदो पौष माघको जाडोको समयमा २४ जना बालबालिका खेतको कुनामा पठनपाठन गर्न बाध्य भएका हुन् । भवनको टिनका छानो हावाले उडाएर छेडविछेड हुन गई बर्षा तथा हिउदको समयमा आकाशको पानीले कक्षाकोठा भिज्दा बालबालिकाहरुको लागि विछ्याईएका कार्पेट हरेक वर्ष फेर्नुपर्ने,कार्पेट भिजेको बेला उठाएर घाममा सुकाउदा ३… पुरा पढौ

नगरपालिकाद्धारा कोभिड परीक्षण, भोजन तथा औषधि निःशुल्क

वालिङ । वालिङ नगरपालिकाले कोभिड–१९ को परीक्षण, भोजन तथा औषधिलाई निःशुल्क गरेको छ । नगरपालिकाले वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा निर्माण गरेको आइसोलेसन सेन्टरमा कोभिड–१९ सङ्क्रमणका कारण भर्ना भएर बसेका बिरामीलाई खाना, नास्ता तथा औषधि निःशुल्क उपलब्ध गराएको नगरप्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताए । कोभिड–१९ को सङ्क्रमण दर बढ्दै जाँदा नगरपालिकाले गह्रौँ प्राथमिक अस्पतालमा ५० शय्यासहित अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य उपकरणहरु र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको उनले जानकारी दिए । अस्पतालमा कोभिड–१९ को परीक्षण गर्न… पुरा पढौ

शनिबार आहा रारा गोल्डक कपमा एपिएफ क्लव र अमेरिकाको बिवाईएससी मिनेसोटा खेल्दै

पोखरा । सहारा क्लवको आयोजनामा पोखरामा जारी आहा रारा गोल्डक कपमा शनिबार सशस्त्र प्रहरीको एपिएफ क्लव र अमेरिकाको बिवाईएससी मिनेसोटाबीच खेल हुँदै छ । पहिलो क्वाटरफाइनल चरणको पहिलो खेल आज दिँउसो २ बजेदेखि रंगशालामा हुन लागेको हो । यस अघि उद्घाटन खेलमा आयोजक सहारा क्लवलाई २ –० ले पराजित गरेको एपिएफले क्वाटरफाइनलमा प्रवेश गरेको हो । भने बिवाईएससी सिधै क्वाटरफाइनल खेल्न लागेको हो । प्रतियोगितामा विभागिए टोली एपिएफको यो १५ पटकको सहभागिता हो भने अमेरिकाको बिवाईएससी मिनेसोटा पहिलो पटक सहभागि… पुरा पढौ

प्रदेशमा २६८ स्वास्थ्यकर्मी सङ्क्रमित

गण्डकी । पछिल्लो समय देशभर कोरोना सङ्क्रमित थपिँदै जाँदा महामारीविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत सङ्क्रमित हुने क्रम बढेको छ । कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको जोखिम बढ्दै जाँदा गण्डकी प्रदेशमा तीन साताको अवधिमा चिकित्सक, स्टाफ नर्सलगायत २६८ स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार गत पुस १७ देखि यही माघ ७ गतेसम्म गण्डकीका मनाङबाहेकका जिल्लामा सो सङ्ख्यामा स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । प्रदेशको राजधानी सहर पोखरामा सबैभन्दा बढी स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएको निर्देशनालय मातहतको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन… पुरा पढौ

बागलुङका ५ नाकामा स्वास्थ्य सहायता कक्ष

कोरोनाको तेस्रो लहरको संक्रमण तीव्र रुपमा फैलिएको बागलुङमा स्वास्थ्य सुरक्षा अपनाउन थालिएको छ। कोरोनाका कारण घर फर्कनेको विवरण तयार गर्ने र स्वास्थ्य परीक्षण गर्नका लागि जिल्ला प्रवेश गर्ने ५ नाकामा स्वास्थ्य सहायता कक्ष राखिएको छ। कोरोनाको पहिलो र दोस्रो लहरमा समेत स्थापना गरेको स्वास्थ्य सहायता कक्षलाई पुनः सक्रिय पारिएको हो। जिल्लाको सीमा नाकामा कडाई गरिएको छ। अन्तरजिल्ला आवत–जावत खुल्ला भएको, छिमेकी मित्रराष्ट्र भारत तथा तेस्रो मुलुकबाट र देशका मुख्य सहरबाट जिल्लाभित्र प्रवेश गर्ने व्यक्तिको संख्यामा वृद्धि भएको अवस्थामा नाकामा स्वास्थ्य… पुरा पढौ

कोरोना संक्रमणका कारण गण्डकीमा २ जनाको मृत्यु

कोरोना संक्रमणका कारण शुक्रबार गण्डकीमा थप २ जनाको मृत्यु पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गोरखा जिल्ला गोरखा नगरपालिका–११ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो। बिहीबार कोरोना संक्रमण पुष्टि भइ गोरखा अस्पताल भर्ना भएका उनको बिहीबार नै मृत्यु भएको हो। यस्तै पर्वत जिल्ला कुस्मा नगरपालिका–१३ की २३ वर्षीया युवतीको उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मृत्यु भएको हो। गत बुधबार कोरोना पोजेटिभ देखिएर उपचारका लागि अस्पताल भर्ना भएकी उनको बिहीबार मृत्यु भएको अस्पतालले जनाएको छ। योसँगै, गण्डकीमा… पुरा पढौ

लमजुङमा ‘हेल्लो डाक्टर’ सेवा सुरु

लमजुङ जिल्ला अस्पतालले ‘हेल्लो डाक्टर’ सेवा संचालनमा ल्याएको छ। लमजुङलगायत छिमेकी जिल्लाहरुमा कोरोना संक्रमित देखिएपछि स्वास्थ्य संस्थाहरुमा कोरोनाको आंशका भएका विरामी आउन थालेपछि ‘हेल्लो डाक्टर’ सेवा सुरु गरेको हो। कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै संक्रमण जोखिम बढिरहको अवस्थामा अस्पतालमा कोरोनाको संभावित जोखिम र अन्य बिरामीको चाप बढेपछि घरमै बसेर पनि डाक्टरको परामर्श लिने व्यवस्थासहित ‘हेल्लो डाक्टर’ सेवा पुन सुरु गरेको अस्पतालले जनाएको छ। कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका व्यक्ति तथा कोरोना भाइरसको आशंका वा लक्षण देखा परेका… पुरा पढौ

रेडक्रसको पोखरा–५ उपशाखामा माघ १५ गते पुनः निर्वाचन

नेपाल रेडक्रस सोसाइटी पोखरा–५ उपशाखामा माघ १५ गते पुनः निर्वाचन हुँदैछ। नेपाल रेडक्रस सोसाइटी कास्कीले एक सूचना प्रकाशित गर्दै पुनः निर्वाचन हुने जनाएको हो। गत पुस १० गते निर्वाचन प्रक्रियाविनै नयाँ नेतृत्व तथा कार्यसमिति चयन गरिएको भन्दै ८ जना उमेदवारहरुले निर्वाचन प्रक्रिया अघि बढाउन रेडक्रस कास्कीमा निवेदन दिएपछि रेडक्रस कास्कीले निर्वाचन प्रक्रियालाई पुनः अघि बढाएको हो। रेडक्रस कास्कीले १० गते निर्वाचित भएको समिति खारेज गर्दै पुनः निर्वाचनको मिति समेत तोकेको छ। निर्वाचन अधिकारी डोलराज पाण्डेले सूचना प्रकाशित गर्दै माघ १५… पुरा पढौ

पुलिस पुग्यो आहा ! रारा गोल्डकपको क्वाटरफाइनलमा

पोखरा, माघ ७ नेपाल पुलिस क्लव आहा ! रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा हिमालयन शेर्पा क्लवलाई सडेन डेथमा हराउँदै ६ पटकको उपाधि बिजेता पुलिस आहा ! रारा गोल्डकपको क्वाटरफाइनलमा पुग्ने दोश्रो टिम बनेको हो । शुक्रबार भएको प्रतिष्पर्धात्मक खेलमा निर्धारित ९० मिनेट एक÷एक गोलको बराबरीमा सकिएको थियो । त्यसपछि थपिएको अतिरिक्त ३० मिनेटको समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी शुटआउटमा धकेलिएको थियो । पेनाल्टी शुटआउटमा पनि ४÷४ गोलको बराबरी भएपछि खेल… पुरा पढौ

संवाद र सहमतिको माध्यमबाट संसद् सञ्चालन गरिने छ स् प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले संवाद र सहमतिको माध्यमबाट संसद् सञ्चालन गरिने बताएका छन् । आफ्नो नेतृत्वमा पाँच राजनीतिक दलको समर्थन र सहभागितामा गठन भएको सरकारले ६ महिना पूरा गरेको सन्दर्भमा आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री देउवाले संसद्मा रहेका सबै राजनैतिक दलहरूसँग संवाद र सहमतिका माध्यमबाट संसदको गतिरोध अन्त्य गरी विचाराधीन विषयलाई निष्कर्षमा पु¥याईने बताए । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमका आधारमा सरकारले कार्य सञ्चालन गरिरहेको बताउँदै उहाँले सरकारमाथि एक वर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व… पुरा पढौ