समाचार

घ्यु, चाकु खाएर मनाइयो माघे सङ्क्रान्ति

काठमाण्डौं । माघ महिनाको पहिलो दिन आज बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यु, चाकु खाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति अर्थात् माघ १ गते मकर (माघे) सङ्क्रान्तिका नाममा पनि वैदिक सनातन हिन्दू धर्मावलम्बीले सनातनदेखि कूल परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन्। माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा क्रमशः रात छोटो हुँदै जान्छ। उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ। यसैले आजका दिन… पुरा पढौ

भोलिदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने

काठमाण्डौं । सरकारले भोलिदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप दिने भएको छ । अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि र ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई माघ १४ गतेदेखि ‘बुस्टर’ मात्राको खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ‘बुस्टर’ डोजका लागि मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ । ‘बुस्टर’ डोज कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका… पुरा पढौ

कजाकिस्तानबाट १८ वटा रुसी विमानले शान्ति सैनिकलाई फिर्ता ल्याउने

मस्को रसिया । कम्तिमा १८ विमानहरूले शनिबार सामूहिक सुरक्षा सन्धि संगठन (CSTO) मिसनका रूसी शान्ति सैनिकहरू र सैन्य सवारी साधनहरू रुसको मस्को क्षेत्र र इभानु क्षेत्रमा पठाउने रुसी रक्षा मन्त्रालयले जनाएको छ। ‘आज, १५ Il-७६ र तीन एन–१२४ रूसी सैन्य यातायात विमानहरूले इभानोभो र मस्को क्षेत्रका एयरफिल्डहरूमा CSTO सामूहिक शान्ति सेनाका कार्यहरू पूरा गर्ने एयरबोर्न इकाइहरूको कर्मचारी र सवारी साधनहरू पठाउनेछन्।’ मन्त्रालयले जनाएको त्यसपछि एकाइहरू उनीहरूको स्थायी तैनाथी ठाउँहरूमा रहनेछन्। (रासस-एएनआई / स्पुतनिक) पुरा पढौ

टोकियोमा प्रवेश परीक्षाका क्रममा चक्कु प्रहारबाट तीन जना घाइते

जापान । जापानको टोकियो विश्वविद्यालयको प्रवेश परीक्षाका क्रममा चक्कु प्रहारबाट तीन जना घाइते भएको, राष्ट्रिय मिडियाले शनिबार जनाएको छ। जापानी प्रसारक एनएचकेका अनुसार स्थानीय प्रहरीलाई उद्धृत गर्दै एक १७ वर्षीय युवकलाई हत्या प्रयासको आशंकामा पक्राउ गरिएको छ । पीडितहरूलाई पछाडिको भागमा चोट लागेको र अस्पताल लगिएको बताइएको छ। तीमध्ये दुई जना उच्च माध्यमिक विद्यालयका विद्यार्थी थिए जो त्यस दिन प्रवेश परीक्षा दिन आएका थिए भने अर्का पीडित ७० वर्षीय पुरुष थिए ।उक्त घटना बारे छानबिन भइरहेको बताइएको छ । (रासस/एएनआई/स्पुतनिक) पुरा पढौ

प्रदेश प्रमुख गुरुङद्वारा माघे सङ्क्रान्ति पर्वको शुभकामना

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख गुरुङद्वारा आज जारी शुभकामना सन्देशमा जातीय तथा धार्मिक–सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउने र नयाँ वर्ष मान्ने गरेको उल्लेख छ । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रुपमा धुमधामका साथ मनाउने गरेको उल्लेख गर्दै उनले हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री,… पुरा पढौ

पाल्पाको रानीमहल दरबार सङ्ग्रहालयमा परिणत

पाल्पा । नेपालकै ताजमहलका रुपमा चिनिएको पाल्पाको रानीमहल दरबार सङ्ग्रहालयका रुपमा विकसित गरिएको छ । खड्ग शम्शेरले निर्माण गरेका सो दरबारमा उनले प्रयोग गरेका भाडा, मूर्ति, शङ्ख, शालिग्रामजस्ता सामग्री राखिएको छ । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पहिलो चरणमा सरसफाइ, खानेपानी, विद्युत्, इन्टरनेट क्यामेरालगायतका सामग्रीको व्यवस्थापन भएको बताए ।१५ लाखबाट थालनी भएको काम हाल करिब ३५ देखि ४० लाख खर्च भइसकेको बताउँदै नगरप्रमुख शाहीले सो रकमले नपुग्ने हँुदा बजेट बढाउँदै जाने बताए । उनले रानीमहलको सम्पूर्ण विकास गर्न अनुमानित १०… पुरा पढौ

कोभिडका कारण सुनसान बन्यो देवघाट

चितवन । विगतका वर्षहरुमा भक्तजनले भीडभाड हुने पवित्र तीर्थस्थल देवघाट धाम यस वर्ष सुनसान भएको छ । कोभिडका कारण स्थानीय प्रशासनले देवघाट प्रवेश गर्ने नाका शिल गरेपछि देवघाट क्षेत्र सुनसान भएको हो । स्थानीय प्रशासनले शुक्रबार दिउँसो २ बजेबाट देवघाट प्रवेश गर्ने नाका आँपटारी, रामनगर, ठिकुरा र दासढुङ्गा प्रवेशमा रोक लगाएको छ । देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष स्थानीय शिव पौडेलले देवघाट क्षेत्र सुनसान रहेको बताए । कल्पवासी र स्थानीयबाहेक अन्य नदीमा स्नान गर्न गएका छैनन् । पौडेलले अहिलेसम्मकै सबैभन्दा… पुरा पढौ

स्याङ्जाको वालिङमा शीतभण्डार सञ्चालनमा

स्याङ्जा । स्याङ्जाको वालिङ–१ त्रियासीमा शीतभण्डार सञ्चालनमा आएको छ । केन्द्रीय सहकारी विभागको ६० प्रतिशत र त्रियासी कृषिउपज तथा बजार व्यवस्थापन सहकारी संस्थाको ४० प्रतिशत लागत साझेदारीमा शीतभण्डार निर्माण गरी सञ्चालनमा आएको हो । आर्थिक वर्ष २०७५÷०७६ बाट निर्माण सुरु गरेर चालु आर्थिक वर्षमा सम्पन्न गरी गत मङ्गलबारबाट सञ्चालन गरिएको सहकारीका प्रबन्धक युवराज रेग्मीले बताए । कूल ५२ मेट्रिक टन क्षमताको उक्त शीत भण्डार रु ९८ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । कोभिड–१९ को महामारी र विद्युत्को समस्याका कारणले… पुरा पढौ

सातौँ राष्ट्रिय योग दिवस भर्चुअल माध्यमबाट मनाइँदै

काठमाण्डौं । ‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने नाराका साथ सातौँ राष्ट्रिय योग दिवस देशभर भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस भर्चुअल माध्यमबाट गर्न निर्देशन गरेको छ । योगको नियमित अभ्यास गर्नेमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने भएकाले कोरोनाबाट बच्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा… पुरा पढौ

तनहुँ जीप दुर्घटना : मृतकको संख्या ६ पुग्यो

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या छ पुगेको छ। ग१ज ६५५५ नम्बरको जीप दुर्घटनामा परी ४ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा बन्दीपुर–६ धरमपानी बस्ने ९ महिने बालिका आरुबी थापा, सोही ठाउँ बस्ने २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, ७६ वर्षीया विममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङ छन्। विममाया गुरुङ र सुकबहादुर गुरुङको बन्दिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु… पुरा पढौ