समाचार

स्याङ्जाका सुन्तला रसिलो, ५७ करोडको बिक्री

स्याङ्जा । सुन्तलाको स्वाद र उत्पादनका दृष्टिले छुट्टै पहिचान बनाएको स्याङ्जामा यसवर्ष रु ५७ करोड ९ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको छ । गत वर्षको तुलनामा सुन्तला उत्पादनमा कमी आएको भएपनि बजार मूल्य राम्रो पाएकाले सो मूल्य बराबरका सुन्ताला बिक्री भएको हो । जिल्लामा यसवर्ष १३ हजार ८४० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र स्याङ्जाले जनाएको छ । उत्पादित सुन्तालामध्ये २५ प्रतिशत अर्थात् तीन हजार ४६० मेट्रिक टन किसान÷व्यवसायी आफैले उपभोग गरेको र बाँकी १० हजार ३८० मेट्रिक… पुरा पढौ

भोलिदेखि मौसममा सुधार हुने

काठमाण्डौं । पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही हल्का वर्षा र हिमपात भइरेहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त प्रणालीको प्रभावले पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । “सो मौसमी प्रणाली भोलिदेखि कमजोर हँुदै जाने भएकाले शुक्रबारबाट मौसममा सुधार हुनेछ”, उनले भने । भोलि देशभर आंशिकदेखि सामान्यतया बदली रही हरेक प्रदेशका केही स्थानमा हल्का… पुरा पढौ

लोकसेवाका लिखित परीक्षा स्थगन

काठमाण्डौं । लोकसेवा आयोगले पूर्वनिर्धारित सबै लिखित परीक्षा कार्यक्रम स्थगन गरेको छ । आयोगले आज सूचना जारी गरी आयोगका कर्मचारीमा कोभिड–१९ सङ्क्रण देखिएकाले यही माघ ११ गतेदेखि माघ मसान्तसम्म सञ्चालन हुनेगरी निर्धारण गरिएका परीक्षा स्थगन भएको जनाएको हो । लिखित परीक्षाबाहेकका पूर्वनिर्धारित कार्य यथावतरूपमा सञ्चालन हुने निर्णय भएको आयोगले सूचनामा जनाएको छ । रासस पुरा पढौ

स्थानीय तहको निर्वाचन समयमै गराउन एमालेको आग्रह

काठमाण्डौं । नेकपा (एमाले) को काठमाडौँ जिल्ला कमिटीले संविधानको मर्म र भावनाबमोजिम स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएको छ । कमिटीको नवनिर्वाचित नेतृत्वको आज पदभारपछिको पहिलो बैठकले सोबारे सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो । बैठकले यही माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन लाग्ने र कोभिड–१९ को महामारीका समयमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर २५ जनाभन्दा कम उपस्थितिमा गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ । गत पुस २३ र २४ गते भएको जिल्ला अधिवेशनले दिपक… पुरा पढौ

धर्मकाया बुद्ध मण्डलाद्वारा भुमिदानदाताहरुलाई स्वागत

पोखरा । पोखरा महानगरपालिका वडा नं.११ काहुँडाडास्थित धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिले मण्डला निर्माणका लागि भुमिदान गर्ने दाताहरुलाई विहिवार स्वागत सम्मान गरेको छ । पोखरा क्षेत्रको पर्यटन प्रवद्र्धनको केन्द्रको रुपमा विकास गर्न काँहुडाडामा निर्माण गरिने मण्डलाका लागि भुमिदानका लागि सहयोग गर्ने तमु धीं युकेको टोली, सहारा युके, बगरभाई खलक युके, स्याङजाली समाज युके, सिक्लेस पार्चे समाज युके, कोल्माबहाकोट समाज युके, कस्केली समाज अमेरिका, गोर्खा स्मृति स्मारक लगायतका संस्थागत अगुवाहरुसहितका सहयोगदाताहरुलाई स्वागत सम्मान गरेको हो । विदेशबाट घरबिदाको अवसरमा… पुरा पढौ

सहाना प्रधान स्मृती महिला हक्की : गण्डकी २-० ले लुम्बिनि सङ्ग बिजयी हासिल

पोखरा ।चौथो सहाना प्रधान स्मृती महिला हक्कीमा गण्डकी प्रदेश २ - ० ले लुम्बिनि सङ्ग बिजयी हासिल गरेको छ । नेपाल हक्की संघको आयोजनामा वीरगन्जको आदर्शनगर खेल मैदानमा आज भएको प्रतियोगितामा गण्डकीका क्याप्टेन नानु गुरुङ र कमला देवि घार्ति मगरले १र१ गोल गरेका हुन् । त्यस्तै आज भएको पहिलो प्रतिष्पर्धामा आर्मीले प्रदेश १ लाई ७–० गोलले पराजित गरेको छ । प्रतियोगितामा ६ टिम सहभागी छन् । समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी, मधेस र प्रदेश १ तथा समूह ‘बी’… पुरा पढौ

खेल पत्रकार हिमेशलाई सहाराको विशेष सम्मान

खेलकुद पत्रकार हिमेशरत्न बज्राचार्यलाई सहारा क्लव पोखराले विशेष सम्मान गरेको छ । सहारा क्लवले आयोजना गर्ने आहा ! रारा गोल्डकपको इतिहास सम्बन्धी पुस्तक लेखेका पत्रकार बज्राचार्यलाई सहारा क्लवले दोषल्ला ओढाएर विशेष सम्मान गरेको हो । कार्यक्रममा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा, क्लवका अध्यक्ष सुरज गुरुङ, महासचिव रामजीप्रसाद अधिकारी, क्लवका संस्थापक अध्यक्ष वसन्त थकाली लगायतले विष्टलाई सम्मान पत्र र दोषल्ला ओढाएर सम्मान गरेका थिए । पुरा पढौ

अञ्जन बने ‘सहारा प्लेयर अफ दी इयर’

पोखरा, माघ ६ नेपालका राष्ट्रिय खेलाडी अञ्जन विष्ट सहारा उत्कृष्ट वर्ष खेलाडी (सहारा प्लेयर अफ दी इयर) घोषित भएका छन् । नेपाली राष्ट्रिय टिमका स्ट्राइकर तथा मनाङमस्र्याङ्दी क्लवका टिम क्याप्टेन विष्ट सहारा क्लव पोखराले वर्षेनी प्रदान गर्ने सहारा उत्कृष्ट वर्ष खेलाडी बन्न सफल भएका हुन् । विष्टलाई सहारा क्लव पोखराले आयोजना गरेको २० औं आहा ! रारा गोल्डकपको उद्घाटनको अवसरमा नगद ३५ हजारसहित सम्मानपत्र र दोषल्ला ओढाएर सम्मान गरिएको हो । कार्यक्रममा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा, क्लवका अध्यक्ष सुरज… पुरा पढौ

आयोजक सहारालाई हराउँदै एपिएफको बिजयी शुरुवात

पोखरा, माघ ६ आहा ! रारा गोल्डकपको पहिलो खेलमा आयोजक सहारा क्लवमाथि सशस्त्र प्रहरी बलको एपिएफ क्लवले जीत निकालेको छ । २० औं आहा ! रारा गोल्डकपको उद्घाटन खेलमा एपिएफले आयोजक सहारा क्लवमाथि २–० को सहज जीत निकालेको हो । जीतसँगै एपिएफ क्वाटरफाइनलमा प्रवेश गरेको छ भने सहारा पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरिएको छ । एपिएफको जीतमा प्रदीप लामा र आवास लामिछानेले समान १÷१ गोलको योगदान दिए । पोखरा रंगशालामा भएको खेलमा एपीएफका आवास लामिछानेले गोलको खाता खोलेका थिए । उनले… पुरा पढौ

पाँच दलीय समन्वय समितिको बैठक स्थगित

काठमाडौं । स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न आज बस्ने भनिएको पाँच दलीय समन्वय समितिको बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बैठक बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको हो । यसअघि गत मंगलबार बसेको समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राखेका थिए । त्यसबारे थप गृहकार्य गरेर आज बैठक बस्ने भनिएको थियो । पुरा पढौ