समाचार

कास्कीमा भोलिदेखि स्मार्ट लकडाउन

पोखरा, पुस ३० कास्कीमा माघ १ गते शनिबारदेखि स्मार्ट लकडाउन लागु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार एक विज्ञप्ती निकालेर माघ १ गते शनिबारदेखि कास्की जिल्लाभरी स्मार्ट लकडाउन हुने जनाएको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कोभिड–१९ को नया भेरियन्ट ओमिक्रोनसहितको संक्रमण फैलिदै गएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि कास्की जिल्लाभरी माघ १ गतेदेखि अर्को आदेश जारी नभएसम्मका लागि स्मार्ट लकडाउन घोषणा गरिएको जानकारी दिए । प्रजिअ आचार्यले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘कोभिड–१९ संकट ब्यबस्थापन… पुरा पढौ

गृहमन्त्री खाँणसँग अस्ट्रेलियन राजदूतको भेट

काठमाण्डौं । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कले आज भेट गरेका छन् । गृह मन्त्रालयमा भएको भेटमा अस्ट्रेलिया र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा गृहमन्त्री खाँणले नेपालको विकासमा अस्ट्रेलियाले गरिरहेको मद्दतका लागि धन्यवाद दिँदै कोभिड–१९ महामारी नियन्त्रणका लागि भ्याक्सिन सहयोग गर्न आग्रह गरेका थिए । नेपालमा रहेका शरणार्थीको व्यवस्थापन र नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा पढ्न सहज हुने व्यवस्था गरिदिन पनि उनले आग्रह गरेका थिए । मन्त्री खाँडले पढाइका… पुरा पढौ

अब शिक्षक आइसिटीमा दक्ष हुनुपर्ने : भण्डारी

पोखरा । पोखरा महानगरपालिका शिक्षा महाशाखाद्धारा शिक्षकहरुका लागि माध्यमिक तथा आधारभूत तहका शिक्षकहरुका लागि प्रशिक्षण सुरु भएको छ । नेपाली विषयको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै जनप्रकाश मावि भण्डारढिकका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम सुवेदीले शिक्षक चक, डस्टर र किताब लिएर कक्षामा जाने जमाना गइसकेको र अबको जमाना आइसिटीको रहेको बताए । हरेक विषयका शिक्षक आइसिटीमा दख्खल राख्ने अनि विषयवस्तुमा निपूणता हुनुपर्ने आवश्यकतालाई मध्यनजर गरी महानगर शिक्षा महाशाखाले राखेको प्रशिक्षणले दक्ष शिक्षकको उत्पादनमा भूमिका खेल्ने बताए । कोरोना महामारीका कारण अनलाइन… पुरा पढौ

गण्डकी प्रदेशका १८६ जनामा कोरोना संक्रमण

पोखरा । शुक्रबार गण्डकी प्रदेशमा १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ४२२ जनामा गरिएको परीक्षणमा १८६ जनामा कोरोना संक्रमण भएको हो । आज संक्रमित हुनेमा सबैभन्दा धेरै कास्कीका ९५ जना छन् । यस्तै नवलपरासी पूर्वका ५५ जना, तनहुँका १६, स्याङ्जाका १०, म्याग्दीका ५, बाग्लुङ र मुस्ताङका २–२ र लमजुङका १ जना छन् । सोही अवधीमा १८ जना संक्रमणमुक्त भएका छन् । यो सहित हालसम्म प्रदेशभर ८९ हजार २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्य… पुरा पढौ

मादी गाउँपालिकाका प्रमुख गुरुङलाई कोरोना संक्रमण

पोखरा मादी गाउँपालिकाका प्रमुख बेदबहादुर गुरुङ (श्याम)लाई कोरोना संक्रमण भएको छ । प्रमुख गुरुङले शुक्रबार सामाजिक सञ्जाल फेसवुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । प्रमुख गुरुङले शुक्रबार विहान फेसवुकमा लेखेका छन्,‘४ दिन अगाडिदेखि मलाई घाँटी दुख्ने÷असहज हुने, थकान महशुष हुने, टाउको र शरीरका मांशपेशी दुख्ने, हल्का शरिर तातिएको महशुष हुने, नाकबाट पानी आउने÷बन्द हुने भएपछि आज विहान एन्टिजेन परीक्षण गर्दा पोजिटिब रिपोर्ट आयो ।’ प्रमुख गुरुङले रिपोर्ट पोजिटिभ आएदेखि नै होम आइसोलेसनमा बसेको जनाएका छन् । साथै उनले… पुरा पढौ

बेनी अस्पताल निर्माणका ठेकेदार आठ महिनापछि काममा

म्याग्दी। बेनी अस्पतालको निर्माणाधीन पचास शय्या क्षमताको भवनका ठेकेदार आठ महिनापछि काममा फर्किएका छन् । गत वैशाख महिनादेखि रोकिएको भवनको निर्माण कार्य अलपत्र परेको विषयमा राससबाट गत मङ्सिरमा समाचार सार्वजनिक भएको थियो । सम्बन्धित कार्यालयले कारबाही प्रक्रिया अघि बढाउनाका साथै नागरिक समाज, राजनीतिक पदाधिकारी , प्रशासनिक क्षेत्र र सञ्चार क्षेत्रबाट भएको दबाबका कारण ठेकेदार काममा फर्किएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । चौतर्फी दबाब सिर्जना भएपछि ठेकेदार काममा फर्किएका हुन्,” उनले भने , “दैनिक ३०-३५ मजदुरले काम गर्न… पुरा पढौ

चीनभित्रै सङ्क्रमण भएकाहरुको संख्या बढ्न थाल्यो

बेइजिङ । चीनमा देशभित्रै सङक्रमित भएकाहरुको संख्या बढ्न थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।चीन पनि पछिल्लो समयमा कोरोनाभाइरस सङ्क्रमणको प्रकोप बढ्न थालेको बताइएको थियो । त्यसपछि उत्तरी चीनको सियान सहरमा अघिल्लो महिना लकडाउन गरिएको थियो । यहाँका अधिकारीहरुले सियानका एक करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न निर्देशन दिएका थिए । डिसेम्बरको मध्यतिर दैनिक १५० जना भन्दा बढीमा कोभिड पुष्टि भएपछि सरकारले लकडाउन गरेको थियो । चीनले कोभिड पूरै नियन्त्रण गर्ने कडा रणनीति बनाएको छ । महामारी रोक्न त्यसअन्तर्गत… पुरा पढौ

मगर र धारु समुदायमा माघीको रौनक

बाँके र बर्दियाका थारू बस्तीमा माघीको रौनक सुरु भएको छ । थारू समुदायको सबैभन्दा ठूलो पर्व माघीको तयारीका लागि समुदायका सबै जुटेका छन् । थारू समुदायका युवती अहिले घर लिपपोतका साथै जाँड, ढिक्री, रोटीलगायत सामग्री तयार पार्न व्यस्त रहेका छन्् भने पुरुष माघीका लागि मासुको जोहो गर्न जुटेको थारू कल्याणकारिणी सभा बाँकेका अध्यक्ष विनोद थारूले बताए । उनका अनुसार, थारू समुदायले माघीलाई विशेष पर्वका रूपमा लिने गर्दछन् । माघीकै अवसरमा अर्थात् माघे सङ्क्रान्तिका दिन थारू समुदायमा महत्वपूर्ण निर्णय गर्ने गरिन्छ… पुरा पढौ

तनहुँमा ६८ प्रतिशतले लगाए खोपको पूर्ण मात्रा

तनहुँ। तनहुँमा पुनः कोरोना सङ्क्रमण बढ्न थालेको छ । बिहीबारसम्म ६ स्थानीय तहमा सक्रिय सङ्क्रमित रहेका छन् । स्वास्थ्य कार्यालयका सूचना अधिकारी शङ्करबाबु अधिकारीका अनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १९ पुगेको छ । भानु नगरपालिकामा पाँच, व्यासमा ६, शुक्लागण्डकीमा एक, भिमादमा दुई, ऋषिङ गाउँपालिकामा एक र आँबुखैरेनीमा चार सक्रिय सङ्क्रमित रहेका छन् । हाल बन्दीपुर, देवघाट, घिरिङ र म्याग्दे गाउँपालिका कोरोनाबाट मुक्त छन् । जिल्लामा पाँच हजार ४०० जनालाई कोरोना सङ्क्रमण भएकामा पाँच हजार २५१ निको भएका छन् । यस… पुरा पढौ

टाइगर कप भलिबल: पुलिसलाई पराजित गर्दै आर्मी फाइनलमा

पोखरा । साविक विजेता विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब पोखरामा जारी दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा आज शुक्रबार भएको राउन्ड रोविनको अन्तिम खेलमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । आर्मीले पुलिसमाथि २१–२५, २५–१८, २५–२१ र २५–१३ को जित निकालेको हो । यस जितसँगै आर्मीले ४ खेलमा ९ अंक जोड्यो । पराजित पुलिसको ३ खेलबाट ३… पुरा पढौ