समाचार

दुर्घटनामा जीप चालकको मृत्यु

दमौली। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा आज बिहान जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग ३ च ३७७८ नंको जीप अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने चालकको नाम, थर वतन नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए । सडकमा पल्टिँदा घाइते भएका चालकलाई दमौली अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकलन दुर्घटनामा मृत्यु देउखुरी- तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा… पुरा पढौ

मन गुरुङको डिजाइनर ड्रेसः सुपर मोडल नीति शाहले गरिन् पोखरामा ¥याम्प वाक

पोखरामा शुक्रबार साँझ लेकसाईडमा ‘मन गुरुङ एटाएर फेसन नाईट’ गरिएको छ। एस टी कृयशनको आयोजनामा फेसन डिजाइनर मन गुरुङको ड्रेसमा मिस नेपाल ईन्टरनेशनल २०१७ को बिजेता तथा सुपर मोडल नीति शाहले ¥याम्प वाक गरिन्। नीतिसँगै पोखराका चर्चित १० मोडलले ¥याम्प शेयर गरे। जसको कोरियोग्राफी जेनिता मगरले गरिन्। फेसन डिजाइनर गुरुङले डिजाइन गरेका विभिन्न पोशाकहरुलाई ३ फरक/फरक सिक्वेन्समा प्रदर्शन गरिएको कार्यक्रम संयोजक तथा संचारकर्मी सचिन रानाभाटले जानकारी दिए। करिब १ महिना लगाएर तयार पारिएको पोशाक निकै आकर्षक र प्रभावकारी देखिएको थियो।… पुरा पढौ

धामीको मुक्तक संग्रह ‘आधा जीवन’ का लोकार्पण

युवा मुक्तककार दिनेश धामीको मुक्तक संग्रह ’आधा जीवन’ लोकार्पण गरिएको छ। मुक्तक वाचन कार्यक्रमको १७३ औँ श्रृंखलामा मुक्तक संग्रहको लोकार्पण गरिएको हो। मुक्तक मञ्चले मुक्तक संग्रह ’आधा जीवन’ को प्रकाशन गरेको हो। पुरा पढौ

धौलागिरी सहकारीको अध्यक्षमा देवीजंग

धौलागिरी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा देवीजंग गुरुङ चयन भएका छन्। \संस्थाको २१ औ साधारणसभा एंव छैटौ अधिवेशनले गुरुङलाई अध्यक्षमा निर्वाचित गरेको हो। समितिको उपाध्यक्षमा खड्कबहादुर थापा, सचिवमा खुसीमान गुरुङ, कोषाध्यक्षमा डम्वरजंग गुरुङ छन्। समितिको सदस्यहरुमा कल्पना थापा क्षत्री, पदममाया गुरुङ, पुजन राजभण्डारी शाक्य, खुसीमाया गुरुङ, नरबहादुर गुरुङ, लेखा संयोजकमा सनकमान सिके सर्वसम्मत चयन भएका छन्। कार्यक्रममा उत्कृष्ठ ब्यवस्थापनतर्फ कुशल कार्की र रुपा गुरुङ, जेष्ठ सदस्यहरु थमनसिङ गुरुङ, गमवहादुर गुरुङ, गणेश गुरुङ, उत्कृठ बचत कारोवारीमध्ये शेयर सदस्य तथा एसई… पुरा पढौ

नेपाल निजामति कर्मचारी युनियन कास्कीको अध्यक्षमा सुरेसकुमार

नेपाल निजामति कर्मचारी युनियन कास्कीमा सुरेसकुमार श्रेष्ठ निर्वाचित भएका छन्। युनियनको आठौं जिल्ला अधिवेशनले श्रेष्ठ निर्वाचित भएका हुन्। \श्रेष्ठले रामचन्द्र पौडेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । शुक्रबारदेखी सुरु आठौँ अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनमा ३ सय ८८ मत ल्याएर श्रेष्ठ निर्वाचित भएका हुन्। श्रेष्ठ पशुपपंक्षी तथा मत्स्य विकास निर्देशनालय पोखरामा अधिकृत तहमा कार्यरत हुन्। उनी नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा)को केन्द्रीय महासचिव समेत हुन्। यसैगरी अधिवेशनबाट उपाध्यक्षमा केदार सापकोटा र सचिवमा इन्जिनियर सुमन शर्मा निर्वाचित भएका छन्।युनियनका… पुरा पढौ

मध्यरातमा मोटरसाइकलले ठक्कर दिदाँ तिमिल्सिना घाइते

पोखरा– १ याम्दीमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिदाँ पोखरामा एक जना घाइते बनेका छन्। ग २० प ५८९१ नं को मोटरउसाइकलले शनिबार राती साढे ११ बजे ठक्कर दिदाँ पोखरा–८, रत्नचोक बस्ने पुरुषोत्तम तिमिल्सिना घाइते बनेको कास्की जिल्ला ट्राफिक कार्यालयले जनाएको छ। पोखरा २८ स्थायी घर भएका घाइते तिमिल्सिनाको टाउको चोट लागेको कास्की जिल्ला ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी नायव निरीक्षक शिव पाठकले जानकारी दिएका छन्। पोखरा नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा घाइते तिमिल्सिनाको उपचार भइरहेको पाठकले बताए। ठक्कर दिने मोटरसाइकल र चालकलाई बगर… पुरा पढौ

राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सवमा आयोजित मैत्रीपूर्ण फुटसलमा पन्तको टोली प्रथम

पोखरा ।राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित मैत्रीपूर्ण फुटसलको उपाधी दयाराम पन्तको टोलीले हात पारेको छ । पोखराको अमरसिंह फुटसलमा आयोजित उक्त प्रतियोगितामा निर्धारित समयमा हितकाजी गुरुङको टीम संग दयाराम पन्तको टीम ४÷४ गोलको बरावरीमा सकिएपछि पेनाल्टीमा दयाराम पन्तको टोलीले हितकाजी गुरुङको टीमले २÷१ गोल अन्तरले पराजित गरेको राष्ट्रिय वाणिज्य बैक प्रादेशिक कार्यालय पोखराका प्रादेशिक प्रवन्धक प्रमोद अधिकारीले जानकारी दिए ।लीक सिस्टममा खेलाइएको उक्त प्रतियोगितामा पोखरा उपत्यका भित्रका ६ वटा शाखा र प्रादेशिक कार्यालय गरी ७ वटा… पुरा पढौ

भूपु साना सहरी जोड्ने बाटो बन्यो, सभापति कोइरालाद्वारा उद्घाटन

पोखरागण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पोखरा २७ स्थित भुपु साना सहरी जोड्ने बाटोको उद्घाटन गरेका छन् । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगत निर्माण भएको बाटोको सभापति कोइरालाले उद्घाटन गरेका हुन् ।कोइरालाले संघीय, प्रदेश र स्थानीय सरकारहरुबाट समेत सम्बोधन नभएका साना योजनाहरुलाई निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममले सम्बोधन गर्ने गरेको बताए । निर्बाचनको बेला भने जति काम विभिन्न कारणले पूरा हुन नसकेपनि शूरुवात भने भएको उनको भनाई थियो । उहाँले पहिलेको बजेटबाट पुरा नभएको बाटोलाई आगामीदिनमा… पुरा पढौ

पोखरामा भजन महोत्सव तथा महायज्ञ हुने

पोखरा २४ ।राष्ट्रिय भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा भागवत महायज्ञ तथा भजन महोत्सव पोखरामा हुने भएको छ ।लोक संगितलाई बचाउँ लोक भजन चुड्कामा भक्तजनलाई नचाउँ भन्ने मूल नारासहित प्रष्ठिानको भवन निर्माण सहयोगका लागि कार्यक्रम आयोजना गर्न लागिएको प्रतिष्ठानका केन्द्रिय अध्यक्ष प्रजापती पराजुलीले जानकारी दिए ।महोत्सवबारे छलफलका लागि शनिबार पोखरामा आयोजित अन्र्तक्रियाका क्रममा बोल्दै पराजुलीले विगतमा आफ्नो नेतृत्वमा दोहोरी प्रतियोगिता, दोहोरी साँझको सुरुवात, तिजगीत प्रतियोगिताको सुरुवात गराएको दावी गर्दै भजनको विकास र विस्तार एवं लोक संस्कृतिको जगेर्नाका लागि प्रतियोगिता आयोजना… पुरा पढौ

ड्यामसाइड क्लबको अध्यक्षमा प्रताप गुरुङ

पोखरा । फुटबल खेलाडीहरु उत्पादनको उध्येश्य लिएर स्थापना भएको पोखरा महानगरपालिका वडा नं १७ मा रहेकोे ड्याम साइड क्लबको १६ औं साधारण सभा तथा १२ औं अधिबेशनबाट प्रताप गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन भएका छन् । क्लबको वरिष्ठ उपाध्यक्षमा रमेशप्रसाद बराल, उपाध्यक्षमा पुजन थकाली, महासचिवमा राकेस श्रेष्ठ, सचिवमा नितिन शेरचन (किरण), कोषाध्यक्षमा सफल थापा र सदस्यहरुमा रबि थापा, दुर्गा केसी, गम्भीर परियार, नितेस बिक्रम भट्टराई, कपिल रानाभाट, शैलेश माझी, कुश थापा चयन भएका छन् । कार्यक्रममा पुर्व अध्यक्ष… पुरा पढौ