समाचार

ब्राजिलमा भारी वर्षा जारी, बीसको मृत्यु

१३ पुस (रासस÷सिन्हवा) ः ब्राजिलमा भारी वर्षा जारी रहेको छ । सो वर्षाबाट सोमबारसम्ममा २० जनाको ज्यान गएको बताइएको छ । ब्राजिलको उत्तरपूर्वी बाहियामा सो वर्षाको प्रभाव बढी देखिएको छ । सो राज्यमा आएको वर्षाका कारण भौतिक क्षति पनि पुगेको छ । यहाँको प्रकोप नियन्त्रण निकायले सोमबारसम्म सो वर्षाबाट कम्तीमा पनि २० जनाको ज्यान गएको छ भने अरु ३५८ जना घाइते भएका जनाएको छ । वर्षापछिको बाढीका कारण उनीहरु घाइते भएका हुन् । सो वर्षाबाट करिब पाँच लाख नागरिक नराम्ररी… पुरा पढौ

ल्होसारमा सार्वजनिक बिदा दिन माग

गुरुङ समुदायको मुख्य पर्व तमू ल्होसार (पुस १५) का दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरिएको छ । गुरुङहरूको धार्मिक सामाजिक संस्था तमू प्येल्हू सङ्घद्वारा चितवनमा आयोजित शुभकामना तथा अन्तक्र्रिया कार्यक्रममा सहभागी गुरुङहरूले उक्त पर्वमा सार्वजिनक बिदा दिन माग गरेका हुन् । सङ्घका जिल्लाअध्यक्ष लालप्रसाद गुरुङले राज्यले तमू ल्होसारलगायत जनजातिका पर्वको बिदा कटौती गरेर धर्म संस्कार र संस्कृतिप्रति बेवास्था गरेको आरोप लगाउनुभयो । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भडेलले पुर्खाले आर्जेको, भषा धर्म, संस्कार र संस्कृति जोगाउनुपर्नेमा जोड दिए… पुरा पढौ

भारतमा थप छहजार ३५८ जना कोरोना सङ्क्रमित

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट थप छ हजार ३५८ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । गत २४ घण्टामा थपिएका सङ्क्रमितहरु मध्ये ६५३ जना ओमिक्रोन भेरियन्टका रहेका छन् । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ७५ हजार ४५६ रहेको छ । अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०.२२ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको यो संख्या सन् २०२० मार्चपछि सब भन्दा कम भएको समाचारमा जनाइएको छ । गएको २४… पुरा पढौ

भाषा, संस्कृति देशका मौलिक सम्पत्ति – प्रदेश प्रमुख गुरुङ

गण्डकी। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जातजातिका भाषा, संस्कृति देशका मौलिक सम्पत्ति भएको बताएका छन् । प्रदेश प्रमुख गुरुङले यिनीहरूको जगेर्ना राज्यको दायित्व भएको बताए । तमु ल्होसार २०७८ का अवसरमा गण्डकी प्रदेश प्रमुखको कार्यालयद्वारा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपाल बहुजातीय बहुभाषिक, बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको बताए । देशमा समावेशी लोकतान्त्रिक संविधान बनेको बताउँदै उनले ल्होसार पर्र्वले राष्ट्रमा सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न प्रेरणा मिल्ने बताए । नेपालका विभिन्न जातजाति, भाषाभाषी बीचको विविधता देशका लागि मात्र नभइ… पुरा पढौ

सागको बीउको बजार नपाउँदा किसान चिन्तित

म्याग्दी। निकै मिहेनत र परिश्रमका साथ उत्पादन गरेको बीउले बजार नपाउँदा म्याग्दीका किसान चिन्तित छन् । उत्पादित रायो सागको बीउले उचित बजार मूल्य नपाउँदा म्याग्दीका किसान चिन्तामा परेका हुन् । उचित मूल्य नपाएपछि उनीहरु बीउ उत्पादनका लागि रायो सागको खेती घटाउन थालेका छन् । अन्नपूर्ण गाउँपालिका–५ फलाते, वडा नं ६ को चित्रे, खिबाङ, कुटुका र महभिरमा चौडा पाते मार्फा रायो जातको बीउ उत्पादन हुने गरेको छ । प्रतिकिलोग्राम रु. ७५० मा बिक्री हुँदै आएको रायो सागको बीउको मूल्य घटेर यो… पुरा पढौ

पशुपतिनाथमा रातभर धनुर्मास पूजा, आज मन्दिर बन्द

काठमाडौँ। प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा गरिने धनुर्मास पूजा सोमबार रातभर विधिपूर्वक गरिएको छ । धनुर्मास पूजामा पशुपतिनाथका चारै जना भट्ट ब्राह्मण, पालोवाला भण्डारी, श्रीको भान्छे र अन्य ब्राह्मण पनि सहभागी हुने विधि छ । पशुपतिनाथलाई आदिकलश, पञ्चामृत स्नान, तैलाम्भ्य, श्रीयन्त्र लेखन, श्रृङ्गार, श्री चक्रको पूजा, धुप, बत्ती र बालभोग अर्पण गरी मूलभोगका रूपमा भने खिचडी अर्पण गर्ने परम्परा छ । धनुर्मास पूजाका क्रममा अमालकोट कचहरीका तर्फबाट खिचडी भोग दिइएको द्वारे पूर्ण… पुरा पढौ

रामेछाप प्रहरीद्वारा २८ वर्षपछि फरार प्रतिवादी पक्राउ

काठमाडौँ। जिल्ला प्रहरी कार्यालय रामेछापले २८ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविक गौश्वारा गाविस–७ र हाल दोरम्बा शैलुङ गाउँपालिका–४ का ५८ वर्षीय होमबहादुर थापामगर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले बताए । निज प्रतिवादीसमेत चार जनाले २०४९ कात्तिक ५ गते छिमेकी गजुरे मगरलाई पुरानो विवादका कारण चक्कुले मुटु छेड्ने गरी प्रहार गरी हत्या गरेर फरार रहेका थिए । होमबहादुरबाहेक अन्य तीन अभियुक्तमध्ये चन्द्रबहादुर मगर र गङ्गाबहादुर मगरले कैद… पुरा पढौ

चिसो बढेपछि सतर्कता अपनाउन प्रशासनको आग्रह

मनाङ । केही दिनयता मौसमको परिवर्तन भएसँगै मनाङमा हिमपात भएको छ । हिमपात भइरहँदा चिसो बढेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । चिसो बढेसँगै सतर्कता अपनाउन र कुनै पनि समस्या परेमा प्रशासन कार्यालय तथा सुरक्षा निकायमा सम्पर्क गर्नुहुन स्थानीयवासीमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार जिल्लावासी धेरै जाडो छल्न पहाडी जिल्ला तथा पोखरा, काठमाडौँ गइसकेका छन् भने भेडीगोठ कुरुवा र कर्मचारीमात्रै मनाङमा रहेका छन् । चिसो बढेसँगै जिल्लामा बसिरहेका स्थानीयवासीलाई सतर्कता… पुरा पढौ

विधानबाट ‘साम्यवाद’ र ‘वर्ग संघर्ष’ हटाउने निर्वाचन आयोगको निर्णयप्रति माओवादी केन्द्रको आपत्ति

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले निर्वाचन आयोगले पार्टीको विधानमाथि गरेको निर्णयको प्रतिवाद गरेको छ। निर्वाचन आयोगले दलको विधानमा साम्यवाद र वर्ग संघर्ष लेख्न रोक लगाएको छ। आयोगको उक्त निर्णयप्रति माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले आपत्ति प्रकट गरे। आयोगले माओवादी केन्द्रको विधानमा रहेको साम्यवाद, वर्ग संघर्ष, जनक्रान्ति भन्ने शब्द हटाएर मात्रै विधानलाई अद्यावधिक गरेको थियो। माओवादी केन्द्रको जारी राष्ट्रिय महाधिवेशनको बन्दसत्रको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महराले आयोगको निर्णयको प्रतिवाद गरे। उनले भने्, ‘कम्युनिस्टहरूको शब्द नै साम्यवाद हो।… पुरा पढौ

बुधबारसम्मका लागि सिरहामा निषेधाज्ञा जारी

सिरहामा बुधबारसम्मका लागि निषेधाज्ञा जारी गएिको छ। जनमत पार्टीले केही दिनदेखि आमहडताल र चक्काजाम गरेपछि सिरहामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो। प्रशासनले बुधबारसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको जनाएको छ। बुधबारसम्म बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्मका लागि बाहिर ननिस्कन, भेला नहुन, राजनीतिक सभा सम्मेलन नगर्न आग्रह गरेको छ। पूर्वमा बलान खोला, पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण ५०० मिटर आसपासका क्षेत्रसम्म तथा चोहर्वादेखि सिराहा सडकखण्डको पिके राज इन्टरप्राइजेज (पेट्रोल पम्पसम्म) र सो मार्गको ५०० मिटर… पुरा पढौ